शिरफुल आजबाट !

श्याम राना मगर, मगर मिडिया काठमाण्डौ, २२ कार्तिक पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियशनको संयुक्त प्रस्तुतिमा बन्न लागेको नेपाली कथानक चलचित्र शिरफुलको छाँयाङ्कन आज सोमबारबाट थालनी गरिने भएको छ । छठ पर्वको अवसर पारेर हिजो मण्डला थ्रियटरमा एक समारोह राखि शिरफुलको बारेमा जानकारी गराइएको थियो । ७५ लाख रुपँैया अनुमानित बजेटमा निर्माण गर्न लागिएको शिरफुलको छायांकन ३५ दिनमा सक्ने लक्ष्य रहेको छ । चलचित्रको छाँयांकन काठमाण्डौ, तनहुँ साथै सोलुखुम्बुको विभिन्न स्थानमा गरिने जानकारी दिइएको छ । चलचित्र शिरफुल पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियसनको पहिलो प्रस्तुति हो । जसको निर्माता आर्शिवाद पुन मगर हुन् भने शिरफुलमा देवराज आले मगरको कथालाई राज थापा र राजु योगिनले पटकथा÷संवादमा ढालेका छन् । युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गर्ने यस चलचित्रको विषयवस्तु अनुसार

Read more

प्रिति बनिन् मिस मंगोल नेपाल २०१६ (फोटो फिचर सहित)!

श्याम रानामगर मगर मिडिया, काठमाडौँ ! मंगोल समुदायका युवतीहरुको शसक्तिकरण गर्ने उद्देश्यले एक्सन इन्टरटेइमेन्टले आयोजना गर्ने मिस मंगोल नेपाल २०१६ को ताज काठमाण्डौकी प्रीति गुरुङले जितेकी छिन् । प्रितिले मिस पब्लिक च्वाइस अवार्ड पनि आफ्नो पोल्टामा पारेकी थिइन् । प्रितिले उपाधीसँगै रु एक लाख रुपैयाँ प्राप्त गरेकी छिन् । प्रतियोगितामा धनकुटाकी बरुणा राईले प्रितिलाई पछ्याउँदै फस्ट रनरअप बनिन् भने दैलेखकी योजना थापा मगरले सेकेन्ड रनरअप र मिस ट्यालेन्टको उपाधी चुमिन् । स्याङ्जाकी कोपिला गाहा मगरले मिस डिस्सिप्लिन र बाग्लुङकी खुशी मगरले मिस लिडरशिप अर्वाड थापिन् भने ताप्लेजुङकी रुपा आङवुहाङले मिस फ्रेन्डसिप र मिस फोटोजेनिक, झापाकी नवीना कुलुङले मिस पङ्चुअल, ताप्लेजुङकी मञ्जु लिम्बुले मिस बेस्ट हेयर र काठमाण्डौँकी डायना बान्तवा राईले मिस बेस्ट स्किन अवार्ड प्राप्त गरेका छन् । सिंगापुर इन्टरप्राइजेजले

Read more

मिस मंगोल नेपाल २०१६ मा मगर समुदायबाट सविता, योजना, खुशी, रेनुका र कोपिलाले प्रतिनिधित्व गर्दै !

श्याम रानामगर, मगर मिडिया आश्विन ६, काठमाडौँ पछिल्लो समय नेपालमा विभिन्न विद्यामा मिस प्रतियोगीताहरु एक पछि अर्को गर्दै मौलाइरहेको छ । जसमध्येको प्रतिष्ठित प्रतिस्पर्धा मिस मंगोल पनि एक हो । मंगोल समुदायभित्रबाट प्रतिस्पर्धा गर्न पाउने यस प्रतिस्पर्धाले आफुलाई एक उत्कृष्ट प्रतिस्पर्धाको रुपमा आफुलाई उभ्याउन सफल हुदैँ गएको छ । एक्सन इन्टरटेनमेन्टको आयोजनामा भइरहेको पछिल्लो संस्करण मिस मंगोल २०१६ को लागि प्रतियोगी सहभागीहरुको छनौट गरि सहभागीहरुलाई प्रशिक्षित गर्ने काम तिव्र पारिसकेको छ । कुल २५ जना छनौट भएका मिस मंगोल प्रतिस्पर्धी मध्ये मगर समुदायबाट प्रतिष्पर्धा गर्ने प्रतियोगीहरु मध्येकी प्रतियोगी नं. १० की सविता राना मगरलाई मगर मिडियाका साथीले भेटेर केहि कुराकानी गरेका थिए । एमविएस दोश्रो वर्षमा अध्ययनरत सविता रानामगरले यो मिस मंगोल एउटा प्लेट फर्म भएको कारण आगामी दिनमा जहाँबाट

Read more

नेपाली पहिचानलाई उजागर गर्न विश्व मन्चमा उभिएकी छिन नेपाली चेली सुनिता पुन मगर – अनलाइन भोट गरि सफल बनाउनको लागि अपिल !

मगर मिडिया डट कम नेपाली पहिचानलाई उजागर गर्न विश्व मन्चमा उभिएकी छिन नेपाली चेली सुनिता पुन मगर । म्याग्दी जिल्लाको चिमखोलामा बाबा सोम बहादुर पुन र आमा राधा देवी पुनको कोखबाट जन्मिएकी २६ बर्षीय सुनिता पुन अहिले प्रिन्स जर्ज, उत्तर ब्रिटिस कोलम्बिया, क्यानाडामा बस्छिन र University of Northern British Columbia (UNBC), Community and Population Health मा अध्यनरत छिन । हरेक बर्ष अमेरिकाको लस भेगसमा Miss Asian North America को आयोजना हुने गर्दछ । यो बर्षको Miss Asian North America 2016 मा सुनिता पुनले भाग लिएकी छिन र आफुलाई TOP 21 को लिस्टमा पार्न सफल भैसकेकी छिन । मगर मिडियासंगको छोटो कुराकानीमा उनले विश्वभरि छरिएर रहेका मगरहरु तथा सम्पूर्ण नेपालीहरुलाई Online Voting System मार्फत भोट गरि यस Miss Asian North America

Read more

३४औ मगर दिवसको अवसरमा मगर बर्ष पुरूष र महिलाका साथै मिस मगर हंगकंग छानियो !

भिम बरही मगर/हंगकंग मगर संघ हंगकंगको आयोजनामा याउ मा तेइ कम्युनिटी हलमा ३४ औ मगर दिवस सम्पन्न भएको छ । मगर दिवसको अवसरमा मगर बर्ष पुरूषमा जगत थापा मगर र मगर बर्ष महिलामा कुमारी थापा मगर सम्मानित भएका छन । भीम थापा मगर, शिला राना मगर, हर्क राना मगर, जस पुन मगर र सालु थापा मगर गरी पाँच जना निर्णायक मण्डलमा रही मिस मगर छानिएको थियो । मिस मगरको ताज भने ९ जना प्रतियोगिहरूलार्इ उछिन्दै पुनम झेडी मगरले पहिरीन सफल भएकी छिन । झेडी मगरले सुनको जन्तर लगायत नगद तथा अन्य पुरस्कार पनि प्राप्त गरेकी छिन । अन्य प्रतियोगिहरूमा रेशा थापा मगर, सुबिना थापा मगर, सुस्मिता श्रीनेट मगर, कृति थापा मगर, निकिता पुन मगर, नम्रता थापा मगर, बिपना राना मगर

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)