पत्रकार कल्याणकारी कोष स्थापनार्था च्यारिटी शो सम्पन्न !

उमा आलेमगर पोखरा, २९ असोज आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी आयोजना गरेको च्यारिटीको शो हिजो प्रदर्शन भएको छ । पत्रकार कल्याणकारी कोषका लागि फोनिजले नेपाली कथानक चलचित्र ‘रानी’ को च्यारिटी शो आयोजना गरेको हो । च्यारिटी शोको आम्दानीबाट बचत भएको रकमले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी संकलन गरिने फोनिज कास्कीका अध्यक्ष एम.बी आस्थाले वताए । आस्थाका अनुसार च्यारिटी शो संगै कोष स्थापनाका लागी अन्य कार्यक्रमहरुको समेत आयोजना गरिने छ । पत्रकार कल्याणकारी कोषका लागि यो शो भन्दा अगाडि अहिले सम्म करिब ५१ हजार संकलन भएको कोषाध्यक्ष उमा आलेले जानकारी दिईन् । यसैवीच सोही अवसरमा रिर्पोटिङ्गको शिलशिलामा पाल्पा जाँदै गर्दा दुर्घटनामा परेको पत्रकार तथा फोनिज कास्कीका कार्यसमिति सदस्य गीता राना र उपचाररत नेपाल पत्रकार महासंघ

Read more

जनजाति आन्दोलनले सार्थकता पाउन नसकेको: डा. गुरुङ

पोखरा, २९ असोज नेपाल जनजाति महासंघका पूर्व महासचिव तथा आदिवासी राष्ट्रिय आन्दोलनका संयोजक डा. ओम गुरुङले आदिवासी जनजातिहरु आफ्नो मुद्धा छोडेर विभिन्न राजनैतिक झण्डा बोकेर हिड्दा जनजाति आन्दोलनले सार्थकता पाउन नसकेको वताएका छन । गुरुङले आदिवासी जनजातिहरु पार्टीको झण्डा बोकेर हिडिरहे पहिचानको मुद्धा हराएर जाने उनको भनाइ रहेको थियो । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गुरुङले आदिवासी जनजातिको पहिचान सहितको मुद्धा स्थापित गर्नका लागी जनजातिहरु एक हुनुको विकल्प नरहेको वताउदै जनजातिहरु आफ्नो मुद्धामा अडिग रहेर अगाडी वढ्न समेत आग्रह गरे । पछिल्लो समय राजनैतिक धु्रविकरणले आदिवासी जनजातिको मुद्धानै विलय भएर जान सक्ने भन्दै गुरुङले त्यस तर्फ सचेत बन्दै अवको चुनावमा आदिवासी जनजातिहरुले ध्यान दिन समेत आग्रह गरे । अवको चुनावमा आफुले जनजातिको प्रतिनिधित्व गर्दै

Read more

पत्रकार महासंघलाई विभिन्न वैदेशिक शाखाले बुझाए ज्ञापनपत्र !

कृष्ण सारू मगर काठमाण्डौ ७ भदौ | नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सम्पन्न २५ औँ महाधिवेसनबाट निर्वाचित अध्यक्ष गोविन्द आचार्य लगायत सम्पुर्ण नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघको वैदेशिक शाखाका रूपमा स्थापित युके, युरोप र कतार शाखाले संयुक्त आयोजना गरी सफल कार्यकालको शुभकामना तथा बधाई दिए । नेपाल पत्रकार महासंघको मातहतमा रहेका विभिन्न ८ वैदेशिक शाखाले जिल्लासरहको मान्यता पाउनु पर्ने,, सबै सभासदलाई मताधिकार दिइनुपर्ने, वैदेशिक शाखाहरुलाई समेटेर प्रदेश कमिटी बनाइनु पर्ने, वैदेशिक शाखाबाट केन्द्रमा प्रतिनिधित्वको व्यवस्था हुनु पर्ने लगायतको मागलाई नेपाल मगर पत्रकार संघका संस्थापक अध्यक्ष समेत रहेका वैदेशिक शाखा युकेका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो । उक्त बैठकमा युरोप, युएई, कतार, भारत, कोरिया, युके शाखाका प्रतिनिधिले सहभागीता जनाएको शाखाहरुले संयुक्त रुपमा ज्ञापनपत्र महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यलाई बुझाएको

Read more

आचार्य पत्रकार महासंघको अध्यक्षमा !

