३६ औँ मगर दिवसको अवसरमा लांघाली साँस्कृतिक साझँ २०७४ दुबईमा हुने !

मगर मिडिया माघ २४, काठमाण्डौँ प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४१ औँ स्मृति दिवस साथै ३६ औँ मगर दिवसको अवसरमा नेपाल मगर संघ, शाखा, युएईको प्रस्तुितमा लांघाली साँस्कृतिक साझँ —२०७४ हुने भएको छ । साँस्कृतिक साँझ मार्च २ शुक्रबारको दिन डुलस्को हल, अल क्रुज, ग्य्राण्ड सिटी मलको पछाडि दिउँसो दिनको ठीक २ बजे हुनेछ । उक्त साँस्कृतिक साँझमा प्रसाद खप्तरी मगर (चर्चित लोक दोहोरी गायक), सुजाता आले मगर (डिजे, नृत्यांगना), माया पुन मगर (चर्चित पप गायीका ) तथा विभिन्न युएईका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीहरु कार्यक्रममा हुने कुरा नेपाल मगर संघ शाखा युएईका अध्यक्ष टंक थापा मगरले जनकारी दिनु भएको छ । कार्यक्रमको थप जानकारीको लागि दुबई सिता रजाली मगर( ०५५५६३३७०७), रिसहल खैमाहा चुमन दर्लामी मगर (०५८—८०११७६३), फुजैराहा हिमाल

Read more

संघिय मगरसंघका केन्द्रिय अध्यक्ष तथा फोरम नेता पुर्ण घर्तिमगरको निधन !

मगर मिडिया माघ २३, काठमाण्डौँ गत आइतबार ह्रदयघातका कारण संघिय समाजवादी फोरमका नेता तथा संघिय मगरसंघका केन्दिय अध्यक्ष पुर्णलाल घर्तिमगरको निधन भएको छ । बिगत लामो समयदेखि काठमाण्डौमा बस्दै आउनु भएका र स्थायी घर रोल्पा भएको मगरलाई आइतवार अचानक हृदयघात भएपछि बिनायक हस्पितल पुर्याइएका उनलाई, त्यहाँलाई पुुनः टिचिङ हस्पिटलमा रिफर गरेको केहि समयपछि डाक्टरले मृत घोषणा गरेको थियो । उनी संघिय समाजवादी फोरम नेपाल, केन्द्रिय परिषद सदस्यका रुपमा पार्टी भित्र निकै कृयाशिल भएर काम गर्दैै आएका थिए । पार्टिको भातृसंगठन संघिय मगरसंघका केन्द्रिय अध्यक्ष तथा गाम सेवा समाज रोल्पाका संस्थापक सल्लाहाकार समेत थिए । पार्टीमा उनी निरन्तर पहिचान र समानताको आन्दोलनमा लडिरहेका थिए । उहाँको दाहसंस्कार आज गरिदै छ ।    

Read more

फेर्च नम्खान आमा समुहको आठौँ वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न !

युवराज राना मगर माघ २३, स्याङजा स्याङजा जिल्लाको गल्याङ नगरपालिका—११ मा रहेको फेर्च नम्खान आमा समुहको आठौँ वार्षिक उत्सव तथा साधारण सभा गत शनिबार सम्पन्न भएको छ । गल्याङ नगरपालिको मेयर भुपराज अधिकारीको प्रमुख आतिथ्यता तथा समुहका अध्यक्ष पार्वती थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथी नेपाल मगर संघका केन्द्रिय निर्वतमान अध्यक्ष तथा पुर्व सांसद महेन्द्र थापा मगर रहनु भएको थियो । त्यसैगरि कार्यक्रममा लोकेन्द्र थापा, जनक श्रेष्ठ, विनोद राना, सुशान्त श्रेष्ठ, टिकाराम अधिकारी, नारायण विश्वकर्मा, शंकर देव अधिकारी, नेत्र प्रसाद पाण्डे, कृष्ण माया राना लगायतका नेता, पत्रकार तथा संघसंस्थाका प्रतिनिधिहरु अतिथीको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि मेयर भुपराज अधिकारीले फेर्च नम्खान आमा समुहलाई यस क्षेत्रकै नमुना आमा समुहको रुपमा पाएकोमा खुशी तथा वधाई व्यक्त गर्दै

Read more

इतु र मनोजराजलाई नारायणगोपाल युवा सङगीत पुरस्कार र नगेन र विष्णुलाई अरनिको युवा कला पुरस्कार (फोटो फिचर)!

