संविधान संसोधनको माग सहित विश्व आदिबासी दिवश मनाईयो (फोटोफिचर)!

श्याम राना मगर २६ साउन काठमाण्डौ २३ औँ विश्व आदिबासी दिवस (९ अगस्ट) अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिबासी जनजातिको अडान, पहिचान सहितको संघीयताका लागि संविधान संसोधन हाम्रो साझा अभियान भन्ने नाराका साथ आदिबासी जनजातिहरुको अधिकार प्राप्तिको आन्दोलन स्वरुप नेपालका आदिबासी जनजातिहरुले यसवर्ष देशविदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर भव्य रुपमा मनाएका छन् । नेपाल आदिबासी जनजाति महासंघ लगायत काठमाण्डौमा रहेका विभिन्न संघसंस्थाहरुले भने राष्ट्रिय सभागृहमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा मुल समारोहको आयोजना गरेर मनाएको छ । समारोह अगाडि विभिन्न जातजातिहरुको सांस्कृतिक झाँकीहरु, विभिन्न संघसंस्थाका व्यानर, झण्डा साथै विभिन्न प्लेकार्डहरु बोकेर विशाल  ¥यालीले टुडिखेल परिक्रमा गरेको थियो । समारोहमा बोल्ने आदिबासी जनजाति अगुवाहरुले आदिबासीहरुको अधिकार र पहिचान जारी संविधानमा उल्लेख नभएको भन्दै संविधानको संसोधन गरेर संवोधन गर्न माग समेत गरेका

Read more

जनप्रतिनिधीलाई सम्मान !

देब पचभैया पाल्पा, साउन २६ २३ औ विश्व आदिवासी जनजाती दिवसको अवसरमा पाल्पाका जनप्रतिनिधि सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वयन परिषद पाल्पाले बुधबार तानसेनमा बृहत कार्यक्रमको आयोजना गरी नगरपालीकाका प्रमुख उपप्रमुख, गाउपालीका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । पंन्चे बाजा सहितको झाकी र्यालीले तानसेन बजारको परिक्रमा गरेपछि तानसेन नगरपालीका हलमा सम्मान कार्यक्रम भएको थियो । सम्मानिति सबैलाई शुभकामना दिदै नेपाली काग्रेस पाल्पाका सभापति बीर बहादुर राना, एमाले पाल्पाका प्रतिनिधि एवं पुर्ब सभासद नारायण घिमिरे शर्मा, नेकपा माओबादीका जिल्ला सचिबालय सदस्य नबिन थापा मगर, राप्रपा पाल्पाका अध्यक्ष डुल बहादुर कुवर, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामी, राष्ट्रिय जनमुतिm पार्टी पाल्पाका उपाध्यक्ष मदन सिंह राना र नेकपा माले पाल्पाका अध्यक्ष धनराज पौडेलले इन्दार

Read more

२३ औं विश्व आदिवासी दिवस हङकङमा भव्यतापूर्वक मनाइयो !

हङकङ, २४ साउन नेपाल आदिवासी जनजाति महासंघ हङकङको आयोजनामा २३ औं विश्व आदिवासी दिवस भव्यतापूर्वक मनाइयो । हङकङमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले विदेशी भूमिमा रहेता पनि पहिचान र संघीयताका पक्षमा जोडतोडले आवाज उठाउन जोड दिएका छन् । नेपालमा एकल तानाशाही शासनको अन्त्य भइ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा पनि राज्यसत्ता भने एकात्मकवादीहरूकै हातमा रहेको, उनीहरूको भनाइ थियो । आकर्षक झाँकी तथा सांस्कृतिक कार्यक्रमसहित मनाइएको २३ औं विश्व आदिवासी दिवसमा वक्ताहरूले एकात्मकवादी शासकहरूले पहिचान तथा संघीयताका मुद्दालाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको चिन्ता प्रकट गर्दै आदिवासी जनजातिका हकहित, अधिकार, पहिचान, समानुपातिक उपस्थिति र समावेशिताका लागि आवाज उठाए । कार्यक्रममा वर्ष पुरुषका रुपमा आदिवासी नेता भूपेन्द्र चेम्जोङ र वर्ष महिलाका रुपमा मगर महिला संघ हङकङका अध्यक्ष युगमाया रानामगरलाई सम्मान गरिएको थियो । हङकङका

Read more

एकेडेमिक राईटिङ वर्कशप तथा सम्मान कार्यक्रम सम्पन्न !

