चलचित्र खुर्पेटो कुवेतमा !

श्याम रानामगर मंसिर २६, काठमाण्डौ मिफ्रुङ फिल्मस प्रोडक्सन प्रा.ली. को व्यानरमा निर्माण भएको पहिलो मगर कथानक चलचित्र खुर्पेटो आगामी जनवरी २७ मा कुवेतमा प्रदर्शन हुने भएको छ । खुर्पेटोको प्रर्दशन वैडिङ् हल जिलिव अल–शुवैख, कुवेतमा आगामी जनवरी २७ मा अपरान्ह १२ः०० बजेदेखि हुने भएको छ । जसको टिकटको लागि राजेन्द्र आलेमगर र मगरसंघ कुवेतमा सम्पर्क राख्न सकिने जानकारी आयोजकले दिएको छ । भिम राना मगरको कथामा रहेको यस चलचित्रको लेखन तथा निर्देशन बिकास मगर (विश्वास)ले गर्नु भएको छ भने, मगर संघ कुवेतका वरिष्ठ सदस्य राजेन्द्र आले मगर (तुल) निर्माता रहेको छ । साथै, राहुल राईको छाँयाङ्कन, मित्र गुरुङको सम्पादन, चित्र मास्की मगरको नृत्य र निर्माण नियन्त्रक तिल ब. थापा मगरको रहेको छ । नेपालमगर संघको झण्डामा अंकित मगर संस्कृतिमा आधारित

Read more

मगर साँगीतिक कथा सोरठी !

मेजन पुन कास्की सोरठी गीत एउटा ऐतिहासिक कथा बस्तुलाई गीतको भाकामा ढालेर गाउने गरिन्छ । यो मौखिक रूपमा एक पुस्ताबाट अर्को पुस्तामा मौखिक हस्तान्तरण हुँदै आइरहेको छ । यस गीतको कथाको मुल विषय बस्तु एउटै भएतापनि गाउने तरिका, हाँगा र शब्दहरू ठाउँ अनुसार फरक फरक (आफ्नै प्रकारको) पाइएको छ । सोरठीको १६ हाँगा भन्ने भनाई पनि पाइन्छ । नेपालको विविध संस्कृतिहरू मध्ये सोरठी÷मादले मारुनी÷पुख्र्यौली नाच पनि एक हो । यसलाई नाचलाई गाउँ र स्थानीय चलन अनुसार विभिन्न रूपमा नामाकरण गरिएको छ । उदाहरणको लागि कतै ‘ठूलो नाच, कतै ‘सोरठी, कतै ‘ख्याली, कतै पूख्र्यौली त कतै ‘नचरी भन्ने गरेको पाइन्छ । यो नाच नाच्ने क्रममा पुरूषको मात्र आवश्यक पर्छ । यसमा केटीहरू नाच्ने चलन छैन । दुई जनादेखि चार जना (ठाउँ

Read more

नेपाली चलचित्र ‘डु यु लभ मी?’ को टाईटल भिडियो सार्बजनिक !

हिमाल पुन काठमाण्डौ बेजिला फिल्म एण्ड मिडिया प्रा लि. को ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘डु यु लभ मी ?’ को टाईटल गितको भिडियो युट्युबमा सार्बजनिक भएको छ । यस गितलाई हाईलाईटस् नेपालले सार्बजनिक गरेको हो । त्रिकोणात्मक प्रेम कथामा आधारित रहेर निर्माण गरिएको यस चलचित्र निर्माण सुदिप रानाले गरेका छन भने निर्देशन तथा लेखन सञ्जय काउछाको रहेको छ ।चलचित्रमा मुख्य भुमिकामा चर्चित म्युजिक भिडियोहरुमा अभिनय गरि सकेका मोडेल लक्ष्मण पुनले गरेका छन भने मिस मंगोल २०१२ को बिजेता सपना रोका मगरले यस फिल्मबाट डेब्यु गरेकी छिन । साथमा प्रमोद खड्का, श्याम राई, पुस्कर गुरुङ, कबिता आले मगर, रमेश अधिकारी, शक्ति पुन, हेमा थापा मगर लगाएतका कलाकारहरुले अभिनय गरेका छन ।चलचित्रमा राजेन्द्र खड्कीको द्धन्द, , कविराज गहतराजको नृत्य एवम्

Read more

मगर कथानक चलचित्र “खुर्पेटो”को निर्माण अन्तिम चरणमा !