श्याम राना मगर काठमाण्डौँ, माघ १७ राष्ट्रिय युवा सेवा कोषद्धारा प्रदान गरिने नारायणगोपाल युवा सङगीत पुरस्कार र अरनिको युवा कला पुरस्कार  हिजो काठमाण्डौँ  स्थित हार्दिक होटलमा  प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय युवा वर्ष १९८५ को उपलक्ष्यमा २०४२ सालमा स्थापना भएको सामाजीक संस्था राष्ट्रिय युवा सेवा कोषले यस बर्षको नारायणगोपाल युवा संगीत पुरस्कार २०७४ बाट गायक मनोजराज शिवाकोटी र गायीका इतु जोजिजु पुरस्कृत हुनुभएको छ भने अरनिको युवा संगीत पुरस्कार २०७४ बाट वरिष्ठ मूर्तिकार  नगेनसिंह ठकुरी र विष्णु प्रसाद श्रेष्ठ पुरस्कृत हुनुभएको छ । काठमाण्डौँ  स्थित हार्दिक होटलमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित माननीय उपप्रधान मन्त्री तथा उर्जा मन्त्री कमल थापा साथै  कार्यक्रमका सभापति  भीमबहादुर अधिकारी ले प्रदान गर्नुभएको थियो । नारायणगोपाल युवा संगीत पुरस्कार छनौट समितिको  संयोजक वरिष्ठ संगीतकार

Read more

विगत ५ वर्षमा ५ अर्थमन्त्री अवको ५ वर्षमा नी ? पुर्वअर्थमन्त्री वर्षमान पुन मगरको जवाफ !

सुनिता लामा माघ १५, काठमाण्डौ नयाँ संविधान सभाको निर्माण पछि सम्पन्न भएका तिनै तहका निर्वाचनको मतपरिणाम पछि नेपाली राजनितिक अवस्थाले नयाँ मोड लिदैँ छ । नेपाली राजनितिक अवस्था यहाँ सम्म आईपुग्दा पनि कहिँ न कतैबाट असन्तुष्टिहरु व्यक्त भईरहेका थिए र अझै पनि त्यो असन्तुष्टिहरु देखिन्छ । विशेष गरि आदिबासी जनजाति संघसंस्थाहरुले यो नयाँ संविधानमा समेत असन्तुष्टि व्यक्त गर्दै पहिचानको आधारमा संघियताको नामाङ्कन तथा सिमाङ्कन हुनपर्ने लगायतका विभिन्न मुद्धाहरुमा आन्दोलनहरु समेत गरिराखेका थिए । यिनै विषयवस्तु, समग्र नेपाली राजनिति लगायतका विभिन्न विषयवस्तुहरुमा रहेर नाईस मिडिया नेटवर्कद्धारा सञ्चालित मगर मिडियाको आदिबासी समय सम्वाद कार्यक्रमका लागि पुर्व अर्थ, शान्ती तथा पुर्ननिर्माण मन्त्री साथै प्रतिनिधिसभाका लागि रोल्पा जिल्लाबाट निर्वाचित हुनुभएका नेकपा माओवादी केन्द्रका नेता माननिय बर्षमान पुन मगरसँग हामीले निर्वाचन परिणाम आएको केहि समय

Read more

मगराँत प्राप्तिको लागि एक घर, एक मगर, एक मगर, एक रुपियाँ अभियानका लागि इजरायलबाट संकलित रकम हस्तान्तरण !

युवराज राना मगर माघ १५, काठमाण्डौ मगराँत प्राप्तिको लागि एक घर, एक मगर, एक मगर, एक रुपियाँ अभियानका लागि इजरायलबाट संकलित रकम हिजो नेपाल मगर संघको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल मगर संघलाई हस्तान्तरण गरिएको छ । इजरायलबाट नै सुरु भएको उक्त अभियानको लागि इजरायलबाट  संकलन गरिएको ८० हजार ६ सय रुपैया रकम नेपाल मगर संघ शाखा इजरायलका अध्यक्ष विष्णु पुन मगरले नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरलाई हस्तान्तरण गर्नु भएको हो । नेपाल मगर संघ केन्द्रिय समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहयोग रकम लिदैँ नेपाल मगर संघ इजरायलका अध्यक्ष विष्णु पुन मगर, नेपाल मगर संघ शाखा दक्षिण कोरियाका सल्लाहकार ओम जुग्जाली मगर साथै नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाका निर्वतमान महासचिव वलराम पुन मगरलाई समेत

Read more

मिस मगर तनहुँ सिजन – २ को आवेदन खुल्ला !

