कलाकारहरुको सुरक्षाको माग राख्दै म्याग्दी कलाकार संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझायो !

श्याम राना मगर  २२ साउन काठमाण्डौ नेपाल सरकारका गृहमन्त्री माननिय जनार्दन शर्मा प्रभाकरलाई म्याग्दी कलाकार संघ काठमाण्डौँले गत शुक्रबार सिंहदरबारमा पुगेर ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा नेपाली जनता तथा राष्ट्रको साँस्कृतिक पहिचानलाई जिवीत राख्न अमुल्य योगदान दिन महत्वपुर्ण भुमिका निर्वाह गर्ने रात्रीकालीन व्यवसायमा क्रियाशील दोहोरी साँझका कलाकार साथै सम्पुर्ण गीतसंगीतको विधामा क्रियाशील कलाकारहरुको पुर्ण शान्ती सुरक्षाको साथ गौरवमय पुर्ण तरिकाले जीवनयापन गर्ने वातावरण सिर्जना होस् भनि उल्लेख गरिएको छ । संघका अध्यक्ष विल पुर्जा सहित पुगेको टोलीले उर्जामन्त्री रहदाँ लोडसेडिङ हटाउँदै उज्यालो नेपालको अभियान ल्याई प्रशंसनिय काम गर्दै नेपाली जनताको मन जित्न सफल भएकोमा साथै गृहमन्त्रीको कार्यकाल पनि सफल रहोस भन्दै बधाई ज्ञापन साथै शुभकामना समेत व्यक्त गरेको थियो ।  

Read more

टेरिया फौजा मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभा घोषणाको लागि पहल गरिने (भिडियो सहित)!

श्याम रानामगर माघ २३, काठमाण्डौ भारतको चर्चित टिभी कलर्सबाट प्रसारण हुने झलक दिखला जा नवौ सिजनको उपाधी जितेर चर्चाको शिखरमा पुगेकी नेपालकी टेरिया फौजा मगरले आम नेपालीहरुको शिरलाई पनि सगरमाथा जस्तै उचाईमा पु¥याएकी छिन् । भर्खरै उपाधी जितेर नेपाल फर्केकी टेरियाले रिपोर्टस क्लबमा आभार तथा धन्यवादका निम्ति पत्रकार सम्मेलनको आयोजना गरेर सम्पुर्ण नेपालीहरुलार्ई हार्दिक धन्यवाद व्यक्त गरेकी छिन् । पत्रकार सम्मेलनमा बधाई तथा शुभकामना दिदैँ रक्षामन्त्री बालकृष्ण खाँडले टेरियालाई राष्ट्रिय प्रतिभा र शान्तिदुतको रुपमा घोषणा गर्नको लागि आफुले मन्त्री परिषद्मा कुरा राख्ने बताउनु भएको छ । गौतम वुद्धले सानैमा घर छोडेर बुद्धत्व प्राप्त गरेको कुरालाई स्मरण गर्दै टेरियाले पनि सानो उमेरमा नै देशमा मात्र सिमित नभई भारतमा पुगेर आफ्नो प्रतिभालाई निर्खादै सम्पुर्ण नेपालीको शिर उचो पारेकोमा सम्पुर्ण नेपाली गौरवान्वित भएको

Read more

सर्लाही सेवा समाज युएई नामक संस्था स्थापना !

फलेन्द्र बलम्पाकी मगर, युएई विगत लामो समय देखि युएई लाई कर्म थलो बनाइ विभिन्न पेशा गरेर बस्नु भएका सर्लाही वासी हामी हरु एक जुट भइ “सर्लाही सेवा समाज युएई” नामक संस्था स्थापना गरिएको छ । अथक प्रयास र लामो बहस पछी शुक्रबार सबै जना उपस्थिति भइ कार्य समिति गठन गरियो। सामाजिक आर्थिक हकहितका लागि युएईमा रहेका सर्लाही वासी हरु को रोजगारीको सिलसिलामा हुने गरेका आपतकालीन दु:ख सुखमा सहयोगीको भुमिका निर्वाह गर्ने मुख्य उद्देश लिएर स्थापना भएको छ । जसको उत्तरदायी भूमिकाको लागी निम्नलिखित व्यक्ति हरु लाई कार्य समितिमा चयन गरिएको छ । अध्यक्ष :- फलेन्द्र बलम्पाकी मगर । सासापुर – ९ हाल: हनपा -३ वरिष्ठ उपाध्यक्ष :- भिम घिसिङ लामा ढुङ्रेखोला-९ जिरायत महासचिव :- बिनेश कार्की हनपा -११ बासाटोल सचिव

Read more

हार्दिक बधाई तथा शुभकामना !

