लागु औषधको कारोबार गर्दै गर्दा पक्राउ

केदार चापागाँई फागुन १०, काठमाण्डौँ प्रहरीले शंकास्पद रुपमा हिडिरहेका दुई जनालाई खानतलासी गर्दा उनीहरुबाट ४ केजी लागु औषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी ४५ बर्षीय राजकुमार तामाङ र मकवानपुरका ३५ बर्षीय बिरबहादुर मोक्तान रहेका छन् । धादिगंको गल्छी गाउँपालिका–६ स्थित नमस्ते ग्याँस उद्योग नजिक प्रहरीसँगको जम्का भेटमा शंकास्पद रुपमा हिडिरहेको अबस्थामा प्रहरीले चेक जाँच गर्दा टि.भी.को कार्टुन भित्र लुकाइ ल्याएको उक्त लागू औषध चरेस फेला परेको हो । प्रहरीले पक्राउ परेका अभियुक्तीहरुलाई थप अनुसन्धान गरी कारवाही अघि बढाइएको बताएको छ ।

Read more

कुन्दन थापा आत्महत्या प्रकरणः प्रहरीले नै घटनाको सत्यता लुकाउन खोज्यो !

काठमाडौँ, २५ चैत्र काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी स्कूलमा केही दिन अघि रहस्यमय मृत्युभएका कुन्दन थापाका आफन्तहरुले घटनाको निश्पक्ष छानबिन गरी दोषीमाथि कार्वाही गर्न माग गर्दै संघर्ष समिति गठन गरेका छन् । मृतक कुन्दनकी माइजू सकुन्तलादेबी पुनको संयोजकत्वमा बिभिन्न संघ संस्था तथा स्थानीयको संलग्नतामा ११ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । समितले घटनाको निश्पक्ष छानबिन गरि दोषी माथि कार्वाही गर्न माग गरेको छ । प्रहरीको छानबिन समितिले एक साता बित्दा पनि घटनाको अनुसन्धानप्रतिबेदन सार्वजनिक नगरेपछि घटनालाई लुकाउन खोजिएको भन्दै दबाब दिन समिति गठन गरेको संयोजक पुनले जानकारी दिनुभयो । प्रहरीले नै घटनाको सत्यता लुकाउन खोज्यो घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या नै भएको दाबी गर्दै प्रहरीको बलमा घटनालाई लुकाउन खोजिएको, प्रहरी कार्यलयमा किटानी जाहेरी दिन जाँदा दर्ता गर्न नमानेको, अनुन्धान

Read more

आपसी विवादपछि श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएपछि !

माघ ७, बाँके सामान्य घर झगडामा बाँकेमा एक व्यक्तिले श्रीमतीलाई आगो लगाइदिएका छन् । नेपालगन्ज १२ खट्कनपुरुवाका २६ वर्षे राजेन्द्र खटिकले श्रीमती अमिसा खटिकलाई मट्टितेल खन्याएर आगो लगाइदिएका हुन् । २२ वर्षीया श्रीमती खटिकको शरीर पूरै जलेको छ । प्रहरी कार्यालय नेपालगन्जका अनुसार उनको छाती, मुख, हात धेरै जलेको छ । त्यस्तै घाँटी पनि धेरै भित्रैसम्म जलेको छ । बिहीबार राति घर झगडा भएपछि राजेन्द्रले बलिरहेको टुकीको मट्टीतेल खन्याएर श्रीमतिको शरीरमा आगो बताईएको छ । अमिसाको अहिले भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । आगो लगाइदिएपछि राजेन्द्र फरार छन् । उनको डेढ वर्षीया छोरी पनि छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

Read more

विनु घटनाका आरोपीत तीनै जना पुरपक्षका लागी कारागार चलान (भिडियो सहित)!

देब पचभैया पाल्पा, पौष ६ रहस्यमय मृत्यु भएकी हेक्लाङ ६ पाल्पाकी २४ बर्षिया विनु पुलामी घटनाका आरोपीत विनुका श्रीमान् दिपेन्द्र बस्याल उनका वुवा लक्ष्मण र आमा पार्वती लाई पाल्पा जिल्ला अदालतले पुरपक्षका लागी थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेश संगै तिनै जनालाई प्रहरीले मंगलवार राती ९ बजे नै जिल्ला कारागार पाल्पामा पठाएको छ । जिल्ला न्यायाधिस डिल्लीरमण तिवारीको ईजालासले तीनै जनालाई पुर्पक्षका लागी कारागार चलान गर्ने आदेश दिएको हो । अदालतका श्रेष्तेदार सुर्वण खनालले पछि थप प्रमाण बुझ्दा ठहरेबमोजिम हुनेगर अहिले मुद्धा मुलुकी एैन ज्यान सम्बन्धी महलको दफा बमोजिम थुनामा राख्न आदेश भएको जानकारी दिनुभयो । आदेशको जानकारी दिदै श्रेस्तेदार खनालले भन्नुभयो “नर बहादुर पुलामीको जाहेरी बादी नेपाल सरकार , प्रतिवादी पाल्पा ताहु ७ हाल तानसेन ८ भगवतीटोलका

Read more

लक्ष्मी परियारका हत्यारालाई कारबाहिको माग गर्दै आन्दोलनको घोषणा !

