‘सांस्कृतिक पुस्तक’ र ‘खिबाङ गाउँको चिनारी’को सामूहिक विमोचन !

कल्पना पुर्जा मगर पोखरा, २४ मंसिर पुन मगरहरूको सस्कार, संस्कृति र परम्पराको उत्थान, संरक्षण र जर्गेना गर्ने हेतुले लिखित पुस्तक ‘करबाके बाबाको ओखा र विविध पूजा’ नामक पुस्तकको विमोचन ज्येष्ठ नागरिक लेखक यमबहादुर पुर्जा (थाइला झाँक्री)को आमा ९४ वर्षीया पबिसरा पुनको हातबाट बुधबार लाली गुराँस पुन मगर समाज लामाचौरमा लोकार्पण भयो । साथै, उक्त अवसरमा खिवाङ गाउँलाई केन्द्र बनाएर घोरेपानीलगायतका क्षेत्रलाई समेटेर तयार गरिएको म्यूजिक भिडियोले ग्रामीण पर्यटनको प्रर्वधनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने बताइएको थियो म्याग्दी खिवाङ स्थायी घर भई हाल युकेमा रहनुहुने बिल पुर्जाले आफ्नो गाउँ, ठाउँको प्रचार प्रसार गर्ने अभिप्रायले बनाइएको खिवाङ गाउँको चिनारी एल्वममा समेटिएका दुई वटा भिडियोको पनि विमोचान गरियो । भिडियो निर्माता बिल पुर्जाले परदेशमा बसेर घरदेशलाई सम्झदा भक्कानो छुट्ने अनि बिदेशिनु आफ्नो बाध्यता भएको

Read more

मेजनजीलाई आभार !

सूर्य मगर डुम्रे, तनहुँ, ८ कार्तिक २०७३ मेजन पुन — धौलागिरिका पुनहरुको माझमा उदयमान मध्यका नाम हो । त्यो कसरी ? प्रथमतः वहाँ यही नै केही गरौंं भन्ने उद्देश्यका साथ लाग्दै मात्रै होइन आधा यौवन व्यथित भईसके । उपज यसैको हो— हाम्रो हातमा अहिले पुन मगर एक अध्ययनको दोश्रो संस्करण धौलागिरिका पुन समुदाय एक अध्ययन पनि आई पुगेको छ र विक्रीको शुभारम्भ केही अघि पोखरा ईस्माईल क्याफेबाट भएको थियो । के हुन् पुन र कस्तो छ— इतिहास ? यसको जवाफ खोज्दै हिंड्दा पुस्तक बनेको हो । तर जवाफले पूर्णाङक पाईसकेको भने छैन किनकी यो धेरै गाह्रो विषय हो । यद्यपि, मेजन जीले साहस गर्नु भयो र त्यतिकै कष्ठ पनि उठाउनु भएको छ । मान्छेहरु लेख्न, बोल्न र छाप्नु भन्दा मलाई

Read more

मगर आदिकवि र उहाँको कृति पढ्नको लागि पुस्तक !

यमुना राना मगर ३ कार्तिक, काठमाडौँ ! मगर आदिकवि जीत वहादुर सिञ्जाली मगरको व्यक्तित्व र कृतिलाई बुझ्न नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको “मगर आदिकवि जित वहादुर सिञ्जाली मगर” नामक पुस्तक एक महत्वपुर्ण कृति हो । वि.सं. २०७२ मा पहिलो संस्करणको रुपमा ल्याएको पुस्तक १ हजार २ सय प्रति छापिएको थियो । यस पुस्तकको सज्जा वसन्तराज अज्ञातले गर्नु भएको छ भने जसको मुल्य रु १५०/– रहेको छ । पुस्तकमा ३ वटा खण्डहरु रहेका छन् । जसमध्ये खण्ड एकमा मगर जाति र साहित्य, खण्ड दुईमा स्रष्टा परिचय र खण्ड तिनमा साहित्य सृजना रहेका छन् भने अनुसुचीमा जित बहादुर सिंजालीका कृतिहरु र सम्वन्धित रचनाहरु रहेका छन् । १२६ पृष्ठ रहेको पुस्तकमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गङ्गा प्रसाद उप्रेतीको मन्तव्य, उपकुलपती विष्णुविभु घिमिरेको प्रकाशकिय,

Read more

राजमुपाको तत्कालिन केन्द्रिय समितिमा पेश भएको जनमुक्ती विचारधारा उत्पिडित जनताको पुँजी थियो – “खपाङ्गीको विचारधारा” !

