कृष्ण थापामगरको पहिलो कोसेली कौराहा गीत “नाचन साली खैचडीको तालैमा” बजारमा !

मगर मिडिया, माघ १८, काठमाडौँ लामो समय खाडी मुलुकमा श्रम बेचेर, अब चाई आफ्नै देशमा केही गर्छु भन्ने सोचका साथ् नेपाल फर्किएका गण्डकी गाउँपालिका, सानो दर्बुंग, गोरखा निवासी कृष्ण थापामगरको गीत/संगीतमा निकै रुची रहेको छ | गीत/संगीतमाको रुची कै कारण नेपाल फर्किए पछि पहिलो कोसेली स्वरूप कौराहा गीत “नाचन साली खैचडीको तालैमा” बजारमा ल्याएका छन् | गोरखा कै सानो दर्बुंगमा छायांकन गरिएको यस गीतमा राजन थापामगरको लय/शब्द रहेको छ र यस गीतको म्युजिक भिडियोलाई राजु लामाले छायांकन गरेका छन् भने चर्चित निर्देशक/कोरियोग्राफर चित्र मास्की मगरले निर्देशन गरेका छन् | यस गीतको सम्पादन रबिन बिक ले गरेका छन् | राजन थापामगर, डीबि गुरुङ, संगम गुरुङ, राज कपुर मगर, प्रेम रानामगर र सुनिला गुरुङको स्वरले सजिएको यस गीतमा अनिशा थापामगर, डिम्पल थापामगर,

Read more

लोकगायिका जुना भन्छिन् परदेशी उतै हरायो

रूद्र श्रीसमगर पोखरा, १७ कार्तिक अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीसमगरले “परदेशी” बोलको अति मर्मस्पर्शी लोकगीत बजारमा ल्याएकी छन् । गायिका जुनाले लोकगीतमार्फत् हराएका परदेशीलाई सम्झिएकी छन् । कुनै बेलाका चर्चित लोक तथा दोहोरी गायक भगवान भण्डारीको लय तथा शब्दमा रहेको “परदेशी”को म्यूजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको छ । गायिका जुनाको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत् सो गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गोविन्द पुनमगरले निर्देशन गरेको म्यूजिक भिडियोमा गोविन्द पुनमगर र करुणा पुनमगरले अभिनय गरेका छन् । त्यस्तै, वीरबहादुर श्रीसमगर, जसिन्ता श्रीसमगर र एलिस श्रीसमगरको पनि अभिनय रहेको छ । दानबहादुर श्रीसमगरको छायाङ्कन तथा सम्पादन रहेको म्यूजिक भिडियो टाइगर्स फिल्मस् प्रालिले निर्माण गरेको हो । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतका एरेञ्जर विनोद बाजुराली हुन् ।

Read more

खेमको “बागलुङमा घुम्टे” म्युजिक भिडियो सार्वजनिक !

माया घर्ति मगर भाद्र १६, काठमाडौँ मगर्स क्रियसनको प्रस्तुतिमा प्रतिभाशाली गायक खेम पुन मगरको शब्द र संगीतमा सजिएको झ्याउरे भाका “बागलुङमा घुम्टे” को म्युजिक भिडियो सार्वजनिक भएको छ ׀ चर्चित लोक दोहोरी गायिका देवी घर्ती मगर र खेम पुन मगरको आफ्नै सुमधुर स्वरमा सजिएको यस मौलिक झ्याउरे गीतमा आरुशी मगर र हेरुका लामाले नृत्य- अभिनय गरेका छन् ׀ गीतको भिडियो निर्देशन पछिल्लो समयका ब्यस्त युवा         निर्देशक चित्र मास्की राना मगरले गरेका छन् भने शम्भु चालिसेको छायांकन रहेको छ ׀ जसको बजार तथा वितरण भने मगर्स क्रियसन कम्पनिले गरेको छ ׀

Read more

वरिष्ठ लोक गायक खड्ग गर्वुजाको एकल लोक गायन कार्यक्रम सम्पन्न (फोटो फिचर)!

श्याम राना मगर वैशाख, १७, काठमाण्डौ वरिष्ठ लोक गायक खड्ग गर्वुजा मगरको एकल लोक गायन कार्यक्रम हिजो प्रज्ञा भवन कमलादी काठमाण्डौमा सम्पन्न भएको छ । म्याग्दी कलाकार संघ काठमाण्डौले आयोजना गरेको कार्यक्रममा गर्वुजाले आफ्ना चर्चित लोकगीतहरु पस्किनु भएको थियो । उहाँले यो संसारमा आफुलाई जन्म दिने बाबाआमा भन्दा ठुलो कुरा अन्य नभएको बताउदैँ आफ्नो जन्मदिने बुवा भिम गवुर्जालाई ढोग गरेर कार्यक्रममा गाउन सुरु गर्नुभएको थियो । आफु भिरबाट लडेर चल्न नसक्ने हुदाँ आफ्नी आमाले स्याहार्ने गरेको तर पछि आमालाई पनि पक्षघात भएपछि दुवै जना विस्तरामा थलिनु पर्दा आमाछोरा रोएको एकअर्काले सुन्नु बाहेक कुनै उपाय नभएको त्यो दर्दनाक दिनसँगै आमालाई स्मरण गर्दै आफ्नो जीवनयात्रा जस्तै मार्मिक गीतहरुबाट सुरु गरेका उहाँका गीतहरुले सवै दर्शकका आँखा भरिएका थिए । गर्वुजाको जीवनयात्रा र साँगीतिक

