गज्जब लाग्यो उहाँको आत्मियता !

माघ २४, दैलेख काठमाडौंदेखी दैलेख सम्मको यात्रा, कारणबस गाडी छुट्ने समय भन्दा केही ढिला भँए म त्यै पनि टिकेट लिसकेको र मेरो सिट नजिकै बस्ने महिला नै भएको कारण मलाई अझ धेरै सजिलो भयो । मलाई गाडीले माछापोखरी भन्दा अली अगाडी आएर रोकेको थियो । गाडी चढेको केही समयमै हाम्रो मित्रता सुरु भयो एउटा हजमोला बाट । उहाँले आफुले खान खोलेको हजमोलाको एउटा गोटी मलाई दिनुभयो । मलाई त्यो खाना त्यती रुची नभए पनि उहाँले बढाएको मित्रताको हात थाम्न मन लाग्यो र खाईदिँए । एकछिन पछि मैले मिठाई दिन्छु भनि उहाँलाई हेरेँ तर उहाँ निदाउनुभएको रहेछ । एकछिनमा म पनि निदाँए । काठमाडौंको जाम धुलो धुवा बाट आजित सबै गाडी चढेदेखी कै जामले सबै वाक्क भएका थिए । हामी मस्त

Read more

प्रथम खुल्ला राष्ट्रिय ब्यापी पूख्र्यौली (सोरठी) प्रतियोगीता हुदै !

मेजन पुन, पोखरा नेपालको विविध संस्कृतिहरू मध्ये सोरठी÷मादले मारुनी नाच पनि एक हो । यो नाच अन्य जातिहरूमा (थारु, गुरुङ) पनि पाइन्छ तथापि यो नाच नेपालको पश्चिमी भेग (म्याग्दी, बाग्लुङ, लमजुङ, स्याङजा, पाल्पा, गुल्मी आदि) मा नचाएको पाइन्छ । हुन त, मारुनी नाचलाई गाउँ र स्थानीय चलन अनुसार विभिन्न रूपमा नामाकरण गरिएको छ । उदाहरणको लागि कतै ‘ठूलो नाच, कतै ‘सोरठी, कतै ‘ख्याली, कतै पूख्र्यौली त कतै ‘नचरी भन्ने गरेको पाइन्छ । मारुनी नाचको आफ्नै खालको छुट्टै विशेषता छ । यो नाच नाच्ने क्रममा पुरूषको मात्र आवश्यक पर्छ । यसमा केटीहरू नाच्ने चलन छैन । दुई जनादेखि चार जना (ठाउँ अनुसार) सम्म कुनै केटा मानिस (विशेष गरी तन्नेरी) लाई केटीको पहिरन (चोला, गुन्यु, पटुका, घल्याक, पछ्यौरा, माला, हातमा रैया (चाँदीको

Read more

म व्यवसायमा खुसी छु: थापा मगर !

सुरज थापा मगर, रुपन्देही विगत २१ बर्ष देखि निरन्तर व्यवसायमा लागिरहेका व्यक्ति हुन्, मुक्त बहादुर थापा मगर । वि.स. २०२३ फागुन २० गते पिता टेक बहादुर थापा मगर र माता गंगादेवी थापा मगरको कोखबाट जन्मेका उनी जेठो छोरा हुन् । साविक दुधराक्ष–५, हाल सैनामैना–१०, बाँसगढी, रुपन्देहीमा थापा विविध स्टोर संचालन गर्दै आएका छन् । वि.स. २०१९ सालमा हंसरा, खोरपाटा, गुल्मी बाट उहाका बुवाआमा तराई झर्नुभएको थियो । व्यावसाय संगै समाजसेवामा पनि लाग्न पाएकाले आफु निकै खुशि भएको उनको भनाई छ । लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय, सैनामैना–१०, बाँसगढीको कोषाध्यक्ष, नेपाल मगर संघ, सैनामैनाको सदस्य, आदिवासी जनजाति समन्वय समिति, सैनामैनाको सदस्य पदमा रहि सक्रिय उनी २०३७ सालमा पशुपति उच्च मा.वि., सालझण्डीबाट एस.एल.सी. दिएका थिए । एस.एल.सी. फेल भएपछि छिमेकी देश भारत गएको

Read more

तनहुँको दमौलीमा मौलिक कौराहा सम्मेलन सम्पन्न, सम्मेलनमा जामुनेको कौराहा टिम उत्कृष्ट !

