केबी स्मृति सम्मानबाट तनहुँका कवि किसानी सम्मानित जनजाति स्रष्टा राज्यबाट अपमानित छन् : गुरुङ

रूद्र श्रीसमगर पोखरा, ३ पुस मगर भाषाका कवि केबी नाम्जाली भुरुङ मगरको नाममा स्थापित “कवि केबी नाम्जाली भुरुङ मगर स्मृति साहित्य सम्मान”बाट यस वर्ष तनहुँका मगर साहित्यकार धीरेन्द्र थापामगर ‘किसानी’ सम्मानित हुनुभएको छ । कवि नाम्जालीको ५१ औं जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा कवि किसानीलाई सो सम्मानबाट सम्मानित गरिएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले सम्मानपत्र, भाङ्ग्रा र फेटाले सम्मान गर्नुभयो । सम्मान गरेपछि बोल्दै रानामगरले भाषा कुनै पनि जातिको मूल पहिचान भएको बताउनुभयो । मगर भाषाको संरक्षण र संवद्र्धनका लागि मगर भाषा प्रतिष्ठानले प्रशंसनीय कार्य गर्दै आएको भन्दै रानामगरले मगर भाषा बचाउने दायित्व युवा पुस्ताको काँधमा आएको उल्लेख गर्नुभयो । कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका

Read more

सोँच्दैछु , एक थान कविता लेखुँ । 

सोँच्दैछु , एक थान कविता लेखुँ ।  -प्रेमध्वज गाहा मगर   सोँच्दैछु ,, एक थान कविता लेखुँ ।   धेरै,,भयो मथिङ्गलमा आँधी तुफान चलेको , प्रयास गरेँ कत्ति शान्त पार्न , तर , अहँ,,कुनै छाँटकाँट देखिनँ रोकिने । बरु जत्ति प्रयास गर्छु अझ,बेग बेगले चल्दै पो छ । हिजो होइन , अस्ति होइन धेरै अघिदेखि , त्यसैले सोँच्दैछु एक थान कविता लेखुँ ।   एक रत्ति पनि गुनासो रहने छैन, मेरो कविता, कविताको कोटीमा नपरोस् बरु । बाल छैन सत्ताको भाषा बोल्ने साहित्यिक कानुनले, कविता भनोस या नभनोस , मेरो आफ्नो लागि त हुनेछैन त्यो, शेली,ह्युजेज,वर्ड्स्वर्थ भन्दा कम, बरु अब्बल नै हुनेछ तिनीहरुभन्दा, त्यसैले सोँच्दैछु, एक थान कविता लेखुँ ।।   भनिसकेँ ,मेरो खोपडीमा प्रश्नहरुको आँधी तुफान चलिरहेको छ ।

Read more

उत्पिडित नेपाली जनताको मताधिकारको चेतनास्तर !

पुर्ण बहादुर रानामगर स्थानिय तहको पहिलो चरण निर्वाचन २०७४ वैशाख ३१ गते सम्पन्न भएको थियो । सो निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट म स्तम्भकार आफैं तनहुँ जिल्ला ऋृषिङ गाउँपालिकाको प्रमुख/अध्यक्ष पदमा उम्मेदवार भएको थिएँ । चुनाव प्रचार प्रसार अभियानमा आफ्नो निर्वाचन क्षेत्रको अधिकांश ठाउँमा चुनावी कार्यक्रम तथा नेपाली नागरिकसंग प्रत्यक्ष भेटघाट गरें । आफुलाई उम्मेदवारको रुपमा परिचित गराउने क्रममा धेरै जनतासँग भलाकुसारी भएको थियो । चुनावी अभियानमा सार्वभौम नेपाली जनताको चेतना अवस्था बुझ्ने अवसर पाएँ । सार्वभौम नेपाली नागरिकको मताधिकारको चेतनाको अवस्थालाई पाँच भागमा बर्गिकृत गरेको छु । १. निरपेक्ष अचेत (Absolute Unconsciousness Stage) {नचिन्ने} अवस्था २०२५ साल देखि २०४० साल सम्म जति निर्वाचनहरु भए तत्कालिन अवस्थामा नेपाली जनताले पार्टी र नेताको नामै नसुनि घरगाउँको मुखिया वा बाबाआमा, काकामामा, दाईदिदीहरुले

