फोनिज पाल्पामा राजकुमार आले

पाल्पा, चैत्र १७ नेपाल आदिवासि जनजाति पत्रकार महासंघ (फोनिज) पाल्पाको जिल्ला अधिबेसनले राजकुमार आलेको अध्यक्षतामा १३ सदस्यीय नया समिति चयन गरेको छ । आले यस अघि पनि फोनिज पाल्पाको अध्यक्ष हुनुहुन्थ्यो । अधिवेसनले उपाध्यक्षमा यमुना सारु, सचिबमा रन बहादुर कुमाल , सहसचिबमा अनु थापा ,कोषाध्यक्षमा निरबहादुर सारुलाई निर्वाचित गरेको हो । सर्वसहमतका आधारमा निर्माण भएको जिल्ला शाखाको सदस्यहरुमा एवत सारु, प्रेम कान्छा राई, ज्ञान बहादुर वराल, यम घर्ती, गोपाल कुमाल, सुमि राना, इमान सिंग राना र कल्पना भुजेल निर्वाचित हुनुभएको छ । अधिबेशनले अनिल लिगल, योगमाया गाहा (सिता ) र असवीर सारु लाई प्रदेश सभासदमा निर्वाचित गरेको छ । त्यस्तै रेखीराम राना, राजेन्द्र लिगल, हरी बहादुर सारु , प्रेम कुमाल र तिल्ता थापा लाई केन्द्रिय सभासदमा निर्वाचित गरेको छ ।

Read more

फोनिज कास्कीको पदस्थापन चैत्र १ गते हुने !

रूद्र श्रीसमगर पोखरा ३०, फागुन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको पाँचौं जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति, प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिहरूको पदस्थापन आगामी चैत्र १ गते हुने भएको छ । गत माघ २६ गते नै अधिवेशन सकिएको भएपनि पदस्थापन ढिलो गरी हुन लागेको हो । अधिवेशनले एमबी ‘आस्था’ मगरको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमितिको चयन गरेको थियो । अधिवेशनमा निर्वाचन प्रक्रिया सम्पन्न गर्नका लागि फोनिज कास्कीका संस्थापक अध्यक्ष रूद्रबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । चैत्र १ गते हुने पदस्थापन कार्यक्रममा नवनिर्वाचित नेतृत्वलाई प्रमाणपत्र वितरण तथा निवर्तमान समितिबाट नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण समेत गरिने निर्वाचन समिति सदस्य राजबहादुर गुरुङले जानकारी दिनुभयो ।

Read more

फोनिज लमजुङको अध्यक्षमा आले !

बेसीशहर, लमजुङ २७ माघ आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोश्रो जिल्ला अधिवेसनबाट अध्यक्षमा कृष्णबहादुर आले निर्विरोध निर्वाचित हुनु भएका छ । फोनिजको दोस्रो जिल्ला अधिवशेनबाट आले अध्यक्ष चयन भएका हुनु भएको हो । नवर्निचित आले स्तन्त्र पत्रकार संघ लमजुङका अध्यक्ष समेत हुनुहुन्छ । कुल १३ जना सदस्य रहेको फोनिजमा ११ जनाको कार्यसमिति चयन गरिएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङको दोश्रो जिल्ला अधिवेसनबाट उपाध्यक्ष आसबहादु गुरुङ, सचिव सम्झना तामाङ, कोषाध्यक्ष सिजन श्रेष्ठ र सहसचिव बिना गुरुङ चयन हुनुभएको छ । त्यस्तैगरी सदस्यहरूमा कुमारी तामाङ, खुशीमाया गुरुङ, प्रितम गुरुङ तथा खुलातर्फ सदस्यहरुमा सन्तोष श्रेष्ठ, रोजिना आले मगर र सञ्जय गुरुङ चयन हुनुभएको छ । त्यस्तै फोनिज लमजुङबाट केन्द्रीय पार्षदमा रामजी राना, मिना गुरुङ र युवाराज श्रेष्ठ चयन हुनुभएको छ

Read more

फोनिज कास्कीको अध्यक्षमा एमबी आस्था मगर सर्वसम्मत !

