मगर संघ हङकङले माघे संक्रान्ति धुमधामले मनाउने !

रूद्र श्रीसमगर पोखरा, ९ पुस मगर संघ हङकङले विगतका वर्षमा झैं माघे संक्रान्ति पर्व धुमधामले मनाउने भएको छ । यस वर्ष पनि आगामी जनवरी १४ तारिखका दिन मगर संघ हङकङले विविध सांस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ति मनाउने तयारी गरिरहेको अध्यक्ष युगमाया रानामगरले जानकारी दिनुभयो । माघे संक्रान्ति कार्यक्रममा परम्परागत मगर परिकार, खेलकुद साथै, सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने अध्यक्ष रानामगरले जानकारी दिनुभयो । उहाँका अनुसार मंकी हिलमा हुने कार्यक्रम अघि बाजागाजा र मगर जातिको मौलिक पहिचान झल्किने सांस्कृतिक झाँकीसहित ¥याली समेत हुनेछ । कार्यक्रममा परम्परागत खेलकुद अन्तर्गत छेलो, डोरी तान्ने, म्यूजिक चेयर र घैंटो फुटाउने प्रतियोगिता आयोजना गरिनेछ भने नाचगानतर्फ हुर्रा, कौरा, पुख्र्यौली नाच, सालैजो, झ्याउरेलगायत रहने अध्यक्ष रानामगरले बताउनुभयो । त्यस्तै, मगर परिकारहरूमा खिचडी, तरुल, बटुक, सेल रोटी, बीबीक्यु,

Read more

नेपाल मगर संघ शाखा युएईको अध्यक्षमा टंक थापा मगर, युएईमै सागर र सुजाताको धमाका !

मगर मिडिया २५ नोभेम्वर, युएई नेपाल मगर संघ शाखा युएईको नवौँ महाधिवेशनबाट टंक थापा मगरको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन भएको छ । १० नोभेम्वर २०१७ मा भएको नवौँ महाधिवेशनको बन्दसत्रबाट उक्त कार्यसमिति सर्वसम्मतबाट चयन भएको हो । कार्यसमिति चयन १० गते भएपनि यसको घोषणा भने बृहत सांस्कृतिक साँझ २०१७ तथा नवौ महाधिवेशन घोषणा सभाबाट २४ नोभेम्वरमा गरिएको थियो । कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समितिका महासचिव ज्ञानेन्द्र पुन मगर प्रमुख अतिथिको रुपमा पुग्नु भएको थियो भने नेपाल आइडल टप ४ बाट बाहिरीए सँगै चर्चाको शिखरमा पुग्न सफल गायक सागर आले मगर र टप ५ मा पुग्न सफल गायिका सुजाता पाण्डे लगायत स्थानिय कलाकारहरुको जोडदार प्रस्तुति रहेको थियो । साथै साँस्कृतिक कार्यक्रमको सञ्चालनको लागि आरजेभिजे रवि राना मगर नेपाल बाट

Read more

मगरात प्राप्तिको आन्दोलनका लागि सहयोग गर्न आव्हान: बिष्णु पुन, अध्यक्ष मगर संघ इजरायल !

मगर मिडिया  ८ कार्तिक  तेल अभिव/इजरायल मगरात प्राप्तिको आन्दोलनका लागि सहयोग गर्नका लागि मगर  संघ इजरायलका अध्यक्ष बिष्णु पुन मगरले आव्हान गर्नु भएको छ । प्राचिन काल देखिनै नेपालको पुर्वमेची देखी पश्चिम महाकाली सम्म नेपालको विभिन्न भागमा मगरहरु छरिएर बसोबास गर्दै आइरहेका छ्न । जनस्ंख्याको दृष्टिकोणले २०६८ को जनगणनालाई पल्टाएर हेर्दा पनि मगरहरुको जनस्ंख्या १८,८७,७३३ भएतापनि  देशको राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा पिछडिएकोले मगरहरुको सहभागीता राज्यसत्तामा न्यून रहेको छ । यसैकारणले गर्दा नेपाल अधिराज्यभरी बसोवास गर्ने मगरहरुलाई भाषिक, लैंगिक र धार्मिक रुपमा एकीकृत गर्नको निमित्त मगरात प्रदेशको स्थापना अति आवश्यक रहेको छ । नेपालमा जब सम्म मगरात प्रदेशकोे स्थापना हुन सक्दैन तबसम्म राज्यसत्तामा पुग्न असम्भव भएकोले मगरहरु सबै कुराबाट बञ्चित नै रहन्छन तसर्थ मगरहरुको हक, अधिकार सुनिश्चित गर्न तथा मगरहरुको आफ्नो

Read more

गरिवी तथा जेहेन्दार विद्यार्थीहरुको अक्षयकोष सहयोगार्थ कतारमा हुर्रा महोत्सव हुदैँ !

