तमु प्ये ल्हु संघका संरक्षक युद्धजङ संग मगर मिडिया संवाददाता कृष्ण सारू मगरले गरेको कुराकानी !

कृष्ण सारू मगर दोहा-कतार, ७ फेब्रुअरी स्थाई घर लम्जुङ्ग जिल्लाको, बाग्लुङपानी ५ नजरे गाउँमा १७ असोज २०३२ जन्म भै रोजगारीको सिलसिलामा कतारको दोहामा झण्डै २ दशक कर्मथलो बनाउँदै आएका युद्धजंग प्हच्यु तमु (दुर्गा) ले तमु प्ये ल्हु संघलाई २०१४ मा स्थापित विशुद्ध जातीय संगठका संरक्षक रहेका बाबा जित ब. तथा आमा कृष्ण कुमारी क्रोम्छ्ये गुरुङकि जेठा छोरा हुन् । १) मगर मिडिया: तमु प्ये ल्हु संघले तमु प्येताँ ल्हुताँलाई संरक्षण–प्रवर्द्धनमा लाग्नुको कारण ? युद्धजङ: वास्तवमा कुनै पनि संघ-सँस्था स्थापना हुनुको पछाडी अवश्य पनि त्यसको उद्धेश्य हुन्छ । अर्थात, समाजको हक, हित, अधिकार, उन्नति, चेतना, विकास र समाजिक सेवाभावको लक्ष लिएर स्थापना अर्थात जन्म हुन्छ । त्यसैगरि तमु प्ये ल्हु संघ पनि तमु जातिको हक, हित, अधिकार लगायत समृद्ध समाज निर्माण

Read more

कौह्रा नृत्यलाई जीवन्त राख्न प्रतियोगिता आयोजना गरिएको हो: अध्यक्ष रानामगर (अन्तर्वार्ता) !

पोखरा, मंगसिर १६ | कौह्रा, मगर जातिको प्राचीन एवं मौलिक लोकनृत्य हो । मगर जातिबाटै प्रचलनमा आएको मानिने कौह्रा नृत्य हिजोआज अन्य समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको छ । यही कौह्रा नृत्यलाई जोगाउने उद्देश्यले नेपाल मगर संघ कास्कीले यही मंसिर १८ गते शनिबार पोखरा सभागृहमा ‘अन्तर एकाइ कौह्रा प्रतियोगिता–२०७३’ आयोजना गर्दैछ । यही सेरोफेरोमा रहेर कौह्रा नृत्य प्रतियोगिताको तयारी साथै, कौह्राको मौलिकताका विषयमा पत्रकार रूद्र श्रीसमगरले गरेको संक्षिप्त कुराकानी प्रस्तुत गरिएको छ: प्रतियोगिताको तयारी कस्तो छ ? प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको छ । तैपनि, पूर्णता दिनका लागि अन्तिम दिनसम्म लागिरहनुपर्ने आवश्यकता देख्दछु । हामीले यस कौह्रा प्रतियोगितालाई सफल रूपमा सम्पन्न गर्न करिब तीन महिना अघिदेखि लगातार खटिरहेको अवस्था छ । जुन अवस्थामा हामी आइपुग्दा हामीले कास्की जिल्लामा रहेका नेपाल

Read more

पैसाकाे भरमा कलाकार बन्ने प्रबिर्ती मन परेको छैन: चर्चित लोक दोहोरी गायिका जुना श्रीस !