Read more

म्याग्दीको नौमती मगर बाजा समुह काठमाण्डौमा (भिडियो सहित) !

श्याम रानामगर माघ २४, काठमाण्डौ पछिल्लो समयमा आधुनिकता सँगै मौलिक नेपाली बाजागाजाहरुको प्रयोग विस्तारै कम हुदैँ गएको छ । विभिन्न अवसरहरु पारेर बजाइने यस्ता मौलिक बाजागाजाहरु विस्तारै हराउँदै गएको अवस्थामा यस्ता बाजागाजाहरुको संरक्षण र विकासको लागि काठमाण्डौमा म्याग्दी धौलागिरी (अर्मन बरंजा) नौमती मगर बाजा समुह काठमाण्डौ गठन गरि यसको विकासमा जुटेका छन् । म्याग्दीबाट काठमाण्डौमा आएर बसोबास गरेका मगरहरुको समुहले सञ्चालन गरेको यस नौमती बाजा समुहले सामान्य शुल्क लिने साथै लिएको शुल्कबाट केहि प्रतिशत कोषमा संकलन गर्दै जाने र उक्त रकम सामाजिक काममा खर्च गर्ने उद्देश्य समेत राखेको समुहका अध्यक्ष टंक बुढाथोकी मगरले जानकारी दिनुभयो । यस कामको थालनीले हाम्रो नेपाली मौलिक संस्कृतिको विकास सँगै व्यावसायिक विकास पनि हुने हुदाँ आफुहरु उत्साहित भएको बुढाथोकीले बताउनुभयो ।

Read more

नेपाली संगीतकी उदीयमान तारा: गायिका तारा श्रीस !

रूद्र श्रीसमगर, पोखरा बागलुङको छिस्ती–९, केवैमा जन्मिएकी प्रतिभाशाली गायिका हुन्, तारा श्रीस मगर । जनकल्याण उच्च मावि, छिस्तीबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गरेकी गायिका ताराले विभिन्न सांगीतिक प्रतियोगितामा पनि भाग लिएकी छन् । ‘विग आइकन’को उत्कृष्ट चार र भ्वाइस अफ पोखराको उत्कृष्ट दशसम्म पर्न सफल गायिका तारा नेपाली संगीतकी एक उदीयमान चम्किलो तारा हुन् भन्दा फरक नपर्ला । लोक, पप, रक एवं आधुनिक सबैमा उत्तिकै जम्न सफल बनेकी गायिका ताराले हालसम्म २ सय २५ भन्दा बढी गीत गाइसकेकी छिन् । छोटै समयमा यति धेरै गीत गाउने उनीजस्ता कलाकार सायदै होलान् । विगत दुई वर्षदेखि व्यवसायिक रूपमा सांगीतिक क्षेत्रमा लागेकी उनी अहिले काठमाडौंको चर्चित मालिड्डो गजलमा कार्यरत छिन् । उनी कसरी संगीत क्षेत्रमा लागिन्

Read more

तेस्रो संस्थागत लोकदोहोरी कलाकारहरुको विचको भलिवल प्रतियोगितामा नयाँ बसपार्क समिति प्रथम !

पुस ५, काठमाडौँ तेस्रो संस्थागत लोकदोहोरी कलाकारहरुको विच भएको भलिवल प्रतियोगिता तथा वृहत सांस्कृर्तीक कार्यक्रममा नयाँ बसपार्क समिती प्रथम भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय सुन्धारा समितीद्धारा आयोजित प्रतियोगितामा आयोजक सुन्धारा समिती द्धतिय र कमलादी समिती तृर्तिय भएका छन् । मगर्स क्रियसन कम्पनी प्रायोजक रहेको सो प्रतियोगितामा उपत्यकामा रहेका जम्मा ६ वटा उपसमितीको टिमले सहभागिता जनाएको थियो । प्रतियोगितामा प्रथम द्धतिय र तृर्तिय हुनेलाई क्रमस २५, १५ र १० हजार बराबरको खसी उपहार, ट्रफी र सम्मान पत्र प्रदान गरिएको सुन्धारा समन्वय समिती सदस्य तथा लोकदोहोरी गायक ऋषी खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहेको थियो । १,२ र ३ गते गरी ३ दिन चलेको प्रतियोगिता तथा वृहत सांस्कृर्तीक कार्यक्रम भव्य

Read more

गीतकार निशा श्रीसको ‘मगरकी छोरी’को म्यूजिक भिडियो सार्वजनिक !

