युएईमा प्रथम सहिद क्या लखन थापा मगरको १४०औ स्मृति तथा ३५औं मगर दिवस सम्पन्न !

फागुन १७, युएई नेपाल मगर संघ शाखा युएई द्वारा प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४०औ स्मृति तथा ३५औ मगर दिवस कार्यक्रम गत शुक्रबार युएईको चर्चित शहर दुबइ स्थित ईम्पेरियल सुइट होटेलमा बिभिन्न संस्कृतिक झाँकी सहित सम्पन्न गरेको छ । संघका अध्यक्ष राजु सिंजाली मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुतावास युएईका कार्यबाहक राजदुत नेत्र टन्डन ज्यु रहनु भएको थियो भने, विशिष्ट अथितिमा नेपाल मगर संघ केन्द्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष गुरु प्रसाद घर्ति मगर, बिशेष अतिथिहरुमा नेपालका चर्चित मोडेल तथा कलाकार आरुषी अस्लामी मगर, अन्तराष्ट्रिय मन्चका सदस्य गिरमान थापा मगर र नेपाल आदिबासी जनजाती महासंघ युएईका अध्यक्ष डेर राज तमु, रहनुभएको थियो । त्यस्तै अतिथिहरुमा संघकै प्रमुख संरक्षक, संरक्षक, सल्लाहकारहरु साथै जनजाति महासंघ युएई संग आवद्ध एघार वटै

Read more

नेपाल राष्ट्रिय मगर कौराह समिति गठन !

कमला राना मगर माघ ११, कावासोति नवलपरासी नेपाल कौराह समीतिका केन्द्रीय अध्यक्ष हर्क आले मगरले कौराह नाच मगर समुदायको मौलिक नाचको रुपमा केन्द्रमा दर्ता भइसकेको र यसलाइ जगेर्ना गर्नको लागी राष्ट्रव्यापि अभियानको रुपमा राष्ट्रिय कौेराह समीति लागीपरेको बताउनु भएको छ ।नवलपरासीको कावासोतिमा भएको एक कार्यक्रममा अध्यक्ष आलेले यस्तो बताउनु भएको हो ।यसैगरी अध्यक्ष हर्क आलेले स्थानिय समुदायका अग्रजहरुबाटै यसलाइ पछिल्लो पुस्तामा हस्तान्तरण गर्दै सरक्षण गर्नुपर्ने आजको आवश्यकता रहेको औल्याउनु भयो ।नेपाल मगर कौराह समितिका केन्द्रीय सदस्य इन्द्र फाल मगरको अध्यक्षतामा भएको कार्यक्रममा तारामाया थापा मगर, पविन शारु मगर (डिम्पल) सुनिता थापा मगर लागएत मगर प्रतिनिधीहरुको सहभागिता रहेको थियो । यसैगरी सोही कार्यक्रममा मेख बाहादुर शारु मगरको अध्यक्षतामा १३ सदस्यीय राष्ट्रिय कौराह नवलपरासी जिल्ला कार्य समीति गठन गरीएको छ । जसको

Read more

विनिता आले मगरको अध्यक्षतामा मगर महिला संघको नँया नेतृत्व !

फागुन ९, बर्दिया नेपाल मगर महिला संघको अध्यक्षमा विनिता आले मगर चुनिनुभएको छ । बर्दियाको गुलरियामा सम्पन्न नेपाल मगर महिला संघको छैटौँ राष्ट्रिय महाधिवेसनले विनिता आलेको अध्यक्षतामा नँया कार्यसमिती चयन गरेको हो । कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा ममता थापा मगर, भाषिक बाह्र मगरात उपाध्यक्षमा हिरु राना मगर, अठार मगरात उपाध्यक्षमा धनादेवी थापा मगर र काईकेमा फुर्वा ल्हामु रोका मगर, चुनिनु भएको छ । महासचिवमा धन कुमारी राना मगर, सुचना प्रचार प्रसार तथा संगठन सचिवमा ओमकली थापा मगर, विदेश विभाग सचिवमा खेम कुमारी थापा मगर, कोषध्यक्षमा देवी थापा र सह कोषाध्यक्षमा खगि राना श्रीस मगर हुनुहुन्छ । त्यस्तै ३१ सुदस्यिय समितीमा क्षेत्रिय संयोजकहरुमा गायत्री आले मगर, सुनिता डंगालीमगर, दिपा थापामगर, प्रितम कुमारी रानामगर, शोभा थापामगर, विमला थापामगर, दिपा देवी बुढामगर रहनुभएको छ

Read more

तनहुँमा मगर शिक्षक संघ गठन !