रूद्र श्रीसमगर पोखरा, २६ माघ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको बुधबार पोखरामा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले तीन वर्षे कार्यकालका लागि एमबी आस्था मगरको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरेको छ । ‘समावेशी सञ्चारका लागि हाम्रो अभियान, तमुवानसहितको संविधान संशोधनको पक्षमा पाँचौं जिल्ला अधिवेशन’ नाराका साथ पोखरा–९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा दिलप्रसाद गुरुङ, सचिवमा भूपाल गुरुङ, सह–सचिवमा विना थापामगर, कोषाध्यक्ष उमा आलेमगर चयन हुनुभएको छ । यसरी नै सदस्यहरूमा गीता रानामगर, दुर्गा रानामगर, सुशील श्रेष्ठ, छवि घर्तीमगर, रमेश गुरुङ, सोनिया लामा तामाङ, सम्राट गुरुङ र सुशील ज्वारचन रहनुभएको छ । अधिवेशनले प्रादेशिक प्रतिनिधिमा शीला गुरुङ, कञ्चन गुरुङ, सुकबहादुर घले र पर्यवेक्षकहरूमा इन्दिरा गुरुङ र सन्देश श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी केन्द्रीय प्रतिनिधिहरूमा हुमबहादुर गुरुङ,

Read more

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रेस बिज्ञप्ती, १२ माघ २०७३ !

फोजिनको प्रेस बिज्ञप्ती, १२ माघ २०७३ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले सवै जिल्लामा अधिवेशन यही माघ २५ गतेदेखि २५चैत ०७३ भित्र सम्पन्न गर्ने निर्णय गर्यो । केन्द्रीय कार्य समितिको काठमाडौं बुधवार बसेको आठौं पूर्ण बैठकले सो निर्णय गरेको हो । बैठकले नेपाल पत्रकार महासंघको आगामी बैशाखमा हुने २५औ महाधिवेशनका लागि पूर्ण समावेशी सिद्धान्तका आधारमा फोनिजका सदस्यहरुलाई समेत केन्द्रीय पार्षद्मा छनौट गर्न नेपाल पत्रकार महासंघसँग माग गर्ने निर्णय गरेको छ । साथै महासंघको जिल्ला, प्रतिष्ठान, एशोसियट, उपत्यका र कर्णाली क्षेत्रको अधिवेशनमा फोनिजको तर्फबाट उम्मेदवार बन्ने पत्रकारहरुलाई बिजय गराउन सम्वद्ध सवै पक्षसँग पहल गर्ने निर्णय गरेको छ । बैठकले पत्रकारको सुरक्षाको साथै प्रेस र नागरिक स्वतन्त्रताको रक्षा गर्न सरकारसँग माग गरेको छ । यसैगरी जनसंख्याको करिब ३७ प्रतिशत रहेको आदिवासी जनजाति समुदायका

Read more

जिवन जोया घटनाका कारण थुनामा रहेका द्धोय पत्रकार मगर र कामे मगर रिहा !

मंसिर २२, काठमाडौँ साईवर क्राईमको आरोपमा पक्राउ परेका पत्रकार महेश राना र कामे मगर २१ गते मंगलबार धरौटीमा रिहा हुनुभएको छ । चितवनमा रहेको आदर्श गृहकी संचालक मिना खरेलको जाहेरीको आधारमा गत मंसिर १ गते द्धोय महेश राना र कामे मगरलाई चितवन प्रहरीले पक्राउ गरी साईवर क्राईमको मुद्धा चलाईएका थियो । आरोपित द्धोयको पक्षमा कानुनी सहयोग गरिरहनु भएका तथा उक्त जिवन जोया घटनाका छानविन समिती संयोजक अधिवक्ता रक्षा रैका मगरले आरोपित द्धोयलाई जनही ३० हजार धरौटीमा रिहा गरिएको जानकारी दिनुभयो । उहाँले अब घटना तथा लागाईएको आरेपको सत्य तथ्य छानविन गरी मुद्धा फैसला हुने पनी जानकारी दिनुभयो । राना र मगरले आदर्श गृहको नेतृत्वमा फिलिपिन्स फिर्ता पठाईएकी जिवन थापा मगरकी श्रीमती जोया र दुई बालकहरुलाई नेपाल फर्काउन पुर्ण रुपमा सहयोग

Read more

पत्रकार महासंघको एकलोटी निर्णय तत्काल फिर्ता होस् / होइन भने त्यसको विरुद्धमा आम क्रियाशील पत्रकारहरु जाई लाग्नेछन् !