आव्श्रिन ३० काठमाडौं “काँडा विझ्नेलाई त्यसको पिडा थाहा हुन्छ । राज्यले शास्त्रलाई आधार मानी डन्डाको बलमा यस्ता विभेदहरुको सिर्जना गरेको हुँदा राज्यलेनै यसको वैज्ञानिक समाधान खोज्ने छ । यस्ता विभेद सिर्जना गर्ने भावना प्रवृर्तीवश देखा परेका हुन् भन्दा रोगको सहि र सटिक निदान सम्भव छैन । यस्ता विभेदका लागी खास दर्शन जिम्मेवार छ । त्यो दर्शन ब्रामह्णवाद वाट सिर्जित भएको छ । यद्यपी यो वादलाई प्रवृत्ति मान्नेहरुको सङ्ख्या थोरै छैन । तर यी विभेद र छुवाछुटको अन्त्य गर्ने कार्यमा अघी बढ्दा शान्तीको माध्यम आश्यक छ । हिँसात्मक बाटो श्रेयस्कर छैन ।” स्व. गोरेबहादुर खपाङ्गीको पहिलो कृर्तीको रुपमा प्रकाशन गरिएको “खपाङ्गीको विचारधारा” नामक पुस्तकको एक अंश । स्व. खपाङ्गिीले राष्ट्रिय जनमुक्ती पार्टीको चौथो राष्ट्रिय महाधिवेशनका लागी तयार गरी तत्कालिन केन्द्रिय समितिमा

Read more

बादलद्वारा झुस्या मगरको ‘सम्झनाका घाउ’ र ‘विश्वास’ विमोचन !

श्याम रानामगर मगर मिडिया, आश्विन १४, काठमाडौँ लोक बहादुर थापा मगर “झुस्या”द्धारा मगरभाषामा लिखित र नेपाली भाषामा अनुवादित “सम्झनाका घाउ” र “विश्वास” उपन्यास कृतिको नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा मगर बादलद्धारा एक समारोह विच सार्वजनिकीकरण गरिएको छ । प्रगतिशिल लेखक सङ्घ, केन्द्रिय समितिको आयोजनामा आयोजित कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष मातृका पोखरेलले सभापतित्व गर्नुभएको थियो भने स्वागत मन्तव्य संघका केन्द्रिय उपाध्यक्ष रामप्रकाश पुरीले राख्नुभएको थियो । प्राज्ञ श्रवण मुकारुङले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा जगत उपाध्याय प्रक्षित, रमेश भट्टराई र विश्वभक्त दुलाल आहुतीले कृतिहरुको समीक्षा गर्नुभएको थियो । कृतिको समिक्षामा कृति माथि बोल्दै साहित्यमा पनि मातृभाषाको विकास र क्रान्तीको आवश्यकता रहेको कुरामा जोड दिनुभएको थियो । प्रगतिशिल लेखक संघका महासचिव आर एम डङगोलको सञ्चालनमा भएको कार्यक्रममा कृतिका सर्जकले कृति

Read more

कबि गुप्त रानाको कबिता संग्रह “सप्तरङ्गी फूलहरु” को विमोचन !

मगर मिडिया काठमाण्डौ, भाद्र १३ कबि गुप्त रानाको कबिता संग्रह “सप्तरङ्गी फूलहरु” को विमोचन भएको छ । हात्तिसार स्थित रेष्टूरेण्ट “बरोसा लाउण्ज” मा सम्पन्न भयो । कबिता संग्रहको नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति डा.विष्णु घिमिरेले बिमोचन गर्नुभएको हो । कविताको बिमोचन गर्दे प्रमुख अतिथि घिमिरेले साहित्य फांटमा नव कविको प्रवेश भएको बताउदै कविताको प्रकाशन उच्च स्तरको रहेको र कविताहरु पनि माझिएको वताउनु भयो । वहांले जनजातीहरुमा पनि साहित्य प्रतिको लगाव व्यापक रहेको र विस्तारै जनजाती साहित्यकारहरु आफनो मातृ भाषा लगायत राष्ट्रिय भाषामा पनि कलम चलाउन थालेकोले यसले साहित्य फांटको उत्थानमा सकारात्मक सन्देश प्रवाह गरेको वताउनुभयो । पुस्तकको वरिष्ठ साहित्यकार युवराज नयाघरेले समिक्षा गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक तालिम केन्द्रका पमुख तथा वरिष्ठ साहित्यकार मित्रलाल पंज्ञानी र जिवसिम प्रतिष्ठानका

Read more

मगर बस्तिमा मेरो अनुभब !

दुतबहादुर गर्बुजा पुनमगर (चिम्खोले काईला) मगर भएर जन्मे, मगर भएर मर्न मन लागेको छ मगर भएर हुर्के, मगरको लागि केहि गर्न मन लागेको छ उपस्थित हुनु भएको सम्पूर्ण मगरहरुलाई झोर्ले, जेडौ, सिमिन्मेपाऊ, नमस्कार भन्न मन लागेको छ // यी माथिका हरफहरु मैले मगर संघ युकेको तिन बर्षे कार्यकालमा हरेक सभा समारोहहरुमा फलाक्ने गरेको हरफहरु हुन् / यी हरफहरु मेरो अन्तारात्माबाट उत्पत्ति भएका हरफहरु भएको हुँदा मगर भन्ने शब्द मेरो जीवनको परियाबाची भैसकेको छ / मेरो जीवनमा म जन्मेको जन्म थलो, म अध्यन गरेको स्कुल, मेरो कर्म थलो तथा पल्टन घर (British Army) र मगर संघ युकेको १३ बर्ष यात्रामा बटुलेको अनुभब मेरो जीवनको लागि अक्सिजन स्वरूप बनेको छ / यी माथि उल्लेख गरेका अनुभबहरु ओकाल्न त केहि प्रशंगहरु जोड्नै पर्ने

Read more

दगाईं श्रीस मगरको वंशावली पुस्तक विमोचित !