Read more

लण्डनमा वातावरण साहित्य सम्मेलन हुँदै

लन्डन विश्व वातावरण दिवसको अवसर पारेर बेलायतस्थित नेपाली साहित्यकारहरूले वातावरणको बिषयलाई केन्द्रबिन्दु बनाएर साहित्य सम्मेलन गर्ने भएका छन् । बिज्ञान जस्तै साहित्यमा पनि प्रकृति र वातावरणको संरक्षणात्मक र चेतनामूलक प्रयोगको आवश्यकता आज टड़कारो बनेको छ । यसैलाई लक्षित गर्दै बेलायतस्थित प्राय: सबै साहित्यिक संस्थाहरुको संयुक्त सम्योजनमा यस्तो सम्मेलन गर्न लागिएको संयोजक विजय हितानले बताए । सम्मेलन आगामी जून 4 मा लण्डनको चार्ल्टनमा सम्पन्न हुनेछ । सम्मेलनका पूर्व तयारीहरु- हल बुकिङ, साधनहरुको जोरजाम, खानपनि तथा अतिथि निमन्त्रणा जस्ता ब्याबस्थापन कार्य भैसकेको अर्का सम्योजक सुमल कुमार गुरुङले बताए । सम्मेलनमा बेलायतका लागि नेपाली राजादुत दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्य, र मिस युके नेपाल २०१६ टेनिशा रानाको पनि बिशेष उपस्थिती रहनेछ । स्वस्थ जीवन र समृद्ध पृथिवीका निम्ति वातावरणको स्वस्थता अनिवार्य रहेको छ ।

Read more

“जर्मिसिउ पो” खाम गजल संग्रहको विमोचन !

राकेश बुढा मगर मगर मिडिया, काठमाण्डौ नेपाल मगर लेखक संघ जिल्ला समिति रोल्पाको आयोजनामा होटल रोल्पा प्रा.ली. वसन्त नगर काठमाण्डौमा एक कार्यक्रमका बीच मगर खाम भाषाको पहिलो कृतिको रुपमा “जर्मिसिउ पो” खाम गजल संग्रहको विमोचन गरिएको छ । ५ नं प्रदेश थबाङ गाउँपालिका वडा नं. ३ मिरुल निवासी दिलिप बुढा मगर “स्वेद”को पाँचौं कृति तथा मगर खामको पहिलो कृति “जर्मिसिउ पो”नामक मगर खाम गजल संग्रहको विमोचन गरिएको हो । नेपाल मगर लेखक संघ जिल्ला समिति रोल्पाका अध्यक्ष बोम बहादुर घर्ती मगरको सभाध्यक्षता र आदि कवि जीत बहादुर सिंजाली मगर प्रतिष्ठानका अध्यक्ष संजोग लाफा मगरको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा राकेश बुढा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यस्तै नेपाल मगर लेखक संघका केन्द्रिय महासचिव जीवन प्रवेश रोका मगर, नन्द घर्ती

Read more

जीवसीम साहित्य प्रतिष्ठानको पुरस्कार वितरण तथा विजय हितानको पुस्तक विमोचन !

चैत्र २८, काठमाण्डौ उपराष्ट्रपती नन्द बहादुर पुन नेपालका आदिवासी जनजातीहरु मगर, नेवार तामाङ लगाएतको मातृभाषा लोप हुने अवस्थामा रहेको भन्दै भाषा संरक्षणको लागी साहित्य र लेखनको क्षेत्रमा जोडदार रुपमा कलम चलाउनु पर्ने उपराष्ट्रपती नन्द बहादुर पुनले बताउनुभएको छ । मगर आदिकवी जीत बहादुर सिंजाली मगर प्रतिष्ठानले आइतबार आयोजना गरेको पुरस्कार वितरण तथा विजय हितानको पुस्तक विमोचन कार्यक्रममा सुभकामना मन्तव्य राख्नुहुँदै उपराष्ट्रपती पुनले संटकमा रहेको भाषा संरक्षण गर्नु श्रष्टाहरुको काँधमा जिम्मेवारी रहेको भन्दै भाषाः समुदाय, समाज र राष्ट्रको प्राण, अस्तित्व र पहिचान रहेकोले कुनैपनि जाती वा समुदायको भाषा लोप भए त्यस्तो जाती र समाज अस्तित्व विहिन हुने धारणा राख्नुभयो । साथै उँहाले हाम्रो भाषा, संस्कृति र समग्र रुपमा आदिवासी जनजातीहरुको पहिचानलाई स्थापित गर्न नसके चलिरहेको आन्दोलनको कुनै औचित्य नहुने भन्दै पहिचान

Read more

जीबसिम साहित्य प्रतिष्ठानद्धारा ३ वटा पुरस्कार एकैसाथ प्रदान गर्ने तयारी (को– को हुदैछन् पुरस्किृत हेर्नुहोस्) !

चैत्र २१, काठमाण्डौ जीत बहादुर सिञ्जाली मगर साहित्य पुरस्कार २०७२ साहित्यकार प्रेम प्रकाश घर्ति मगरलाई प्रदान गरिने भएको छ । अठार मगर खाम भाषामा युङला रो–(मनको कुरा)–२०६५, कविता संग्रह प्राप्तिका समय–२०७३ र (भविष्यत्काल) निबन्ध संग्रहका लेखक उवा ७ रोल्पा निवासी प्रेम प्रकाश घर्तिमगरलाई सो पुरस्कार प्रदान गर्न लागिएको जीत बहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानद्धारा आज जारी विज्ञप्तीमा जनाइएको छ । उहाँ मगर भाषा तथा जातिका अभियन्ता पनि हुनुहुन्छ । जीबसीम पुरस्कार–२०७२ को पुरस्कार राशी ५५ हजार रुपैया रहेको छ । पुरस्कार राशी हरेक वर्ष ५ हजार रुपैयाको दरले बृद्धि गर्दै लगिएको पनि विज्ञप्तीमा जानकारी गराइएको छ । त्यस्तै प्रतिष्ठानद्धारा प्रदान गरिने पुरस्कार जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७२ मालवरसिंह (एमएस) थापा झेंडी मगरलाई प्रदान गरिने भएको छ । जयबहादुर हितान मगर

Read more

मलेसियामा नारी विशेष सृर्जना बाचन कार्यक्रम सम्पन्न !

