बृहत मगर विद्यार्थी भेला सम्पन्न !

मगर मिडिया फागुन ९ पोखरा नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस मुल समिति पोखराले आज  बृहत मगर विद्यार्थी भेला सम्पन्न गरेको छ । भेला अबको २० औँ क्याम्पस अधिवेशनको विशेष तयारी गर्नको लागि आह्वान गरिएको थियो । संघका केन्द्रिय सदस्य प्रेम रोका मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता संघ अध्यक्ष ध्रुब राना मगरले गर्नुभएको थियो । बृहत मगर विद्यार्थी भेलाको अवसर पारेर विभिन्न संकाय उपसमिती पनि गठन गरेको संघ सहसचिब राजिब थापा मगरले बताउनु भयो । जसमा मानबिकी तथा कला अध्यक्ष विशाल पुन मगर, शिक्षा संकाय तर्फ अध्यक्ष देबि राना मगर, विज्ञान तर्फ सोनम थापा मगर, ब्यवस्थापन तर्फ कृष्ण मगर र कानुन तर्फ अजय पुन मगरको अध्यक्षतामा उपसमिती गठन गरिएको थियो । विभिन्न संकाय बाट १५० भन्दा बढि विद्यार्थीहरु सहभागी

Read more

सम्पर्क समन्वय केन्द्रिय समितिको अध्यक्षमा होमराज खपाङ्गी मगर चयन !

मगर मिडिया ७ फाल्गुन, काठमाण्डौँ नेपाल मगर संघ सम्पर्क समन्वय समितिको तेस्रो महाधिवेसन शनिबार सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह काठमाण्डौँमा संघिय लोकतान्त्रिक गणतन्त्रको मुल आधार, आत्म निर्णयको अधिकार सहित मगराँत स्वायत्त प्रदेश स्थापना र अग्राधिकार भन्ने मुल मन्त्रका साथ नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रिय समितिको तेस्रो महाधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । राष्ट्रिय सभा गृह काठमाण्डौमा सम्पन्न शो महाअधिवेसन बाट होमराज खपाङ्गीको अध्यक्षतामा ७४ सदस्यीय केन्द्रिय समिति सर्व सहमति चयन गरेको छ । महाअधिवेशनले एक अध्यक्ष, एक बरिष्ठ उपाध्यक्ष, एक महिला उपाध्यक्ष, ३ भाषिक उपाध्यक्ष, सात वटै प्रदेशबाट एक एक जना उपाध्यक्ष, एक महा सचिव, तिन सचिव, एक कोषाध्यक्ष, एक सह कोषाध्यक्ष र ७ वटै प्रदेशबाट ५ , ५ जना सदस्य गरि ६५ जनाको कार्य समितिको

Read more

३६ औँ मगर दिवसको अवसरमा लांघाली साँस्कृतिक साझँ २०७४ दुबईमा हुने !

मगर मिडिया माघ २४, काठमाण्डौँ प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४१ औँ स्मृति दिवस साथै ३६ औँ मगर दिवसको अवसरमा नेपाल मगर संघ, शाखा, युएईको प्रस्तुितमा लांघाली साँस्कृतिक साझँ —२०७४ हुने भएको छ । साँस्कृतिक साँझ मार्च २ शुक्रबारको दिन डुलस्को हल, अल क्रुज, ग्य्राण्ड सिटी मलको पछाडि दिउँसो दिनको ठीक २ बजे हुनेछ । उक्त साँस्कृतिक साँझमा प्रसाद खप्तरी मगर (चर्चित लोक दोहोरी गायक), सुजाता आले मगर (डिजे, नृत्यांगना), माया पुन मगर (चर्चित पप गायीका ) तथा विभिन्न युएईका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीहरु कार्यक्रममा हुने कुरा नेपाल मगर संघ शाखा युएईका अध्यक्ष टंक थापा मगरले जनकारी दिनु भएको छ । कार्यक्रमको थप जानकारीको लागि दुबई सिता रजाली मगर( ०५५५६३३७०७), रिसहल खैमाहा चुमन दर्लामी मगर (०५८—८०११७६३), फुजैराहा हिमाल

Read more

नेपाल मगर संघ केन्द्रिय समितिकोे सातौ पूर्ण बैठक सम्पन्न, बैठकमा भएका मुख्य निर्णयहरु सहित ।

