आदर्श तारा स्मृती कप आयोजकको कब्जामा, पाहुना टोली काहुँ मिलन झापुटार २–० ले पराजित !

विनोद रखाली मगर फागुन ९, म्याग्दे आदर्श नमुना युवा क्लव म्याग्दे – ४, मनहरीले आयोजना गरेको आदर्श तारा स्मृती कप सेभन – ए साइड फुटवल प्रतियोगिताको उपाधि आयोजक भेन्ट्रान्स समुहले आफ्नो कव्जामा पारेको छ । भेन्ट्रान्स समुहले पाहुना टोली काहुँ मिलन युवा क्लव, झापुटारलाई २ – ० ले पाखा लगाउदै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । निकै प्रतिस्पर्धाका बिच सम्पन्न अन्तिम खेलमा आर्दशका लागी रविन श्रेष्ठले त्रीदेव गुरुङ्को उत्कृष्ट पासमा खेलको १५ औं मिनेटमा गोल गरे । पहिलो गोलले हौसिएको आयोजक टोली पुनः खेलको २० मिनेटमै दोस्रो गोल गर्न सफल भयो । आयोजकका लागी दोस्रो गोल रविन श्रेष्ठको उत्कृष्ट पासमा भिम तुलाचनले गरेका थिए । सुरुवात देखिनै आक्रामक रुपमा पेश भएको पाहुना टोलीले गोल गर्ने मौका पाए पनि

Read more

मिनाम लाङ्घाली क्लवद्वारा खुला नकआउट फुटवल आयोजना, स्थानीय लाहुरे टिम बिजयी !

कृष्ण आले फागुन ८ लमजुङ लमजुङमा मिनाम लाङ्घाली क्लवले आयोजना गरेको खुल्ला फुटवल प्रतियोगिता नरुवाल गाउँका लाहुरे टिमले जितेको छ । बेसीशहर नगरपालिका वडा नं. २ नरुवालमा मिनाम लाङ्घाली क्लवले महाशिवरात्री पर्वको अवसरमा प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा राइजिङ रोज युवा क्लव बेसीशहरलाई शुन्यका बिरुद्ध २ गोलको अन्तरले आयोजक नरुवाल गाउँका स्थानीय लाहुरे टिमले खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । उपाधि जितेसँगै स्थानीय लाहुरे टिमलाई शिल्ड सहित नगद ६० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उपबिजेता राइजिङ् रोज युवा क्लवलाई नगद ३० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । सेमीफाइनलमा पराजित प्रतियोगितामा शान्त्वना हुने टिम अन्नपुर्ण युवा क्लव भकुण्डे र आयोजक मिनाम लाङ्घाली क्लवलाई नगद ६÷६ हजार र मेडल प्रदान गरिएको छ

Read more

१० औँ संस्करण लखन कप खुल्ला फुटबल प्रतियोगिता २०७४ सुर्खेतमा !

लक्ष्मण बुढा मगर माघ २३, काठमाण्डौँ प्रत्येक वर्षझै यस वर्ष पनि नेपालका प्रथम शहिद क्यापटेन लखन थापा मगरको १४२ औ स्मृति दिवसको अवसरमा लखन युवा खेलकुद मञ्चको आयोजना र नेपाल मगर संघ सुर्खेतको मुख्य प्रायोजनमा बराहताल गाउँपालिका वडां नं—५ स्थित बड्ढिचौरको रगंशालामा सप्ताहा व्यापी लखन कप खुल्ला फुटबल प्रतियोगिता यहि मिति २०७४ फागुन २ गते देखि सञ्चालन हुन गइरहेको छ । उक्त सप्ताहा व्यापी खुल्ला फुटबल प्रतियोगितामा भाग लिन ईच्छुक हुने क्लब संघ संस्थाहरुले यहि मिति २०७४ फागुन १ गते सम्म टिम दर्ता गराउनु पर्ने छ । उक्त सप्ताहा व्यापी फुटबल प्रतियोगितामा प्रथम पुरस्कार रु ५०,००० द्वितीय  पुरस्कार रु २५,००० र टिम दर्ता शुल्क रु ५००५ रुपैया रहेको कुरा आयोजक कमिटिका उपाअध्यक्ष घनश्याम थापामगरले जानकारी दिनुभएको छ । साथै टिम

Read more

पाँचौ नदिपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा !

सुशान्तगाहा मगर पोखरा २४ पुष । नदिपुर क्लवको आयोजनामा हुने पाँचौ संस्करणको नदिपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । नदिपुर क्लवका सदस्य स्वर्गीय ईन्द्र पुन र ललितपुनको स्मृतिमाहुने पाँचौ संस्करणको नदिपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको खेल संयोजक निशान शेरचनले जानकारी दिए । नदिपुर क्लब जापानको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा कुल ३० टिमको सहभागिता रहेको खेल संयोजक निशान शेरचनले जानकारी दिए । उनका अनुसार पाँचौ नदिपुर कप सेभेन ए साइड फुटवल प्रतियोगिता पुुसको २४ देखि २९गते सम्म नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको खेल मैदानमा हुनेछ । प्रतियोगितामा बिजेता टिमले १ लाख १ सय ११ र उप बिजेताले ५० हजार ५ सय ५५ नगद, मेडल र ट्रफी प्राप्त गर्ने क्लबका कोषध्यक्ष अमन

Read more

बाग्लुङको बुर्तिवाङ बजारमा पांचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने !

गिता राना मगर पोखरा २१ पुस । बाग्लुङको बुर्तिवाङमा पाँचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय आइ. टि. एफ. तेक्वान्दो प्रतियोगिता हुने भएको छ । बाग्लुङ स्थित ढोरपाटन आइ. टि. एफ. तेक्वान्दो दोजाङको आयोजना बाग्लुङ जिल्ला आइ. टि. एफ. तेक्वान्दो संघको सह आयोजना र नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको संरक्षणमा आगामी पुसको २८ र २९ गते बाग्लुङको ढोरपाटन स्थित बुर्तिबाङ बजारमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा दुइ बिभागिय टीम सहित ८ टीमको सहभागीता रहने आयोजक ढोरपाटन आइ. टि. एफ. तेक्वान्दो दोेजाङका अध्यक्ष भुपेन्द्र पुन मगरले पत्रकार सम्मेलनमा जानकारी दिए । पुनका अनुसार उक्त प्रतियोगितामा पूर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र, पश्चिमाञ्चल विकास क्षेत्र, मध्य–पश्चिमाञ्चल विकास क्षेत्र, सुदुर–पश्चिमाञ्चल विकास क्षेत्र, विभागिय

Read more

फुटबल मेरो खुशी अनि जिवन हो (नेपाली महिला फुटवलका कोच भगवती राना मगरसँगको भिडियो अन्र्तवार्ता)

सुनिता लामा पौष १९, काठमाण्डौ फुटबल मेरो खुशी अनि जिवन हो (नेपाली महिला फुटवलका कोच भगवती राना मगरसँगको भिडियो अन्र्तवार्ता) मेरो खुशी हो मेरो जिवन हो भनि बताउने भगवती राना मगर नेपाली महिला फुटवलका कोच हुनुहुन्छ । नेपाली महिला फुटवललाई अगाडि बढाउँदै समग्र महिलाहरुलाई फुटवलको माध्यामबाट शसक्तिकरण गर्दै लैजाने उद्देश्यका साथ आफ्नो जिवनलाई नै फुटवलमा समर्पित गर्दै अगाडि बढ्नु भएकी भगवती सम्वधित निकायहरुबाट महिला फुटवल क्षेत्रमा त्यति ध्यान दिन नसकेको अवस्थामा पनि उहाँ आफै गाउँगाउँमा पुगेर महिला फुटवलका लागि सम्भावित खेलाडिहरुलाई खोजेर प्रशिक्षित गर्दै नेपाली महिला फुटवललाई अगाडि बढाउँन दिलो ज्यानले लागिरहनु भएको छ । भगवती सवै नेपाली युवाहरुलाई राष्ट्रको लागि मैले के दिन सक्छु भनेर एकपल्ट आफुले आफैलाई प्रश्न गर्नुपर्ने बताउनुहुन्छ । भगवती आफ्नो इच्छाको क्षेत्र फुटवलबाट राष्ट्रको नामबाट खेल्न पाउँदा सवैभन्दा

Read more

कमल भण्डारी, श्रीराम मगर, रोहित सुनुवार र राजु श्रेष्ठ सेमिफाइनलमा !

