जयलक्ष्मी छन्त्याल पुनको नयाँ कोसेली “झ्याम्मै बस्यो साइली” बजारमा !

मगर मिडिया मंगसिर २४, काठमाडौँ जयलक्ष्मी छन्त्याल पुन अहिलेका चर्चित राष्ट्रिय लोकदोहोरी गायिकाहरू भन्दा कम प्रतिभावान छैनन् । सुमधुर स्वरकि धनि र प्रतिभावान व्यक्तित्व हुँदाहुदै पनि चर्चामा नआएकि पुन, पक्कै पनि मिडियाको नजरमा नपुगेकै हुनु पर्दछ | बाग्लुंग जिल्ला जसले थुप्रै ख्याती प्राप्त राष्ट्रिय लोक गायक गायिकाहरु जन्माएको छ, सोहि जिल्लाको धम्जा-१, ओखलेमा जन्म भै हाल काठमाडौँलाई आफ्नो कर्म थलो बनाई रहेकी पुनले आफ्नै प्रस्तुतिमा “झ्याम्मै बस्यो साइली” भन्ने फरक किसिमको सालैजो भाकाको गीत बजारमा ल्याएकी छिन | यस गीतलाई पुनले आफ्नै सुमधुर स्वरले सजाएकी छिन् भने उनलाई अर्का लोक गायक थानेश्वर गौतमले साथ् दिएका छन | थानेश्वर गौतम कै शब्द/संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई याम गुरुङले निर्देशन गरेका छन् भने हरिश महराले छायांकन गरेका छन् | साथै, मोडेल

Read more

गिता पाइजाको नयाँ कोसेली ‘हाम्रो खिबांग गाउँ’ आयो बजारमा (भिडियोसहित) !

मगर मिडिया काठमाडौँ, मंसिर १४ नेपाली साँगीतिक आकाशमा उदाउँदै गरेकी सुमधुर स्वरकी धनि गायिका गिता पाईजाको स्वर रहेको लोक दोहोरी गीत ‘हाम्रो खिबांग गाउँ’ बजारमा आएको छ । नेपाली कला संस्कृति झल्काउने उक्त गीतले यतिबेला स्रोता एंव दर्शकको मन जित्न सफल भैरहेको छ । दर्जनौं लोक दोहोरी, सालैजो र बिभिन्न आधुनिक गीतहरूमा समेत स्वर दिएकी कर्ण प्रिय स्वरकी धनि गायीका गिता पाईजालाई बिल पुर्जा मगरले साथ दिएका छन । आशिस म्युजिक प्रा.लिको व्यानरमा निर्माण भएको उक्त म्यूजिक भिडियोको निर्देशक पुस्कर थापाले गर्नुभएको छ भने मोडलिङमा सरिस्मा मगर रहनु भएको छ । म्याग्दीको पर्यटकीय क्षेत्र खिबाङ,घोडेपानी र पुलहिलमा छायांकन गरिएको भिडियोमा मौलिक नृत्य, भेषभुषा र गाउँबस्तीको दृष्यहरु समावेश गरिएको छ । गीत र म्युजीक भिडीयो मार्फत मगर मौलिक कला र संस्कृतीको

Read more

नवोदित कलाकारको म्युजिक भिडियोको छायाँकन पुरा !

कृष्ण सारू मगर दोहा-कतार २९ नोभेम्बर पछिल्लो समय कतारमा धेरै नेपाली गीतहरुको म्यूजिक भिडियोले निकै नै छायांकनमा तिब्रता भएको पाईन्छ । यसै क्रममा नवोदित कलाकार गायक बिजय कुमार मगरको आफ्नो पहिलो कृति पप गित “माया होइन मैले” को म्युजिक भिडियोलाई गत हप्ता २५ नोभेम्बरका दिन छायांकन पुरा भएको छ । गीतको शब्द सृर्जना गायक मगरले गरेको हो । संगीतमा निरज थापा रहेका छन् । क्यामेरा तथा म्युजिक भिडियोको सम्पादनमा गणेश बराल मगरले साथ दिएका छन् । भुपेन्द्र रिखाम मगरले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । उक्त म्युजिक भिडियोमा एजो लट, सृजना रेस्मी मगर र गायक स्वयंमले अभिनय गरेका छन । उक्त म्युजिक भिडियोलाई (We Five Group) ले निर्माण गरेको हो । श्रोतका अनुसार ग्रुपले दोस्रो प्रस्तुतिका लागि तैयारी भैरहेको नेपाल

Read more

खड्ग गर्वुजाको ठाडो भाका “शिरफुल माया” बजारमा आयो !

