आदिवासी जनजाति चलचित्र महासंघको बार्षिक साधारण सभा सम्पन्न !

मगर मिडिया काठमाण्डौँ, २९ माघ आदिवासी जनजाति चलचित्र महासंघको बार्षिक साधारण सभा गत शनिबार चाबहिल स्थित चलचित्र विकास बोर्डमा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्ष अमृत बहादुर सुनुवार, प्रमुख अध्यक्षमा सह सचिव तथा सञ्चार महाशाखा प्रमुख प्रेम सुनुवार र विशिष्ट अतिथिमा केन्द्रिय उपाध्यक्ष गोबिन्द छन्त्याल तथा सन्त बहादुर मेचे, पूर्व अध्यक्ष प्रतिमाया पुन मगर साथै विभिन्न जातिय संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।   कार्यक्रममा महासचिव पूर्खजित राई द्धारा महासंघको प्रगति विवरणलाई प्रस्तुत गर्नुभएको थियो भने, कोषाध्यक्ष विजेन्द्र बज्राचार्यबाट आर्थिक विवरण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा विविध सांस्कृतिक झलकको पनि प्रस्तुती रहेको थियो ।

Read more

नेपाल आदिवासी जनजाति पत्रकार महासंघको अधिवेशन फागुनमा हुने !

मगर मिडिया वीरगन्ज, २९ माघ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साको बैठक शनिबार वीरगन्जको श्रीपुर स्थित कुमुदुनी एकेडेमीमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष कुल नारायण प्रधान दिलिपको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले आदिवासी जनजाति पत्रकारहरुलाई नयाँ सदस्यता वितरण गर्ने, महासंघको अधिवेशन गर्ने, विभिन्न संघ संस्थाहरुसँग अन्तरकृया तथा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरेको छ ।  जिल्ला अधिवेशन तयारीका लागि अध्यक्ष दिपिल प्रधानको संयोजकत्वमा नीरज पिठाकोटे, हेमन्त तामाङ, अजित भुजेल, प्रकाश थारु, कुसुमलाल श्रेष्ठ, दिपेश श्रेष्ठ लगायत रहने गरी सात सदस्यीय अधिवेशन तयारी समिति गठन गरेको छ । त्यस्तै विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर अन्तकृया तथा विविध कार्यक्रम गर्नको लागि जगत राईको संयोजकत्वमा मूनेश कुमार लायो मगर, नन्द किशोर पञ्जियार, सुवाष आले मगर, संतोष रञ्जितकार, लगायतको

Read more

आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको १७ औ वार्षिक उत्सब समारोह सम्पन्न !

मगर मिडिया माघ २६, काठमाण्डौँ आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १७ औँ स्थापना दिवस आफ्नै कार्यालय सानेपा ललितपुरमा हिजो भव्य रुपमा सम्पन्न भएको छ । प्रतिष्ठानका उपाध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षता, संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयका राज्यमन्त्री माननीय जनकराज चौधरीको प्रमुख आतिथ्यता, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष नवीन रोका मगरको बिशेषआतिथ्यता, नेपाली काग्रेसका प्रतिनिधि माननीय नरुत्तम बैद्य, माओवादी प्रतिनिधि तथा जनजाति नेता सुरेश आलेमगर, राप्रपाका प्रतिनिधि माननीय रीता माझी, सङ्घिय समाजवादीका नेता योगराज बनेम, पुर्वसदस्य सचिव लोकबहादुर थापामगर लगायतका अतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सदस्यसचिव गोबिन्दलाल माझीले र सञ्चालन कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगरको रहेको यस कार्यक्रममा मगरको सोरठी, थारु, तामाङ र माझीको मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।    

Read more

आदिवासी जनजाति आन्दोलन नयाँ शिराबाट : बराम !

रुद्र श्रीसमगर पोखरा, २४ माघ नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले आदिवासी जनजाति आन्दोलन नयाँ शिराबाट उठाउनुपर्ने बताउनुभएको छ । महासंघले आयोजना गरेको चार नम्बर प्रदेशस्तरीय प्रादेशिक भेलामा बोल्दै अध्यक्ष बरामले आदिवासी जनजाति आन्दोलन अझै निष्कर्षमा नपुगेको जिकिर गर्नुभयो । ‘हाम्रा लक्ष्यहरू पूरा भएका छैनन्, आदिवासी जनजाति आन्दोलनको अझै आवश्यकता छ’, बरामले भन्नुभयो, ‘केही उपलब्धी प्राप्त भएपनि पूर्ण भएको छैन, आन्दोलनबाट मात्रै अधिकारको पूर्ण प्राप्ति सम्भव छ ।’ चार नम्बर प्रदेश अन्तर्गतका विभिन्न जिल्ला समन्वय परिषद्का अध्यक्ष एवं प्रतिनिधिहरूसामु अध्यक्ष बरामले सुस्ताएको आदिवासी जनजाति आन्दोलनलाई पुनर्जागृत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले राजनैतिक रुपमा विभाजित नभइ जातीय अधिकारका लागि एकजुट हुनुपर्ने भन्दै राजनैतिक दलहरू आदिवासी जनजातिलाई सधैं झुक्याउने काम मात्रै गरेको बताउनुभयो । महासंघका तमुवान प्रदेश इञ्चार्ज