मगर मिडिया पुष १२,पोखरा कमल भण्डारी, श्रीराम मगर, रोहित सुनुवार र राजु श्रेष्ठ पोखरामा जारी १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिताको ३५ वर्ष माथि एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबार भएको प्रतियोगितामा कमलले राजन बिजुक्छेलाई ६–१, ६–३ ले, श्रीरामले प्रकाश वाग्लेलाई ६–४, ६–२ ले, रोहितले राजन पौडेललाई ६–०, ६–३ ले तथा राजु श्रेष्ठले निरज थापालाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । त्यसैगरि ४५ वर्ष माथिको एकलमा बिमल गुरुङ्ग, राजु श्रेष्ठ, आशिष सिग्देल र धरमबहादुर लामिछानेले सेमिफाइनलमा स्थान बनाए । बिमलले बिकाश गुरुङ्गलाई ६–३, ६–० ले, राजुले अमृत कार्कीलाई ६–३, ६–० ले, आशिषले अनुज बाँस्तोलालाई ६–२, ६–२ ले तथा धरमले शिव सुवेदीलाई ६–१, ६–१ ले

Read more

बगर भाइखलकको खुल्ला भेट्रान फुटवल प्रतियोगिता रन्जित गुरुङको स्मृतीमा खेलाइने !

गिता राना मगर पोखरा १२ पुष बगर भाइखलकले विगत सात वर्षदेखि सञ्चालन गर्दै आएको एट ए साइड खुल्ला भेट्रान्स फुटवल प्रतियोगिता यो वर्षदेखि स्वर्गीय रन्जित गुरुङको स्मृृतीमा हुने भएको छ । सातौ संस्करणको एट ए साइड खुल्ला भेट्रान्स फुटवल प्रतियोगिता यो वर्षदेखि पोखरा रन्तबाट सम्मानित भइसकेका स्वर्गीय रन्जित गुरुङको स्मृतीमा खेलाइने भएको बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार सातौ संस्करणदेखि आगामी पांच वर्ष सम्म स्वर्गीय रन्जित गुरुङको स्मृतीमा फुटवल सञ्चालन गर्ने भएको हो । स्व. गुरुङ को स्मृतिमा उनका छोराहरु राजु गुरुङ र पोमा गुरुङ तथा छोरी ज्वाई मेजर खुशीमान गुरुङ र मन्जु गुरुङ को मुख्य प्रायोजनमा ५ बर्षक लागी प्रतियोगिता सन्चालन गर्ने सहमती भएका हो । स्वर्गीय रन्जित गुरुङ पृथ्वी नारायण क्याम्पसमा रहेर

Read more

माछापुच्छे्रं बैंक पोखरा ओपन टेनिस जारी !

मगर मिडिया पोखरा पुष १२ कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता जारी छ । प्रतियोगता अन्र्तगत मंगलबार ३५ र ४५ वर्ष माथि फ्रि क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । मंगलबार भएको ३५ वर्ष माथिको खेलमा कमल भण्डारीले शंकर कार्किलाई ६–०, ६–१ ले, रोहित सुनुवारले डा. देव थापालाई ६–०, ६–१ ले,राजन पौडेलले बिरेन्द्र लामालाई ६–३, ६–१ ले, श्रीराम मगरले शिवलाल सुवेदीलाई ६–१, ६–१ ले तथा राजु श्रेष्ठले नविन श्रेष्ठलाई ६–१, ६–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए । यसअघि आ–आफ्नो खेलमा जित हासिल गर्दै राजन बिजुक्छे, निरज थापा, र प्रकाश वाग्लेले पनि क्वाटरफाइनमा स्थान बनाएका थिए ।प्रतियोगिता अन्र्तगत ४५ वर्ष माथिको खेलमा विकाश गुरुङ्गले राजु गुरुङ्गलाई ६–१, ६–३ ले, बिमल गुरुङ्गले सूर्य

Read more

नदिपुर कप सेभेन ए साइड फुटवल प्रतियोगिताकोे तयारी तीब्र !

गिता राना मगर पोखरा २८ मंसिर  नदिपुर फुटवल क्लवको आयोजनामा आगामी पुसको अन्तिम साता हुने नदिपुर कप सेभेन ए साइड फुटवल प्रतियोगिताको तयारी तीब्र रुपमा अगाडी वढेको छ । पुुसको २४ देखि २९ गते सम्म नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको खेल मैदानमा हुने पांचौ संस्करणको फुटवल प्रचियोगिताको तयारी तीब्र रुपमा अगाडी वढेको नदिपुर क्लवका अध्यक्ष शिव पौडेलले जानकारी दिए । नदिपुर क्लवका सदस्य स्वर्गीय ईन्द्र पुन र ललित पुनको स्मृतिमा हुने प्रतियोगितामा बिजेता टिमले १ लाख १ सय ११ र उपबिजेताले ५० हजार ५ सय ५५ नगद, मेडल र ट्रफी प्रदान गरिने प्रतियोगिता संयोजक निशान शेरचनले वताए । शेरचनका अनुसार प्रतियोगितामा वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट किपरले मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा मुख्य प्रायोजक

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)