यमुना रानामगर, मगर मिडिया डट कम अहिलेकी चर्चित तथा व्यस्त लोक तथा दोहोरी गायिकाको सुचीमा पर्न सफल जुना श्रीस मगरको जन्म बाग्लुङ जिल्ला रिघा गाविसमा सामान्य परिवारमा बाबा बिर बहादुर र आमा जसिन्ता श्रीस को कोख बाट भयो । उहाँको सानैदेखी गित गाउने कला र रुची थियो तर पनि त्यो वेला भविस्यमा यती चर्चित र यही पेसा अंगाल्छु भन्ने कुरा चाँही उहाँ सोच्नु हुन्थेन । २०५८ सालमा एस एल सी गरेपछी केही सिप सिक्ने र स्वरोजगार बन्ने सपना बोकेर बाग्लुङ सदरमुकाम आउनु भयो । सदरमुकाम छिरेपछी भने उहाँको सपना फेरियो । र अहिले त उहाँ बाग्लुङको कोईली उपनामले पनि परिचित हुनुहुन्छ । प्रस्तुत छ, उहाँलाई यहाँसम्म आईपुग्न गर्नु परेको संघर्ष, तिता मिठा अनुभव तथा उहाँको भोगाईको बारेमा मगर मिडिया डट

Read more

लोकसंगीत र मोडलिङ क्षेत्रका उदाउँदा नक्षत्र गोविन्द पुनमगर !

पोखरा, श्रावण २ गोविन्द पुनमगर, नेपाली लोकसंगीत र मोडलिङ क्षेत्रमा एक उदाउँदा नक्षत्र हुन् । बागलुङको गलकोट, पाण्डवखानी–४, तल्लो फुर्सेमा आमा सावित्री पुनमगर र बुबा भाइरती पुनमगरको कोखमा जन्मे हुर्केका गोविन्दले आफ्नो प्रारम्भिक शिक्षा पाण्डवखानी प्रावि, फुर्सेबाट सुरु गरेका हुन् । पाण्डवखानी उच्च माविबाट २०६२ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उनले बराह टेक्निकल इन्स्टिच्युट, भिडाबारी, कास्कीबाट भेटेरीनरी जेटीए गरेका छन् भने पृथ्वीनारायण क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । यससँगै उनले पशु स्वास्थ्य सेवामा केही समय बिताए । सानैदेखि चञ्चले र जिज्ञासु स्वभावका गोविन्दले पशु स्वास्थ्य सेवामा केही समय बिताएपछि आफैं व्यवसाय समेत थालनी गरे । विभिन्न संघसंस्थामा समेत क्रियाशील रही समाजसेवामा समेत समर्पित गोविन्द पछिल्लो समय नेपाली लोकसंगीत र मोडलिङमा उदाउँदै छन् । नेपाल मगर विद्यार्थी संघका पूर्व

Read more

नेपाली पहिचानलाई उजागर गर्न विश्व मन्चमा उभिएकी छिन नेपाली चेली सुनिता पुन मगर – अनलाइन भोट गरि सफल बनाउनको लागि अपिल !

मगर मिडिया डट कम नेपाली पहिचानलाई उजागर गर्न विश्व मन्चमा उभिएकी छिन नेपाली चेली सुनिता पुन मगर । म्याग्दी जिल्लाको चिमखोलामा बाबा सोम बहादुर पुन र आमा राधा देवी पुनको कोखबाट जन्मिएकी २६ बर्षीय सुनिता पुन अहिले प्रिन्स जर्ज, उत्तर ब्रिटिस कोलम्बिया, क्यानाडामा बस्छिन र University of Northern British Columbia (UNBC), Community and Population Health मा अध्यनरत छिन । हरेक बर्ष अमेरिकाको लस भेगसमा Miss Asian North America को आयोजना हुने गर्दछ । यो बर्षको Miss Asian North America 2016 मा सुनिता पुनले भाग लिएकी छिन र आफुलाई TOP 21 को लिस्टमा पार्न सफल भैसकेकी छिन । मगर मिडियासंगको छोटो कुराकानीमा उनले विश्वभरि छरिएर रहेका मगरहरु तथा सम्पूर्ण नेपालीहरुलाई Online Voting System मार्फत भोट गरि यस Miss Asian North America

Read more

इखले राजनीतिमा लागेँ: बिन्दादेवी आलेराना (सभासद् नेपाली कांँग्रेस) !

