प्रथम शहीदको शालिकमा महानगर प्रमुख जिसीद्वारा माल्यार्पण !

रुद्र श्रीसमगर पोखरा, ४ फागुन नेपालका प्रथम शहीद क्या. लखन थापामगरको १४२ औं स्मृति दिवस बुधबार पोखरामा पनि मनाइएको छ । प्रथम शहीद लखन थापामगर स्मृति प्रतिष्ठानको आयोजनामा काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरियो भने देशका विभिन्न भागमा समेत प्रथम शहीद लखनको स्मृति दिवस मनाइयो । नेपाल मगर संघ कास्कीले प्रथम शहीद लखनको स्मृति दिवसमा बुधबार सच्चा श्रद्धाञ्जली अर्पण कार्यक्रमको आयोजना गर्यो । श्रद्धाञ्जलीसभा अघि लखनचोकस्थित प्रथम शहीद लखन थापामगरको शालिकमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलगायतका विभिन्न राजनैतिक दलका नेता एवं आदिवासी जनजाति अगुवाहरूले माल्यार्पण गरे । सो अवसरमा महानगर प्रमुख जिसीले महानगरपालिकाले प्रथम शहीदको उचित कदर गर्ने विश्वास दिलाउनुभयो । प्रथम शहीदको स्मृति दिवस राज्यले मनाउनुपर्ने धारणा राख्दै महानगर प्रमुख जिसीले प्रथम शहीद लखन सबै नेपालीको साझा भएको उल्लेख

Read more

सरकारलाई प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको ११ बुँदे ज्ञापनपत्र !

दिपा राई फाल्गुन ३, काठमाण्डौ प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठानले विभिन्न मागहरु सहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सिंचाई मन्त्री माननिय अमरसिंह पुन मार्फत सरकारलाई हिजो प्रथम शहिद लखन थापाको १४१ औँ स्मृति दिवशको उपलक्ष्यमा मगर समाज सेवा केन्द्रको सभाहल रानीवुँ, ललितपुरमा आयोजना गरेको कार्यक्रम मार्फत ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा प्रथम शहिद लखन थापा मगरलाई राष्ट्रिय विभुतिको रुपमा विभुषीत गरिनुपर्ने, प्रथम शहिदसँगै वि.सं. १९३३ को बुंकोट जनआन्दोलनमा तत्कालिन राणा शासकद्धारा मृत्युदण्ड दिइएका जयसिंह चुमी मगर, अक्षमी मगर, जितमान गुरुङ, विराज थापा, जुठ्या थापा र अजपसिंह मगरलाई शहिद घोषणा गरिनुपर्ने, प्रथम शहिदकोे जीवनीलाई विद्यालयस्तको पाठ्यक्रम एवं पाठ्यपुष्तकमा समावेश गरिनुपर्ने, लखन थापा प्रतिष्ठानलाई सरकारी स्वामित्वको प्रतिष्ठानमा परिणत गरिनुपर्ने, गोरखा वुंकोटस्थित लखन थापाको विद्रोही किल्ला एंव उनले

Read more

बेलायती सेनाका उच्च अधिकृत पदमा स्याङजाका तोल खाम्चा मगर !

मगर मिडिया २३ माघ, काठमाण्डौँ बेलायती सेनाको  उच्च अधिकृत पदमा एक नेपाली  गोरखा सैनिक पुग्न सफल भएका छन् । स्याङजा सिरकोट करादिमा जन्मेका ५० वर्षीय तोल खाम्चा मगर यसैसाल बेलायती सेनाको छैठौँ वरियताको लेफ्तिनेन्ट कर्णेल पदमा पुगेका हुन् । गोरखा भर्तीको २०० वर्षको अवधिमा सो पदमा अहिले सम्म खाम्चा सहित लालबहादुर पुन मगर , विजय रावत र याम बहादुर राना मगर पुगेका छन् तर अहिले सो पदमा सेवारत भने उनी एक मात्र गोर्खाली सेना हुन् । खाम्चा मगर अहिले आफ्नो परिवार दुई छोरी, एक छोरा र श्रीमतीको साथमा युकेको अल्डरसट स्थित आर्मी हेड क्वाटर  रिजनल कमाण्डमा बसोबार गर्दै आएका छन् । उनको यो  सफलताले उनलाई मात्र नभइ नेपाली डायष्पोरा र ब्रिगेट अफ गोर्खाजका लागि पनि खुशी बाँडेको छ ।  

Read more

लिलम चिदी मगरको उद्धेश्य र समीक्षा बारे लिएको बार्तालाप !