भक्त राना मगर २५ अक्टोवर दोहा कतार गरिवी तथा जेहेन्दार विद्यार्थीहरुको लागि अक्षयकोष निर्माण सहयोगार्थ प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७ कार्यक्रम यहि आउँदो अक्टोवर २७ तारिकका दिन कतारको दोहामा नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको छ । शुभ दिपावलीको अवसरमा सदा जस्तो आयोजना हुने नेपाली साँस्कृतिक कार्यक्रमहरु जस्तै यसपाली पुर्वी नेपालका जिल्लाहरुमा निकै नै प्रचलित हुर्रा जो अति नै मौलिक संस्कृतिको रुपमा रहेको छ जसको प्रचार प्रसार विकास र संरक्षणको लागि पनि यो महोत्सवको आयोजना गरिएको कुरा कार्यक्रमका संयोजक भुपेन्द्र रिखाम मगरले जानकारी दिनु भएको छ । साथै संयोजक मगरले कतारलाई कर्मथलो बनाउनु भएका सम्पुर्ण नेपालीहरुलाई सहभागी भएर कार्यक्रमलाई भव्य र सभ्यरुपमा सम्पन्न पारिदिनु हुन समेत सम्पुर्णमा आग्रह गर्नुभएको छ । कार्यक्रमका लागि नेपालका अतिथि कलाकारहरु मयुर नाँच

Read more

कतारमा अलपत्र परेकाको उद्धारका लागि मगर संघ कतारको सहयोग !

  कृष्ण सारू मगर २३ अगष्ट दोहा, कतार  नेपाल मगर संघ शाखा कतारले कतारमा अलपत्र परेका ब्यक्त्तिको उद्दारको लागि आर्थिक सहयोग गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा ५ महिना अगाडि कतार गएका मोरङ्ग बेलबारी नगरपालिका वार्ड न. ८ का भिम बहादुर थापा मगर आजाद ९ फ्री भिषामा कतार पुगेका थिए तर भिषा स्पोन्सर तथा कम्पनीमा काम नपाए पछी उनि बिगत २ महिना देखि  अलपत्र परेका थिए । निज पिडित मगरलाई उद्धार गरी नेपाल फिर्ती टिकट ब्यावस्थापनका लागि गत शनिवार सनैया स्थित अल अत्तियामा पुगेर नेपाल मगर संघ शाखा कतारका  अध्यक्ष शेर बहादुर रोका मगरले आर्थिक सह्योग हस्तान्तरण गरेको कुरा संघका महासचिव बिजय कुमार मगरले जानकारी दिनु भएको  छ ।

Read more

कालिगण्डकी गाउपालिका स्याङ्जामा नाँचिएको देवी ठुङ्के नाँचको (फोटो फिचर) !

विष्णु थापा  ७ कार्तिक विरघा, स्याङ्जा मगर समाज बैघा विरघा स्याङ्जाले लोप हुने अवस्थामा रहेको परम्परागत देवी नाँच (देवी ठुङ्के) बलिहाङ् तिहारको अवसर पारेर पुन यसको संरक्षण र विकासका लागि लागि परेको छ । संघको कार्तिक १ गते बसेको बैठकको निर्णय अनुसार कार्तिक ५ गते संघका सचिव खुम बहादुर थापा मगरको निवासमा भेला भई यस वर्षको यो नाँच सुरवात गरेको थियो । यस्ता ओझेलमा परेका मौलिक परम्परागत गीत तथा नृत्यहरुको संरक्षणको लागि स्थानिय तवरबाट पहल सुरु गरिए पनि सम्वन्धित निकायहरुको पनि चासो रहनु पर्ने कुरा संघका सचिव खुम बहादुर थापा मगरले बताउनु भएको छ ।          

Read more

मगर संघ शुक्ला गण्डकी नगर समिति तनहुँको दोस्रो साधारण सभा सम्पन्न ।

विनोद रखाली मगर ३०, असोज तनहुँ नेपाल मगर संघ शुक्लागण्डकी नगर कार्य समितिको दोस्रो साधारण सभा शनिवार सम्पन्न भएको छ । “भाषा सस्ंकार, संस्कृती हाम्रो पहिचान, शिक्षा नैतिक सामाजिक एव  आर्थिक सम्बृद्धि हाम्रो अभियान” भन्ने उद्घोषका साथ आयोजित साधारण सभाको उद्धघाटन गर्दै नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगरले आदिवासी जनजातीको भाषा, सस्ंकार र संस्कृती जगेर्ना देशकै गहना रहेकाले जगेर्नाका लागि राज्य र सम्बन्धित समुदाय जागरुक हुनुपर्नेमा जोड दिनुभयो । साथै थापा मगरले राजनितिक दलहरुले पहिचानको मुद्धालाई चुनावका बेला चर्को नारा लगाउने तर कार्यान्वयनका समयमा लुसुक्क भाग्ने गरेको भन्दै कडा आपत्ति जनाउनुभयो । कार्यक्रममा नेपाल मगर संघ तनहुँका पूर्व अध्यक्ष इन्द्र थापा मगर, राष्ट्रिय मौलिक कौरा समितिका केन्द्रीय अध्यक्ष हर्क आले मगर, नेपाल मगर संघ तनहुँका उपाध्यक्ष गिता थापा

