“वेल डान्स राष्ट्रिय नृत्य प्रतियोगिता” को धरान अडिसन सम्पन्न !

यमुना रानामगर मंसिर १६, काठमाडौं देशभर लुकेर रहेका प्रतिभा खोज्ने उदेश्यले शुरु गरिएको “वेल डान्स राष्ट्रिय नृत्य प्रतियोगिता टि भी रियालिटी शो २०७३” सिजन एकको लागी धरान अडिसन यही मंगसिर १५ गते बुधबार धरानमा सम्पन्न भएको छ । उक्त अडिसनबाट प्रतियोगिताको लागी १६ जना प्रतियोगी छनौट गरिएको वेल डान्स स्कूल तथा उक्त प्रतियोगिताका निर्देशक मेघना रजाली मगरले जानकारी दिनुभयो । धरानमा भएको यस अडिसनलाई गरिमा डान्स सेन्टर धरान र नेपाल फिल्म प्रोडक्सन हाउसले पूर्ण सहयोग गरेको थियो । खुल्ला रुपमा प्रतिस्पर्धा हुने र एउटा अडिसन अर्थात एउटा सहरबाट कम्तिमा पनी १५ देखी २० जना प्रतिभाको आधारमा प्रतियोगिताको लागी छनोट गरिने छ । त्यसरी छनौट भएका प्रतियोगिहरुलाई राजधानीमा ल्याई नृत्य प्रशिक्षक राखेर नृत्य कक्षा संचालन गरी प्रतियोगितामा सहभागी गराईने छ ।

Read more

खड्ग गर्वुजाको ठाडो भाका “शिरफुल माया” बजारमा आयो !

श्याम राना मगर मगर मिडिया, मंसिर १२, काठमाण्डौ मगर्स क्रियसन कम्पनीको प्रस्तुतिमा नेपाली लोकसंगीत क्षेत्रका बरिष्ठ गायक संकलक, अग्रज तथा सर्जक खड्ग गर्वुजाको ठाडो भाका “शीरफुल माया” भाकाको गीत तथा म्युजिक भिडियो बजारमा आएको छ । यस गीतमा खड्ग गर्वुजाको आफ्नै शब्द लय रहेको छ भने स्वरमा खड्ग गर्वुजालाई मीना गर्वुजाले साथ दिनु भएको छ । शीरफुल भाका चैतको महिना गितको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका छन् भने छाँयाकंन करण चैसिर र सम्पादन विष्णु शर्माको रहेको छ । साथै, म्युजिक भिडियोमा नव मोडेल द्वय आशिष र रिनाको अभिनय देख्न सकिन्छ । साजैजो, ठाडो भाका, शिरफुल माया जस्ता मौलिकता बोकेका गीतसंगीतका संकलक, सर्जक तथा बरिष्ठ गायक खड्क गवुर्जाको यो पछिल्लो सिर्जना शीरफुल भाका चैतको महिना विशेष गरेर धौलागिरी, गण्डक क्षेत्र

Read more

मगर्स क्रियसन म्युजिक प्रोडक्सन हाउसले आधुनिक गित “घाउ विना” बजारमा ल्यायो !

मंसिर ८, काठमाडौँ मगर्स क्रियसन म्युजिक प्रोडक्सन हाउसले आधुनिक गित “घाउ विना” भरखरै मात्रै बजारमा ल्याएको छ । चर्चित गायिका इन्दीरा जोशीले सो गितमा स्वर दिनु भएको छ भने गुरु भोटियाको शब्द तथा संगित रहेको छ । कपिल लामाले निर्देशन गर्नुभएको सो गितको छाँयांकन राजेश घिमिरे र सम्पादन सुजन शाहीले गर्नुभएको छ । गितमा अनु शाह र आसिष घर्तीको अभिनय रहेको छ ।

Read more

अल नेपाल टिभी रियालिटी शो “वेल डान्स राष्ट्रिय नृत्य प्रतियोगिता २०७३” हुदैँ !

श्याम राना मगर, मगर मिडिया २३ कार्तिक, काठमाण्डौ मगर्स क्रियसन कम्पनी प्रमुख संरक्षक रहेको वेल डान्स स्कुल प्रा.लि.को आयोजनामा अल नेपाल टिभी रियालिटी शो कार्यक्रम २०७३ हुने भएको छ । वेल डान्स राष्ट्रिय नृत्य प्रतियोगिता २०७३ नाम दिइएको उक्त प्रतियोगितालाई नेपाल टेलिभिजन, एन टिभी टु, इमेज च्यानल र अन्य स्थानिय टिभीहरुबाट प्रसारण गरिने भएको छ । देशै भरि छरिएर रहेका नृत्य प्रतिभाहरुलाई बाहिर ल्याई चिनाउने र अवसरको सिर्जना गर्ने उद्देश्य स्वरुप हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कुरा कार्यक्रमका व्यवस्थापक देवराज तुम्सीङ् मगरले जानकारी दिनु भएको छ । यहि कार्तिक २८ गते ललितपुर जिल्लामा अडिसन लिई खुल्ला रुपमा प्रतिस्पर्धीहरु छनौट गरि सुरु हुने प्रतियोगी छनौट कार्यक्रम देशभरिका प्रमुख शहरहरुमा पुगेर प्रतियोगि छनौट गरिनेछ । प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने

Read more

शिरफुल आजबाट !