कृष्ण सारू मगर दोहा-कतार, २८ नोभेम्बर मगर मिडिया डट कम तपाईंलाई हार्दिक स्वागत छ । – धन्यवाद कृष्ण सारु मगर ज्यू तथा मगर मिडिया डटकम परिवारलाई पनि । १:- तपाईंको पुरा परिचय ? जिल्ला पाल्पा चिर्तुङ्ग धारा ४ खोरबारीका पुजनिय बाबा स्व. बाबा भिम बहादुर चिदी तथा आमा भुमीसरा चिदी मगरकी साँहिला छोरा म लिलाम्बर चिदी मगर हो । २:- रोजगारीको शिलशिलामा कतारको बसाई कति भयो नी ? – म रोजगारीको शिलशिलामा कतार आएको झण्डै दुई दशक देखी दोहा-कतारमा श्रमिकको रुपमा काम गर्दैछु। ३:- लिलम चिदी मगर को हो जस्तो लाग्छ ? – बिशेष गरेर आफ्नो जिविको पार्जन संगै सुनौलो भविश्यको कल्पना बोकेर साधारण श्रमिकले आफ्नो परिवारलाई सम्पन्न बनाउने लक्षले दोहा आएको थिए । अन्तत: झन्डै १ दशक देखी समाजिक

Read more

देशको ईतिहास लेख्ने मगरले आफ्नै ईतिहास लेख्न सकेन: प्रा. डा. बराल (भिडियो अन्तर्वार्ता सहित)!

पोखरा, कार्तिक २२ प्राध्यापक डाक्टर केशरजङ्ग बराल मगरले देशको ईतिहास लेख्ने मगरले आफ्नै ईतिहास लेख्न नसकेको बताउनुभएको छ । मगर मिडिया संगको बिशेष कुराकानीमा प्रा.डा बरालले योगी नरहरी नाथ र उनका गुरु बालुमहाराजले संकलन गरेको डकुमेन्टको आधारमा देशकै ईतिहास लेखिएको तर दुबै मगर भएर पनि मगरकै ईतिहास लेख्न नसकेको बताउनुभयो । मगरको ईतिहास लेखिएको दस्ताबेज दरबारले लुकाएको हुन सक्ने भन्दै उहाले त्यो दस्ताबेज खोजि गर्नुपर्नेमा जोड दिनुभएको छ । हेरौ बराल संगको भिडियो कुराकानी …

Read more

मगर आदिकवि र उहाँको कृति पढ्नको लागि पुस्तक !

यमुना राना मगर ३ कार्तिक, काठमाडौँ ! मगर आदिकवि जीत वहादुर सिञ्जाली मगरको व्यक्तित्व र कृतिलाई बुझ्न नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको “मगर आदिकवि जित वहादुर सिञ्जाली मगर” नामक पुस्तक एक महत्वपुर्ण कृति हो । वि.सं. २०७२ मा पहिलो संस्करणको रुपमा ल्याएको पुस्तक १ हजार २ सय प्रति छापिएको थियो । यस पुस्तकको सज्जा वसन्तराज अज्ञातले गर्नु भएको छ भने जसको मुल्य रु १५०/– रहेको छ । पुस्तकमा ३ वटा खण्डहरु रहेका छन् । जसमध्ये खण्ड एकमा मगर जाति र साहित्य, खण्ड दुईमा स्रष्टा परिचय र खण्ड तिनमा साहित्य सृजना रहेका छन् भने अनुसुचीमा जित बहादुर सिंजालीका कृतिहरु र सम्वन्धित रचनाहरु रहेका छन् । १२६ पृष्ठ रहेको पुस्तकमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गङ्गा प्रसाद उप्रेतीको मन्तव्य, उपकुलपती विष्णुविभु घिमिरेको प्रकाशकिय,

Read more

मगरात प्रदेश प्राप्तीका लागि मगरहरु सडकमा उत्रने !

संजय सिंजाली मगर, काठमाण्डौं मगरात स्वायत्त प्रदेश प्राप्तीका लागि मगरहरु असोज १९ गते आन्दोलनको लागि सडकमा ओर्लिने भएका छन् । सरकारले संविधानमा संशोधन नगरी मगरात प्रदेशलाई मेटिने गरि कार्यान्वयन गर्न लागेकोले मगरहरु सडकमा जान लागेका हुन । नेपाल मगर संघ, संयुक्त मगर मंच र मगरात उपत्यका संयूक्त संर्घष समितिको आयोजनामा कार्यक्रम हुन लागेको हो । मगरात स्वायत्त प्रदेश प्राप्तीका लागि मगरहरुले एकिकृत पहिचान र अधिकार सहितको संघियता हाम्रो अडान, मगर स्वायत्त प्रदेश स्थापनाको लागि साझा अभियान भन्ने मूल नाराका साथ मगरहरुले आन्दोलन गर्न लागेका हुन् । मगरहरु असोज १६ गतेका दिन प्रधानमन्त्रि, सभामुख र नेपाली काङ्गे्रस, एमाले, माओबादी केन्द्र, मधेशी मोर्चा र नया शक्ति नेपालका अध्यक्ष्ँहरु लाई ज्ञापन पत्र बुझाउन जाने भएका छन् । आन्दोलनका घोषित कार्यक्रम अनुसार १८ गते

Read more

मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कारबाट थापा सम्मानित !

