लागु औषधको कारोबार गर्दै गर्दा पक्राउ

केदार चापागाँई फागुन १०, काठमाण्डौँ प्रहरीले शंकास्पद रुपमा हिडिरहेका दुई जनालाई खानतलासी गर्दा उनीहरुबाट ४ केजी लागु औषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी ४५ बर्षीय राजकुमार तामाङ र मकवानपुरका ३५ बर्षीय बिरबहादुर मोक्तान रहेका छन् । धादिगंको गल्छी गाउँपालिका–६ स्थित नमस्ते ग्याँस उद्योग नजिक प्रहरीसँगको जम्का भेटमा शंकास्पद रुपमा हिडिरहेको अबस्थामा प्रहरीले चेक जाँच गर्दा टि.भी.को कार्टुन भित्र लुकाइ ल्याएको उक्त लागू औषध चरेस फेला परेको हो । प्रहरीले पक्राउ परेका अभियुक्तीहरुलाई थप अनुसन्धान गरी कारवाही अघि बढाइएको बताएको छ ।

Read more

सगरमाथा परोपकारी समाज कुवेत द्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग !

मगर मिडिया फागुन १०, काठमाण्डौँ कुवेतमा रहेको नेपालीहरुको संस्था “सगरमाथा परोपकारी समाज कुवेत” बाट राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं सामाजिक अभियन्ता महाविर पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सामाखुशी स्थित रातोभाले रेष्टुरेन्टमा एक कार्यक्रम गरी संस्था उपाध्यक्ष श्री निम केसीबाट नगद रु १ लाख ६ हजार रकम हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण पछि बोल्दै उपाध्यक्ष केसीले सहयोग रकमले आविष्कार केन्द्रले आगामी दिनमा अझ शसक्त काम गरोस भन्ने कामना व्यक्त गरे भने आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले आविष्कार केन्द्रको काम अगाडी बढिरहेको र निकट भविष्यमा यसले गति लिदैं राष्ट्रको प्रतिभा जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

Read more

मिनाम लाङ्घाली क्लवद्वारा खुला नकआउट फुटवल आयोजना, स्थानीय लाहुरे टिम बिजयी !

कृष्ण आले फागुन ८ लमजुङ लमजुङमा मिनाम लाङ्घाली क्लवले आयोजना गरेको खुल्ला फुटवल प्रतियोगिता नरुवाल गाउँका लाहुरे टिमले जितेको छ । बेसीशहर नगरपालिका वडा नं. २ नरुवालमा मिनाम लाङ्घाली क्लवले महाशिवरात्री पर्वको अवसरमा प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा राइजिङ रोज युवा क्लव बेसीशहरलाई शुन्यका बिरुद्ध २ गोलको अन्तरले आयोजक नरुवाल गाउँका स्थानीय लाहुरे टिमले खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । उपाधि जितेसँगै स्थानीय लाहुरे टिमलाई शिल्ड सहित नगद ६० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उपबिजेता राइजिङ् रोज युवा क्लवलाई नगद ३० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । सेमीफाइनलमा पराजित प्रतियोगितामा शान्त्वना हुने टिम अन्नपुर्ण युवा क्लव भकुण्डे र आयोजक मिनाम लाङ्घाली क्लवलाई नगद ६÷६ हजार र मेडल प्रदान गरिएको छ

Read more

अब घर घरमा ट्राफिक प्रहरीको कारवाही पत्र !

केदार चापागाँई फाल्गुन ८, काठमाण्डौँ के तपाई सडकमा आफ्नो सवारी साधन चलाउँदा ट्राफिक प्रहरीको आँखा छलेर जथाभावी चलाउँदै हुनु हुन्छ ? वा जथाभावी पार्किगं गरेर हिड्नु हुन्छ ? यदि त्यस्तो हो भने अब सावधान रहनु होला ? महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो कार्य गर्नेलाई घरमै कारवाहीको पत्र पठाउन शुरु गरि सकेको छ । उसै त राजधानीमा सवारी साधान सडकको क्षमता भन्दा बढी छन् । त्यसमा पनि सवारी धनीले सडकको दायाँ बायाँ सडक पेटी नै ढाकेर गाडी पार्क गरेपछि पैदल यात्रुहरु सडकबाट हिड्न बाध्य हुन्छन । यसरी घण्टौं सम्म सवारी साधन सडक पेटीमा पार्किगं गरेर राख्ने विरुद्ध कडा कारवाही गर्ने कुरा ट्राफिक प्रहरी बताए पनि खासै कार्यन्वयन नभएको जता ततै देख्न सकिन्छ । सरकारी गाडी, प्रेसका गाडी, प्रहरी स्वयम आफ्नैले गाडीहरु

Read more

विजनेस एण्ड प्रोफेशनल वुमेन सुनाकोठी शाखाको अध्यक्षमा प्रतिमाया पुन चयन !

