नेपाल मगर विद्यार्थी संघको दशौँ विस्तारित भेला फागुन ४ र ५ गते भरतपुरमा !

मगर मिडिया माघ १५, काठमाण्डौँ मगर विद्यार्थीहरुको साझा सङ्गगठन नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको १० औं राष्ट्रिय विस्तारित भेला आउँदो फाल्गुन ४ र ५ गते चितवन जिल्लाको भरतपुरमा सम्पन्न हुने भएको छ । किनारीकृत समुदायको अधिकार, समानता र पहिचानको आन्दोलनको जबरजस्त हिस्सा नेपाल “मगर विद्यार्थी संघको दशौँ राष्ट्रिय विस्तारित भेला मगर भाषा संस्कृतिको संरक्षण, अधिकार प्राप्तिको लागि एकिकृत मगरात सहितको स्वायत्तत्ता । बैज्ञानीक व्यवहारिक, संघिय शिक्षा प्रणाली, बहुभाषिक विश्वविद्यालय स्थापनाको पक्षमा दशौँ राष्ट्रिय विस्तारित भेला ।।” भन्ने मुल नाराका साथ सम्पन्न हुन गइरहेको दशौँ विस्तारित भेलाको उद्घाटन समारोह फागुन ५ गते विरेन्द्र बहुमुखि क्याम्पस प्राङ्गण भरतपुरमा विहान १ बजे हुने छ भने बन्द सत्र फागुन ५ गते नारायणगढको नारायणी कला मन्दिर चितवनमा हुने छ । कार्यक्रममा देशै भरिबाट प्रतिनिधी

Read more

माघेसकराती चाड मगराँत पहिचान र अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाउने (भिडियो सहित)!

श्याम राना मगर पौष २६, काठमाण्डौ संसारभरिका मगरहरु साथै मगर संघसंस्थाहरुले २०७४ सालको माघे सकराती राष्ट्रिय चाडलाई मगरात पहिचान र अधिकारसहितको संघीयता र आदिबासी जनजाति लगायतका उत्पिडित नेपाली जनताको बाँकी अधिकार प्राप्तिको आन्दोलनकै रुपमा संसार भरि भव्य रुपमा मनाउने भएका छन् । संसार भरि छरिएर रहेका मगरहरुले विभिन्न ठाउँमा यस चाडलाई भव्य रुपमा मनाउँदै गर्दा नेपाल मगर संघ केन्द्रिय समितिले माघ १ गतेका दिन काठमाण्डौको भृकुटिमण्डपमा सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन मगर पासाङको प्रमुख आतिथ्यतामा औपचारिक रुपमा माघे सकराती चाड कार्यक्रम गर्ने कुरा नेपाल मगर संघ केन्द्रिय समितिले पौष २६ गते रिर्पोटस क्लबमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । पत्रकार सम्मेलन मार्फत जारि प्रेस विज्ञप्तिमा माघे सकराति चाडलाई मगर लगायत सवै नेपालीहरुले मनाउने चलन भएपनि यस चाडलाई २०६५

Read more

सुर्खेतमा भवन निर्माणका लागि आर्थिक संकलन !

लक्ष्मण बुढा मगर १५ कार्तिक, सुर्खेत नेपाल मगर संघ सुर्खेतको भवन निर्माणका लागि  आर्थिक संकलन गरिएको छ  । बलिहांग तिहारको अवसरमा नेपाल मगर संघ सुर्खेतको आयोजनामा नेपाल मगर संघ  सुर्खेतका संस्थापक अध्यक्ष एवं समाजसेवी अनेरी क्याप्टेन जंरसिहं थापा मगरले नेपाल मगर संघ सुर्खेतलाई प्रदान गर्नुभएको जग्गामा नेपाल मगर संघ सुर्खेतको भवन निर्माणका लागि देउसी भैलो खेलि रु ७ लाख ५६ हजार ५२ रुपैया आर्थिक संकलन भएको हो । कार्यक्रमलाई नेपाल मगर विधार्थी संघ सुर्खेत तथा लिसार सास्कृतिक संघ सुर्खेतले मगर संस्कृतिमा रहेका मारुनी, कौडा, सोरठी, एवं विभिन्न अन्य लोक संस्कृति झल्कने गायन तथा नृत्य प्रस्तुत गरि उल्लखेनिय योगदान गरेका थिए ।                

Read more

मगर समाजको इतिहास र विविधताको बारेमा अध्ययन गरिने !

