दमौलीमा मातृभाषामा साहित्यीक प्रतियोगिता सम्पन्न साथै मगर लेखक संघ तनहुँको अध्यक्षमा बिनु थापा मगर !

विनोद रखाली मगर फागुन ७, स्याङ्जा अन्तराष्ट्रिय मातृभाषा दिवश फेव्रअरी २१ को सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अन्चल समितिको सप्ताहव्यापी कार्यक्रम अन्तरगत तनहुँको दमौलीमा नेपाल मगर लेखक संघ जिल्ला समिति तनहुँको आयोजनामा मातृभाषामा साहित्यीक रचना वाचन प्रतियोगिता तथा संघको तेस्रो जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनको उद्धघाटन गर्दै नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्ष मन्धरी आले मगरले मातृभाषामा साहित्यको विकाशका लागी लेखकहरुको भुमिका महत्वपूर्ण रहने बताउदै भाषा, सस्ंकृती र पहिचानलाई जिवित राख्न ती विषयमा लेखकहरुको कलम चल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल मगर लेखक संघ केन्द्रीय सदस्य रुद्र श्रीष मगर, समितिका केन्द्रीय सदस्य अनुराग थापा मगर, नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगर, तमु ह्रयुला छोँज धीँका केन्द्रीय सदस्य रक बहादुर गुरुङ्, मगर लेखक संघ गण्डकी

Read more

१९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा तनहुँको भिमादमा बहुभाषिक साहित्यिक प्रतियोगिता सम्पन्न!

रुद्र श्रीसमगर भिमाद, ६ फागुन १९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेब्रुअरी २१ का सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको सप्ताहव्यापी कार्यक्रम तनहुँको भिमाददेखि सुरु भएको छ । शुक्रबार भिमादमा बहुभाषिक साहित्यिक प्रतियोगिता सम्पन्न भएको छ । नेपाल मगर संघ भिमाद नगर समितिको सह–आयोजनामा भएको कार्यक्रममा मगर तथा गुरुङ भाषामा कविता प्रतियोगिता आयोजना गरिएको हो । जसमा मगर भाषातर्फ वसन्ती थापामगर प्रथम भइन् भने मोनिका थापामगर द्वितीय, कृष्ण रानामगर तृतीय र गमबहादुर रानामगर सान्त्वना भए । त्यस्तै, गुरुङ भाषातर्फ सुमिका गुरुङ प्रथम र बबी गुरुङ द्वितीय भए । उनीहरूले क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरे । नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिकी सल्लाहकार फूलकुमारी थापामगरको संयोजकत्वमा सदस्यद्वय रूद्रबहादुर श्रीसमगर र

Read more

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा स्याङ्जामा मगर भाषा कविता प्रतियोगिता !

मगर मिडिया हरिनास, ६ फागुन स्याङ्जाको हरिनास गाउँपालिका–४, चित्रे भञ्ज्याङ स्थित मातृभूमि माविमा १९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेब्रुअरी २१ को सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मगर भाषा कविता प्रतियोगिता सम्पन्न भएको छ । ‘दिगो विकासका लागि भाषिक विविधता र बहुभाषिकताको गन्ती’ भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त प्रतियोगितामा प्रतियोगिहरूले मगर भाषामा आफ्ना रचना प्रस्तुत गरेका थिए । दश प्रतियोगीहरू सहभागीरहेको प्रतियोगितामा अमृता थापामगरले प्रथम स्थान प्राप्त गर्दै नगद रु.१,५०० तथा प्रमाणपत्र प्राप्त गरिन् । यसैगरी, अनुषा थापामगर र सुदर्शन थापामगर क्रमस द्वितीय र तृतीय स्थान प्राप्त गर्दै नगद रु. १,००० र नगद रु.५०० सहित प्रमाणपत्र प्राप्त गरे । साथै, सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा हरिनास गाउँपालिका वडा

Read more

मादी गाउँपालिकाको थाकमा सञ्चालित मगर भाषा कक्षाको समापन !

रूद्र श्रीसमगर पोखरा, ६ फाल्गुन नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद्, मादी गाउँपालिका–६, थाक, कास्कीको आयोजनामा थाकस्थित भूमे आधारभूत विद्यालयमा सञ्चालित २१ दिने मगर भाषा साक्षरता कक्षाको समापन गरिएको छ । शनिबार भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले कुनै पनि भाषा जाति विशेषको पहिचान भएको बताउनुभयो । ‘मगर भाषा हामी मगरको पहिचान हो’, रानामगरले भन्नुभयो, ‘हाम्रो मातृभाषा हामीले नै बिर्सिँदै गइरहेका छौं, यो दुर्भाग्यको कुरा हो ।’ अब हरेक मगर बस्तीमा मगर भाषा साक्षरता कक्षा चलाउनुपर्ने आवश्यकता रहेको भन्दै उहाँले मगर भाषा बचाउन पूरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरणको आवश्यकता औंल्याउनुभयो । ‘पूरानो पुस्ताले नयाँ पुस्तामा भाषा र संस्कृति दुवै हस्तान्तरण गर्न आवश्यक छ’, रानामगरले भन्नुभयो, ‘यसो गर्न नसके हाम्रो पहिचान समाप्त

Read more

मगर अध्ययन केन्द्र र प्रज्ञा प्रतिष्ठानको भाषा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न !