प्रताप रानामगर, तनहु तनहुँको दमौलीमा भएको मगर समुदायको मौलिक कौराहा सम्मेलन आइतबार साँझ सकिएको छ । पछिल्लो समयमा कौराहा नृत्यमा विकृति आएको भन्र्दै संरक्षण गर्नका लागि राष्ट्रिय मौलिक कौराहा संरक्षण तदर्थ समितिले प्रथम सम्मेलन गरेको थियो । सम्मेलनमा २२ टीमलाई पछि पार्दै नेपाल मगर संघ तनहुँको जामुने उत्कृष्ट भएको छ । त्यस्तै समेलनमा पाल्पाको शुकेकोटका र्फेर्च नाम खान मगर समूह द्वितिय, नेपाल मगर संघ न्यु जागरण लाफा क्लब गैडाकोट नवलपरासी तृतीय र कन्या जागृती युवा क्लब जिलाङ्ग तनहुँ सान्त्वना भएको कौरा सम्मेलनका संयोजक हर्क आलेले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्टलाई २५ हजार द्वितीयलाई २० हजार तृतीयलाई १५ हजार र सान्त्वना हुनेलाई ५ हजार नगदका साथै प्रमाण पत्र प्राप्त गरेका छन ।उत्कृष्ट टिमलाई नेपाल मगर संघ पश्चिमाञ्चल उपाध्यक्ष मन्धरी आले मगरले

Read more

मगर खाम साहित्य लेखनमा मानकीकरण सम्बन्धी अन्तक्रिया सम्पन्न !

जिवन मगर जेठ, १६ आदिबासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगनखेलको प्रायोजन तथा नेपाल मगर लेखक संघ केन्द्रिय समितिको आयोजनामा मगर खाम साहित्य लेखनमा मानकीकरण सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अठार मगरात मगर प्रतिष्ठानका अध्यक्ष बमकुमारी बुढामगर को प्रमुख आतिथ्य तथा नेपाल मगर संघ केन्द्रिय समितिका उपाध्यक्ष कमल पिठाकोटे मगर, अठार मगरात भाषिक उपाध्यक्ष पुर्णबहादुर वुढामगर, महासचिब ज्ञानेन्द्र पुनमगर र मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर थापामगरको विशेष आतिथ्यता तथा विभिन्न संघ संस्थाका अध्यक्ष ज्युहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संघका अध्यक्ष कर्णबहादुर वुढामगरको अध्यक्षतामा शुरु भएको कार्यक्रम सघका भाषिक उपाध्यक्ष सोपा घर्तीमगरको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा संघका महासचिब तथा साहित्यकार जिवनप्रवेश रोकामगर (जे.आर. मगर हिमाल को पाँचौ साहित्यिक कृतिको रुपमा प्रकाशित मगर खामको निबन्ध

Read more

गजल संसार – ढकमक्क फुल फुले यता सुनिदेउ न !

ढकमक्क फुल फुले यता सुनिदेउ न ओईलीझर्न नपाउँदै टिपि उनिदेउ न शिरशिर पवनअनिगोधुली साँझ छ उमङ्गका सुसेलीहरु मनमागुनिदेउ न लामै भएजस्तो छ कल्पनाका तानाबाना कसिकनपक्का गाँठो मायाबुनिदेउ न सम्मोहित मुस्कानमा बुझें तिम्रो नजर धेरै ढिला होला फेरी चाँडै चुनिदेउन मेरो पनि मनै हो नि उड्छ कताकता भौंतारिदै हराउँछु किदिलमै थुनिदेउन हेमा आले ‘बोगी’ कावासोती – १५, नवलपरासी bogimagar@yahoo.com

Read more

गजल संसार – एथार्थलाई अङ्गाल्न सक्ने मैले चाए जस्ती तिमी !