कत्तिको व्यस्त हुनुहुन्छ ? ठिकै छ । भेटघाट सदनको काम । पार्टीको काम । कार्यकर्तासँग भेटघाट । घर व्यवहार यस्तैछ । सामाजिक सञ्जालमा कत्तिको व्यस्त भइन्छ ? समय पाउँदा फेसबुक चलाउँछु । समय मिलाउन अलि गाह्रो पर्छ । राजनीतिमा किन लागेकोे ? म जन्मेको दिनमा बाबा प्रअ हुनुभो । बाबा शिक्षक अनि कांग्रेस हुनुहुन्थ्यो । पञ्चायतकालमा कांग्रेस हुनु भनेको खतरा रैछ । बाबा कांग्रेस भएकै कारण हाम्रो धान खोसियो । धानबारी वरपर भएका रुख बिरुवा काटियो । सानो छँदा देखेको यो घटनाले मन पोल्यो । बाबालाई सोध्दा म कांग्रेस भएकाले मण्डलेले दुःख दिएका हुन् भनेपछि, मैले सानैमा ‘लौ तिमीहरुलाई म कांग्रेस भएर देखाउँछु भनेरै’ राजनीतिमा लागेको हो । वास्तवमा इखले राजनीतिमा लागेको हो । राम्रो भयो । त्यसो भए राजनीतिमा

Read more

मगर संघमा राजनीतिक बर्चश्व कायम गर्ने होडवाजी चलेको छ: संचार सचिब दर्लामी भन्छन् “यसले मगर जाति र राजनीतिक मोर्चालाई पनि हित गर्देन ” !

मगर मिडिया, काठमाण्डौ बिधार्थी जिवन देखि नै सामाजिक क्षेत्रमा नेतृत्व कर्ताको रुपमा परिचित माधब दर्लामी नेपाल मगर संघको संचार सचिब हुनुहन्छ । आगामी बैशाख १८ देखि २२ सम्म चितवनमा हुन लागेको मगर संघको ११औं महाधिबेशनलाई सहमतिका साथ सम्पन्न गर्नुपर्नेमा जोड गर्दे आउनुभएका दर्लामी युवा माझ पनि निकै परिचित हुनुहुन्छ । रामेछापको तिल्पुङमा जन्म भई कानुनमा स्नातक एवं मानवशास्त्र र व्यवस्थापनमा विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर पुरा गर्नु भएका माधब दर्लामीमगर नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष, नेपाल मगर युवा संघको संस्थापक उपाध्यक्ष एवं नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी समेत कुशलतापूर्वक पुरा गरिसक्नुभएको छ । प्रस्तुत छ, मगर संघको महाधिबेशनको सेरोफेरोमा रहेर मगर मिडियाका लागी सम्पादक देब पचभैयाले उहा संग गर्नुभएको यो कुराकानी… प्रश्न: मगर संघको महाधिशेनको तयारी

Read more

मगरहरु लाहुरे भएरै हरेक क्षेत्रमा चेतनशिल भएका हुन्: अध्यक्ष थापा !