पुष्करनाथ ओझा ४ फाल्गुन, काठमाण्डौँ काठमाण्डौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठान भवनमा वुधवार नेपाल प्रज्ञा प्रतिष्ठान तथा मगर अध्ययन केन्द्रले आयोजना गरेको मगर भाषा, व्याकरण तथा शब्दकोष निर्माण विषयक कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपती वैरागी काँइलाले दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गर्दै काँइलाले भाषा भनेको समुदाय र राष्ट्रको पहिचान भएकाले यसको संरक्षण र बिकासमा जोड दिनु भयो । कार्यक्रममा विभिन्न क्षेत्रका भाषा विज्ञहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो । प्रा.डा.दान ब.रेग्मी, डा.दुबि नन्द ढकाल लगायतले व्याकरण निर्माण र शब्दकोष निर्माण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने, कार्यपत्र प्रस्तुत गर्ने क्रममा मगर एक जाति बहुभाषी र मगर भाषिकामा विद्यावारिधि तहको अध्ययन , पुस्तक लेखन, शब्दकोष निर्माण, खाम मगरमा विद्यावारिधि तहका अध्ययन व्याकरण र

Read more

मादी गाउँपालिकाको थाकमा मगर भाषा कक्षा सुरु !

रुद्र श्रीसमगर पोखरा, ३० पुस कास्कीको मादी गाउँपालिका–६, थाकमा १५ दिने मगर भाषा कक्षा सुरु भएको छ । आदिवासी जनजाति समन्वय समिति, मादी गाउँपालिका–६ र ७ को आयोजनामा शनिबारदेखि सो मगर भाषा कक्षा सुरु भएको हो । मगर भाषा कक्षाको उद्घाटन गर्दै नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रुद्रबहादुर श्रीसमगरले मगर भाषा नबोल्ने मगर बस्तीहरूमा मगर भाषा कक्षा सञ्चालन गरिनु अति जरुरी रहेको बताउनुभयो । कुनै पनि भाषा सिकेपछि बोलीचालीमा प्रयोग नगरेसम्म बोल्न नआउने बताउँदै श्रीसमगरले चासो दिएर अभ्यास गरे भाषा सिक्न कुनै कठिन नभएको बताउनुभयो । भूमे आधारभूत विद्यालय, मादी गाउँपालिका–६, थाकका प्रधानाध्यापक इन्द्रबहादुर थापामगरले मगर जाति भएर पनि मगर भाषा बोल्न नजान्दा हीनताबोध हुने गरेको बताउँदै मगर भाषा बोल्नका लागि कक्षाको आवश्यकता ठानेर कक्षाको सुरु गरिएको बताउनुभयो ।

Read more

मगर साहित्यमा मगरपन विषयक गोष्ठि तनहुँको मगर होम स्टे अलैँचेमा सम्पन्न, मगरपनको खोज गाउँ केन्द्रित हुनु पर्नेमा प्राज्ञ श्रवण मुकारुङ्को जोड,

विनोद रखाली मगर कार्तिक २६, तनहुँ पछिल्लो समय मातृभाषामा साहित्य लेखन, प्रकाशन तथा सरंक्षणका लागी विभिन्न सस्थांहरु तातिएको अवस्थामा तनहुँको व्यास नगरपालिका वडा न. ७ मगर होम स्टे अलैंचेमा मगर साहित्यमा मगरपन र मगर साहित्यको अवस्था तथा चुनौति विषयक एक दिने गोष्ठि सम्पन्न भएको छ । मगर भाषाका आदिकवि जितवहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानको आयोजना र नेपाल मगर लेखक संघ प्रदेश न. ४ को सह आयोजना तथा नेपाल प्रज्ञाप्रतिष्ठानको सहयोगमा आयोजना गरिएको उक्त गोष्ठिमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङ्ले आदिवासी समुदायको जिवित पहिचान भनेकै मातृभाषा र संस्कृती रहेकाले पछिल्लो समय आधुनिकीकरणले भाषा र सस्ंकृती धरापमा पर्दै गइरहेकाले संरक्षण र जगेर्ना आजको आवश्यकता रहेकोमा जोड दिनुभयो । प्राज्ञमुकारुङ्ले मगरपनको संस्कृती र भाषाखोज्न गाउँ–गाउँ जान मगर साहित्यकारहरुलाई

Read more

दमौलीमा मगर भाषा साहित्य सम्वन्धि अन्तरक्रिया !

