नेपाल मगर संघ केन्द्रिय समितिकोे सातौ पूर्ण बैठक सम्पन्न, बैठकमा भएका मुख्य निर्णयहरु सहित ।

श्याम राना मगर माघ २३, काठमाण्डौ नेपाल मगर संघ केन्द्रीय समितिकोे नियमित सातौ पूर्ण बैठक धोवीघाट ललितपुरमा गत २० गते शनिवार संघको अध्यक्ष श्री नविन रोकामगरको अध्यक्षतामा सम्पन्न भएको छ । वैठकमा नेपाल मगर संघ केन्द्रीय समितिको २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात प्राप्ति अभियानलाई निर्णायक विन्दुमा पु¥याउनका लागि विश्व भरिका मगरहरुको सहभागितामा “पहिचान सहितको संघियता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधन । सामाजिक न्याय र पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा २६ औं राष्ट्रिय सम्मेलन ।।” भन्ने नारा तय गरि मगरात प्राप्ति सम्मेलन यहि मिति २०७४ फागुन १५, १६ र १७ गतेका दिन काठमाडौमा आयोजना गर्ने निर्णय गरेको छ । त्यसैगरि उक्त सम्मेलनमा आयोजकहरु सबै, जिल्ला समितिबाट अध्यक्ष र एक महिला सहित ३ जना, विदेश÷प्रवास शाखा तथा सस्थाहरुबाट अध्यक्ष

Read more

मगराँत प्राप्तिको लागि एक घर, एक मगर, एक मगर, एक रुपियाँ अभियानका लागि इजरायलबाट संकलित रकम हस्तान्तरण !

युवराज राना मगर माघ १५, काठमाण्डौ मगराँत प्राप्तिको लागि एक घर, एक मगर, एक मगर, एक रुपियाँ अभियानका लागि इजरायलबाट संकलित रकम हिजो नेपाल मगर संघको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल मगर संघलाई हस्तान्तरण गरिएको छ । इजरायलबाट नै सुरु भएको उक्त अभियानको लागि इजरायलबाट  संकलन गरिएको ८० हजार ६ सय रुपैया रकम नेपाल मगर संघ शाखा इजरायलका अध्यक्ष विष्णु पुन मगरले नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरलाई हस्तान्तरण गर्नु भएको हो । नेपाल मगर संघ केन्द्रिय समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहयोग रकम लिदैँ नेपाल मगर संघ इजरायलका अध्यक्ष विष्णु पुन मगर, नेपाल मगर संघ शाखा दक्षिण कोरियाका सल्लाहकार ओम जुग्जाली मगर साथै नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाका निर्वतमान महासचिव वलराम पुन मगरलाई समेत

Read more

मगरात प्राप्तिको आन्दोलनका लागि सहयोग गर्न आव्हान: बिष्णु पुन, अध्यक्ष मगर संघ इजरायल !

मगर मिडिया  ८ कार्तिक  तेल अभिव/इजरायल मगरात प्राप्तिको आन्दोलनका लागि सहयोग गर्नका लागि मगर  संघ इजरायलका अध्यक्ष बिष्णु पुन मगरले आव्हान गर्नु भएको छ । प्राचिन काल देखिनै नेपालको पुर्वमेची देखी पश्चिम महाकाली सम्म नेपालको विभिन्न भागमा मगरहरु छरिएर बसोबास गर्दै आइरहेका छ्न । जनस्ंख्याको दृष्टिकोणले २०६८ को जनगणनालाई पल्टाएर हेर्दा पनि मगरहरुको जनस्ंख्या १८,८७,७३३ भएतापनि  देशको राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा पिछडिएकोले मगरहरुको सहभागीता राज्यसत्तामा न्यून रहेको छ । यसैकारणले गर्दा नेपाल अधिराज्यभरी बसोवास गर्ने मगरहरुलाई भाषिक, लैंगिक र धार्मिक रुपमा एकीकृत गर्नको निमित्त मगरात प्रदेशको स्थापना अति आवश्यक रहेको छ । नेपालमा जब सम्म मगरात प्रदेशकोे स्थापना हुन सक्दैन तबसम्म राज्यसत्तामा पुग्न असम्भव भएकोले मगरहरु सबै कुराबाट बञ्चित नै रहन्छन तसर्थ मगरहरुको हक, अधिकार सुनिश्चित गर्न तथा मगरहरुको आफ्नो

Read more

मगर समाजको इतिहास र विविधताको बारेमा अध्ययन गरिने !