रूद्र श्रीसमगर मिछुर्लुङ (तनहुँ), २८ भदौ मगर भाषाका आदिकवि सु. रेखबहादुर सारू मगरको नाममा स्थापित ‘मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कार–२०७३’बाट मगर भाषाकी साहित्यकार फूलकुमारी थापामगर सम्मानित हुनुभएको छ । नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिद्वारा मगर आदिकवि रेखबहादुरको ७३ औं जन्मजयन्तीका अवसरमा मंगलबार तनहुँको पर्यटकीय गाउँ मिछुर्लुङमा आयोजित विशेष समारोहमा साहित्यकार थापा सो पुरस्कारबाट सम्मानित हुनुभएको हो । रेखबहादुरका नाममा स्थापित सो पुरस्कार पहिलोपटक थापाले पाउन सफल हुनुभएको हो । यसअघि, अर्का मगर आदिकवि जीतबहादुर सिंजाली मगरका नाममा स्थापित ‘जीबसिम साहित्य पुरस्कार’बाट समेत सम्मानित भइसक्नुभएका साहित्यकार थापा पाँच हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित हुनुभयो । साहित्यकार थापालाई नेपाल मगर लेखक संघकी केन्द्रीय बाह्र मगरात भाषिक उपाध्यक्ष हेमा आलेमगर ‘बोगी’ले सम्मान गर्नुभएको हो । नेपाल मगर लेखक

Read more

खपाङ्गीका बारेमा नेपाल मगर संघको प्रेस विज्ञप्ति !

मगर मिडिया, काठमाडौँ १२: नेपालको हरेक संरचनामा भईरहेको एकल जातिय, एकल भाषिक, एकल सास्कृतिक, एकल धार्मिक एकाधिकारको अन्त्य गरि मुलुकमा रहेको वास्तविक विविधतालाई संस्थागत गर्दै समानताका लागि जातिय जनसंख्याको आधारमा समानुपातिक समावेशी नीति बनाउनु पर्दछ भनेर अभियान चलाउने एक प्रमुख अभियानता तथा नेपाल मगर संघ केन्द्रीय समितिको चार कार्यकाल अध्यक्ष भएर सफतापूर्वक सञ्चालन गर्ने गोरेबहादुर खपांङ्गीमगरको यहि मिति २०७३ भाद्र ११ गते भएको दुखद निधनले नेपाल मगर संघलाई स्तब्ध बनाएको छ । यस दुःखद घडीमा मृतात्माको चिर शान्तिको कामना गर्दै स्वर्गिय खपाङ्गीमगर प्रति नेपाल मगर संघ भावपूर्ण श्रद्धान्जली प्रकट गर्दै शोक सन्तब्ध परिवार जनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । उहाँको निधनबाट मगर समुदायले मात्र हैन सिंगो आदिवासी जनजाति तथा उत्पीडितहरुको प्रमुख धरोहर गुमेको छ । उहाँले नेपालमा भइरहेको असमानतालाई समानता

Read more

गोरे मेरा गुरू हुन : अध्यक्ष नबिन रोका मगर !

संजय सिंजाली मगर काठमाडौं, वैशाख २८ नेपाल मगर संघका नवनिर्वाचित केन्द्रिय अध्यक्ष नविन रोका मगरले मृत्युसंग लडिरहेका आदिवासी जनजातिका वादशाहा तथा नेपाल मगर संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङगी मगर लाई बैशाख २६ गते उनकै निवास ललितपुर स्थीत नख्खु दोबाटोमा गएर भेटेका छन् । गोरेवहादुर खपाङगी मेरो गुरुहुनुहुन्छ ,उहाँकै स्कुलिङग र आर्शिवादले आज म ३९ लाख मगरको अध्यक्ष बन्न सफल भएको छु । अध्यक्षको जिम्मेवारी सम्माल्नु पूर्व गुरुको दर्शन गरि कामको सुरुवात गर्ने छु भन्दै रोका मगरले प्रतिबद्धता समेत ब्यक्त्त गरे । खपाङगी मगर नेपाल आमाका सपूत सच्चा ईमान्दार,कर्मठ,जुझारू, पहरेदार र आर्दश पुरुष हुनुहुन्छ । उहाँको योगदान र अगुवाईमा भएको जनजाति आन्दोलनले आज देशले काचुली फेर्दै गरेको छ । उहाँले गर्नु पर्ने बाँकी काम अब हाम्रो काँधमा आएकोले उहाँको त्यो अपुरो

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)