फागुन ८, तनहुँ नेपाल मगर शिक्षक संघ तदर्थ समिति गठन गरेको छ । मगर शिक्षकहरुको भेलाले मगर शिक्षक संघ तदर्थ समिति गठन गरेको हो । घाँसीकुवा स्थित सिदेश्वरी माविमा कार्यरत शिक्षक छविद्धिप आलेको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति चयन गरेको छ । मगर शिक्षक संघको उपाध्यक्षमा धिरेन्द्र थापा, सचिवमा शुम्भुलाल थापा, कोषाध्यक्षमा कमला थापा, सह–सचिवमा गिरमाया राना चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा भेद बहादुर थापा, सोमबहादुर थापा, प्रेमकुमार बाचे, चित्रबहादु थापा, लोकबहादुर थापा, कर्मसिं थापा, देउवबहादुर थापा, रामबहादुर आले, मुधसिं थापा, हरिकुमारी आले, गौरीशंकर थापा, रणबहादुर थापा चयन भएको मगर शिक्षक संघले जनाएको छ । नवकार्यसमितिलाई माओवादी केन्द्रका नेता सुरेश आले, पूर्व सभासद उर्मिला थापा, काग्रेसका नेता ताराराज राना, जीतप्रकाश आले, राष्ट्रिय जनमुक्ति पार्टीका नेता हस्तबहादु थापा, मगर संघ

Read more

बाग्लुङ मगर समाज काठमाडौंको अध्यक्षमा भिम श्रीस मगर (फाटो फिचर सहित) !

माघ ११, काठमाडौं बाग्लुङ मगर समाज काठमाडौंको शनिबार सम्पन्न चौथो अधिवेसनले भिम श्रीस मगरको अध्यक्षतामा २१ सदस्यिय नँया कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा क्पाप्टेल शेर बहादुर पुन, महासचिवमा अनिता पुन, सचिवमा दान बहादुर श्रीस र कोषध्यक्षमा प्रेम बहादुर पुन रहनुभएको छ । काठमाडौंमा बसोबास गर्ने बाग्लुङका सम्पुर्ण मगरहरलाई संगठित गरी आफ्ना हक अधिकारको निम्ती जागरुक गराउने र आफ्नो मौलिक कला संस्कतिको जगेर्ना गर्दै मगर समुदायको सम्वद्र्धन प्रबद्धृनको लागी समाजले काम गर्दै आएको नवनिर्वाचित अध्यक्ष श्रीस मगरले जानकारी दिनुभयो । उहाँले काफ्नो कार्यकालमा बाग्लुङेली मगर समुदायले अफुप्रती देखाएको विश्वास टुट्न नदिने भन्दै सबै एक जुट भई अघ बढ्नुपर्ने र सबैलाई राम्रो काममा सहयोग गर्नु पनि आग्रह गर्नुभयो । मगर सेवा समाज ललितपुरमा भएको अधिवेशनमा बाग्लुङेली मगरहरुको बाक्लो उपस्थिती

Read more

कतारमा माघे सक्रान्ति पर्व मनाए संगै (बाङ) राजा चुनियो !

कृष्ण सारू मगर माघ ११, दोहा कतार मगरहरूको एकता, अहिलेको आवश्यकता  भन्ने नाराका नेपाल मगर संघ कतार शाखाले माघे सक्रान्ति पर्व मनाएको छ । समाल स्थित पब्लिक गार्डेनमा २० जनवरी अर्थात गत सुकरबारको दिन मगर समुदायको प्रमुख चार्ड ूमाघ्या सकराटीू (सार ल्हेस) साँस्कृतिक पर्व नेपाल प्रवासी आदिवासी जनजाति महासंघका कार्यबाहक अध्यक्ष लिलम चिदी मगरको प्रमुख अतिथ्यतामा सम्पन्न वनभोज तथा विविध साँस्कृतिक कार्यक्रमको सभाध्यक्षता संघका अध्यक्ष महेन्द्र थापा मगरले गरेका गर्नुभएको थियो। प्रथम शहिद लखन थापा मगर तथा सहिदहरुप्रति एक मिनेट मौन धारणा पश्चात् शुरु भएको औपचारिक कार्यक्रमलाई महासचिव बिजय कुमार मगरको संचालनमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै २१ औं सताब्दीले भित्र्याएको विधुतिय प्रविधिको विकाश संगै लाईब्रेरीलाई अनुशरण गरी आर्थिक, समाजिक रूपान्तरणमा उपलब्धि हुने विश्लेषण सहित यसको महत्त्व र आवश्यकतामा

Read more

मृगौला पीडित मान बहादुर आले मगर लाई मगर सँघ ओमानको सहयोग !

माघ १०, ओमान नेपाल मगर संघ ओमानले मृगौला पिडित मान बहादुर आले मगरलाई आर्थिक सहयोग गरेको छ । मगर संघ ओमानकी सदस्य शान्ती आले मगरकी दाजु समेत रहनुभएका पिडित मगरलाई ५४ हजार ४ सय ७३ रुपैया सहयोग गरिएको सुक बहादुर थापा मगरले जानकारी दिनुभएको छ । पाल्पाको नमुना गाँउविकास समिती वडा नं. १ निवासी मान बहादुर आले मगरको गौतम बुद्ध सामुदायिक मुटु हस्पिटल वुटवलमा उपचार भईरहेको र उहाँको आर्थिक अवस्था कमजोर भएको भन्दै अस्पताल र गाँउ विकास समितीको कार्यलयले सहयोग गर्न सिफारिस समेत गरेको छ । आफुहरुले सिफारिस संगै जानकारी पाएपछी उक्त रकम संकलन गरी सहयोग गरेको नेपाल मगर संघ ओमानले जनाएको छ । नेपाल मगर संघ ओमानले विगतदेखी नै विभिन्न आपत विपदमा परेकालाई सहयोग गर्दै आईरहेको छ ।

Read more

बागलुङ समाज हङकङद्वारा काउचा र श्रीसलाई सम्मान एवं विदाई !