एथार्थलाई अङ्गाल्न सक्ने मैले चाए जस्ती तिमी ! प्रकृतीलाई चुनौती दिन स्वोर्ग बाट आए जस्ती तिमी !! मुस्कुराउदै बोलायौ तिमीले ईशारानै काफी थियो ! सित्तल दिने पवन बनी मन मुटुमा छाए जस्ती तिमी !! अनयासै आउछु भन्छौ तिमी सँग माया लाउछु भन्छौ ! हलचल मच्चाउदै मेरो ढुक ढुकीमा धाए जस्ती तिमी !! हिजो सम्म अन्जान थियौ तिमी आज परिचीत भयौ ! निस्चल मनले मेरो हृदयमा माया लाए जस्ती तिमी !! एथार्थलाई अङ्गाल्न सक्ने मैले चाए जस्ती तिमी ! प्रकृतीलाई चुनौती दिन स्वोर्ग बाट आए जस्ती तिमी !! रचनाकार :- दिपक सोमरे मगर (ब्रोकेन हर्ट)

Read more

बिधार्थी र अबिभावकको मन जित्यो मगरी भाषाको पढाईले !

अन्तरिम संविधान २०६३ पछि सरकारले शुरुमा ६ वटा जिल्लाबाट ७ वटा भाषामा सुरु गरेको मातृ भाषाको पढाई अहिले फैलिदै छ । नव जागृती प्रावि चिदीपानी २ धैरेनी पाल्पामा पनि मगर भाषामा पढाउन थालेको ६ बर्ष पुग्यो । मगर भाषामा पढाउन थालेपछि के परिवर्तन भयो त ? देब पचभैयाको रिपोर्ट…

Read more

मगर भाषा बचाउन तालीम संचालन !

सर्वजित थापा मगर दैलेख, जेठ १ दैलेखमा मगरढुट मातृभाषा बचावटका लागी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । नेपाल आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोग तथा नेपाल मगर संघ दैलेखको आयोजनामा दैलेखका मगरबस्तीका मगरहरुका लागी दैलेख सदरमुकाममा मगरढुट मातृभाषा प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको हो । नेपाल मगर संघका पूर्व केन्द्रिय सदस्य गणेश सलामी मगरको प्रमुख आतिथ्य तथा वर्तमान केन्द्रिय सदस्य खगेन्द्र पुन मगरको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सुरु भएको हो । तालिममा २० जना प्रशिक्षक प्रशिक्षार्थीको सहभागीता रहको छ भने तालिम ८ दिन सम्म सञ्चालन हुने छ । मगरभाषाको प्रशिक्षण ध्रुवतारा सामुदायिक एफ एम ८९.८ मेगाहर्ज दैलेखमा कार्यरत लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत पत्रकार तथा सञ्चारकर्मी सर्वजित थापामगरले दिने आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थित अतिथी र सहभागीहरुलाई आयोजक नेपाल

Read more

जिल्लामै पहिलो पटक व्यवसायिक भुँई स्याउ खेतीमा पूर्व सभासद्, बजार नपाएपछि चिन्तित् !

अमृत अधिकारी पाल्पा, जेठ १ पहिलो संविधान सभामा प्रत्यक्ष निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाउनुभएकी पाल्पाका पूर्व सभासद लिला सोमैले अहिले कृषि व्यवसाय अपनाउनुभएको छ । जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा भुई स्याउ खेतीको सुरुवात उहाले गर्नुभएको छ । गत वर्ष पाल्पा महोत्सवमा प्रर्दशनीको रुपमा ल्याएको भूई स्याउ देखेर उहाले आफ्नो बारीमा लगेर व्यवसायिक रुपमा लगाएको जानकारी दिनुभयो । ठिमुरे ३ देउराली स्थित आफ्नो ३ रोपनी क्षेत्रफलमा प्रतिकेजी एक हजार दुई सयका दरले विउ खरिद गरेर लगाएको भएता पनि अहिले भँुईं स्याउको उपयोगीताको बारेमा कसैले थाहा नपाएको कारण बजार व्यवस्थापनमा समस्या परेको पूर्व सभासद् सोमैको भनाई छ । पहिलो संविधान सभा चुनावमा पाल्पा क्षेत्र नं. २ बाट एमाओवादीबाट प्रत्यक्ष रुपमा निर्वाचित सभासद् संविधान सभा विघटन पछि काम विहिन भएपछि

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)