श्याम राना मगर साउन २५ काठमाण्डौ २३ औ विश्व आदिबासी दिवशको अवसरमा नेपाल आदिबासी जनजाति  विधार्थी महासंघ त्रिभुवन विश्वविद्यालय समन्वय समिति किर्तिपुरले एकेडेमिक राइटिङ वर्कशप तथा सम्मान कार्यक्रम गत  सोमबार  सिनास हल त्रि. वि. मा  सम्पन्न गरेको छ । वर्कशपमा लेखक राजेन्द्र महर्जन र सह प्रा. डा. जनक राईले जर्नल तथा विभिन्न पत्रपत्रिकाहरुमा लेखरचनाहरु कसरी लेख्ने साथै लेखरचनालाई कसरी स्तरिय र प्रभावकारी बनाउने लगायतका लेखन सम्बन्धी विषयहरुमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । त्यसैगरि कार्यक्रममा नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघका संस्थापक अध्यक्ष राम बहादुर थापा मगरलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघ त्रि. वि. समन्वय समितिका अध्यक्ष अशोक राईको अध्यक्षता र नेपाल आदिबासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव गोविन्दलाल माझी प्रमुख आतिथि रहेको कार्यक्रमको सञ्चालन

Read more

मगरात र आदिबासी जनजाति सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न !

श्याम रानामगर २२ साउन काठमाण्डौ २३ औँ विश्व आदिबासी दिवसको अवसरमा नेपाल मगर संघ केन्द्रिय समितिको आयोजनामा हिजो राष्ट्रिय नाँचघर जमल, काठमाण्डौमा एकिकृत मगरात सहितको संघीयता र आदिबासी जनजाति सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरको अध्यक्षता साथै नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष गोविन्द छन्त्यालको प्रमुुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष नविन रोका मगरले प्रस्तुत गर्नुभएको कार्यपत्र माथि एकिकृत मगरात प्राप्तीको लागि अब कस्तो कदम चाल्ने, साथै वर्तमान आदिबासी सवालको विषयहरुमा विभिन्न आदिबासी जनजाति मगर अगुवाहरुबाट सुझाव तथा टिप्पणी संकलन गरिएको थियो । साथै कार्यक्रममा नेपाल मगर संघलाई आर्थिक सहयोग गर्नुहुने दिल बहादुर थापामगरलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको बारेमा जानकारी साथै स्वागत मन्तव्य संघका महिला उपाध्यक्ष गंगा खासु मगरले

Read more

अमेरिकामा हुने फिल्म फेस्टिबलमा निर्देशक अनिलको “लोम्बा”६ विधामा नोमिनेशन !

श्याम राना मगर १९ साउन काठमाण्डौ २३ औ विश्व आदिवासी दिवशको अवसर पारी न्युयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्ससवमा अनिल बुढा मगरद्धारा लेखन निर्देशन भएको “लोम्बा” चलचित्रले ६ वटा बिधामा छनोट हात पारेको छ । बेस्ट निर्देशक, बेस्ट स्टोरी, बेस्ट फिल्म, बेस्ट सिनेमाटोग्राफि, बेस्ट एक्टर र बेस्ट कस्टम गरी ६ बिधामा नोमिनेशन भएको जानकारी आयोजकले दिएका छन् । अगष्ट २५ देखि २७ तारिख सम्म न्युयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवको लागि तिन चरणमा छनोट प्रक्रिया गरिएको थियो । पहिलो दोस्रो र तेस्रो सम्म आउँदा ११ चलचित्रहरु अन्तिम छनोटमा पर्न सफल भएका छन् । चलचित्र छनोट समितिमा डा. कृष्ण भट्टचन, निर्देशक छिरिङ रितार शेर्पा, भाषाविद् अमृत योञ्जन तामाङ, बरिष्ठ निर्देशक नवीन सुब्बा र आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर

Read more

२३ औ विश्व आदिबासी दिवसलाई इजरायलमा भव्य रुपले मनाउने तयारी ! कार्यक्रममा नबिन रोका मगर र नन्द ताजपुरिया सहभागी हुने !

मगर मिडिया १६ साउन २३ औँ विश्व आदिबासी दिवशको अबसरमा  नेपाल आदिबासी जनजाति महासंघ इजरायलले भव्य रुपमा  कार्यक्रम गर्ने तयारी गरेको छ । अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिबासी जनजातिको अडान, पहिचान सहितको संघियताका लागि संविधान संशोधन हाम्रो साझा अभियान भन्ने मुल नाराका साथ नेपाल आदिबासी जनजाति महासंघ केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता साथै नेपाल मगर संघका केन्द्रीय  अध्यक्ष  नविन रोका मगर र नेपाल आदिबासी जनजाति महासंघका महासचिव नित्य नन्द ताजपुरियाको उपस्थितिमा आगामी अगष्ट ११ शुक्रबारका दिन साँझ ८ बजेबाट लेवन्डा ३२ तेस्रो तल्लामा कार्यक्रम गर्ने भएको हो । अगस्त ९ लाई हरेक बर्ष अन्तर्राष्ट्रिय विश्व आदिबासी दिवसको रुपमा  विश्व  भरि नै मनाउने गरिन्छ । फोटो साभार : UN Photo/Andi gitow

Read more

मगर संघ इजरायल र आदिबासी जनजाती महासंघ इजरायलको नेतृत्व परिबर्तन भए पछि दुवै पक्ष बीच सफल बार्ता / दुवै संस्था एक भएर अगाडी बढ्ने प्रतिबद्दता !