रूद्र श्रीसमगर पोखरा, ३० मंसिर नवोदित गीतकार निशा श्रीसको ‘मगरकी छोरी’ बोलको प्रवद्र्धनात्मक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सो म्यूजिक भिडियोलाई टाइगर्स फिल्मस् प्रालिले युट्युबमार्फत् सार्वजनिक गरेको हो । बागलुङ जिल्लाका विभिन्न पर्यटकीय स्थलमा छायाड्ढन गरिएको सो म्यूजिक भिडियोमा मोडलका रूपमा गीतकार निशा श्रीस स्वयं र खुशी बुढाले अभिनय गरेका छन् । गोविन्द पुनको निर्देशन रहेको म्यूजिक भिडियोको छायाड्ढन एवं सम्पादन दानबहादुर श्रीसले गरेका हुन् । बीबी अनुरागीको संगीत रहेको गीतमा जुनु रिजालको स्वर रहेको छ । हंसराज खवास ‘विजय’को कोरियोग्राफी र पुनम पुनको मेकअप रहेको म्यूजिक भिडियोमा बागलुङको गलकोटका विभिन्न पर्यटकीय स्थलहरू घुम्टे लेक, गाईघाट झरना, हटिया बजार, हरिचौर बजारलगायत देखाइएको छ । त्यति मात्र नभएर मगर जातिको संस्कृतिका रूपमा रहेका सोरठी, घाँटु, कौह्रालगायतका लोकसंस्कृति समेत म्यूजिक

Read more

चर्चित गायिका संगिता थापामगरको देशभक्ती गित “म त नेपाली” बजारमा (भिडियो सहित) !

मगर मिडिया मंसिर २६, काठमाडौँ पछिल्लो समय नेपाली लोक गित संगितको क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सफल चर्चित लोक गायिका संगिता थापा मगरको देशभक्ती गित भरखरै मात्रै सार्वजनिक भएको छ । स्टेज क्विन को रुपमा समेत परिचय बनाउन सफल गायिका थापाले यसपाली भने निकै मर्मस्पर्सी शब्द रहेको देशभक्ती गितमा सुमधुर स्वर भर्नु भएको छ । विगत केही समय देखी अमेरिकामा बस्दै आउनु भएकी गायिका थापाले आफुले विदेशमा रहँदा गर्ने अनुभुती यस गित मार्फत व्यक्त गर्न पाउँदा आफु खुसी भएको बताउँदै यस गितले विदेशमा रहने प्रत्येक नेपालीको भावना प्रतिनिधित्व गरेको समेत आशा व्यक्त गर्नु भयो । जहाँ जाँउ लाग्छ मलाई मेरै देशको माँया, आफ्नै भाषा संस्कृर्ती र आफनै भेषको माँया, म त नेपाली मेरो देश नेपाल, हजार जुनी सम्म नेपाली भन्न

Read more

चर्चित लोकदोहोरी गायिका जुना श्रीसमगरको पञ्चेबाजाको गीत ‘दुई खोली दोभान’ सार्वजनिक !

रूद्र श्रीसमगर पोखरा, २३ मंसिर लगनको महिनाका रूपमा चिरपरिचित मंसिर महिनामा एक पछि अर्को गर्दै कलाकारहरूले आफ्ना पञ्चेबाजाको गीत सार्वजनिक गरिरहेका छन् । ठिक यही मेसोमा नेपाली लोकसंगीतमा चर्चा र लोकप्रियताको शिखरमा पुग्न सफल लोकदोहोरी गायिका जुना श्रीसमगरको नयाँ कोसेली पञ्चेबाजाको गीत ‘दुई खोली दोभान’ सार्वजनिक भएको छ । जुनाले अर्का चर्चित लोकदोहोरी गायक एवं मोडल मनसुधन थापामगरसँग मिलेर यो पञ्चेबाजाको गीत बजारमा ल्याएकी हुन् । दर्जनौं गीतहरूमा आफ्नो सुमधुर स्वर दिएर दर्शक, स्रोताको मन जित्न सफल लोकदोहोरी गायिका जुना श्रीसमगरले सो गीतमा शब्द सिर्जना गरेकी छन् । पृथक लय र शब्द सिर्जना रहेको सो गीतमा मनसुधन थापामगरले लय सिर्जना गरेका छन् भने बिलन थापामगरले एरेञ्ज गरेका हुन् । आफूलाई विगतका गीतहरूमा झैं यो गीतमा पनि सबैको साथ र सहयोग

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)