युवराज राना मगर ६ साउन काठमाण्डौ नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य विजयी हुनुभएको छ । आचार्यको समूहले पदाधिकारी सहित अधिकांश पदमा विजयी हासिल गरेको छ । आचार्यले ७ सय ३२ र उहाँका प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६ सय २७ मत पाउनु भएको छ । नेपाल प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट अध्यक्षमा उम्मेदवार दिनुभएका आचार्य प्रेस सेन्टर समर्थक हुनुहुन्छ । आचार्यको समूहले पदाधिकारीसहित अधिकांश पदमा विजयी हासिल गरेको छ । आचार्यले ७ सय ३२ र उहाँका प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६ सय २७ मत पाउनु भएको छ । कोइराला प्रेस चौतारीबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । त्यसैगरि उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दीलिप थापामगर, महासचिवमा रमेश विष्ट, खुला सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति तर्फका

Read more

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङद्वारा बिरामी र असहायलाई फलफुल वितरण !

कृष्ण आले साउन २७ गते, बेसीशहर लमजुङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङद्वारा बिरामी र असहायहरुलाई फलफुल बितरण गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को १८औं स्थापना दिवसको अवसरमा बेसीशहरमा फलफुल वितरण गरेको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङले लमजुङ सामुदायिक अस्पतालका बिरामी र बेसीशहरस्थित मानवसेवा आश्राममा आश्रित मानवहरुलाई फलफुल बितरण गरेको हो । लमजुङ सामुदायिक अस्पतालमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आशबहादुर गुरुङ, नेपाल तामाङ घेदुङ लमजुङका अध्यक्ष अजय तामाङ, लमजुङ सामुदायिका अस्पतालका प्रशासन प्रमुख युवराज देवकोटा, घले समाजका अध्यक्ष बीरसिङ घले, नेपाल पत्रकार महासंघ लमजुङका सचिव सन्देश पौडेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय सभासद र प्रदेश सभासद लगायत फोनिज

Read more

फोनिजको १८ औ स्थापना दिवस पोखरामा पनि मनाइयो !

गिता राना मगर, पोखरा २७ साउन । आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको १८ औ स्थापना दिवस पोखरामा पनि मनाइएको छ । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीले स्थापना दिवसको अवसर पारी पोखरामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले आदिवासी जनजातिहरुले जनजातिलाई पत्रकारितामा ल्याउन ठूलो भुमिका भएको वताउदै समग्र जनजातिलाई समेटेर अगाडी वढ्न समेत आग्रह गरे । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शुष्मा पौडेलले फोनिजले आदिवासी जनजातिकोमात्र नभइ अन्य समुदायलाई समेत सञ्चार माध्याममबाट उजागर गर्न अभिप्ररित भइरहेकोमा आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । त्यस्तै नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार रामकृष्ण ज्ञवालीले फोनिजले स्थापना कालदेखिनै जनजाति पत्रकारहरुलाई सञ्चारमाध्याममा आवद्ध गराउने मात्र नभइ सञ्चारको

Read more

फोनिजद्वारा पत्रकार गुरुङ सम्मानित !

आशिष सूर्यवंशी बुटवल, २५ श्रावण नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को स्थापना दिवसको अवसरमा अग्रज पत्रकार भिम प्रसाद गुरुङ सम्मानित हुनु भएको छ । फोनिज रुपन्देहीले आज स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष स्व. देवबहादुर पाटामगरको स्मृतिमा प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारबाट गुरुङलाई सम्मान गरेको हो । पत्रकार गुरुङ उक्त पत्रकारिता पुरस्कार स्थापना गर्ने फोनिजका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । १८ वर्ष अगाडि स्थापना भएको आदिवासी जनजाति पत्रकार महासंघ फोनिजद्वारा २०६५ सालमा बुटवलको राजमार्ग चौराहामा सडक दुर्घटनामा परी मृत्यु भएका पत्रकार पाटाको स्मृतिमा स्थापना भएको यो पुरस्कारको आठौं पटकको पुरस्कारबाट गुरुङ सम्मानित हुनु भएको हो । स्थापना दिवसको अवसरमा बुटवल स्थित अम्रपाली पार्टी प्यालेसमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले गुरुङलाई सम्मान गर्दै आदिवासी

Read more

पत्रकारका लागि अंग्रेजी भाषाको कार्यशाला सम्पन्न !