मगर मिडिया डट कम, काठमाण्डौ नेपाल मगर संघ हङ्कङ्गका सस्थापक सल्लाहकार तथा भूपू अध्यक्ष,आदिवासि जनजाति महासंघ हङ्कङ्गका संस्थापक अध्यक्ष हुम बहादुर थापा (पचभैया )मगर, बेलायती सेनामा भर्ती हुनु अघि नै समाज सेवामा परिचित हुनुहुन्थ्यो । १५ बर्से जागिर पछि स्वदेशमै रहेर सामाजिक क्षेत्रमा सक्रिय थापा गएको फागून २२ गते चितवनमा सम्पन्न नेपाल मगर भुपु सैनिक ÷प्रहरी संघको केन्द्रिय अध्यक्षमा निर्बाचित हुनुभयो । गोरेबहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष समेत रहनुभएका थापा, बिगत १० बर्ष अघि देखि नै राज्यसत्ता डट,कम नामक डिजिटल अनलाईन पत्रिकाको निर्देशक भई पत्रकारीतामा समेत सक्रिय हुनुहुन्छ । ठिमुरे,धोर्लीखरक पाल्पा निवासी थापा हाल काठमाण्डौमा बस्नुहुन्छ । अन्याय अत्याचार बिरुद्ध खरो उत्रिने थापाले आगामी बैशाख १८ देखि २२ गते सम्म चितवनमा हुन लागेको नेपाल मगर संघको महाधिवेशनलाई सहमतिका आधारमा सक्षम नेतृत्व

Read more

मगर संघलाई परम्परागत ढंगले होइन, फरक ढंगबाट लैजानुपर्छ: उपाध्यक्ष !

गंगा बहादुर थापा मगर नेपाल मगर संघ केन्द्रीय समिति नेपाल मगर संघको एघारौं राष्ट्रिय महाधिवेशन जति जति नजिकैद छ, त्यति त्यति संघको केन्द्रदेखि जिल्ला तह र भातृसंगठनसम्म नयाँ नेतृत्व बारेमा बहस हुन थालेका छन् । अहिले नेपाल मगर संघका नेता–कार्यकर्ता एघारौं महाधिवशेनको तयारीमा जुटेका छन् । देशमा नयाँ संविधान बनेको, ७ प्रदेश संघीय संरचनामा गएको र देशको राजनीति अझै पेचिलो अवस्थामा रहेका बेला चितवनमा हुन लागेको नेपाल मगर संघको एघारौं राष्ट्रिय महाधिवेशनाई विभिन्न दल र जातीय संघसंगठनहरुले चासोको रुपमा लिएका छन् । यस्तो अवस्थामा नेपाल मगर संघका केन्द्रीय पदाधिकारीहरु नयाँ नेतृत्वको विषयमा के सोच्दैछन्, के गर्दैछन् ? यस विषयमा नेपाल मगर संघका उपाध्यक्ष गंगाबहादुर थापा मगरसंग केही विचार लिएका छौं । २०६० साल फागुन (१४–१७) गते कैलालीको टिकापुरमा सम्पन्न आठौं

Read more

बम थापा (सूर्यवंशी) मगर, मगर संघ युकेको महासचिव संग मगर मिडिया डट कमको कुराकानी !

बम थापा (सूर्यवंशी) मगर संघ युकेको महासचिव एबं पाल्पाली समाज युकेको अध्यक्ष हुनुहुन्छ । बेलायतको विरानो ठाउँमा आई पर्ने सुखदुःखमा हातेमालो गर्दै जातिय अधिकार प्राप्ती र सस्कृतिको संरक्षणका लागी सामाजिक सेवामा लागेको उहाको भनाई छ । मगर संघको नेतृत्वको लागी पहिले राजनीतिको खोल संस्थाको ढोका बाहिर खोली सच्चा मगर भएर प्रवेश गर्नुपर्नेमा जोड दिनुहुने सुर्यबंशीले सबै गोर्खाहरु एक हुनु पर्नेमा जोड दिनुभएको छ । मगर मिडिया डट,कम संगको कुराकानीमा उहाले एकआपसमा खुट्टा तान्ने काम बन्द गरी सबै एक भएर अघि बढे सबै कुराको संभब भएको बताउनुभएको छ । प्रस्तुत छ मगर मिडियाका सम्पादक देब पचभैया (मगर) ले उहा संग गर्नुभएको यो कुराकानी । तपाईं आफ्ना बारेमा कसरी सम्झनुहुन्छ ? म नेपालको पाल्पा जिल्लामा जन्मे । तर भारत देहरादुनमा हुर्के अनि

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)