श्याम राना मगर, मगर मिडिया काठमाण्डौ, २२ कार्तिक पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियशनको संयुक्त प्रस्तुतिमा बन्न लागेको नेपाली कथानक चलचित्र शिरफुलको छाँयाङ्कन आज सोमबारबाट थालनी गरिने भएको छ । छठ पर्वको अवसर पारेर हिजो मण्डला थ्रियटरमा एक समारोह राखि शिरफुलको बारेमा जानकारी गराइएको थियो । ७५ लाख रुपँैया अनुमानित बजेटमा निर्माण गर्न लागिएको शिरफुलको छायांकन ३५ दिनमा सक्ने लक्ष्य रहेको छ । चलचित्रको छाँयांकन काठमाण्डौ, तनहुँ साथै सोलुखुम्बुको विभिन्न स्थानमा गरिने जानकारी दिइएको छ । चलचित्र शिरफुल पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियसनको पहिलो प्रस्तुति हो । जसको निर्माता आर्शिवाद पुन मगर हुन् भने शिरफुलमा देवराज आले मगरको कथालाई राज थापा र राजु योगिनले पटकथा÷संवादमा ढालेका छन् । युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गर्ने यस चलचित्रको विषयवस्तु अनुसार

Read more

प्रिति बनिन् मिस मंगोल नेपाल २०१६ (फोटो फिचर सहित)!

श्याम रानामगर मगर मिडिया, काठमाडौँ ! मंगोल समुदायका युवतीहरुको शसक्तिकरण गर्ने उद्देश्यले एक्सन इन्टरटेइमेन्टले आयोजना गर्ने मिस मंगोल नेपाल २०१६ को ताज काठमाण्डौकी प्रीति गुरुङले जितेकी छिन् । प्रितिले मिस पब्लिक च्वाइस अवार्ड पनि आफ्नो पोल्टामा पारेकी थिइन् । प्रितिले उपाधीसँगै रु एक लाख रुपैयाँ प्राप्त गरेकी छिन् । प्रतियोगितामा धनकुटाकी बरुणा राईले प्रितिलाई पछ्याउँदै फस्ट रनरअप बनिन् भने दैलेखकी योजना थापा मगरले सेकेन्ड रनरअप र मिस ट्यालेन्टको उपाधी चुमिन् । स्याङ्जाकी कोपिला गाहा मगरले मिस डिस्सिप्लिन र बाग्लुङकी खुशी मगरले मिस लिडरशिप अर्वाड थापिन् भने ताप्लेजुङकी रुपा आङवुहाङले मिस फ्रेन्डसिप र मिस फोटोजेनिक, झापाकी नवीना कुलुङले मिस पङ्चुअल, ताप्लेजुङकी मञ्जु लिम्बुले मिस बेस्ट हेयर र काठमाण्डौँकी डायना बान्तवा राईले मिस बेस्ट स्किन अवार्ड प्राप्त गरेका छन् । सिंगापुर इन्टरप्राइजेजले

Read more

मिस मंगोल नेपाल २०१६ मा मगर समुदायबाट सविता, योजना, खुशी, रेनुका र कोपिलाले प्रतिनिधित्व गर्दै !

श्याम रानामगर, मगर मिडिया आश्विन ६, काठमाडौँ पछिल्लो समय नेपालमा विभिन्न विद्यामा मिस प्रतियोगीताहरु एक पछि अर्को गर्दै मौलाइरहेको छ । जसमध्येको प्रतिष्ठित प्रतिस्पर्धा मिस मंगोल पनि एक हो । मंगोल समुदायभित्रबाट प्रतिस्पर्धा गर्न पाउने यस प्रतिस्पर्धाले आफुलाई एक उत्कृष्ट प्रतिस्पर्धाको रुपमा आफुलाई उभ्याउन सफल हुदैँ गएको छ । एक्सन इन्टरटेनमेन्टको आयोजनामा भइरहेको पछिल्लो संस्करण मिस मंगोल २०१६ को लागि प्रतियोगी सहभागीहरुको छनौट गरि सहभागीहरुलाई प्रशिक्षित गर्ने काम तिव्र पारिसकेको छ । कुल २५ जना छनौट भएका मिस मंगोल प्रतिस्पर्धी मध्ये मगर समुदायबाट प्रतिष्पर्धा गर्ने प्रतियोगीहरु मध्येकी प्रतियोगी नं. १० की सविता राना मगरलाई मगर मिडियाका साथीले भेटेर केहि कुराकानी गरेका थिए । एमविएस दोश्रो वर्षमा अध्ययनरत सविता रानामगरले यो मिस मंगोल एउटा प्लेट फर्म भएको कारण आगामी दिनमा जहाँबाट

Read more

लोकसंगीत र मोडलिङ क्षेत्रका उदाउँदा नक्षत्र गोविन्द पुनमगर !