रूद्र श्रीसमगर पोखरा, १५ साउन कास्कीका पत्रकारका लागि दुई दिने अंग्रेजी भाषाको कार्यशाला आइतबार सम्पन्न भएको छ । अर्बिट इन्टरनेशनल एजुकेशनसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा आयोजित कार्यशालामा दुई दिनसम्म नेपाली पत्रकारका लागि अंग्रेजी भाषाको प्रयोग र आवश्यकताबारे छलफल भएको थियो । कार्यशालामा रेडियो नेपालका अंग्रेजी भाषाका पूर्व समाचार सम्पादक वरिष्ठ सञ्चारकर्मी माइकल चन्द र वरिष्ठ पत्रकार युवराज घिमिरेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा अंग्रेजी भाषाको महŒव र आवश्यकता एवं प्रयोगका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यशालाका सहभागी पत्रकारहरूले अंग्रेजी भाषामा संवाद, समाचार संकलन र प्रश्नावली कसरी तयार पार्ने भन्ने बारेमा अभ्यास गरेका थिए । कार्यशालामा सहभागी पत्रकारहरूलाई प्रमाणपत्र समेत वितरण गरियो । कार्यशालाको समापन गर्दै अर्बिट इन्टरनेशनल एजुकेशनका अध्यक्ष केशवप्रसाद अधिकारीले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरूले कार्यशालाको आयोजना गरेको

Read more

कास्केली पत्रकारका लागि अंग्रेजी भाषाको दुई दिने कार्यशाला सुरु !

रूद्र श्रीसमगर पोखरा, १४ साउन अर्बिट इन्टरनेशनल एजुकेशनसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा कस्केली पत्रकारका लागि दुई दिने अंग्रेजी भाषाको कार्यशाला सुरु भएको छ । समाचार संकलनका क्रममा कार्यक्षेत्रमा भाषाका कारण हुने समस्या कम गर्नका लागि अंग्रेजी भाषाको कार्यशाला आयोजना गरिएको नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘विदेशी अतिथिहरू र विदेशी पर्यटकसँग सम्बन्धित समाचार संकलनमा हामीलाई भाषाका कारण समस्या हुने गरेको छ’, श्रेष्ठले भन्नुभयो, ‘अंग्रेजी भाषामा दक्षता नहुँदा समाचार संकलनमा कठिनाइ भएको पाइएको छ ।’ अंग्रेजी भाषामा पत्रकारिता गर्न सहज बनाउनका लागि नै कार्यशालाको आयोजना गरिएको श्रेष्ठको भनाइ थियो । अर्बिट इन्टरनेशनल एजुकेशनका प्रमुख कार्यकारी अधिकृत राधेश्याम मल्लले पत्रकारहरूलाई अंग्रेजी भाषाको दक्षताका लागि कार्यशालाको आयोजना गरिएको उल्लेख गर्नुभयो । ‘हामीले २०६४ सालदेखि नै

Read more

फोनिजद्वारा जनजाति पत्रकारहरुलाई दुई दिने प्रशिक्षण !

२ असार काठमाडौँ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले राजधानीमा क्रियाशील जनजाति पत्रकारहरुलाई न्यू मिडियामा आदिवासी जनजातिको सवाल र ब्यवसायिकीकरण विषयक दुई दिने प्रशिक्षण दिएको छ । नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठानको सहयोगमा युवा रोजगारमूलक सीप ब्यवसायिक तथा शसक्तिकरण अन्तरगत आयोजित प्रशिक्षण कार्यक्रममा विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत २५ बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।   सहभागिहरुलाई इकान्तिपुरका सम्पादक पत्रकार खिम घले तथा टीकाराम राईले प्रशिक्षण दिनुभएको थियो । शुक्रबार प्रशिक्षण समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव गोबिन्दलाल माझीले मूलुक रुपान्तरणको सम्बाहक नै पत्रकार भएकाले सिकेका कुराहरुलाई जिम्मेबार भएर ब्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । अहिले पनि मूलधारका सञ्चारमाध्यमहरुमा जनजातिका सवालहरु उठ्न नसको भन्दै उहाँले भन्नुभयो “संविधानले प्रत्याभूत गरेका अधिकारहरु समेत जनजातिहरुको पहुँचमा पुग्न सकेको छैन

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)