Read more

प्रथम सहिद लखन थापा मगरको शालिक भत्काइयो !

असोज ११ काठमाडौँ नेपालका प्रथम सहिद लखन थापा मगरको कास्की पोखरास्थित शालिक प्रशासनले असोज १० गते मध्यरातमा हटाएको छ । घटनापछि देशविदेशमा सर्वत्र विरोध भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको तर्फबाट अध्यक्ष नविन रोका मगरले प्रथम सहिद लखन थापा मगर देश र जनताको साझा गरिमा वा गौरब भएको भन्दै सरकारले शालिक राख्ने पूर्वसहमतिको बर्खिलाप गरेर देशकै अपमान हुने अनैतिक कदम चाल्नु राज्यको गंभीर गल्ती भएको बताएका छन् । अध्यक्ष रोका मगरले सहिद लखन थापा मगरको शालिक यथाशीघ्र पुन ः स्थापनाका लागि नेपाल मगर सघंको तर्फबाट नेपाल सरकारसँग माग गरेका छन् । अध्यक्ष रोका मगरले सरकारको यस्तो गलत कदम सच्याउन दबाबका लागि सम्पुर्ण संघ संस्था राजनैतिक दल र महानुभावहरुमा हार्दिक अपिल गरेका छन् ।

Read more

नेपाल मगर पर्यटन समाजको नयाँ नेतृत्वमा अनुप थापा मगर (फोटो फिचर सहित)!

लक्ष्मण बुढा मगर  ८ असोज  काठमाण्डौ    नेपाल मगर पर्यटन समाजको छैठौँ वार्षिक साधारणसभाबाट अनुप थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको छ । हिजो ठमेलको भोजन भुमिमा  आयोजित समाजको छैठौँ साधारणसभा तथा विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रमबाट उक्त नेतृत्व चयन भएको हो । माननीय सिँचाई राज्यमन्त्री अमर सिँह पुन मगर प्रमुख अतिथि रहनुभएको  कार्यक्रमको अध्यक्षता नेपाल मगर पर्यटन समाजका अध्यक्ष अरुण थापा मगरले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पुनले देशको सिङ्गो अर्थतन्त्रमा योगदान दिने पर्यटन क्षेत्रमा लाग्ने व्यवसायीहरुलाई बधाई दिदैँ यसको विकास र प्रवर्धन आफ्नो तर्फबाट सक्दो भुमिका खेल्ने बताउनु भएको थियो । कार्यक्रममा मेगासेसे पुरस्कार विजेता राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाविर पुन मगर, नेपाल मगर संघका विदेश सचिव रक्षा बहादुर रैका मगर, वरिष्ठ अधिवक्ता

Read more

लखनचोकको विषयमा छलफल गर्न मगर संघमा महानगर प्रमुख ! प्रथम शहीदको स्मृति दिवस महानगरले मनाउँछ: महानगर प्रमुख !

रूद्र श्रीसमगर पोखरा, ४ असोज पोखराको अति नै व्यस्त चोक लखनचोकको आइल्याण्डको आकार घटाउने विषयमा छलफल गर्नका लागि पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी आइतबार नेपाल मगर संघ कास्कीको सभाहलमा पुग्नुभयो । पोखरा बसपार्कबाट भूपि शेरचन राजमार्ग, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग जाने मुख्य चोकका रूपमा रहेको लखनचोकमा नेपालका प्रथम शहीद क्या. लखन थापामगरको शालिक रहेको छ । यसअघि, यहाँ राजा पृथ्वीनारायण शाहको शालिक रहेको थियो । पृथ्वीनारायण शाहको शालिक गणतन्त्र पक्षधर युवाहरूले भत्काइदिएपछि खाली रहेको स्थानमा नेपाल मगर संघ कास्की तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीको पहलमा सो चोकमा प्रथम शहीद लखनको शालिक ठड्याइएको हो । आइतबार मगर संघमा भएको छलफलमा मगर अगुवाहरूले लखनचोकको शालिक हटाउने हल्ला चलेको भन्दै त्यसो नगर्न महानगर प्रमुख जिसीलाई चेतावनी समेत

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)