काठमाडौँ, भाद्र २५ मिफ्रुङ फिल्म प्रोडक्सन प्रा▪ली▪को पहिलो प्रस्तुतीमा नेपाली मगर कथानक चलचित्र खुर्पेटो को निर्माण अन्तिम चरणमा पुगेको पुगेको बताईएको छ । भिम राना मगरको परीकल्पना अनी बिकास मगर को लेखन तथा निर्दशन मा निर्माण भएको यस चलचित्रको मुख्य बिषयबस्तु खुर्पेटो रहेको छ । मगरको पहिचानमुलक चिन्ह खुर्पेटो र यस्को पहिचान, प्रयोग, महत्व, सम्रक्षण का साथै ग्रामीण जिबनशैली अनी मिलन बिछोड लाई लिएर बनाईएको यस चलचित्रको निर्माता राजेन्द्र आले मगर(तुल ) ले गर्नु भएको छ । चर्चित लोकदोहोरी गायीका मुना थापा मगर बिशेष भुमिका साथ पहिलो पल्ट चलचित्रको पर्दामा देखा परेको यस चलचित्रमा मुना का साथै सुजन थापा,बिना थापा,टिका आले,शोभा आले, संगिता तुम्सिङ,बबिता आले,राजन थापा,सल्मा पुन, बिकास मगर,सञ्जय बुढाथोकी,भिम आले,सम्झना आले , आभाश आले र सरु आले को प्रमुख

Read more

२२औं बिश्व आदिबासी दिवसको अबसरमा आदिबासी जनजाति चलचित्र महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न !

राज मगर २९ साउन, काठमाडौ २२ औं बिश्व आदिबासी दिवसको अबसरमा आदिबासी जनजाति चलचित्र महासंघले आयोजना गरेको चलचित्र प्रदर्शन सहित आदिबासी जनजाति चलचित्र बिषयक अन्तरक्रिया कार्यक्रम राष्टिय नाचघर जमलमा भब्य रुपमा सम्पन्न भयो । गत साल देखि शुरु गरिएको यस कार्यक्रमको श्रृंखलामा यस पटक रवि सेर्मादारा निर्देशित लिम्बु मातृभाषी चलचित्र केवा कोक्मा प्रदर्शन गरिएको थियो । चलचित्र प्रदर्शन अगाडि छोटो औपचारिक कार्यक्रम गरि चलचित्रको शक्ति वास्तवमा एउटा विशाल जनसभा भन्दा ठुलो हुनसक्ने र भएको विश्वमा चलचित्रलाई गहन रुपमा लिइएको विचार प्रकट गरिएको थियो । चलचित्र विकास बोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्दन समितिका संयोजक तथा मगर चलचित्रकर्मी संघ नेपालका अध्यक्ष युवराज मास्की रानामगर, सभासद, प्रदर्शित चलचित्रका निर्माता तथा कलाकार अइन्द्र कुमार नेम्वाड प्रमुख अतिथी आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल,

Read more

खुर्पेटो फिल्मको छायाङ्कन सकियो !

मनोज घर्तीमगर पोखरा,२६ साउन मगर कथानक नेपाली भाषाको फिल्म ‘खुर्पेटो’को छायाङ्कन पूरा भएको छ । मगरको पहिचान मानिएको चिन्ह खुर्पेटोलाई मुख्य विषयबस्तु बनाइएको फिल्म प्रेम कथामा आधारित छ । भिम रानाको परिकल्पना र राजेन्द्र आले (तुल) ले निर्मा गरेको फिल्म विकास मगरको लेखन तथा निर्देशनमा बनेको छ । फिल्ममा लोकदोहोरी गायीका मुना थापामगर विशेष भुमिकामा देखिएकी छिन् । उनी पहिलो पल्ट सेतो पर्दामा देखा परेकी हुन् । मुनासँगै फिल्ममा सुजन थापा, विना थापा, टिका आले, शोभा आले, बबिता आले, राजन थापा, सल्मा पुन, सम्झना आले, विष्णु आले, भिम आले, आभाष आले र सरु आलेको मुख्य अभिनय छ । प्रथम सहिद लखन थापामगरको जन्मथलो गोर्खाको बुङ्कोट काहुले भङ्गरा, मनकामना मन्दिर तथा गोर्खा बजार लगायतका ठाउँमा छायाङ्कन गरिएको फिल्मलाई राहुल राईले खिचेका

Read more

सिंगापुरे लाहुरेले बनाए आफ्नै गाउँको वृत्तचित्र – विन्ध्यवासिनी हलमा असार ३ गते प्रदर्शन हुने !

रूद्र श्रीसमगर पोखरा, असार ३ लाहुरेहरू भन्ने बित्तिकै धेरैजसो रमाइलो र खानपानमा बढी खर्च गर्ने विलासी मान्ने गरिन्छ । अधिकांश लाहुरेहरूले विदेशमा कमाएको धन ऐस आराम र विलासीमा खर्च गर्ने गरेकामा एक जना सिंगापुरे लाहुरेले भने आफ्नै गाउँलाई वृत्तचित्रमार्फत् देश, विदेशमा चिनाउने अभियानमा छन् । हाल सिंगापुर प्रहरीमा कार्यरत रहेका पर्वतको देउराली गाविस वडा नं. ४ र ५ पूर्णगाउँनिवासी अशोककुमार अर्मजा पुन मगर ‘विवेक’ले आफ्नै लगानीमा आफू जन्मेको गाउँको वृत्तचित्र निर्माण गरेका हुन् । पूर्णगाउँको भौगोलिक, प्राकृतिक, धार्मिक एवं सांस्कृतिक अवस्थालाई प्रतिविम्बित गर्ने गरी निर्माण गरिएको वृत्तचित्र करिब सवा घण्टाको छ । वृत्तचित्रका निर्माता अशोकका अनुसार वृत्तचित्रमा पूर्णगाउँमा बाहुल्यता रहेको मगर जाति त्यसमा पनि पुन मगरहरूको वर्षभरि हुने जन्म, विवाह एवं मृत्यु संस्कारसम्मलाई पनि प्रस्तुत गरिएको छ । पूर्ण गाउँमा

Read more

प्रथम आदिवासी जनजाति चलचित्र उत्सव २०७३ शुरु !