तेलअभिव, इजरायल, जुलाई २९ नेपाल मगर संघ इजरायल र आदिबासी जनजाती महासंघ इजरायल बीच भएको बार्ता सफल भएको छ | अघिल्लो कार्यकालमा केहि बिषयहरुमा असन्तुष्टि र असहमति जनाई नेपाल आदिवासी जनजाती महासंघ इजरायलबाट अलग भएको जातीय संस्था नेपाल मगर संघ इजरायल हिजो २८ जुलाई २०१७ मा तेल अविवमा सम्पन्न महासंघ र मगर संघ इजरायल बीच छलफल र वार्ता पछि पुन: महासंघ अबद्दा भएको छ | २३औँ बिस्व आदिबासी दिवस नजिक आईरहेको अवसर तथा मगर संघ र महासंघ इजरायलको नेतृत्व परिबर्तन भए पछिको अवस्थामा भएको यस्तो एकताको आदिबासी जनजाती समुदायले सकारात्मक रुपले लिएको छ | सो बार्ता तथा छलफलका संयोजक द्वय ने .आ .ज . महासंघ इजरायलका अध्यक्ष श्री नयन इम्सोङ लिम्बु ज्यु र मगर संघ इजरायलका संरक्षक श्री तारा बहादुर

Read more

आदिवासी जनजाति महासंघ कास्की अध्यक्षमा धर्म गुरुङ !

रूद्र श्रीसमगर पोखरा, १४ साउन नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीको अध्यक्षमा धर्मबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न छैठौं जिल्ला अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रमबाट उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः हरिमान थिङ तामाङ, बमबहादुर घरब्जा छन्त्याल, प्रेम चोङबाङ लिम्बू र बुद्धिमाया थापामगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी, समन्वय परिषद्का सदस्यहरूमा सु. तेजबहादुर Þयोल्मो, राजन कुमाल, अम्बर तुलाचन, मनबहादुर भुजेल, दीर्घसिंह लालचन, क्षेत्रबहादुर थकाली, नवराज दुरा, फुर्वा छिरिङ ताङ्वे, जुनाकुमारी गुरुङ र अशीलाल थारू रहनुभएको छ । यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का उपाध्यक्ष एवं चार नम्बर प्रदेशका इञ्चार्ज गणेशलाल थकालीले आदिवासी जनजातिका अधिकार पूर्ण रूपमा अझै प्राप्त नभएको उल्लेख गर्नुभयो । ‘हाम्रा अधिकार अझै पनि पूर्ण भएका छैनन्’, थकालीले

Read more

जनजाती महासंघ इजरायलले जातीय संस्थाहरुलाई “मगर संघ इजरायल” को कार्यक्रममा जान रोक लगायो !

श्रावण २, तेलअविभ, इजरायल रोजगारीको शिलशिलामा इजरायलमा रहेका मगर समुदायहरुको संस्था नेपाल मगर संघ इजरायलले “मगर भाषा, भेषभुषा, धर्म संस्कृतिको संरक्षण एवम् विश्व भरीका मगर समुदायको एकता, अहिले को आवश्यकता” भन्ने मूल नाराका साथ यहि जुलाई १४ तारिख शुक्रबारका दिन तेल अभिवको सी साईडमा चौथो वार्षिकोत्सव तथा दोश्रो अधिवेशन बिशेष कार्यक्रम गरि सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल मगर संघ इजरायलकी का.वा. अध्यक्ष बिष्णु पुन मगरको सभापतित्व, नेपालि राजदुतावास इजरायलका सहचारी श्री कमल कोइरालाको प्रमुख आतिथ्यता, एन आर एन ए इजरायलका बरिष्ठ उपाध्यक्ष बिशाल ज्ञवालीको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा विभिन्न सामाजिक, धार्मिक, राजनतिक संघ संस्थाका प्रतिनिधिहरु लगायत बिभिन्न संचारकर्मीहरुको बाख्लो उपस्थिती रहेको थियो । मगर संघ इजरायलले, इजरायलमा रहेका विभिन्न जातिय संघ संस्थाहरुलाई आधिकारिक रुपमा पत्राचार गरि कार्यक्रममा

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)