Read more

प्रदेशहरूको नामाकरण पहिचानका आधारमा गरिनुपर्छ ः बराम

रुद्र श्रीसमगर पोखरा, २३ माघ नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले प्रदेशहरूको नामाकरण गर्दा पहिचानलाई आधार मान्नुपर्ने बताउनुभएको छ । महासंघको संघीय परिषद् सचिवालयले आइतबार पोखरामा आयोजना गरेको प्रदेश नं. ४ स्तरीय प्रादेशिक भेलामा बोल्दै अध्यक्ष बरामले आदिवासी जनजातिले भनेजस्तो नभएपनि प्रदेशको नामाकरण पहिचानका आधारमा गरिनुपर्ने उल्लेख गर्नुभयो । “अब हाम्रो लडाइँ प्रदेशको नामाकरणका लागि हुन्छ”, अध्यक्ष बरामले भन्नुभयो, “आदिवासी जनजातिको ऐतिहासिक थातथलोलाई आधार मानेर पहिचानका आधारमा प्रदेशको नामाकरण गरिनु जरुरी छ ।” आदिवासी जनजातिका मुद्दाका सवालमा तीन ठूला दलहरू एमाले, कांग्रेस र माओवादी केन्द्र एउटै पार्टी जस्तो भएको आरोप लगाउँदै अध्यक्ष बरामले देशलाई संघीयतामा लैजाँदा पहिचानलाई ख्याल नगरिएको गुनासो गर्नुभयो । “आदिवासी जनजातिको बाहुल्यताका आधारमा मातृभाषालाई सरकारी कामकाजको भाषा तोकिनुपर्दछ”, उहाँले भन्नुभयो, “राज्यले भाषिक विभेद गरेको छ, अब

Read more

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को अध्यक्ष पदमा मानबहादुर राना मगर !

मगर मिडिया काठमाण्डौँ, माघ १७ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्षमा मानबहादुर राना मगर निर्वाचित भएका छन् । फिप्ना अमेरिकामा रहेका नेपाली संस्थाहरु मध्येको सबैभन्दा ठूलो संस्थाको रुपमा दावी गर्दै आएको संस्था हो । जनवरीको अन्तिम साता अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको फिप्नाको छैठौं राष्ट्रिय महाधिवेसनको बहुमतबाट राना मगर निर्वाचित भएका हुन् । महाधिवेशनले राना मगरको नेतृत्वमा ८ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित  भएका छन् । नयाँ कार्यसमितिमा बरिष्ट उपाध्यक्ष पदका लागि राजकुमार विष्ट, उपाध्यक्षमा निमा लामा, सचिवमा गोवा शेर्पा ढोक्प्या र कोषाध्यक्षमा विजयमान सिंह निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा जयवीर गुरुङ र फुर्पा लामा ह्योल्मो पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित रानामगरले प्रतिद्वन्दी मणि वाङ्देल राईलाई १८ मतको अन्तरले पराजित गरेका थिए । उनले कुल मतको ४० मत

Read more

नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद कास्कीले आठौ पोखरा महोत्सवलाई सहयोग गर्ने !

गिता राना मगर पोखरा २१ पुस । नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद् कास्कीले आठौ पोखरा महोत्सवलाई सहयोग गर्ने भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लवको आयोजनामा आगामी पुस २७ देखि माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवलाई नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद् कास्कीले सहयोग गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने भएको हो । परिषदमा आवद्ध विभिन्न १२ वटा आदिवासी जनजातिहरुको छलफलले पुस २७ गते बाट शुरु हुने आठौ संस्करणको महोत्सवमा हुने झांकी ¥यालीमा समेत सहभागीता जनाउने भएको नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद्का अध्यक्ष जंग वहादुर गुरुङले जानकारी दिए । गुरुङले पोखरा महोत्सव विशुद्ध सामाजिक काममा अगाडी वढिरहेको र पोखरा लेखनाथको

Read more

तमु बोन्पो लम प्रथम ऐतिहासिक भेला कार्तिक २४ गतेबाट पोखरामा हुने !