रूद्र श्रीसमगर गलकोट, ११ साउन बागलुङको गलकोट, हरिचौर (दर्म)का दगाईं श्रीस मगरहरूको वंशावली पुस्तक विमोचन गरिएको छ । ठूलाथरमा दगाईं श्रीस मगर समाजद्वारा आयोजित एक कार्यक्रमका बीच दर्म भेगका दगाईं श्रीस मगरहरूको वंशावली र इतिहास समेटिएको पुस्तकको विमोचन गरिएको हो । सो पुस्तकको ठूलाथरका मुखिया हिराबहादुर दगाईं श्रीसले विमोचन गर्नुभयो । सो अवसरमा बोल्दै मुखिया श्रीसले वंशावली पुस्तकले भावी पुस्तालाई प्रेरणा दिने बताउनुभयो । ‘वंशले अंश खोज्छ, वंश, गोत्रबारे जान्नु राम्रो कुरा हो’, मुखिया श्रीसले भन्नुभयो, ‘वंश, गोत्र कुनै पनि जातिको चिनारी हो ।’ मगर जातिको इतिहासको पुनर्लेखनको जरुरी रहेको भन्दै श्रीसले त्यसका लागि सबैले वंशावली अध्ययन गर्नु आवश्यक भएको बताउनुभयो । कार्यक्रममा नेपाल लाङ्घाली परिवार संघका संस्थापक केन्द्रीय सदस्य यमबहादुर साईं श्रीसले भावी दिनमा श्रीसहरूका बारेमा गहन रूपले अध्ययन

Read more

मगर संघ युकेको मुख पत्र उपराष्ट्रपति र सभामुखलाई हस्तान्तरण !

मगर मिडिया डट कम काठमाण्डौ, श्रावण ३ मगर संघ, युकेले प्रकाशन गरेको कानुङ लाङ्घा (हाम्रो गाउ) सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन र सभामुख ओनसरी घर्ती मगरलाई हस्तान्तरण गरेको छ । मगर संघ युकेका ३ सल्लाहकार सरिता थापा (पुलामी) हुम बहादुर थापा (पचभैया ) , कुमार राना त्यस्तै मगर पत्रकार संघका केन्द्रिय महासचिब देब पचभैया, गोरे बहादुर खपाङ्गी फाउण्डेशनका उपाध्यक्ष रुद्र गुर्माछान लगाएतको टोलीले कार्यकक्षमै पुगेर उपराष्ट्रपति पुन मगरलाई मुख पत्र हस्तान्तरण गरेको हो । कार्यक्रममा उपराष्ट्रपतिका स्वकिय सचिब सुक बहादुर थापा मगर र प्रेस सल्लाहकार मनोज घर्ती मगरको पनि सहभागीता थियो । मुखपत्र हस्तान्तरण कार्यक्रम पछि उपराष्ट्रपति पुनलाई मगर संघ युकेका सल्लाहकारहरुले युकेमा समग्र नेपालीहरुको अवस्था, मगर संघको कृयाकलाप लगाएतको बारेमा जानकारी गराउनुभएको थियो । उपराष्ट्रपति पुनलाई भेट गरेपछि सोही

Read more

हस्त लिखित मगर इतिहास “मगर थ्रु द एज” पाण्डुलिपि अब डिजिटलमा !

विष्णु कुमार सिङ्जाली / काठमाडौ मगर जातिले आज सम्म आफ्नो बृहत इतिहास लेख्न नसकेको कारणबाट, मगर जातिको ऐतिहासिकता, उत्पत्ती, नामाकरण आदिका विषयमा थुप्रै भ्रम र अस्पस्तताहरु रहीरहेका छन् । यहि सन्भर्दमा मगर भाषा तथा इतिहासमा कलम चलाउने हिरासिङ थापामगरले मगर जातिको इतिहासका बारेमा “मगर थु्र द एज” ःबनबच त्जचयगनज तजभ ब्नभ नामक कृती निर्माण गर्नुभयो । हस्तलिखित पाण्डुलिपी ४÷५ बटा भोलुमहरु लेखि प्रकाशनका लागि आवस्यक व्यवस्था जुटाउन नसकेकोले ५÷१० बर्ष देखि घरमा थन्कीएर बसेको र धमीराले खान सक्ने खतरा रहेको उहाँले जानकारी दिनु भयो । त्यसपछि सो हस्त लिखित पाण्डुलिपीलाई डिजिटल पाण्डुलिपीमा बदल्नको लागि मगर कर्मचारी संघका अध्यक्ष तिल बहादुर थापामगरको संयोजकत्वमा, रुल बहादुर आले, दिल प्रसाद मगर, उमेश रानामगर, विष्णुकुमार सिंजालीमगर को अनौपचारीक समिति बनेको थियो । सो समितिलाई

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)