श्याम राना मगर माघ २३, काठमाण्डौ नेपाल मगर संघ केन्द्रीय समितिकोे नियमित सातौ पूर्ण बैठक धोवीघाट ललितपुरमा गत २० गते शनिवार संघको अध्यक्ष श्री नविन रोकामगरको अध्यक्षतामा सम्पन्न भएको छ । वैठकमा नेपाल मगर संघ केन्द्रीय समितिको २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात प्राप्ति अभियानलाई निर्णायक विन्दुमा पु¥याउनका लागि विश्व भरिका मगरहरुको सहभागितामा “पहिचान सहितको संघियता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधन । सामाजिक न्याय र पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा २६ औं राष्ट्रिय सम्मेलन ।।” भन्ने नारा तय गरि मगरात प्राप्ति सम्मेलन यहि मिति २०७४ फागुन १५, १६ र १७ गतेका दिन काठमाडौमा आयोजना गर्ने निर्णय गरेको छ । त्यसैगरि उक्त सम्मेलनमा आयोजकहरु सबै, जिल्ला समितिबाट अध्यक्ष र एक महिला सहित ३ जना, विदेश÷प्रवास शाखा तथा सस्थाहरुबाट अध्यक्ष

Read more

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को अध्यक्ष पदमा मानबहादुर राना मगर !

मगर मिडिया काठमाण्डौँ, माघ १७ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्षमा मानबहादुर राना मगर निर्वाचित भएका छन् । फिप्ना अमेरिकामा रहेका नेपाली संस्थाहरु मध्येको सबैभन्दा ठूलो संस्थाको रुपमा दावी गर्दै आएको संस्था हो । जनवरीको अन्तिम साता अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको फिप्नाको छैठौं राष्ट्रिय महाधिवेसनको बहुमतबाट राना मगर निर्वाचित भएका हुन् । महाधिवेशनले राना मगरको नेतृत्वमा ८ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित  भएका छन् । नयाँ कार्यसमितिमा बरिष्ट उपाध्यक्ष पदका लागि राजकुमार विष्ट, उपाध्यक्षमा निमा लामा, सचिवमा गोवा शेर्पा ढोक्प्या र कोषाध्यक्षमा विजयमान सिंह निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा जयवीर गुरुङ र फुर्पा लामा ह्योल्मो पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित रानामगरले प्रतिद्वन्दी मणि वाङ्देल राईलाई १८ मतको अन्तरले पराजित गरेका थिए । उनले कुल मतको ४० मत

Read more

मगराँत प्राप्तिको लागि एक घर, एक मगर, एक मगर, एक रुपियाँ अभियानका लागि इजरायलबाट संकलित रकम हस्तान्तरण !

युवराज राना मगर माघ १५, काठमाण्डौ मगराँत प्राप्तिको लागि एक घर, एक मगर, एक मगर, एक रुपियाँ अभियानका लागि इजरायलबाट संकलित रकम हिजो नेपाल मगर संघको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल मगर संघलाई हस्तान्तरण गरिएको छ । इजरायलबाट नै सुरु भएको उक्त अभियानको लागि इजरायलबाट  संकलन गरिएको ८० हजार ६ सय रुपैया रकम नेपाल मगर संघ शाखा इजरायलका अध्यक्ष विष्णु पुन मगरले नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरलाई हस्तान्तरण गर्नु भएको हो । नेपाल मगर संघ केन्द्रिय समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहयोग रकम लिदैँ नेपाल मगर संघ इजरायलका अध्यक्ष विष्णु पुन मगर, नेपाल मगर संघ शाखा दक्षिण कोरियाका सल्लाहकार ओम जुग्जाली मगर साथै नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाका निर्वतमान महासचिव वलराम पुन मगरलाई समेत

Read more

मगर संघ कतारले पनि मनाए मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड माघे सङक्रान्ति (फोटो फिचर सहित) !

बिजय कुमार मगर १० माघ, दोहा कतार नेपाल मगर संघ शाखा कतारले गत शुक्रबारको दिन मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाडको अवसर पारेर संघका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा, २०१७ र १८ का लागि साँस्कृतिक बाङ (राजा) रेशम आले मगरको विशेष उपस्थित र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष देवराज राईको प्रमुख आतिथ्यमा समाल पब्लिक गार्डनमा १२०० जनमानसको उपस्तिथिमा माघी सङक्रान्ति २०१८ तथा बनभोज कार्यक्रमको साथ मा विविध साँस्कृतिक कार्यक्रम २०७४ मनाएका छन् । उक्त कार्यक्रममा विशेष अतिथिहरुमा एन.आर.एन.ए (एन.सि.सि) कतारका महासचिव बुधबल गुरुङ, मगर संघ कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर, जनजाती महासंघमा आबद्ध मातृ संस्थाहरु, बैचारिक संघ संस्थाहरु , मगर संघ कतारका सल्लाहकारहरु साथै अतिथिहरुमा विभिन्न धार्मिक तथा जातिय संघ संस्थाहरु जिल्लावासी संस्थाहरु, कला तथा साहित्य संस्थाहरु,