श्याम राना मगर मगर मिडिया, मंसिर १२, काठमाण्डौ मगर्स क्रियसन कम्पनीको प्रस्तुतिमा नेपाली लोकसंगीत क्षेत्रका बरिष्ठ गायक संकलक, अग्रज तथा सर्जक खड्ग गर्वुजाको ठाडो भाका “शीरफुल माया” भाकाको गीत तथा म्युजिक भिडियो बजारमा आएको छ । यस गीतमा खड्ग गर्वुजाको आफ्नै शब्द लय रहेको छ भने स्वरमा खड्ग गर्वुजालाई मीना गर्वुजाले साथ दिनु भएको छ । शीरफुल भाका चैतको महिना गितको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका छन् भने छाँयाकंन करण चैसिर र सम्पादन विष्णु शर्माको रहेको छ । साथै, म्युजिक भिडियोमा नव मोडेल द्वय आशिष र रिनाको अभिनय देख्न सकिन्छ । साजैजो, ठाडो भाका, शिरफुल माया जस्ता मौलिकता बोकेका गीतसंगीतका संकलक, सर्जक तथा बरिष्ठ गायक खड्क गवुर्जाको यो पछिल्लो सिर्जना शीरफुल भाका चैतको महिना विशेष गरेर धौलागिरी, गण्डक क्षेत्र

Read more

घन बहादुर थापा मगरको एल्बम “मायाको संसार” को समिक्षा !

चिम्खोले काईला बेलायत घनबहादुर थापा मगर बेलायतबासी नेपाली समाजमा एक चिरपरिचित नाम हो / थापा मगर बेलायतमा धेरै संघ-संस्थामा आबद्ध भएपनि उनि मगर संघ युकेका सरक्षक हुन् / बेलायतमै उच्च शिक्षा गरेका घनबहादुर पेशाले नर्स भएता पनि उनि एक सफल ब्याबसायी, समाजसेवी मात्र नभएर एक चर्चित साहित्यकार पनि हुन् / उनका कृतिहरु “देशको माटोमा मेरो फूल” र “क्यक्मीको कोसेली” कबिता संग्रहबाट संकलित रकमले आफ्नो गृह जिल्ला स्यांजाको क्यक्मिमा कहिले पुल, कहिले बिद्यालय निर्माण र विद्यालयको स्तरोनतिको लागि शैक्षिक सामाग्रीको साथै कम्पुटर खरिद गरिदिन पुग्छन घनबहादुर थापा मगर हरेक साल नेपालमा / यस पाला थापा मगर “मायाको संसार” गीति एल्बम बिमोचन गर्न नेपाल पुगेका थिय / घनबहादुर थापा मगरको सब्द रचनामा, पावल चामलिंको एकल संगीतमा गायकहरु राजेश पायल राई, स्वरूप राज

Read more

नेपाली लोकसंगीतमा उदाउँदै लोकदोहोरी गायक नवीन रानामगर !

रूद्र श्रीसमगर पोखरा, मंसिर ८ पछिल्लो समय निकै व्यस्त बनेका लोक तथा दोहोरी गायक नवीन रानामगरले, बागलुङको गलकोट, पाण्डवखानी–३ मा जन्मिएर पाण्डवखानी प्राविबाट प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । परिवारसँगै बसाइँसराइँ गरी हाल, गलकोट, हरिचौर–२, सिमलबोटमा स्थायी रूपमा बस्दै आएका लोक तथा दोहोरी गायक नवीन आमा कल्पना राना र बाबा मतिराम रानाका कान्छा सुपुत्र हुन् । पृथ्वी उच्च मावि, हरिचौर–५ बाट एसएलसी उत्तीर्ण गरेका लोकगायक नवीनले काठमाडौंको ललितकला क्याम्पसबाट शास्त्रीय संगीतमा स्नातक उत्तीर्ण गरेका छन् । २०६९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका नवीनले सोही समयदेखि नेपाली लोकसंगीतको यात्रा औपचारिक रूपमा थालनी गरेका हुन् । उनको पहिलो एल्बम ‘वैंश आयो घुमेर’ कौह्रा हो । त्यसपछि उनले क्रमशः ‘नौतुनादेखि गोरखपुरसम्म’ सालैजो, ‘म त हजुर मगरको छोरो’ दोहोरी, ‘मुग्लानी शहर’ सालैजो,

Read more

मगर्स क्रियसन म्युजिक प्रोडक्सन हाउसले बहुचर्चित गायिका विष्णु माझी र अविरल बोहोराको स्वरमा लोक गीत “अजम्वरी माँया” बजारमा ल्यायो !!

मंसिर ८, काठमाडौँ बहुचर्चित लोकदोहोरी गायिका विष्णु माझी र अविरल बोहोराको स्वरमा सजिएको नँया लोकदोहोरी गित “अजम्वरी माँया” बजारमा आएको छ । मगर्स क्रियसन म्युजिक प्रोडक्सन हाउसले उक्त गितलाई बजारमा ल्याएको हो । गणेश अकिारीको संगित रहेको उक्त गितको शब्द सृर्जना भने राम्जी बोहोराकै रहेको छ । कपिल लामाद्धारा निर्देशित म्युजिक भिडियोको सम्पादन सुजन शाहीले गरेका छन् । सारिका केसी र गणेश अधिकारीको अभिनय रहेको म्युजिक भिडियोको अहिले सम्मको यु ट्युब भ्यु ६१ ह्जार बढी रहेको छ ।

Read more

नेपाली लोक प्रतिभाको खोजी गर्दै इमेज च्यानल !

