२०१७ लाई फर्केर हेर्दा – पर्याबरणिय सन्तुलन र राजनैतिक स्थिरता !

-बिजय हितान, युके राजनैतीक गतिबिधिले नागरिकका दैनिकिसँग प्रतक्ष्य सम्बन्ध राख्दछ । देशको राजनीति स्थिर रहनसके जनताले गास, बास, र कपास सजिलै पाउनसक्छन । तर राजनीतिले पर्याबरणसँग पनि प्रतछ्य सम्बन्ध राख्छ भनेर धेरैलाई ज्ञान नहुनसक्छ । स्थिर राजनीतिले सन्तुलित पर्याबरण कायम राख्न ठुलो भूमिका खेल्छ । किनकी बातावरणमैत्री नितिनियम निर्माण गरेर लागुगर्ने जिम्मेवार ब्याक्ती नेताहरुनै हुन । यसर्थ प्रयाबरण पनि स्वास्थ्य रहन सके मानीसहरु सजिलै गास, बास, र कपास पाउन सक्छन । सन २०१७ मा नेपालमा स्थानिय, प्रदेस सभा र सङ्घिय सभाको चुनाव सम्पन्न भयो । अब नेपाली जनताले राजनैतिक स्थिरताको श्वास फेर्न पाउने आशा लिएकाछन । तर हावाबाट लिईने श्वास अझै प्रदुशित रहनेछ । भारत र चाइनाको चरम औधोगिक बिकास र आर्थिक उन्नतिले दक्षिण एसियाकै बायुमन्डललाई असर पारेको छ ।

Read more

बिजय हितानको नाटक “सहिदको सपना” सार्वजनिक !

मगर मिडिया, काठमाडौँ ! बिजय हितान; सहिद दिवस पारेर ‘सहिदको सपना’ लाई देस बिदेसका बिभिन्न एफएम रेडियो मार्फत सार्वजनिक गरिंयो। यो नाटक म द्वारा लिखित तथा निर्मित रेडियो नाटक हो । यस नाटक नेपालका प्रथम सहिद श्री लखन थापामगरले सन् १८७५ मा जहानीया राणा शासनविरुद्ध सुरुवात गरेको आन्दोलनमा आधारित छ । यस नाटकका वास्तविक पात्रहरु लखन थापामगर, सुकदेव गुरुङ, जयसिंङ चुमीमगर, सुपति गुरुङ, कालु लम्साल, ज्ञान दिलदास, जङ्गबहादुर राणा, बडामहारानी हिरन्यगर्भकुमारी र धीरशमसेर राणा हुन् । प्रथम सहिद लखन थापामगरदेखि गंगालाल, धर्मभक्त, सुक्रराज, दशरथ; अनी नेपालमा पटकपटक प्रजातन्त्र ल्याउन र देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराउनसम्म शहादत प्राप्त गर्नुभएका सम्पूर्ण महान् शहीदहरुप्रति हार्दिक श्रद्धान्जली चढाउँदै नाटक ‘सहिदको सपना’ प्रस्तुत गरिन्छ। यस नाटकमा निरङ्कुश जहानीया राणाशासन विरुद्धको आन्दोलनमा मुख्य नायक लखन

Read more

एक मित्रको खोजिमा !

– बिजय हितान मास्टर मित्रसेनलाई किन हो कुन्नी आफ्नै मित्र जस्तो लाग्छ । उनी म भन्दा धेरै अगाडि जन्मेका भएर पनि । उनी मेरै स्वरुपका थिएकी जस्तो पनि लाग्छ । तर उनी जन्मे भारतको भाग्शु, म जन्मे नेपाल को गुल्मीमा । उनिसँग मेरो रगतको नाता पनी छैन । उनका र मेरा जिन्दगीका पानाहरु पल्टाउँदै जाँदा हामी बिच केही चिजहरु मेल खाएजस्तो लाग्छ । उनी मजस्तै एक लाहुरे थिए । म परें मेरो मामाको भान्जा, उनी पल्टनिया भान्जा । अर्थात उनका पिता ब्रिटिश इन्डियाको गोर्खा पल्टनमा हुँदा मित्रसेन भाग्सुको तोतारानी छाउनिमा जन्मेर सैनिक परीबेसमा हुर्केका थिए । अर्थात उनी लैन छोकडा थिए । उनी पनि म जस्तै छोटो सैनिक जागिर खाएर निस्केका रहेछन । आफ्नै पिता को पल्टन १/१ गोर्खा राइफलको

Read more

मगर महिला: चुनौती र बिकास !