पोखरा, श्रावण २ गोविन्द पुनमगर, नेपाली लोकसंगीत र मोडलिङ क्षेत्रमा एक उदाउँदा नक्षत्र हुन् । बागलुङको गलकोट, पाण्डवखानी–४, तल्लो फुर्सेमा आमा सावित्री पुनमगर र बुबा भाइरती पुनमगरको कोखमा जन्मे हुर्केका गोविन्दले आफ्नो प्रारम्भिक शिक्षा पाण्डवखानी प्रावि, फुर्सेबाट सुरु गरेका हुन् । पाण्डवखानी उच्च माविबाट २०६२ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उनले बराह टेक्निकल इन्स्टिच्युट, भिडाबारी, कास्कीबाट भेटेरीनरी जेटीए गरेका छन् भने पृथ्वीनारायण क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । यससँगै उनले पशु स्वास्थ्य सेवामा केही समय बिताए । सानैदेखि चञ्चले र जिज्ञासु स्वभावका गोविन्दले पशु स्वास्थ्य सेवामा केही समय बिताएपछि आफैं व्यवसाय समेत थालनी गरे । विभिन्न संघसंस्थामा समेत क्रियाशील रही समाजसेवामा समेत समर्पित गोविन्द पछिल्लो समय नेपाली लोकसंगीत र मोडलिङमा उदाउँदै छन् । नेपाल मगर विद्यार्थी संघका पूर्व

Read more

मोडलिङमा अघि बढ्दै करुणा !

रूद्र श्रीस मगर पोखरा, असार २१ करुणा पुन, मोडलिङमा उदाउँदै गरेकी एक सम्भावना बोकेकी कलाकार हुन् । बागलुङको गलकोट, हरिचौर–१, मसारमा जन्मिएकी करुणाले पृथ्वी उच्च मावि, हरिचौर–५ बाट प्रारम्भिक शिक्षा हासिल गरेकी हुन् । एकता आवासीय मावि, हरिचौर–२ बाट प्रवेशिका उत्तीर्ण गरेकी उनी अहिले काठमाडौंमा बसेर आफ्नो उच्च शिक्षा अध्ययनलाई निरन्तर अघि बढाइरहेकी छिन् । एसियन कलेज अफ हाइअर स्टडिजमा व्यवस्थापनमा स्नातक अध्ययनरत करुणा सानैदेखि नाचगानसँग परिचित भइन् । समुदायगत विशेषताका कारण पनि उनले आफ्नै समाजबाट नाच्न र गाउन सिकिन् । राम्रो नृत्याङ्गनाका रूपमा आफूलाई स्थापित गर्न प्रयासरत करुणा ‘लेट मी डान्स नेपाल’मा उत्कृष्ट २० मा पुग्न सफल भइन् भने ‘नेपाल वान गायन प्रतियोगिता’मा उत्कृष्ट ९९ मा पुग्न सफल भएकी थिइन् । मोडल एवं नवोदित म्यूजिक भिडियो निर्देशक गोविन्द पुनले

Read more

नेपाली पहिचानलाई उजागर गर्न विश्व मन्चमा उभिएकी छिन नेपाली चेली सुनिता पुन मगर – अनलाइन भोट गरि सफल बनाउनको लागि अपिल !

मगर मिडिया डट कम नेपाली पहिचानलाई उजागर गर्न विश्व मन्चमा उभिएकी छिन नेपाली चेली सुनिता पुन मगर । म्याग्दी जिल्लाको चिमखोलामा बाबा सोम बहादुर पुन र आमा राधा देवी पुनको कोखबाट जन्मिएकी २६ बर्षीय सुनिता पुन अहिले प्रिन्स जर्ज, उत्तर ब्रिटिस कोलम्बिया, क्यानाडामा बस्छिन र University of Northern British Columbia (UNBC), Community and Population Health मा अध्यनरत छिन । हरेक बर्ष अमेरिकाको लस भेगसमा Miss Asian North America को आयोजना हुने गर्दछ । यो बर्षको Miss Asian North America 2016 मा सुनिता पुनले भाग लिएकी छिन र आफुलाई TOP 21 को लिस्टमा पार्न सफल भैसकेकी छिन । मगर मिडियासंगको छोटो कुराकानीमा उनले विश्वभरि छरिएर रहेका मगरहरु तथा सम्पूर्ण नेपालीहरुलाई Online Voting System मार्फत भोट गरि यस Miss Asian North America

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)