मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनीले अब पोखरामा पनि आफ्नो परियोजना थाल्ने (फोटो फिचर सहित) !

विष्णु थापा १८, मंसिर, पोखरा “स्वदेश मै लगानी गरि रोजगारीको सिर्जना गरौँ, आत्मनिर्भर बन्दै राष्ट्र निर्माणमा हातेमालो गरौँ” भन्ने मुल मन्त्रको साथमा स्थापना भएको मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनीले छिट्टै नै आफ्नो परियोजना पोखरामा पनि विस्तार गर्ने भएको छ । गत शनिवार पोखरामा सम्पन्न कम्पनीको सामाजिक उत्तरदायित्व अन्र्तगत उद्योग तथा व्यापार/व्यवसाय सम्बन्धि सामाजिक सचेतनाका लागि श्रव्य दृश्य प्रस्तुतीकरण र मगर्स क्रियशन कम्पनीको परियोजनाको बारेमा जानकारी साथै पोखरा क्षेत्रकै सम्भावनाको पहिचान तथा लगानी विषयक अन्तरक्रिया कार्यक्रममा कम्पनीका सिइओ आर्शिवाद पुन मगरले उक्त कुरा बताउनु भएको हो । पोखरा क्षेत्रका उद्यमी तथा व्यवसायी, विभिन्न संघ–संस्थाका व्यक्तिहरु गरेर १५० जनाको सहभागीता रहेको उक्त कार्यक्रममा नेपालमा कसरी उद्यमी बन्न सकिन्छ तथा नेपालमा कुन क्षेत्रमा के कतिको सम्भावना रहेको छ भन्ने विषयमा कम्पनीले तयार पारेको लगभग

Read more

पोखरामा सहकारी ऐन २०७४ विषयक अन्तरक्रिया !

मगर मिडिया १९ कार्तिक पोखरा गत शुक्रबार कास्की बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा सहकारी ऐन २०७४ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कास्की जिल्लाका बचत संघमा आवद्ध सहकारीका प्रमुख तथा प्रतिनिधि लगायत सहकारीकर्मीहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै सहकारी अभियन्ता तथा अधिवक्ता डिल्लीराम तिवारीेले सहकारी ऐन २०७४ मा समेटिएका विषयका बारेमा प्रष्ट पारेका थिए । सहकारीबाट ऋण लिएर नतिर्नेलाई कालोसूचीमा राख्ने व्यवस्था रहेको उनले बताए । कसैले पुनः कसुर दोहो¥याएमा दोब्बर जरिवाना गर्न सकिने उनले बताए । जिल्ला सहकारी संघका अध्यक्ष रविरवण तिवारीले सहकारी अभियान एक सुन्दर अभियान रहेको र सहकारीकर्मीहरु त्यस अभियानलाई सफल बनाउने दौडमा रहेको बताए । लामो मेहनत पछि सहकारी ऐन २०७४ आएकोमा आफूहरु खुसी रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ

Read more

अखिल क्रान्तिकारीको एकताको २१ औँ सम्मेलन उद्घाटन, बन्दसत्र आजबाट (फोटो फिचर सहित)!

श्याम राना मगर ८ भदौ, काठमाडौं । ‘राष्ट्रिय एकता र समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान, सुदृढ संगठनको लागि एकताको २१ औं राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन हिजोबाट सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष साथै पुर्व प्रधानमन्त्री प्रचण्डले बबरमहलस्थित एक पार्टी प्यालेसमा सम्मेलनको उद्घाटन गर्नुभएको हो । सम्मेलनको बन्द सत्र भने आज बिहीबारबाट त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सुरु हुने भएको छ । सम्मेलनमा आयोजक समिति सदस्य र प्रतिनिधि गरेर कुल २ हजार ७६ जना सहभागी छन् । सम्मेलनको बन्दसत्रले संगठनको नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व पनि चयन गर्नेछ । हिजोको उद्घघाटन कार्यक्रममा माओवादी कमजोर भयो अब परिवर्तन उल्टाउन सकिन्छ भन्ने सपना देख्न थालेकाहरुको अहिले माओवादीहरुको एकताले गर्दा सातो गएको प्रचण्डले बताउनु

Read more

स्वाइनफ्लुको हल्लाका कारण पोखराका बंगुर ब्यवशायनै धरापमा !