दिपा राई फाल्गुन ८, काठमाण्डौँ हिजो प्रजातन्त्र दिवसको अवसर पारी विजनेस एण्ड प्रोफेशनल वुमेन सुनाकोठी शाखाको दोस्रो साधारणसभा कार्यक्रमका बिच नयाँ कार्य समिति चयन गरेको हो । समाजका विभिन्न आर्थिक गतिविधि र सीप तथा प्राविधिक युक्त पेशाहरुमा लाग्न महिलाहरुलाई प्रेरित गर्ने र आत्मनिर्भर हुन सघाउ पुर्याउने, महिला अधिकारको सुरक्षा गर्ने उद्देश्यमा आधारित उक्त वुमेन संस्थाले प्रतिमाया पुनको अध्यक्षतामा १ जना युवा प्रतिनिधि गरि १४ जनाको नयाँ कार्यसमिती बनाएको छ । जसमा अध्यक्ष श्रीमती प्रतिमाया पुन, उपाध्यक्षमा ज्योती केसी र नेत्र गर्बुजा, सचिव रोहिनी ढुङ्गेल, सह सचिव लिना गुरुङ र कोषाध्यक्ष राधिका लामा रहेका छन् भने सदस्यमा निता लामा, सरस्वती सिवाकोटी, दिपसिखा राई , कमला शाक्य (सृष्टि), तारा रसाइली, मेली शाह, सेरल शाही र प्रकृति बुढा मगर रहेका छन् । उक्त

Read more

सम्पर्क समन्वय केन्द्रिय समितिको अध्यक्षमा होमराज खपाङ्गी मगर चयन !

मगर मिडिया ७ फाल्गुन, काठमाण्डौँ नेपाल मगर संघ सम्पर्क समन्वय समितिको तेस्रो महाधिवेसन शनिबार सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह काठमाण्डौँमा संघिय लोकतान्त्रिक गणतन्त्रको मुल आधार, आत्म निर्णयको अधिकार सहित मगराँत स्वायत्त प्रदेश स्थापना र अग्राधिकार भन्ने मुल मन्त्रका साथ नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रिय समितिको तेस्रो महाधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । राष्ट्रिय सभा गृह काठमाण्डौमा सम्पन्न शो महाअधिवेसन बाट होमराज खपाङ्गीको अध्यक्षतामा ७४ सदस्यीय केन्द्रिय समिति सर्व सहमति चयन गरेको छ । महाअधिवेशनले एक अध्यक्ष, एक बरिष्ठ उपाध्यक्ष, एक महिला उपाध्यक्ष, ३ भाषिक उपाध्यक्ष, सात वटै प्रदेशबाट एक एक जना उपाध्यक्ष, एक महा सचिव, तिन सचिव, एक कोषाध्यक्ष, एक सह कोषाध्यक्ष र ७ वटै प्रदेशबाट ५ , ५ जना सदस्य गरि ६५ जनाको कार्य समितिको

Read more

पोखरामा १९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने तयारी !

रुद्र श्रीसमगर पोखरा, ४ फागुन हरेक वर्ष फेब्रुअरी २१ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय मातृभाषा दिवस यस वर्ष पनि पोखरामा मनाउने तयारी गरिएको छ । यसपल्टको १९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस क्रियाशील दुई मातृभाषी साहित्यिक संस्थाले संयुक्त रुपमा मनाउने भएका छन् । गुरुङ साहित्यिक मञ्च नेपाल र नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको संयुक्त आयोजनामा यही फागुन ९ गते पोखरामा मातृभाषा दिवसका अवसरमा ‘बहुभाषिक रचना वाचन कार्यक्रम’ हुने भएको छ । कार्यक्रमको तयारीका लागि बिहीबार पोखरामा बसेको दुई संस्थाका प्रतिनिधिहरूको बैठकले कार्यक्रम सफल बनाउन एकजुट भएर लाग्ने निर्णय गरेको मञ्चकी अध्यक्ष गौरी गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश नं. ४ अन्तर्गतका विभिन्न जिल्लाबाट मातृभाषी स्रष्टा, साहित्यकारहरूको सहभागिता रहने मगर लेखक संघ गण्डकीकी अध्यक्ष गीता थापामगरले जानकारी दिनुभयो । थापामगरका अनुसार

Read more

प्रथम शहीदको शालिकमा महानगर प्रमुख जिसीद्वारा माल्यार्पण !