विनोद रखाली मगर माघ ७, तनहुँ मगर जातिको कला संस्कृती, भाषा ,भेषभुषा र रितिरिवाजलाई युवा पुस्ता मार्फत अन्य समुदाय र आफ्नै जातीमा सहजीकरण र सामाजिकरण गर्ने उद्धेश्यका साथ भाषा संस्कृती जातिको उत्थान, मिस मगर तनहुँ सिजन –२, को अभियान भन्ने उद्धघोषका साथ मिस मगर तनहुँ सिजन – २ को आवेदन खुल्ला गरिएको छ । मिस मगर तनहुँ सिजन – १ को आयोजना भएको झण्डै ६ वर्ष पछि सिजन – २, आयोजना गर्न लागीएको हो । न्यू क्रियसन इभेन्ट म्यानेजमेन्टको आयोजना र नेपाल मगर संघ तनहुँको सरक्षंणमा आयोजित मिस मगर तनहुँ दोस्रो संस्करणको रुपमा तनहुँमा आयोजना गर्न लागिएको न्यू क्रियटिभ इभेन्ट म्यानेजमेन्टका निर्देशक पवित्रा थापा मगरले जनाउनुभयो । उक्त प्रतियोगितामा मगर समुदायका चेलीहरुको क्षमता प्रस्तुत गर्नुका साथै नयाँ पुस्ता माझ मौलिक

Read more

नायिका बिना थापाको आर्यघाटमा आज अन्त्येष्टि।

पौष १३, काठमान्डौ बुधबार काठमान्डौको  बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा परि  निधन भएकी नायिका तथा मोडल बिना थापाको पार्थिब शरिरलाई  आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । स्कुटर चलाएकी थापालाई पानी ट्याङकरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । काठमाडौं धापासी बस्ने गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापालाई बा २ ख ८९४ नम्बरको पानी ट्याङकरले ठक्कर दिएको हो । उनले चलाएको स्कुटर बा ५५ प १३८७ नम्बरको हो । रंगमञ्च क्षेत्रमा समेत सक्रिय थापा सिल्पी थिएटर सँग आवद्ध थिइन् । उनले दर्जन बढी म्यूजिक भिडियो र नाटकमा समेत अभिनय गरेकी थिइन् । देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा उनी बढी जसो व्यस्त रहँदै आएकी थिइन् । थापा स्टेज कार्यक्रम र दोहरी गीत क्षेत्रमा चर्चित नृत्याङ्गना थिइन् । थापाले ‘उवर्शी’, ‘डिभोर्स’

Read more

प्रबिधिको उपयोग गर्दै नेपालबाटै इजरायलमा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा श्रव्य-दृश्य प्रस्तुती तथा अन्तक्रिया कार्यक्रम सम्पन्न !

डिसेम्बर १७ तेल अभिव गत १५ तारिख शुक्रबार इजरायलको तेल अभिवमा मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको आयोजनामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ | मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीले बिगत ४ बर्ष देखि नेपालमा विभिन्न उद्योग, व्यवसाय तथा सञ्चार क्षेत्र (राष्ट्रिय/अन्तर्रास्ट्रिय प्रशारणको टेलिभिजन) मा लगानी गरि नेपालमा एउटा रोजगारी मुलक कम्पनी बन्न सफल भएको छ,भने नेपालको सात वाटै प्रदेशमा शाखा तथा उद्योग/व्यवसाय सुरु गर्न तयारी गरिरहेको छ | गत १५ तारिख शुक्रबार सम्पन्न “उद्योग तथा व्यापार/व्यवसाय सम्बन्धि सामाजिक सचेतनाका लागि श्रव्य-दृश्य प्रस्तुती र मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीको परियोजनाको बारेमा जानकारी साथै नेपालमा विविध क्षेत्रमा लगानी विषयक अन्तरक्रिया कार्यक्रम”को सभापतित्व कम्पनीका बिश्व संयोजक सुश्री बिष्णु पुन मगरले गर्नु भएको थियो|कार्यक्रममा इजरायलमा कार्यरत विभिन्न संघ /सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,पत्रकारहरु,समाजसेवीहरु, लगायत ठुलो जनमानसको सहभागिता रहेको थियो

Read more

काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल  किम्फ २०१७, २८ मंसिरदेखि पुस ३ गते सम्म हुने (भिडियो सहित)!

श्याम राना मगर  मंसीर २४, काठमाडौं काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को पन्ध्रौं संस्करण कुमारी सिनेमाहल कमलपोखरीमा २८  मंसिरदेखि  पुस ३ गते (डिसेम्बर १४ देखि १८ डिसेम्बर) सम्म हुन गइरहेको कुरा हिजो पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । फेस्टिभलमा नेपाल लगायत ७६ देशबाट यस पटक फिल्महरू आएकामा ३७ देशका फिल्महरू प्रदर्शनका लागि छानिएका छन्। दर्शकहरूको अपेक्षा अनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण आदि विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, एनिमेसन र प्रयोगवादी फिल्महरू देखाइनेछन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यसपटक १५ वटा फिल्म छन् र प्रतिस्पर्धाबाहिर ४८ वटा फिल्महरू परेका छन्। नेपाल पानोरामा अन्तर्गत चाहिं १५ वटा फिल्महरू देखाइने भएको छ । किम्फका अध्यक्ष वसन्त थापा भन्छन्,“हामी किम्फको पन्ध्रौं महोत्सव मनाउन लागेका छौं।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)