राज मगर काठमाडौं, बैशाख १५ आदिवासी विषयवस्तुहरुमा आधारित चलचित्रहरुको नियमित प्रदर्शन, बजार विस्तार तथा अन्य नितिगत कुराहरुको व्यवस्थापन गर्ने उदेश्यका साथ आदिवासी जनजाति चलचित्र महासंघ, राष्ट्रिय नाचघर, आदिवासी जनजाति चलचित्र महासंघमा आवद ९ वटा घटक संस्थाहरुको आयोजनामा राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा प्रथम आदिवासी जनजाति चलचित्र उत्सव २०७३ शुरु भएको छ ।सात दिनसम्म चल्ने उक्त उत्सवको प्रथम दिन उद्घाटन र चलचित्र प्रदर्शन शत्र गरि दुई भागमा विभाजित कार्यक्रमहरु सम्पन्न भयो । उद्रघाटन सत्रमा आदिवासी जनजाति चलचित्रहरुको अवस्था, दर्ता, सेन्सर हुन नसकेको अवस्था र कारणहरु, आदिवासी चलचित्रहरुको स्तर विकास गर्र्नु पर्ने अवस्था, हलहरुमा चलचित्र लाग्नको लागि गर्नु पर्ने पहल र आवश्यकता बारे वक्ताहरुले जोड दिएका थिए । चलचित्र विकास बोर्डका अध्यक्षले अहिलेसम्म दर्ता र सेन्सर हुन नसकेका आदिवासी जनजाति विषयका चलचित्रहरुलाई

Read more

फिल्मी क्षेत्रमा संघर्ष गर्दै रोल्पाली ‘जनक’ !

प्रेमबहादुर राम्जा मगर / दाङ विएस्सीतिरको पढाई, सानैदेखिको चाहाना मनोरञ्जनतिरको, तेक्वान्दो खेल सिकीरहेको एउटा रोल्पाली ठिटो । जसले जीवनमा फिल्मीक्षेत्रमा प्रबेश गर्ने सपना थोरै देखे पनि ब्यबहारमा यही क्षेत्रमा प्रबेश गरुला भने उनलाई लागेकै थिएन । रोल्पाको खुमेल—१ नुवागाउँमा दश बर्षे जनयुद्ध सुरु हुने बर्षको केही महिना अगाडी पाइला टेकेका जनक घर्ती मगरले राजधानीमा विएस्सी अध्ययन गर्दै गर्दा रंगक्षेत्रमा प्रबेश गर्ने मौका पाए, तितो सत्य टेलिसिरियलबाट ध्रुव पात्राका रुपमा २०६६ सालतिर । दुखको विषय उक्त रिसियलमा ६÷७ वटा भाग बाहेक अरु गर्न पाएनन् । डाक्टर होमबहादुर थापा र शान्ति थापाका सुपुत्रका रुपमा जन्मेका घर्तीले सकाई सकेको विएस्सीलाई विचैमा छोडे । हाल कलेज अफ फिल्मी स्टडी गरीरहेका छन् राजधानीमै । उनले तितो सत्य बाहेक ठुला पर्दाका फिल्महरु ‘यो कथा हो तिम्रो

Read more

चलचित्र राजनीति र आदिवासी चलचित्र उद्योग !

मेजन पुन, पोखरा २०६१ सालतिर मेरो लेखन/निर्देशनमा निर्माण गरेको चलचित्र पर्वतको बाँसखर्कमा प्रदर्शन गरे पश्चात निकै पछि त्यहाँबाट एक जना बालकका अविभावक जितेन्द्र पुनले मलाई लामै लेख लेखेर पठाउनु भएको थियो । जुन फिमला पत्रिकाको अंक १५ मा एजु चलचित्र हेर्दाको अनुभव भनेर प्रकाशित भएको छ । आफ्नो गाउँ ठाउँको कथा र दृश्य हेरेर मन्त्रमुग्ध भएको प्रतिक्रिया लेख्नु भएको थियो साथै एजु चलचित्र हेरेपश्चात वहाँको ४ बर्षे सानो बच्चाले चलचित्रको पात्रले झैं अभिनय गरेर हँसाउने कार्य गरिरहयो रे । साथै चलचित्रमा भएका क्रियाकलापहरु गरेर चलचित्र हेरेको सम्झना गराई राख्यो रे । अर्थात चलचित्रले ठुलादेखि स–साना बालकहरुलाई समेत कतिसम्म प्रभाव पर्दो रहेछ भन्ने ज्वलन्त उदाहरण हो— यो । आफ्नो समाजभित्रको र आफ्नो वरिपरिका कथा÷घटनाहरुलाई समेटेर बनाइएको चलचित्रले निश्चित पनि मन छुने

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)