रुद्र श्रीसमगर पोखरा, ४ फागुन नेपालका प्रथम शहीद क्या. लखन थापामगरको १४२ औं स्मृति दिवस बुधबार पोखरामा पनि मनाइएको छ । प्रथम शहीद लखन थापामगर स्मृति प्रतिष्ठानको आयोजनामा काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरियो भने देशका विभिन्न भागमा समेत प्रथम शहीद लखनको स्मृति दिवस मनाइयो । नेपाल मगर संघ कास्कीले प्रथम शहीद लखनको स्मृति दिवसमा बुधबार सच्चा श्रद्धाञ्जली अर्पण कार्यक्रमको आयोजना गर्यो । श्रद्धाञ्जलीसभा अघि लखनचोकस्थित प्रथम शहीद लखन थापामगरको शालिकमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलगायतका विभिन्न राजनैतिक दलका नेता एवं आदिवासी जनजाति अगुवाहरूले माल्यार्पण गरे । सो अवसरमा महानगर प्रमुख जिसीले महानगरपालिकाले प्रथम शहीदको उचित कदर गर्ने विश्वास दिलाउनुभयो । प्रथम शहीदको स्मृति दिवस राज्यले मनाउनुपर्ने धारणा राख्दै महानगर प्रमुख जिसीले प्रथम शहीद लखन सबै नेपालीको साझा भएको उल्लेख

Read more

सरकारलाई प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको ११ बुँदे ज्ञापनपत्र !

दिपा राई फाल्गुन ३, काठमाण्डौ प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानले विभिन्न मागहरु सहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सिंचाई मन्त्री माननिय अमरसिंह पुन मार्फत सरकारलाई हिजो प्रथम शहिद लखन थापाको १४१ औँ स्मृति दिवशको उपलक्ष्यमा मगर समाज सेवा केन्द्रको सभाहल रानीवुँ, ललितपुरमा आयोजना गरेको कार्यक्रम मार्फत ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा प्रथम शहिद लखन थापा मगरलाई राष्ट्रिय विभुतिको रुपमा विभुषीत गरिनुपर्ने, प्रथम शहिदसँगै वि.सं. १९३३ को बुंकोट जनआन्दोलनमा तत्कालिन राणा शासकद्धारा मृत्युदण्ड दिइएका जयसिंह चुमी मगर, अक्षमी मगर, जितमान गुरुङ, विराज थापा, जुठ्या थापा र अजपसिंह मगरलाई शहिद घोषणा गरिनुपर्ने, प्रथम शहिदकोे जीवनीलाई विद्यालयस्तको पाठ्यक्रम एवं पाठ्यपुष्तकमा समावेश गरिनुपर्ने, लखन थापा प्रतिष्ठानलाई सरकारी स्वामित्वको प्रतिष्ठानमा परिणत गरिनुपर्ने, गोरखा वुंकोटस्थित लखन थापाको विद्रोही किल्ला एंव उनले

Read more

२३ वर्षे नर्विण मगरले सेल्फ गाइडिङमा सगरमाथाको शिखर चुम्दै !

श्याम राना मगर फाल्गुन २, काठमाण्डौ सुरक्षित भविष्यको लागि हिमाल बचाऊँ  अभियान भन्ने सन्देशका साथ २३ वर्षे नर्विण राना मगर सेल्फ गाइडिङमा सगरमाथाको आरोहण गर्ने भएका छन् । सगरमाथाको काखमा रहेको साविक वार्सा ९   हाल ढुधकोशी  गाउपलिका वडा न २ सोलुखुम्बुमा बुवा जीत बहादुर मगर र आमा तिलमायाको कोखबाट वि.सं. २०५२ मा जन्मेका मगरले यहि आउँदो मे २० तारिख  सगरमाथाको शिखर चुम्ने लक्ष्य राखेका छन् । यहि अप्रिल ७ गते काठमाण्डौँबाट सगरमाथा आरोहणका लागि सगरमाथा बेस क्याम्पतिर लाग्ने नर्विनले मे १८, १९ र २० गते सगरमाथाको आरोहण गर्नेछन् । ६ हजार भन्दा उचाईका हिमालहरुको सफल आरोहण गरिसकेका मगरले मेरापिक (६,४७६ मि), आइसल्याण्ड पिक (६,१८९ मि) को हिमाल नौँ पल्ट र पोकल्डे पिक (५,८०६ मि), र लोबुचे इस्ट (६,११९ मि) हिमाल

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)