नेपाल मगर संघ, केन्द्रीय समितिको ११औ राष्ट्रिय महाधिबेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित हुनु भएको श्री नबिन रोकामगरज्यु तथा सम्पूर्ण नवनिर्वाचित कार्यसमिति एबम सदस्य ज्यूहरुलाई हार्दिक बधाई सहित यहाहरुको सफल कार्यकालको लागी हार्दिक शुभकामना ! मनोज घर्ति मगर, अध्यक्ष देव पचभैया मगर, महासचिब नेपाल मगर पत्र संघ तथा मगर मिडिया परिवार

Read more

नेपाल मगर पत्रकार संघको हार्दिक बधाई एबं शुभकामना !

युके मगर संघको पाचौ महाधिवेशन बाट निर्बाचित अध्यक्ष आदरणीय नेम थापा सहित नवनिर्वाचित सबै कार्यसमितिलाई हार्दिक बधाई एबं सफल कार्यकालका लागी मंगलमय शुभकामना ब्यक्त गर्दछौ । अध्यक्ष मनोज घर्ती मगर महासचिब देव पचभैया एबं, नेपाल मगर पत्रकार संघ, परिवार

Read more

दुत पुन मगर युकेको शुभकामना !

दुत पुन मगर / युके (बेलायत) मगर संघ युकेको पाचौ अधिवेशनबाट निर्वाचित अध्यक्ष नेम थापाज्यु तथा बिभिन्न पदहरुमा निर्वाचित हुनु भएको पदाधिकारीज्युहरु तथा सदस्यज्युहरूलाई हार्दिक हार्दिक बधाई तथा कार्यसफलताको शुभकामना । चौथो कार्यसमितिको कार्यकाललाई सफल पार्नमा सहयोग गर्नु हुने कार्यसमितिका साथीहरु, संरक्षकज्युहरु, सल्लाहकारज्यूहरू, ट्रष्टिजज्युहरू, आजिवन सदस्यज्युहरू, मगर संघ युके केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यज्युहरू, शाखाका अध्यक्षज्यूहरू, निर्वाचन समितिका आयुक्त तथा सदस्यज्युहरू, बिधान कमिटिका प्रमुख तथा सदस्यज्युहरु, मेरो नजिकको इस्टमित्रज्युहरु, लगायत सम्पूर्ण मगर तथा नेपाली दाज्युभाई तथा दिदीबहिनीहरुमा हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु । बिगतलाई कोट्याएर हेर्दा मगर संघ युकेसंग उठबस गरेको पनि १३ बर्ष पुगेछ र २००३ मा कार्यक्रम संयोजकको रुपमा आबद्ध भएको थिय र २००४ देखि २०१० सम्म महासचिब, २०१० देखि २०१३ सम्म बरिष्ठ उपाध्यक्ष २०१३ देखि आजसम्म अध्यक्ष

Read more

मनोज घर्तीमगर ज्यूलाई हार्दिक बधाई !

मगर पत्रकार संघका केन्द्रिय अध्यक्ष मनोज घर्तीमगर उपराष्ट्रपति नन्द किशोर पुनको प्रेस सल्लाहकारमा नियुतm हुनु भएमा हार्दिक बधाई एबं थप प्रगतिको कामना गर्दे सफल कार्यकालको लागी मंगलमय शुभकामना ब्यतm गर्दछौ । अनुरोधक मगर मिडिया डट कम परिवार

Read more

नरेश खपाङ्गी मगर ज्यूलाई हार्दिक बधाई !

मगर आम संचार कर्मी समाजका सस्थापक अध्यक्ष नरेश खपाङ्गी मगर नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा निर्बिरोध निर्बाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दे सफल कार्यकालको लागी मंगलमय शुभकामना ब्यतm गर्दछौ । अनुरोधक मगर मिडिया डट कम परिवार

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)