श्याम राना मगर, मगर मिडिया मंसिर ७, काठमाण्डौ । नेपाली लोक संस्कृतिको प्रवद्र्धन र संरक्षणमा महत्वपुर्ण भुमिका खेल्दै आएको इमेज च्यानलले इमेज लोक कलाकार नामक रियालिटी शो आयोजना गरि नयाँ लोक प्रतिभाहरुको खोजी गर्ने जानकारी एक प्रत्रकार सम्मेलन माझ गराएको छ । मौलिक लोक गीत संगीतको संरक्षण र प्रवद्र्धनको अभियान स्वरुप निर्माण गरिएको प्रतिष्पर्धात्मक गायन प्रतियोगिताको कार्यक्रम इमेज लोक कलाकारको अडिसन देशका प्रमुख तिन शहरमध्ये तेस्रो अडिसन यहि मंसिर १० र ११ गते काठमाण्डौमा गर्न लागेको जानकारी दिएको हो । पहिलो र दोस्रो अडिसन भने पोखरा र धरानमा गत भाद्र २४, २५ र कात्र्तिक २७ गते यसअघि नै सम्पन्न भइसकेको जनाएको छ । होटल र्याडिसन सँगै रहेको इमेज प्रोडक्सन हाउस, लाजिम्पाट काठमाण्डौमा विहान ८ बजेदेखि सुरु हुने अडिसनमा भाग लिन

Read more

नेपाल मगर सांस्कृतिक संघ कास्कीद्वारा संरक्षक र सल्लाहकार चयन !

रूद्र श्रीसमगर पोखरा, ३ मंसिर नेपाल मगर सांस्कृतिक संघ कास्कीले एक संरक्षक र दुई सदस्यीय सल्लाहकार चयन गरेको छ । बाँकी सल्लाहकार गीत संगीत र कलाकारिताका क्षेत्रमा लागेका अग्रजहरूमध्येबाट आगामी बैठकबाट चयन गरिने संघका कास्की जिल्ला अध्यक्ष दीपक थापामगरले जानकारी दिनुभयो । शुक्रबार बसेको बैठकले संरक्षक र सल्लाहकार चयन गरेको हो । जसमा नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरलाई संरक्षकका रूपमा नियुक्त गरिएको छ । त्यस्तै, नेपाल मगर पत्रकार संघका उपमहासचिव रूद्रबहादुर श्रीसमगर र म्यूजिक भिडियो निर्देशक एवं मोडल, गीतकार गोविन्द पुनमगरलाई सल्लाहकारमा नियुक्त गरिएको सचिव सुरज थापामगरले जानकारी दिनुभयो । शुक्रबारको बैठकले जिल्ला कार्यसमिति सदस्य गायिका सृष्टि पुनमगर सांगीतिक प्रस्तुतीका शिलशिलामा कतार भ्रमणबाट स्वदेश फर्किएकोमा स्वागत समेत गरेको थियो । सो अवसरमा बोल्दै संघका नवनियुक्त संरक्षक नेपाल मगर

Read more

हाँस्य कलाकार नीर आले मगर संग कृष्ण सारू मगरले गर्नु भएको छोटो कुराकानी !

कृष्ण सारू मगर दोहा-कतार ५ नोभेम्बर हाँस्य कलाकार नीर आले मगर संग कृष्ण सारू मगरले लिएको छोटो कुराकानी: मगर मिडिया तपाईंलाई हार्दिक स्वागत गर्दछ । १:- कृपया: तपाईंको पूरा परिचय दिनुस न । – आमा मन कुमारी आले मगरकी कोख बाट नीर आले मगरलाई १५ अषाढ २०४३ का दिन जन्म दिएकी थिईन् । उनका बाबु भारतीय सेना बाट अवकाश प्राप्त सुबेदार बोम बहादुर आले मगरका साहिला छोरा मल्यागंकोट- ५ इनास्कोट स्याङ्गजाका हुन् । उनिले हाल सम्म दर्जनौं म्युजिक भिडियो तथा नेपाली कथानक चलचित्र “प्रतिबिम्ब” एवं अन्य विभिन्न शब्द श्रृजनाको आधारमा अभिनयको भुमिका निर्वाह गर्न सक्ने अब्बल दर्जाका एवं चर्चित नृत्य तथा हाँस्य कलाकार हुन् । २:- तपाँई एक कुशल नृत्य तथा सफल हाँस्य कलाकार हुनु हुन्छ । यस कलाकारिता क्षेत्रमा

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)