श्याम राना मगर भदौ २३ काठमाण्डौ । मगर इतिहास संस्कृति लिपी धर्म र मगरात सम्वन्धी अध्ययन तथा अनुसन्धान कार्यदलको गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ केन्द्रिय समितिले हिजो युनियन हाउस अनामनगरमा आयोजना गरेको गोष्ठिमा मगर समाजको इतिहास र विविधताको अध्ययन आवश्यकता र विधि नामक सल्लाहकार झकेन्द्र घर्ती मगरले प्रस्तुत गर्नु भएको अवधारणापत्र माथि सहभागिहरुले आफ्नो धारणा, सुझाव तथा सल्लाह राखेका थिए । अवधारणा पत्रमा मगरहरुको इतिहास, संस्कृति, लिपी, धर्म र मगरात सम्वन्धी भएका अन्यौलतालाई चिर्नको लागि अध्ययनदल गठन गर्दै सर्वेक्षण गरि वास्तविक अवस्थालाई खोजेर १ बर्षमा प्रारम्भिक रिपोर्ट बुझाउने गरि प्रस्ताव ल्याइएको थियो । गोष्ठिमा वोल्दै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले अब छिट्टै प्रभावकारी अध्ययन समिति गठन गरिने र उक्त समितिले मगरका विभिन्न अन्यौलताहरु

Read more

मगरात प्राप्तिको लागि एक घर एक मगर, एक रुपियाँ अभियान सञ्चालन गरिने !

श्याम राना मगर साउन १६, काठमाण्डौ मगरात लगायत मगरहरुका अधिकार प्राप्तिका लागि अब एक घर एक मगर एक रुपियाँ अधियान सञ्चालन गरिने भएको छ । नेपाल मगर संघ केन्द्रिय समितिको गत १४ गते कलंकीमा सम्पन्न भएको छैठौ बैठकमा उक्त निर्णय गरिएको हो । साथै बैठकले मगर जाति र मगरातको वास्तविक इतिहास खोजी गर्नको लागि विज्ञहरुलाई समेटेर कार्यदल गठन गर्ने, तथा मगरात प्राप्ति राष्ट्रिय अभियान तेस्रो चरणको कार्यक्रम मंसिर महिनासम्म सञ्चालन गर्ने र स्थानिय तहदेखि केन्द्रिय तहसम्मका संगठन वा नेता अगुवाहरुलाई संगठन, सदन र सडकमा केन्द्रिकृत भएर एकीकृत मगरात र अधिकार सहितको संघीयताका मुद्धाहरुमा जबरजस्त ढंगबाट लड्ने महत्वपुर्ण निर्णयहरु गरको छ । मगरात सहितको गणतन्त्र नेपाल चाहने मगर तथा गैह्र मगरहरु सबैसँग यो अभियानलाई सफल पार्नको लागि संसार भरिबाट आर्थिक सहयोगको

Read more

संबिधान संसोधन पछि मात्रै निर्वाचन हुन पर्छ: नविन रोका मगर (भिडियो सहित) !

पाल्पा, चैत्र २३ नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले अहिलेको संरचनामा स्थानिय तहको निर्वाचन भए आदीवासी जनजाति शमुदाय झन बर्षो पछि पर्ने दावी गर्नुभएको छ । संबिधानले सबै समुदायका भाषा, सस्कृत , सामाजिक मुल्य मान्यतालाई समान अधिकार नदिएको जनाउदै अन्तरिम संबिधानमा रहेको सिमान्तकृत समुदायका अधिकार र पहिचान , स्वायत्त र संरक्षित क्षेत्रका सवालमा बर्तमान संविधानमा कुनै उल्लेख नभएकोले उहाको भनाई छ । अन्तरिम संबिधानले दिएका अधिकार लाई समेत कटाएर जारी भएको बर्तमान संबिधान अधुरो र अपुरो भएको भन्दै तत्काल संसोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल आदीवासी जनजाति महासंघ केन्द्रका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका रोकाले पत्रकार देव पचभैया संगको कुराकानीमा अहिलेकै अवस्था निर्वाचन भए नाम मात्रैको संघियता हुने जिकिर गर्नुभयो । पहिचान र अधिकार सहितको संघियता र लोकतान्त्रिक

Read more

एकिकृत मगरात स्वायत्त पदेश स्थापित गराउन मगर राजनैतिक राष्ट्रिय सम्मेलन सम्पन्न / फोटो फिचर सहित !

रविन्द्र सिन्जाली मगर(हिरा) पौष २८, काठमाण्डौ “जातिय पहिचान र अधिकार सहितको संघियता हाम्रो अडान, एकिकृत मगरात स्वायत्त प्रदेश स्थापनाको लागि साझा अभियान” भन्ने मूल नाराका साथ नेपाल मगर संघ र संयुक्त मगर मञ्च नेपालले प्रज्ञा प्रतिष्ठान कमलादीमा एक दिने मगर राजनैतिक सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले अरुको लागि धेरै वलिदानी दिएको मगरहरु अब आफ्नो राजनितिक, सामाजिक, साँस्कृतिक अधिकार सहित ऐतिहासिक मगरात भुमि प्राप्ति नगर्दा सम्म लडाई लड्न तयार रहेको बताए । पछिल्लो समय सरकारले ल्याएको संसोधन प्रस्तावका सबै बुँदामा सहमति नरहेको भन्दै मगरको ऐतिहासिक भुमिलाई केहि हदसम्म एकै क्लष्टरमा पार्ने कुरामा मात्र सहमति रहेको समेत उल्लेख गरे । संघिय समाजवादी फोरम नेपालका सह–अध्यक्ष अशोक राईले अहिलेको संविधान संघियतालाई असफल बनाउने डिजाइनको

Read more

प्रदेश नं. ३ को एकता भेला सम्पन्न !