श्याम राना मगर भदौ २३ काठमाण्डौ । मगर इतिहास संस्कृति लिपी धर्म र मगरात सम्वन्धी अध्ययन तथा अनुसन्धान कार्यदलको गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ केन्द्रिय समितिले हिजो युनियन हाउस अनामनगरमा आयोजना गरेको गोष्ठिमा मगर समाजको इतिहास र विविधताको अध्ययन आवश्यकता र विधि नामक सल्लाहकार झकेन्द्र घर्ती मगरले प्रस्तुत गर्नु भएको अवधारणापत्र माथि सहभागिहरुले आफ्नो धारणा, सुझाव तथा सल्लाह राखेका थिए । अवधारणा पत्रमा मगरहरुको इतिहास, संस्कृति, लिपी, धर्म र मगरात सम्वन्धी भएका अन्यौलतालाई चिर्नको लागि अध्ययनदल गठन गर्दै सर्वेक्षण गरि वास्तविक अवस्थालाई खोजेर १ बर्षमा प्रारम्भिक रिपोर्ट बुझाउने गरि प्रस्ताव ल्याइएको थियो । गोष्ठिमा वोल्दै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले अब छिट्टै प्रभावकारी अध्ययन समिति गठन गरिने र उक्त समितिले मगरका विभिन्न अन्यौलताहरु

Read more

नेपाल मगर साँस्कृतिक संघलाई विभिन्न व्यक्तित्वहरुको सहयोग प्राप्त !

फागुन १९, काठमाण्डौ नेपाल मगर साँस्कृतिक संघलाई विभिन्न समाजसेवी व्यक्तित्वहरुबाट सहयोग प्राप्त भएको छ । मगर साँस्कृतिक संघलाई नेपाल मगर संघ हङकङकी अध्यक्ष तथा नेपाल मगर संघ पुर्वी एसिया संयोजक चन्द्रज्योती आले र मगर महिला संघ युकेकी सचिव सरिता थापा मगरले कम्प्युटर उपलव्ध गराउनु भएको छ । त्यसैगरी साँस्कृतिक संघको कार्यालयको लागी मगर संघ जापानका पुर्व अध्यक्ष दिलिप राना मगरले १० हजार बराबरको फर्निचर प्रदान गर्नुभएको छ । त्यस्तै साँस्कृतिक संघको कल्याणकारी कोषको लागी नेपाल मगर संघ कोरियाकी कोषाध्यक्ष शुशिला थापा मगर र हङकङमा बस्नुहुने कलाकार हर्षित आले मगरले जनही २० हजार प्रदान गर्नुभएको नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष कविराज मगरले जानकारी दिनुभयो । नेपाल मगर साँस्कृतिक संघ र समाजसेवीहरु विच बुधबार काठमाण्डौको सामाखुसीमा भएको अनौपचारिक भेटघाटको क्रममा सो सहयोग

Read more

नेपाल मगर सांस्कृतिक संघ कास्कीको अध्यक्षमा दीपक थापामगर !

रुद्र श्रीसमगर फागुन १९, पोखरा नेपाल मगर सांस्कृतिक संघ कास्कीको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा दीपक थापामगर सर्वसम्मत चयन हुनुभएको छ । बुधबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सरिता सारुमगर, सचिवमा सुरज थापामगर, सहसचिवमा सञ्जय पुनमगर र कोषाध्यक्षमा रमा रानामगर सर्वसम्मत चयन हुनुभयो । त्यसैगरी, सदस्यहरुमा वसन्ती थापामगर, वसन्ती सुनारीमगर, रेनु थापामगर, चिना थापामगर, झम सारुमगर, सिर्जना आलेमगर, सम्झना थापामगर, सञ्जु थापामगर, दिवस थापामगर रहनुभएको छ । बाँकी तीन सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष दीपक थापामगरले जानकारी दिनुभयो । संघका केन्द्रीय सदस्य पदम थापामगरको अध्यक्षतामा पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष शिव थापामगर, म्यूजिक भिडियो निर्देशक गोविन्द पुनमगर, बागलुङ–पोखरा मगर समाजका सचिव गजेन्द्र थापामगर र कलाकार गौरी गुरुङ थापामगर सदस्य रहेको अध्यक्षमण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो । यसअघि, अधिवेशनको

Read more

मगर दिवसमा दुईजना पत्रकार सम्मानित !

फागुन १८, बेसीशहर लमजुङ नेपाल मगर संघको ३५औं स्थापना दिवसका अवसरमा लमजुङका २ जना मगर पत्रकारहरु सम्मानित भएका छन् । दिवसका अवसरमा लमजुङमा कार्यरत मगर पत्रकार कृष्णबहादुर आले मगर र रामजी राना मगरलाई नेपाल मगर संघ लमजुङ र मगर संघ बेसीशहर ईकाइले संयुक्त रुपमा सम्मान गरेको हो । नेपाल मगर संघका पुर्व अध्यक्ष तथा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगर, जिल्ला मगर संघका अध्यक्ष राममाया थापा मगर, मगर संघ बेसीहर ईकाइका अध्यक्ष पबित्रा थापा रानाले संयुक्त रुपमा सम्मान पत्र, खादा र टिकाले पत्रकारद्वयलाई सम्मान गरिएको थियो । सम्मानित आलेमगर नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष, नेपाल मगर पत्रकार संघका केन्द्रीय सदस्य, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) लमजुङका अध्यक्ष र स्वतन्त्र शक्ति साप्ताहिकका प्रकाशक र कार्यकारी सम्पादक हुनुहुन्छ

Read more

काभ्रेमा मगर शिक्षक सघं गठन !