मंसिर ३० काठमाडौं । केपी अनमोल काभ्रेकी लक्ष्मी परियारको हत्यामा सङलग्न दोषिलाई कडा भन्दा कडा कारबाहिको माग गर्दै आन्दोलनको घोषणा गरिएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरीक समाजले घटनाबारे बिहीबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनको आयोजना गरि आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो । जिल्लाको सानो वाङ्थली ७ की ३२ वर्षिया परियारको यहि मंसिर २४ गते कुटपिटबाट हत्या भएको थियो । घटनाबारे सत्य तथ्य बुझ्न घटना स्थल पुगेर तयार गरिएको अध्यन प्रतीबेदन सार्बजनिक गर्दै पाँच बुंदे माग राखि आन्दोलनका कार्यक्रम अघि सारेको छ । संयुतm संघष समितीले लक्ष्मी परियारका हत्यारालाई तत्काल कारबाही गरी पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था, परियारमाथि भएको कुटपीट र मलमुत्र खुवाउने जस्तो अमानवीय व्यवहारलाई आफ्नो विषयक्षेत्र नभएको भन्दै झुठामुद्दामा ६ हजार रुपैयाँ पीडक पक्षलाई

Read more

काभ्रेकी लक्ष्मी परियार र नुवाकोटकी कंचन भुजेलको हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन!

मंसिर २९, काठमाडौ काभ्रेको सानो बाङथलीकी लक्ष्मी परियार र केही महिना अघी हत्या गरिएकी नुवाकोटकी कंचन भुजेलको हत्यारालाई कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी संगठन छात्रा मंचले विरोध प्रदर्शन गरेको छ । मंचले लक्ष्मी परियार र कंचन भुजेलको हत्यारालाई कारबाही गर, महिला हिंसा बन्द गर जस्ता नारा लगाउँदै विरोध ¥याली प्रदर्शन गरेको हो । विरोध ¥याली पुतली सडक बाग बजार हुँदै पुलमा पुगेर कोण सभा गरिएको थियो । एउटी दलित महिलालाई सार्वजनिक स्थलमा बाँधेर मलमूत्र खुवाएर छातीमा लात्ताले हानेको आरोप लागिसकेपछि पनि दोषीमाथि छानबिन नगरी मिलापत्र गर्न प्रहरी किन अग्रसर भयो भन्ने प्रश्नको जवाफ अहिलेसम्म नआएको भन्दै हत्यामा संलग्नलाई तत्कालै कारबाही हुनेपर्ने उनीहरुले माग छ । गत मंगलबार काभ्रेको सानो बाङथलीकी लक्ष्मी परियारलाई स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया

Read more

बिनु घटनाका दोशीलाई कारवाहीको माग गर्दे आफन्तको खवरदारी जारी / प्रहरीले गर्यो धर्नामा हस्तक्षेप (भिडियो सहित)!

पाल्पा, मंशिर १७ हेक्लाङ ६ पाल्पाकी २४ बर्षिया विनु पुलामी मगरको रहस्यमय मृत्युमा संलग्नलाई कडा कारवाहीको माग गर्दे उनका परिवार र आफन्तले दिन दिनै खवरदारी जुलुस र दवाव मुलक कार्यक्रम गरिहेका छन् । नेपाल मगर संघ पाल्पाले समेत घटनाको बारेमा सत्य तथ्य छानविन गरी दोशीलाइृ कारवाहीको माग गरिसकेको छ । तॉहु ७ फुरुङ्गदी पाल्पाका २७ बर्षिय दिपेन्द्र बस्याल संग ४ बर्ष पहिले विनुको अन्र्तजातिय बिहे भएको थियो । श्रीमान् संगै बसेकी बिनु दशै देखि सम्पर्क विहिन भएपछि उनका माईतीले खोजविनका लागी प्रहरीमा निवेदन दिएका थिए । विनु घटनामा संलग्न भन्दै माईतीले विनुका श्रीमान् दिपेन्द्र उनका बावु लक्ष्मण र आमा पार्वती बिरुद्ध किटानी जाहेरी दिएपछि उनीहरु तिनै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरीरहेको छ । श्रीमती बेपतmा पारी फरार बिनुका श्रीमान्

Read more

अपडेट: बिनु घटनाका दोशीलाई कारवाहीको माग गर्दे खवरदारी सभा सम्पन्न !