श्याम रानामगर पौष २८, काठमाण्डौ सम्पुर्ण उड्पिडित मगरहरु एक हौँ भन्ने नाराका साथ मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल ३ नं प्रदेश एकता भेला हिजो पौष २७ गते माओवादी केन्द्रको केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ । ३ नं प्रदेश इन्चार्ज प्रेम पुलामीको अध्यक्षतामा भएको भेलामा मोर्चाका सल्लाहकार तथा माओवादी केन्द्रका नेता बसन्त घर्ती मगर प्रमुख अतिथि रहनुभएको थियो भने अन्य अतिथिहरुमा मोर्चाका केन्द्रिय अध्यक्ष शुर्दशन बरालमगर, उपाध्यक्ष रामचन्द्र थापामगर गगन, कोषाध्यक्ष कमल पिठाकोटी मगर, महासचिव दुर्लव पुन मगर, सचिव गगन ल्हो मगर, नारायण सुस्लिङ मगर लगायतका रहनुभएको थियो । पुर्ण बुढा मगरले सञ्चालन गरेको कार्यक्रममा शुनिल थापामगरले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै महासचिव दुर्लव पुन मगरले कुनै पनि आग्रहपुर्वाग्रह नराखीकन सम्पुर्ण उड्पिडित मगरहरु कार्यव्यवहार रुपमा नै एक

Read more

मगराँत किन ? (भिडियो रिर्पोट सहित) !

श्याम रानामगर मगर मिडिया, पौष २७, काठमाण्डौ नयाँ संविधान जारी भएपछि मगरात भुमीलाई विभाजन गरि ल्याइएको सिमाङ्कन सहितको संविधान प्रति सिंगो मगर समुदायले असन्तुष्टि व्यक्त गर्दै आएको छ । लामो समय देखि मगरात प्राप्तिको लागि निरन्तर आन्दोलनमा रहदैँ आएको नेपाल मगर संघ र मगर समुदायका विभिन्न संघसंस्थाहरु पछिल्लो समय भने सरकारले संविधान संशोधनको विधेयक ल्याएपछि मगरका मागमुद्धाहरु पुर्णरुपमा संवोधन हुन नसकेपनि मगरात कलस्टरलाई मिलाउने प्रयास केहि हदसम्म भएकोले यसलाई पारित गराउनको लागि मगरात संघर्षका कार्यक्रमहरु गर्दै आएको छ । मगरात के हो ? मगरात किन ? मगरातको सघर्ष कता जाँदै छ ? भनेर मगरातको बारेमा केहि मगर संघसस्थाका नेताहरुको धारणा लिइएको थियो । के भन्नुहुन्छ त मगरातको बारेमा मगर नेता तथा अभियन्ताहरु । भिडियो रिर्पोट सहित ।

Read more

“जिवित साँस्कृतिक इतिहास र हाम्रो दायित्व” !

बम बहादुर घर्ती मगर उवा-८ रोल्पा, पुस २२ मानव सभ्यताको विकास सँगै कुनै पनि जातजातिले आ–आफ्नै किसिमको भाषा, धर्म, संस्कृति र भेष-भुषामा अपनाउँदै आ–आफ्नै प्रकारले जीवन व्यथित गर्दै आइरहेका छन् । जसले तिनै जातिहरुको पहिचान गराउनुको साथै परिचालित पनि गरिरहेको छ । जुन लिपिबद्ध भएर संरक्षित हुनु पर्दछ र विकसित पनि । विश्वका थोरै मात्रामा जातिहरुको भाषा, धर्म, संस्कृति र भेषभुषाहरु चलनचल्तीमा छन् । त्यसैको आधारमा विकसित भएर संसारभरि नै आ–आफ्नो प्रभुत्व जमाउने तर्खरमा छन् भने कुनै–कुनै जातिहरुको लिपि अन्य जातिहरुको षड्यन्त्रद्वारा वा अन्य कारणले हराइनु र तिनै भाषा, धर्म र संस्कृतिहरुको लिपिबद्ध नहुनुले लोपोन्मुख अवस्थामा पुगेका छन् । लिपिबद्ध नभएका भाषा, धर्म, संस्कृति र भेषभुषाहरुसँग सम्बन्धित जातिहरु पनि प्रशस्त मात्रामा देख्न सकिन्छ । त्यो पनि निश्चित क्षेत्र र भूगोलमा

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)