फागुन १८, बनेपा मगर शिक्षकको हक हितका लागि भन्दै काभ्रेका मगर शिक्षकहरु एक भएर मगर शिक्षक सघं जिल्ला कार्य समिति गठन गरेका छन् । मगर शिक्षक सघं काभ्रेको गठन कार्यक्रम उद्घाटन गर्दै पूर्व स्थानि सहायक मन्त्री,सभासत तथा राष्ट्रिय प्रजातान्त्रिक पार्टीका केन्द्रिय सदस्य रेसम लामाले मगर शिक्षक र समग्र शिक्षकका हक हित र हावाजका लागि काभ्रेमा रहेर शिक्षण पेशामा लागेका मगरहरू एक भएर जानु पर्ने र आजको आवस्यकता पनि भएको बताएका छन् । त्यस्तै राप्रपाका जिल्ला सचिव राजेन्द्र केसीले मगर शिक्षक एक भएर जानु अति नै राम्रो कुरा भएको र मगर शिक्षकको हक हितका लागि आवश्यक परेको खण्डमा आफू र आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् । कार्यक्रममा विशेष अतिथि नेपाल मगर शिक्षक संघका केन्द्रिय सदस्य विनिता सिञ्जाली मगरले काभ्रेमा मगर

Read more

सिर्जना आमा समूह, ढुड्डेठाँटीद्वारा छाँयांकन टोलीको भव्य विदाई !

रूद्र श्रीसमगर फागुन १८, चित्रेभञ्ज्याङ (स्याङ्जा) स्याङ्जाको दक्षिण पूर्वी गाविस चित्रेभञ्ज्याङको गीत संगीतका माध्यमबाट प्रचार–प्रसार गर्ने उद्देश्यले निर्माण गर्न लागिएको ग्रामीण पर्यटन प्रवद्र्धनात्मक म्यूजिक भिडियोको छायाड्ढन सकिएको छ । तीन दिनमा सो म्यूजिक भिडियोको छायाड्ढन सकिएको हो । चित्रेभञ्ज्याङ–पोखरा सम्पर्क मञ्च, कास्कीको निर्माणमा निर्माण हुन लागेको म्यूजिक भिडियोमा चित्रेभञ्ज्याङ गाविसका पर्यटकीय सम्भावना बोकेका विभिन्न ठाउँहरूलाई कैद गरिएको छ । गीतकार रिमबाबु रानाको शब्द र राजकुमार बगरको संगीत रहेको सो गीतको म्यूजिक भिडियोको छायाड्ढन दानबहादुर श्रीस र प्रेम थापाले गर्नुभएको हो भने गोविन्द पुनले निर्देशन गर्नुभएको छ । कमल सौराग र कलावती थापाको स्वर रहेको गीतको म्यूजिक भिडियोमा अनु राना, सलिना राना, प्रेम थापा र देवक थापाले मोडलिङ गरेका छन् । छायाड्ढन टोलीलाई सोमबार चित्रेभञ्ज्याङ–२, ढुड्डेठाँटीबासीले भव्य बिदाइ गरे । सिर्जना

Read more

मगरात प्राप्तिको लडाइँ सकिएको छैन : सुरेश आलेमगर !

रूद्र श्रीसमगर फागुन १८, क्याक्मी (स्याङ्जा) नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य एवं पूर्व सभासद् सुरेश आलेमगरले मगरात प्राप्तिको लडाइँ अझै नसकिएको बताउनुभएको छ । नेपाल मगर संघ क्याक्मी गाउँ समिति, स्याङ्जाद्वारा संघको ३५ औं स्थापना दिवस एवं मगर दिवसका अवसरमा आइतबार क्याक्मी–३, बैदीछापमा आयोजित मगर दिवस समारोहलाई सम्बोधन गर्दै नेता आलेमगरले नयाँ संविधानप्रति अझै पनि सबै जनताले अपनत्व महसुस गर्न नपाएको उल्लेख गर्नुभयो । ‘मगरात भूमिलाई तीन टुक्रामा विभाजन गरिएको छ’, नेता आलेमगरले भन्नुभयो, ‘मगरात स्वायत्त राज्य वा प्रदेशका लागि अझै लडाइँ आवश्यक छ ।’ नेपाल मगर संघका संस्थापक महासचिव समेत रहनुभएका नेता आलेमगरले संविधान जारी भएपनि संविधानप्रतिको असन्तुष्टि कायमै रहेको भन्दै असन्तुष्टिको सम्बोधनका लागि संविधान संशोधन अनिवार्य रहेको बताउनुभयो । ‘संविधान संशोधनले मात्रै सबै जाति, वर्ग, क्षेत्र र

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)