फागुन ३०, मलेसिया मलेसियामा रहेका साहित्यकारहरले आइतबार नारी विशेष सृर्जना बाचन गरेका छन् । विश्व नेपाली साहत्यि महासंघ मलेसियाको आयोजनामा क्वालालामपुरको कोताराया स्थित नारी विशेष सृर्जना बाचन कार्यक्रमको आयोजना गरिएको हो । विश्वमा नेपाली साहित्यको विस्तार हम्रो अभियान , साहित्यबाटै नेपालको बेग्लै पहिचान भन्ने नाराको साथ आयोजना गरिएको कार्य साहत्यकारहरु साहित्यकारहरु दिल्लिप सगर राई, जीवन देवान गाउँले, जय प्रसाद आचार्य , रबिन मगर , कृष्ण लामिछाने ‘भीर ‘,अमृत लिम्बू , ,कृष्ण कार्की बेहोशी ,गणेश बाहादुर सुनार, गौर दत्त भट्ट ,अर्जुन काफ्ले ,अञ्जान यात्री लगायतले नारीप्रती गरिएका आ आफ्ना सृजना वाचन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा कोइराला कान्छाले बासुरीबाजा प्रस्तुत गर्नुभएको थियो । विश्व नेपाली साहित्य महासंघ मलेसियाका अध्यक्ष अमृत लिम्बुको सभापतित्व र कृष्ण लामिछानेको संन्चालनमा सम्पन्न कार्यक्रममा जनजाती महासंघ मलसियाका

Read more

घन बहादुर थापा मगरको एल्बम “मायाको संसार” को समिक्षा !

चिम्खोले काईला बेलायत घनबहादुर थापा मगर बेलायतबासी नेपाली समाजमा एक चिरपरिचित नाम हो / थापा मगर बेलायतमा धेरै संघ-संस्थामा आबद्ध भएपनि उनि मगर संघ युकेका सरक्षक हुन् / बेलायतमै उच्च शिक्षा गरेका घनबहादुर पेशाले नर्स भएता पनि उनि एक सफल ब्याबसायी, समाजसेवी मात्र नभएर एक चर्चित साहित्यकार पनि हुन् / उनका कृतिहरु “देशको माटोमा मेरो फूल” र “क्यक्मीको कोसेली” कबिता संग्रहबाट संकलित रकमले आफ्नो गृह जिल्ला स्यांजाको क्यक्मिमा कहिले पुल, कहिले बिद्यालय निर्माण र विद्यालयको स्तरोनतिको लागि शैक्षिक सामाग्रीको साथै कम्पुटर खरिद गरिदिन पुग्छन घनबहादुर थापा मगर हरेक साल नेपालमा / यस पाला थापा मगर “मायाको संसार” गीति एल्बम बिमोचन गर्न नेपाल पुगेका थिय / घनबहादुर थापा मगरको सब्द रचनामा, पावल चामलिंको एकल संगीतमा गायकहरु राजेश पायल राई, स्वरूप राज

Read more

तिहारमा-मगर पुस्तक/साहित्यसँग रमाऔं ! मगर साहित्यको बजार र यसका लेखकहरुको पुस्तक प्रकाशन अनुभव !

मेजन पुन पोखरा, कास्की मगर आदिकवि जितबहादुर सिंजाली र सुब्दार रेखबहादुर सारुबाट शुरु भएको मगर साहित्य र पुस्तक प्रकाशनको इतिहास त्यति टाढा होइन । र, पनि जति गतिलिनु पर्ने हो त्यति लिएको पाईदैन । मगर समाजभित्र तीन वटा भाषा जीवित छ — ढुट, खाम–पाङ र काइके । ढुट र खाम—पाङमा त निकै काम भईरहेको पाइन्छ भने मगरकै अर्को भाषा काईकेमा कमै मात्रमा पुस्तक तथा यस भाषामा कमै काम भएको छ । वर्तमान समयमा खस नेपाली भाषामा उपन्यास लेखन गरि लेखकहरु कार चढ्ने भईसकेका छन् । तर विडम्बना— मगरका पुस्तकहरु जम्मा १ हजार प्रति छाप्दा पनि लेखकसँगै रहन्छ । जब कि आधिकारिक रुपमा मगरको जनसंख्या १७ लाख र नेपाल मगर संघको भनाई अनुसार मगरको जनसंख्या ३० देखि ३५ लाख हो ।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)