गिता राना मगर, पोखरा ४ भदौ । स्वाइनफ्लुको हल्लाले बंगुर ब्यवशायनै धरापमा परेका छन । स्वाइनफ्लु रोग बंगुरबाट मानिसमा सर्ने भ्रम फैलिएपछि कास्कीमा बंगुर ब्यवशाय सञ्चालन गरेर जिविकोपार्जन गर्ने किसान हरु ब्यशायबाटै पलायन हुने स्थितीमा पुगेका छन । मौसमी रुघाखोकीका कारण मानिसहरु बिरामी हुने र बिरामीको मृत्युका खबरहरु सञ्चारमाध्याममा स्वाइनफ्लु भनी प्रचार प्रसार गर्दा बंगुर ब्यवशायी किसानहरु मर्कामा परेका हुन । प्रतिदिन २५ सय केजी बंगुरको मासु बिक्री भइरहदा तीन हप्तादेखि स्वाइनफ्लुको हल्लाका कारण बंगुरको मासु बिक्री हुन छोड्दा किसानहरु मर्कामा परेको बंगुर बृडर कृषक सहकारी संस्था पोखराका अध्यक्ष योग बहादुर आचार्यले वताए । कास्कीमा ११३ वटा बंगुर फर्म रहेको र फर्ममा रहेका बंगुर र कामदारहरुमा मौसमी रुघाखोकी नदेखिएको र मौसमी रुघाखोकीलाई स्वाइनफ्लु भनेर हल्ला फैल्याउदा ब्यवशायनै ठप्प हुन पुगेको

Read more

पोखरामा इक्यान शैक्षिक मेला सुरु / सिप र क्षेमता हुनेलाई अवसर नै अवसर — जिसी !

पोखरा, २७ साउन नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान)को आयोजनामा शुक्रबार देखि पोखरामा बृहत इक्यान शैक्षिक मेला सुरु भएको छ । पोखराको सभागृहमा संचालन हुने ५ औ इक्यान मेला आइतबार सम्म सञ्चालन हुनेछ । मेलाको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरे । उनले सिप र क्षेमता हुने प्रतिभावान युवालाई कसैले रोकेर नरोकिने बताए । उनले युवाहरु उच्च शिक्षाका लागि विदेश जाने र पुन नेपालमा आएर शिक्षाको उपयोग गर्दै देश विकासमा लगाउनु पर्ने बताए । ‘उच्च शिक्षाका लागि विदेश जानु पर्दछ,’ जिसीले भने ‘तर उच्च शिक्षा हासिल गरे पछि पनि विदेशमान नै बस्नु हुदैन, देशको विकास गर्न फर्किनु पर्दछ ।’ कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का कार्यवाहाक अध्यक्ष निरज सिटौलाले पोखराले उदारणीय काम गरेको बताउदै कास्की कै सिको

Read more

इजरायलमा गोर्खा एसोसिएसनको आयोजनामा ग्लोबल गोर्खाल्याण्ड युनिटी मार्च भब्य रुपले सम्पन्न !

जुलाई ३१ तेल अभिव इजरायलको तेल अभिवमा पनि इजरायल गोर्खा एसोसिएसनको अयोजनामा Global gorkha Unity Marcha भब्य रुपले सम्पन्न भएको छ । हिजो जुलाई ३० को दिन बिस्वभरिनै अयोजना गरिएको Global gorkha Unity Marcha कार्यक्रम तेल अभिवको लेबिन्सकी पार्कमा बेलुका ठिक ९ बजे सुरु भएको सो कार्यक्रम एसोसिएसनका अर्चना गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।प्रमुख अतिथि नेपाली समुदायको तर्फबाट समाजसेवी तथा डिजे बिपिन तामांग रहनु भएको थियो । बिर शहिदहरुलाई श्रदान्जली स्वरुप मैनबत्ती बालेर कार्यक्रम शुरु भएको थियो ।भारतको राष्ट्रिय गानबाट अगाडी बढेको कार्यक्रममा रुबल लामाले स्वागत मन्तब्य दिनुभएको थियो भने प्रमुख अतिथि बिपिन तामांगले गोर्खाल्याण्ड प्राप्तिको लागि शुभकामना दिनु भएको थियो । विवेक लामा र रिदम बान्तवाको देश प्रेमले भरिएको सांगीतिक प्रस्तुति कार्यक्रमको आकर्षकको रुपमा रहेको थियो ।गित र

Read more

अमेरिका जान लागेका पत्रकार बानियालाई विदाइ !

पोखरा, १४ साउन एविसी टेलिभिजन चार नम्बर प्रदेश ब्युरो अन्तर्गत पोखरामा कार्यरत रही अमेरिका जान लागेका सञ्चारकर्मी गोकुल बानियालाई एक कार्यक्रमका बीच बधाई सहित विदाइ गरिएको छ । विगत ९ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आएका बानियालाई अमेरिका जान लागेको अवसरमा एविसी टेलिभिजन चार नम्बर प्रदेश ब्युरोले बधाइ तथा शुभकामना सहित विदाइ गरेको हो । पोखराको लेकाली चुलोमा आयोजित कार्यक्रममा वोल्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले अमेरिका जान लागेका पत्रकार बानियाको सफल यात्राको कामना गर्दै आगामी दिनमा जहा रहेतापनि पत्रकारीताको माध्यामबाट नजिक रहन आग्रह गरे । इन्टरनेटको जमानामा भौतिक रुपमा टाढा भएतापनि काम कुरामा नजिक रहने भएकाले पोखरा र पोखराका सहकर्मीहरुलाई नभुल्न समेत आग्रह गरे । सो अवसरमा वोल्दै एबिसी टेलिभिजन चार नम्बर प्रदेश ब्युरो प्रमुख एम बि आस्था मगरले

Read more

आदिवासी जनजाति महासंघ कास्की अध्यक्षमा धर्म गुरुङ !