बिनोद रखाली मगर १२ कार्तिक, तनहुँ मगर भाषा र साहित्यको अवस्था र विकाश बारे तनहुँको दमौलीमा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर लेखक संघ तनहुँको आयोजनामा आयोजित कार्यक्रममा मगर भाषाका साहित्यकार तथा चलचित्रकर्मी सन्जोग लाफा मगरले सहजिकरण गर्दै मगर साहित्यको इतिहास, अवस्था, हाल सम्म प्रकाशित साहित्यीक कृतिहरु, भाषा कला संस्कृतिमा आधारित मगर चलचित्रहरु लगाएत अवका दिनमा मगर भाषा साहित्यको विकाशको वारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगर, नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका अध्यक्ष गिता थापा मगर, मगर लेखक संघ जिल्ला समितिका सल्लाहकार तिल वहादुर थापा मगर, मगर संघ तनहुँका सचिव मनिराज राना मगर, नेपाल मगर विद्यार्थी संघ तनहुँका अध्यक्ष रितु आले मगर, मगर गुठका अध्यक्ष नर वहादुर

Read more

मगर आदिकवि पुरस्कारबाट झुस्या मगर सम्मानित भाषा जति बाँड्यो, उति बढ्छ: पूर्व मन्त्री थापा !

रूद्र श्रीसमगर दमौली, २८ भदौ मगर भाषाका आदिकवि सु. रेखबहादुर सारूमगरको नाममा स्थापित “मगर आदिकवि सु. रेखबहादुर सारूमगर स्मृति साहित्य पुरस्कार–२०७४”बाट मगर भाषाका अग्रज साहित्यकार एवं भाषाविद् लोकबहादुर थापामगर ‘झुस्या मगर’ सम्मानित हुनुभएको छ । आदिकवि रेखबहादुरको ७४ औं जन्मजयन्तीका अवसरमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिद्वारा बुधबार तनहुँको दमौलीमा आयोजित कार्यक्रममा साहित्यकार झुस्या मगरलाई सो पुरस्कारबाट सम्मान गरिएको हो । साहित्यकार झुस्या मगरलाई पुरस्कार राशि ५ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । सम्मान गर्दै पूर्व विज्ञान तथा प्रविधि मन्त्री एवं सांसद् शिवलाल थापामगरले मगर भाषा हराए मगर जातिको अस्तित्व नै हराउने बताउनुभयो । ‘मगर भाषा हराए मगरहरू पनि हराउनेछन्’, मगर भाषाका अग्रज साहित्यकार समेत रहेका थापामगरले भन्नुभयो, ‘आज मगर भाषा असुरक्षित अवस्थामा छ, यो निकै

Read more

मगर बृहत शब्दकोषका लेखक हिरासिंहको उपचारार्थ सहयोगको लागि अपिल (भिडियो सहित) !

श्याम रानामगर १८ भदौ, काठमाण्डौ मगर बृहत शब्दकोषका लेखक, भाषा तथा इतिहासविद् हिरासिंह थापा सोमेसेन मगरको उपचारको लागि नेपाल मगर संघ केन्द्रिय समितिको संरक्षकत्वमा नेपाल मगर संघ काठमाण्डौ जिल्ला समितिका उपाध्यक्ष रघु थापा मगरको संयोजकत्वमा सहयोग समिति गठन गरि सवैलाई सहयोगको लागि अपिल गरिएको छ । २१ सदस्यीय समिति मध्येबाट संयोजक रघु थापा मगर, नेपाल मगर सांस्कृतिक संघका केन्द्रिय अध्यक्ष कविराज मगर र विरामी हिरासिंहका श्रीमती विष्णु माया थापा मगरको नाममा एनसीसी बैंकमा खाता नम्बर ००३०००१६४९९१० खोलेर उपचारको लागि सहयोग संकलन सुरु गरिएको छ । मगर समुदायको भाषा, संस्कृति र इतिहासको क्षेत्रमा विगत लामो समय देखि निरन्तर रुपमा खोज, अध्ययन अनुसन्धान, संकलन तथा प्रकाशन गर्दै आउनु भएका थापा गत साउन २८ गतेदेखि मस्तिष्कघात तथा नशा सम्बन्धि गम्भिर विरामी भई न्युरो

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)