पोखरा, ९ माघ मगर संघ हङकङको निमन्त्रणामा माघे सकराती कार्यक्रममा सहभागी हुन हङकङ पुगेका नेपाल मगर संघकी केन्द्रीय मुख्य सचिव रेनुका काउचामगर तथा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरलाई बागलुङ समाज हङकङले सम्मान एवं बिदाइ गरेको छ । एक कार्यक्रमबीच काउचा र पत्रकार श्रीसलाई समाजका उपाध्यक्ष मानबहादुर थापामगर, सल्लाहकार चन्द्रबहादुर पुनमगर, याम बुढाथोकीमगरलगायतले सम्मान गर्नुभएको थियो । सम्मान ग्रहणपछि बोल्दै मगर संघकी मुख्य सचिव रेनुका काउचामगर र मगर पत्रकार संघका उपमहासचिव रूद्र श्रीसमगरले हङकङबासीको सम्मानले थप जिम्मेवारीबोध महसुस गरेको बताउनुभयो । बागलुङ समाज हङकङका उपाध्यक्ष मानबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव तेजेन्द्र श्रीसमगर र सल्लाहकार चन्द्र पुनमगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा काउचा र श्रीसलाई रिघाली परिवार हङकङ र पाण्डवखानी परिवार हङकङले पनि सम्मान गरेका थिए ।

Read more

मगर संघ हङकङद्वारा अतिथिहरूको विदाई !

पोखरा, ९ माघ १५ जनवरी २०१७ आइतबारका दिन मंकिहिलमा गरिएको मगरहरूको राष्ट्रिय मौलिक चाड “माघे संक्रान्ति २०१७” को ऐतिहासिक सफलता पश्चात हिजो १८ जनवरी २०१७ का साँझ मगर संघ हङकङले जोर्डनस्थित आफ्नै निजी कार्यालयमा देशविदेशबाट आमन्त्रित अतिथिहरूलाई एक कार्यक्रमका बीच बिदाई कार्यक्रम सम्पन्न गरेको छ । संघकी अध्यक्ष चन्द्रज्योति आलेमग अध्यक्षता र महासचिव बोधबिक्रम थापा मगरको सञ्चालनमा रहेको उक्त बिदाइ कार्यक्रममा उपस्थित सम्पूर्णलाई संघका उपाध्यक्ष थल श्रीसमगरले स्वागत गर्नुभएको थियो । सो अवसरमा अतिथिहरूले मगरहरूको मौलिक तथा सांस्कृतिक चाड “माघे संक्रान्ति” जस्तो कार्यक्रममा हङकङ बोलाएकोमा अध्यक्ष चन्द्राज्योति आलेमगरलगायत मगर संघ हङकङ परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । सोही क्रममा मगर संघ हङकङको तर्फबाट अध्यक्ष चन्द्राज्योति आलेमगर, कोषाध्यक्ष रसह–कोषाध्यक्षद्वय निलम थापामगर र गोमा पुनमगरले संयुक्त रूपमा अतिथिहरूलाई मगर संघ हङकङको तर्फबाट

Read more

मगर संघ हङकङले माघे सकराती पर्व भव्य रूपमा मनायो !

हङकङ, ९ माघ मगर संघ हङकङको आयोजनामा मगरहरूको महत्वपुर्ण मौलिक तथा सांस्कृतिक चाड माघे सकरातीलाई भव्य रूपमा मनाईएको छ । हङकङको प्रसिद्ध मंकीहिलमा हङकङबासी मगरहरूले आफ्नो चाड भव्य रूपमा मनाएका हुन् । सो अवसरमा मगर नौमती बाजा र सांस्कृतिक झाँकी सहितको बृहत ¥याली समेत निकालिएको थियो । विदेशी भूमिमा समेत मगरहरूले निकै महत्वपुर्णका साथ आफ्नो चाड मनाएको देख्दा हङकङ अन्य नागरिकहरूले निकै चासो दिएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालबाट सहभागी हुन गएकी नेपाल मगर संघकी केन्द्रीय मुख्य सचिव रेनुका काउचामगरले विदेशी भूमिमा पनि मगरहरूले आफ्नो संस्कृतिलाई बचाइराखेकोमा धन्यवाद व्यक्त गर्नुभयो । ‘तपाईहरूले विदेशी भूमिमा पनि हामी मगरहरूको संस्कृतिलाई बचाइराख्नु भएकोमा मगर संघ केन्द्रका तर्फबाट धन्यवाद व्यक्त गर्दछु’, काउचाले भन्नुभयो, ‘तपाईहरूको भव्य कार्यक्रमबाट सबैले पाठ सिक्नु जरुरी छ ।’

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)