रूद्र श्रीसमगर पोखरा, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीको अध्यक्षमा धर्मबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न छैठौं जिल्ला अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रमबाट उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः हरिमान थिङ तामाङ, बमबहादुर घरब्जा छन्त्याल, प्रेम चोङबाङ लिम्बू र बुद्धिमाया थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी, समन्वय परिषद्का सदस्यहरूमा सु. तेजबहादुर Þयोल्मो, राजन कुमाल, अम्बर तुलाचन, मनबहादुर भुजेल, दीर्घसिंह लालचन, क्षेत्रबहादुर थकाली, नवराज दुरा, फुर्वा छिरिङ ताङ्वे, जुनाकुमारी गुरुङ र अशीलाल थारू रहनुभएको छ । यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का उपाध्यक्ष एवं चार नम्बर प्रदेशका इञ्चार्ज गणेशलाल थकालीले आदिवासी जनजातिका अधिकार पूर्ण रूपमा अझै प्राप्त नभएको उल्लेख गर्नुभयो । ‘हाम्रा अधिकार अझै पनि पूर्ण भएका छैनन्’, थकालीले

Read more

‘तले क्रोम चु सैं’ हेर्न पोखरेली दर्शक ओइरिए !

रूद्र श्रीसमगर पोखरा, ७ साउन स्वस्ति फिल्मस् प्रालिको ब्यानरमा निर्मित गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘तले क्रोम चु सैं’ अर्थात् ‘किन रुन्छ यो मन’ हेर्न पोखरेली दर्शक ओइरिएका छन् । शनिबार पोखरा सभागृह हलमा एक पटक मात्रै भएको सो चलचित्रको विशेष प्रदर्शनमा झण्डै १ हजार बढी दर्शक उपस्थित रहेको निर्माणपक्षले दाबी गरेको छ । पोखरामा पहिलोपटक गरिएको प्रदर्शनमा उल्लेख्य दर्शकको उपस्थितिले आफूहरू झनै उत्साहित भएको निर्माता विकास गुरुङले जानकारी दिनुभयो । गत असार ३१ गते पोखरामा भीआईपी शो गरिएको सो चलचित्रको शनिबार पोखरा सभागृहमा मध्याÞन १२ बजे विशेष प्रदर्शन गरिएको हो । सो चलचित्रको यसअघि पूर्वी लमजुङका १७ स्थान तथा मनाङमा दुई प्रदर्शन भइसकेका छन् । जनक गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रका प्रमुख कलाकारहरूमा विवेक गुरुङ, सुमिन गुरुङ,

Read more

समाजसेवी माया गायिका पनि “जीवनभर सबैको मन र ढुकढुकीमा बस्न चाहन्छु” !

मीना थापामगर पोखरा पोखराकी गायिका माया पुनमगरले भर्खरै मात्र ‘पोखरेली सोल्टिनी’ गीत बजारमा ल्याएकी छिन् । यतिखेर उनलाई गायिकाको रुपमा चिन्ने गरेपनि उनी विगत एक दशकदेखि समाजसेवामा लाग्दै उत्पीडित वर्ग समुदायको हक हित र उनीहरुमा चेतना अभिवृद्ध गर्दै दीन दुखीहरुको सेवामा आफ्नो अमूल्य समय बिताएकी छिन् । बाबा गनबहादुर पुन र आमा प्रितीमाया पुनको जेठी छोरीको रुपमा म्याग्दी खिवाङमा जन्मिएकी माया हाल परिवारको साथमा पोखरा लेखनाथ महानगरपालिका लामाचौरमा बस्दै आएकी छिन् । बाबा इन्डियन आर्मी भएकाले उनको बाल्यकाल इण्डियामा बितेपनि अन्तत नेपाल आएपछि समाजसेवामा समर्पित भइन् । १५ वर्ष सम्म इण्डियामा बिताएकी मायाले नेपाल आएपछि विभिन्न संघसंस्थामा आबद्ध रहेर विभिन्न वर्ग, क्षेत्र, दलित र उत्पिडित समुदायको हितको लागि अनवरत लागिरहिन् । शुरुमा आशको साथी नामक संस्थामा आबद्ध रहेर काम गरेकी

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)