– बिजय हितानमगर मेरो अनुभव एक मगर महिलालाई म एकदमै नजिकबाट बुझेको छु । मसँग उनको यती मोटो पुस्तक नै छ भनेपनी हुन्छ । यसलाई म दिनरात अध्यन गर्ने गर्छु- कहिले भान्सामा, कहिले बिस्तारामा, कहिले बैठक कोठामा, कहिले बारीमा त कहिले बाटामा । यो पुस्तकको नाम ‘कल्पनाको कथा’ हो भन्न रुचाउँछु । यसरी एक मगर महिलालाई मैले जती अरु कसले बुझेको छ होला र भन्ने पनि लाग्छ । दिदी बैनी भगवानले दिएनन, ता पनि मगर महिलाको रुपमा मेरी आफ्नै आमालाई बुझेको छु । म स्यानो छँदा, बुवा महिला दिवस मनाएर घर आउँदा, आमालाई थाहै हुने थिएन महिला दिवस कैले, किन, र कहाँँ मनाइन्छ भनेर । त्यसर्थ मगर महिलालाई मैले मेरी आमा जस्तै पनि बुझेको छु । भबिश्यका मगर महिलाहरु मेरी

Read more

इतिहास जित्नेहरुकोलागि मात्र होइन इमान्दारीताका साथ कर्म गर्नेहरुकोलागि पनि हो !

दीपा आले आश्विन ९, काठमाडौँ भाग्य र समय यति बलवाल हुन्छ जहांं केवल भगवानको क्रिपा र समयले साथ दिन्छ । भगवानको क्रिपा र आसिरबात विना मानिसले यो संसारको कल्पना गर्न गाह्रो छ । किन कि प्रत्येक जिवित प्राणीमा भगवानको आत्मा रुपी शक्ति हुन्छ । जुन शक्तिको कारण भौतिक वस्तुहरुको विकास भइरहेको छ । यो विश्वब्यापी मान्यता हो । किन कि हरेक आत्मारुपी मानवप्राणीले महसुस गरेका छन् र व्यवहारमा समेत उतारेका छन् । कर्म गरेका छन् । त्यसैले त भनिन्छ मानिसले जति नै प्रयास गरेतापनि भाग्य र समय भन्दा अगाडि उसले केही पनि पाउंदैन । किन कि हरेक सफलता पाउनकोलागि भाग्य र समय कुर्नु पर्ने हुन्छ । किन कि कर्म त सबैले गरेका हुन्छन् । जुन दिन समय आउंछ त्यो दिन

Read more

तामाङ लोककथाको पहिलो संस्करण ‘नम्दरदिम रि’ सुरु !

रूद्र श्रीसमगर पोखरा, २१ साउन तामाङ लोक कथाको पहिलो संस्करण ‘नम्दरदिम रि’ सुरु भएको छ । लोकोत्तर लोकवादी विचार समूहले पोखरामा शनिबार आदिवासी सांस्कृतिक (आसा) अभियान अन्तर्गत मौलिक गीत संगीतबारे चर्चा परिचर्चा चलायो । सो अवसरमा कार्यक्रमका स्रष्टा नायक गीतकार तीर्थ तामाङले नेपाली गीत संगीतको मौलिकता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भबारे आफ्नो विचार प्रस्तुत गर्नुभयो । ‘हामी आदिवासी जनजाति समुदाय राज्यको मूल प्रवाहबाट सीमान्तकृत भएजस्तो संगीतको पनि एउटा विधा सीमान्तकृत भएको छ’, उहाँले अघि थप्नुभयो, ‘खासगरी, बालबालिका निम्ति हामीले गीत गाएकै छैनौं र बनाएका पनि छैनौं ।’ बालबालिकालाई वयस्क उमेर समूहकाले सुन्ने गीत संगीत नै सुनाइएको भन्दै गीतकार तामाङले यसले बाल मनोविज्ञानमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो । कार्यक्रममा युवा पुस्ताको सहभागिताले आफू उत्साहित भएको तामाङको भनाइ थियो । नेपाल

Read more

नेपाली राहदानीको दुरूपयोग र सिङ्गो नेपालको स्वाभिमानमाथि नै खिल्ली ।

हुम सुनारी मगर पाल्पा, हाल साउदी अरेवीया नेपाली राहदानीको चरम दुरूपयोग, विश्व मै बदनाम। एउटी नेपाली मूलकी भारतीय महिला दाङ कि इन्द्र कुमारी गिरीको राहदानीमा उनको फोटो टाँसेर दिल्लीबाट ६ बर्षअगाडी साउदी अरेवीया छिरेकी रहेछिन्। तीनदिन अगाडी उनि उद्धार गराईपाऊ भनेर नेपाली दूताबास, रियादमा शरण पर्न आएकी रहेछिन्। दूताबासले उनको बारेमा सबै अनुसन्धान गर्दा उनि पश्चिम बङ्गाल भारत (दार्जिलिङ्ग) को रहेको थाहा भयो। तीनदिनसम्म उनलाई दूताबास कै शेल्टरमा राखेर खानबस्न दिईयो। उनि नेपाली नभएको प्रमाणित भएपछि उनलाई दूताबासले उद्धार प्रक्रिया अगाडी बढाउँन नसक्नेभयो। दूताबासपरिसर वरिपरि बस्नु, साउदी सुरक्षाकर्मीले तिमीलाई उद्धार गरेर भारत निर्वासन गर्नेछ भन्ने सल्लाह उनलाई दिईयो र उनि दूताबासको मूलढोकाभन्दा केहिपर एउटा रूखको छहारीमा हिजो बिहानदेखि बस्दै रहेछिन् । नरेन्द्र बम्जन (ट्याक्सी चालक) ले उनलाई हिजो बिहान त्यसरी

Read more

स्मार्ट गाउँ र नगर कसरी बनाउँने ?