Read more

म्याग्दी मगर समाजले आयोजना गरेको ७ दिने माघे सकराती मेला भव्य रुपमा सम्पन्न !(फोटो फिचर)

श्याम राना मगर ७ माघ, काठमाण्डौँ मगरहरुको महान पर्व माघे सकरातीको अवसरमा म्याग्दी मगर समाजले आयोजना गरेको ७ दिने मेला गत मंगलबार सम्पन्न भएको छ । उक्त मेलाको उद्घाटन नेपाल मगर संघको अध्यक्ष नविन रोका मगरले गर्नुभएको थियो । मगरहरुले आफ्नो राष्ट्रिय पर्वको रुपमा मनाउने पर्व माघे सकरातीको अवसर पारी म्याग्दी मगर समाजले ललितपुर, बागडोलको आफ्नै भवन परिसरमा उक्त मेलाको आयोजना गरेको थियो । मेलामा मगरहरुको पुर्खौली तारो हान्ने प्रतियोगिता, महिला र पुरुष बास्केटवल र भलिबल प्रतियोगिता साथै विभिन्न मौलिक साँस्कृतिक प्रतियोगिता तथा प्रस्तृतिहरु रहेको थियो । प्रतियोगीतामा तारो प्रतियोगीता प्रथम विजेताको लागि नगद रु ५०,०००, द्धितिय विजेताको लागि नगद रु३०,००० र तृतीय विजेताको लागि नगद रु २०,००० साथै विभिन्न प्रमाण पत्र, मेडल, रनिङ शिल्ड तथा मायाको चिनो लगायतको पुरस्कार

Read more

नेपाल मगर संघ, शाखा कतारले नेपालको कार्यक्रममा साँस्कृतिक प्रस्तुति दिने !

नरेन्द्र ल्हायो मगर पौष २८, कतार नेपाल मगर संघ शाखा कतारले नेपाल मगर संघ केन्द्रिय समितिले आयोजना गरेको माघे सकराती पर्वको औपचारिक कार्यक्रममा सांस्कृतिक प्रस्तुति दिने भएको छ । नेपाल मगर संघ, शाखा कतारको साँस्कृतिक टोली मगर समूदायको प्रमुख साँस्कृतिक मगर माघ्या सकराटी पर्वको अवसर पारेर यहि माघ १ गतेका दिन काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको शुभकामना आदानप्रदान तथा विविध सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुतिको लागि नेपाल आएको हो । पहिलो पल्ट नेपाल मगर संघ, शाखा कतारका कलाकारहरु मगरहरुको झ्याउरे नृत्य मगर संघ कतारका आजिवन सदस्य तथा कलाकार श्याम आले मगरको संयोजकमा कलाकारहरु नरेन्द्र ल्हायो  मगर, सृजना रेस्मी मगर, हिरोज लोप्चन, जुनि थापा मगर, खम्बराज मगर, अरुणिमा काउचा मगरले झ्याउरे नृत्य उक्त कार्यक्रममा प्रस्तुत गर्ने भएका छन् । भने उक्त गीतको

Read more

माघे सकरातीको अवसरमा सुर्खेतमा ३ दिने मेलाको अयोजना !

लक्ष्मण बुढा मगर पौष २५, सुर्खेत मगरहरुको महान पर्व माघे सकरातीको अवसरमा सुर्खेतमा ३ दिने मेलाको आयोजना गरिएको छ । मगरहरुले आफ्नो राष्ट्रिय पर्वको रुपमा मनाउने पर्व माघे सकरातीको अवसर पारी नेपाल मगर संघ शाखा सुर्खेतले ३ दिने मेलाको आयोजना गरेको हो । हरेक वर्ष जस्तै यस वर्ष पनि मगर संघ सुर्खेतले २७, २८ र २९ गते गरी सुर्खेतको विरेन्द्रनगर नगरपालिका स्थित खेलकुद रंगशाला सुर्खेतमा मेलाको आयोजना गरेको हो । मेलाको पुर्व सन्ध्यामा भोली २६ गते विरेन्द्रनगरमा मोटरसाइृकल ¥याली समेत निकालिने आयोजकले जनाएको छ । मेलाको पहिलो दिन २७ गते नेपाल मगर संघ केन्द्रीय समितिका पूर्व उपाध्यक्ष तथा माननीय प्रदेश न ५ को सदस्यको बसन्त घर्ति मगरको प्रमुख आतिथ्यमा  मगरहरुको विभिन्न मौलिक साँस्कृतिक झाँकीहरु सहित कार्यक्रमको उद्घाटन गरिने छ ।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)