पाल्पा, मंशिर १६ हेक्लाङ ६ पाल्पाकी २४ बर्षिया विनु थापाको रहस्यमय मृत्युमा संलग्नलाई कडा कारवाहीको माग गर्दे बुधवार तानसेनमा खवर दारी सभा सम्पन्न भएको छ । नेपाल मगर संघ पाल्पाको आयोजनामा भएको खवरदारी सभामा जिल्लाका राजनैतिक दल, मानव अधिकार कर्मी, महिला अधिकार कर्मी लगाएतको सहभागीता थियो । टुडिखेल मैदान बाट शुरु भएको प्लेकार्ड सहितको मौन र्याली पछि सित्तलपार्टीमा भएको खवरदारी सभामा बोल्ने बतmाहरुले बिनु घटनामा संलग्नलाई कडा कारवाहीको माग गरेका छन् । तॉहु ७ फुरुङ्गदी पाल्पाका २७ बर्षिय दिपेन्द्र बस्याल संग ४ बर्ष पहिले विनुको बिहे भएको थियो । श्रीमान् संगै बसेकी बिनु दशै देखि सम्पर्क विहिन भएपछि उहाका माईतीले खोजविनका लागी प्रहरीमा निवेदन दिएका थिए । विनु घटनामा संलग्न भन्दै माईतीले उनका श्रीमान् दिपेन्द्र, उनका बावु लक्ष्मण र आमा

Read more

अपडेट – विनु घटनामा संलग्नलाई पक्राउ गर्न चौतर्फी दवाव / दोसीमाथि कारवाहीको माग गर्दे दिन दिनै आन्दोलन !

देब पचभैया पाल्पा, मंशिर १२ हेक्लाङ ६ पाल्पाकी २४ बर्षिया विनु थापाको रहस्यमय मृत्युलाई लिएर उहाका परिवार र छिमेकीले आईतबार जिल्ला प्रसासन कार्यालय पाल्पामा धर्ना दिएका छन् । धर्ना र नाराजुलुसका क्रममा भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्ज बाट ५ जना आन्दोलन कारी घाईते भएका छन् । हत्यारालाई कारवाही गर, हत्या गर्न बाध्य पार्नेलाई कारवाही गर, हत्याराको राजनैतिक संरक्षण बन्द गर जस्ता पेलेकार्ड बोकेर नगरका केही भाग परिक्रमा गरी प्रसासन गेटमा पुगेका विनुका आफन्त र छिमेकीहरुले प्रबेस गेटभित्र छिर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको हो । घटनामा संलग्न माथि किटानी जाहेर दिएको हप्ता दिन पुग्दा पनि दोसीलाई पक्राउ गर्न नसकेको भन्दै विनुका आमा वा सहित आफन्त र छिमेकीले प्रसासनमा धर्ना दिएका हुन् । संयुतm बिधार्थी

Read more

Binu Magar Update – पाल्पाका शैक्षिक संस्था बन्द !

देब पचभैया पाल्पा, मंसिर १२ संयुक्त विद्यार्थीं संघर्ष समिति पाल्पाले आईतवार जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द गराएका छन् । विधार्थीको बन्द आब्हानले पाल्पाका कुनै पनि शैक्षिक सस्था संचालन भएका छैनन् । बिधार्थी विनु थापाको हत्यारालाई पक्राउ गर्न र ५ वर्षदेखि अज्ञात रहेका सेन उच्च माविका बिधार्थी किशोर न्यौपानेको सार्वजनिक गर्न माग गर्दै विरोध स्वरुप बिधार्थी संगठनले शैक्षिक संस्था बन्दको आव्हान गरेका हुन् । प्रेस विज्ञप्ती निकाल्दै विद्यार्थी संघर्ष समितिले पछिल्लो केही वर्ष यता पाल्पामा विद्यार्थीहरु असुरक्षित भएको भन्दै चिन्ता जनाएका छन् । विज्ञप्तीमा पाल्पा कलेज (जेभीटी) मा स्नाकोतर तहमा अध्ययनरत बिनु पुलामीको शव फेला पछि परिवारले किटानी जाहेरी दिएको भएपनि उनका श्रीमान् बेपत्ता भएको भन्दै दोषी लाई पक्राउ हुन नसकेकोमा आपत्ती जनाईएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)