दिपा आले, काठमाडौं हावा चलेपछि पात हलिन्छ । पात हलिएपछि आंखाले देख्नु पर्छ । यो विश्वव्यापी मान्यता हो । यसरी नेपालगन्ज बांकेबाट चलेको हावा र पातको रंग एउटा जिल्लामा मात्र सिमित रहेन आज नेपालको कुना कुनाको जिल्लामा फैलिदैछ । फैलिनु पनि पर्दछ किन कि न्याय र सत्यको लागि जब हावा र पात एकै साथ चल्न थाल्छ तब न्यायकोलागि आवाज बुलन्द पार्नु पर्ने अवस्था आउंछ । सन्दर्भ नेपाल पत्रकार महासंघ बांके शाखा जो श्रमजिवि पत्रकारको हक हितकोलागि वकालत गर्दछ । र गर्दै आएको छ तर आज सोही पवित्र मन्दीरमा क्रियाशील र श्रमजिवि पत्रकारलाई जान बञ्चित गरिएको छ । जब मन्दीरमा जान बञ्चित गरिन्छ भने त्यो मन्दीरको पुजारी र संरक्षक कसरी हुन सक्ला मेरो प्रश्न ? पत्रकार महासंघ केन्द्रीय समितिको विधान मै

Read more

बहराईनमा शेर्पा घेदुङ्ग पनि जनजाति महासंघमा आवद्ध हाल सम्म ६ पुग्यो !

कृष्ण सारू मगर मानमा बहराईन २७ नोभेम्बर नेपाल आदिबासी जनजाति महासंघ बहराइनले मानमा स्थित सित्तल नेपाली रेस्टुरेन्टको सभा हलमा नेपाली समुदायका जेष्ठ नागरिक समेत रहेका वरिष्ठ समाजसेवी गम बहादुर गुरूङ्गको प्रमुख आतिथ्यमा स्वागत तथा सम्मान कार्यक्रम संपन्न गरेको छ । मिङमा च्यावा शेर्पाको संयोजकत्वमा भएको पहिलो भेला बाट पुर्णता दिँदै गएको ११ नोभेम्बरका दिन शेर्पा घेदुङ्ग बहराईन नामक गठन भएको उक्त संस्था २५ नोभेम्बर २०१६ सुक्रबारका दिन महासंघमा आवद्ध भएको हो । अध्यक्ष तेम्बा शेर्पाले भने, समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठन संग समन्वय, सहकार्यमा हातेमालो गर्दै अवको उपरान्त शेर्पा घेदुङ्गले पनि आफ्नो परम्परागत मौलिक पहिचान, संस्कार र सस्कृतिको जगेर्ना र संरक्षण संवर्द्धनका लागि थप टेवा पुग्ने हेतुले महासंघमा आवद्ध भै एक्यवद्धता जनाएको बताएका छन् । गएको ११

Read more

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को प्रेस विज्ञप्ति !

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय कार्यालय अनामनगर, काठमाडौं ४ मंसिर २०७३ प्रेस विज्ञप्ति चितवनका जीवन थापा र जोयाका विषयमा समाचार लेखेको आरोपमा सोलुखुम्बु अनलाइनका सञ्चालक तथा सम्पादक महेश रानामगरलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सम्पादक रानामगरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको जानकारी प्राप्त भएको छ । यो घटना अन्यन्त निन्दनीय छ । हामी घोर आपत्ति जनाउँछौं । समाचार लेखेको विषयमा कुनै पनि चित्त नबुझे कानुनी उपचार खोज्न पाउने संवैधानिक हक हुँदाहुँदै एउटा कलमजिवी पत्रकारलाई हत्कडी लगाएर थुनामा राख्ने काम कदापी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हुन सक्दैन । अतः सम्पादक रानामगरको तत्काल रिहाई गर्न र दोषीमाथि थप कारवाही गर्न हामी जोडदार माग गर्दछौं । डण्ड गुरुङ अध्यक्ष, फोनिज

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)