मगर मीडिया १४  कार्तिक  पोखरा तमु   गुरुङ्गहरुको धर्म गुरुहरु मध्येको एक प्रमुख तर लोपोन्मुख बोन्पो लम प्रथम ऐतिहासिक भेला कार्तिक २४ गतेदेखि २६ गते पोखरामा हुने भएको छ ।“प्रथम तमु बोन्पो भेलाको आव्हान, संस्कार सँस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि हाम्रो अभियान” नाराका साथ हुने भेलामा आठ जिल्लाका २ सय बोन्पो लम, १ सय पच्यु र १ सय क्ल्हेप्री गरी चारसयसहित केही पैडीहरुको समेत सहभागीतामा पोखरा ११ रानीपौवास्थित फलिना क्होइबो शक्तिघाटमा भेला तमु प्ये ल्हु संघ कास्कीले विहीवार लेकाली चुलो घर पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । भेलाको पहिलो एतिहासिक दिन कार्तिक २४ गते पोखरामा झाँकीसहित र्यालीले नगर परिक्रमा गरी समुद्घाटन समारोह, २५ गते बोन्पो लम सम्बन्धी कार्यपत्र प्रस्तुत, विभिन्न धार्मिक प्रस्तुतिहहरु र तमु बोन्पो लम गठन गर्ने र

Read more

भाषिक मानव अधिकारबारे सचेत रहनुपर्नेमा जोड !

रूद्र श्रीसमगर पोखरा, ३२ साउन एक कार्यक्रमका वक्ताहरूले मातृभाषी समुदायले आफ्नो भाषिक मानवअधिकारबारे सचेत रहनुपर्नेमा जोड दिएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, लगनखेल, ललितपुरले बुधबार पोखरामा आयोजना गरेको नेपालको संविधानमा भाषा र भाषिक मानव अधिकारसम्बन्धी गोष्ठीमा बोल्ने वक्ताहरूले भाषिक मानवअधिकार पनि अन्य मानवअधिकारजत्तिकै महत्वपूर्ण भएको उल्लेख गरे । नेपालको संविधानमा भाषा र भाषिक मानवअधिकारसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै मातृभाषा अभियन्ता अमृत योञ्जन तामाङले मातृभाषा बोल्न र प्रयोग गर्न पाउने कुनै पनि मातृभाषीको भाषिक मानवअधिकार भएको बताउनुभयो । नेपालमा बोलिने सबै मातृभाषालाई समान दृष्टिले हेरिनुपर्नेमा जोड दिँदै योञ्जनले सरकारी कामकाजका लागि मापदण्ड मात्र बनाएर नपुग्ने उल्लेख गर्नुभयो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्य सचिव लोकबहादुर थापामगरले अहिलेसम्म नेपालमा भाषिक सर्वेक्षण नभएको भन्दै तथ्यांक विभागले निकाले भाषिक तथ्यांकलाई मात्र

Read more

संविधान संसोधनकै माध्यामबाट माग पुरा गर्दै जानुपर्ने सभामुखको आग्रह !

श्याम राना मगर २६, साउन काठमाण्डौ सम्माननिय सभामुख ओनसरी घर्ती मगरले नेपाली जनताले रगत र पसिना बगाएर आफैले लेखेको संविधानमा राष्ट्रियता, स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौम सत्तालाई खलल पु¥याउने खालका बाहेक हरेक प्रावधानहरुलाई संसोधन गर्न सकिने भएकाले आदिबासी जनजातिहरुका जायज मागहरु पनि संविधान संसोधनकै माध्यामबाट पुरा गर्दै जानुपर्ने र भएका प्रावधानहरुलाई कार्यान्वयन गर्दै लैजानको लागि सवैको ध्यान केन्द्रित हुनुपर्ने कुरा बताउनु भएको छ । २३ औँ विश्व आदिबासी दिवशको उपलक्ष्यमा नेपाल आदिबासी जनजाति महासंघले गत सोमबार काठमाण्डौमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा सभामुखले उक्त कुरा बताउनु भएको हो । शुभकामना व्यक्त गर्दै आदिबासी जनजातिका हकहित र अधिकार स्थापित गराउन व्यवस्थापिका संसद भित्र संविधानको प्रावधानमा रहेर अहोरात्र खट्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)