हुम सुनारी मगर, साउदी अरब स्थानीय तहको चुनाव अगाडी स्मार्ट गाउँ र नगर बनाउँने बिषयले अग्रस्थान पाएको थियो। विभिन्न राजनीतिक दलबाट अध्यक्ष तथा मेयरका लागि उम्मेदवारहरूका चुनावी घोषणापत्र र प्रतिवद्धता पत्रमा स्मार्ट गाउँ तथा नगर बनाई दिने कुराले प्रमुखता पाएको थियो। तर, यो स्मार्ट गाउँ र नगर भनेको के हो र कस्तो हुन्छ ? यो कसरी बनाउँन सकिन्छ ? यसको योजना के हो भन्ने सायदै उम्मेदवारहरूले जनतालाई प्रष्ट्याएका थिए। यो प्रचार एउटा चुनाव जित्ने रणनीति बाहेक अरू केहि थिएन भन्दा अन्यथा नहोला। कुरा स्मार्ट गाउँ र नगरको गर्ने तर त्यसको कार्यन्वयनका लागि कुनै योजना नै नबनाउँने भयो भने ‘मुखमा रामराम बगलीमा छुरा’ भन्या जस्तै हो। ८० प्रतिशत भन्दा बढी नेपालीहरू स्थानीय तह अथवा ग्रामिण क्षेत्र मै बसोबास गर्दछन्। त्यसैले, स्थानीय

Read more

उत्पिडित नेपाली जनताको मताधिकारको चेतनास्तर !

पुर्ण बहादुर रानामगर स्थानिय तहको पहिलो चरण निर्वाचन २०७४ वैशाख ३१ गते सम्पन्न भएको थियो । सो निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट म स्तम्भकार आफैं तनहुँ जिल्ला ऋृषिङ गाउँपालिकाको प्रमुख/अध्यक्ष पदमा उम्मेदवार भएको थिएँ । चुनाव प्रचार प्रसार अभियानमा आफ्नो निर्वाचन क्षेत्रको अधिकांश ठाउँमा चुनावी कार्यक्रम तथा नेपाली नागरिकसंग प्रत्यक्ष भेटघाट गरें । आफुलाई उम्मेदवारको रुपमा परिचित गराउने क्रममा धेरै जनतासँग भलाकुसारी भएको थियो । चुनावी अभियानमा सार्वभौम नेपाली जनताको चेतना अवस्था बुझ्ने अवसर पाएँ । सार्वभौम नेपाली नागरिकको मताधिकारको चेतनाको अवस्थालाई पाँच भागमा बर्गिकृत गरेको छु । १. निरपेक्ष अचेत (Absolute Unconsciousness Stage) {नचिन्ने} अवस्था २०२५ साल देखि २०४० साल सम्म जति निर्वाचनहरु भए तत्कालिन अवस्थामा नेपाली जनताले पार्टी र नेताको नामै नसुनि घरगाउँको मुखिया वा बाबाआमा, काकामामा, दाईदिदीहरुले

Read more

राजधानीकै गाउँमा चुनाव लागेन / स्थानिय भन्छन्, चुनावको कुरा गर्न अहिलेसम्म कोहि आएका छैनन ।

रमा खड्का, काठमाण्डौ केहि दिन अघि मात्रै काठमाडौंबाट झन्डै १३ किलोमिटर टाढा ललितपुरको महालक्ष्मी नगरपालिका वडा ९ लामाटार पुगियो । त्यहाँ पुग्दा स्थानिय महिलाहरु आ–आफ्नै काममा व्यस्थ थिए । कोहि घरको गाह्रोका लागि सिमेन्ट र बालुवा मिलाईरहेका थिए, कोहि ईटा बोकिरहेका थिए त कोहि आफ्नै घरको काममा व्यस्त थिए । धेरै मान्छेहरु टिनको टहरामा बसिरहेका देखिए । करिब ४५ जति घर परिवार थिए त्यहाँ । लामाटारमा पुरुषहरु भने मदिरा सेवन गरी पसल–पसलमा गफिदै गरेको देख्यौं । उनीहरुलाई देशमा भईरहेको स्थानिय तहको चुनावको कुनै वास्ता थिएन । चुनावमा कसलाई उम्मेवार बनाउने, जिताउने भन्ने कुरा त टाढाको भयो । अहिले देश चुनावमय भएका बेला यो लामाटार दलित बस्तीमा त्यसको कुनै असर नै छैन । आफ्नै दिनचर्यामा ब्यस्त छन । स्थानिय महिलाहरु घर

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)