२०१७ लाई फर्केर हेर्दा – पर्याबरणिय सन्तुलन र राजनैतिक स्थिरता !

-बिजय हितान, युके राजनैतीक गतिबिधिले नागरिकका दैनिकिसँग प्रतक्ष्य सम्बन्ध राख्दछ । देशको राजनीति स्थिर रहनसके जनताले गास, बास, र कपास सजिलै पाउनसक्छन । तर राजनीतिले पर्याबरणसँग पनि प्रतछ्य सम्बन्ध राख्छ भनेर धेरैलाई ज्ञान नहुनसक्छ । स्थिर राजनीतिले सन्तुलित पर्याबरण कायम राख्न ठुलो भूमिका खेल्छ । किनकी बातावरणमैत्री नितिनियम निर्माण गरेर लागुगर्ने जिम्मेवार ब्याक्ती नेताहरुनै हुन । यसर्थ प्रयाबरण पनि स्वास्थ्य रहन सके मानीसहरु सजिलै गास, बास, र कपास पाउन सक्छन । सन २०१७ मा नेपालमा स्थानिय, प्रदेस सभा र सङ्घिय सभाको चुनाव सम्पन्न भयो । अब नेपाली जनताले राजनैतिक स्थिरताको श्वास फेर्न पाउने आशा लिएकाछन । तर हावाबाट लिईने श्वास अझै प्रदुशित रहनेछ । भारत र चाइनाको चरम औधोगिक बिकास र आर्थिक उन्नतिले दक्षिण एसियाकै बायुमन्डललाई असर पारेको छ ।

Read more

दुवई शहरमा नेपाल मगर संघ शाखा युएईद्वारा माघे सङक्रान्ति २०७४ भव्यरुपमा सम्पन्न !

मगर मिडिया १४ माघ,  युएई दुवई स्थित पर्ल क्रीक होटेलमा नेपाल मगर संघ शाखा युएईद्वारा मगरहरुको मौलिक राष्ट्रीय चाड माघे सङक्रान्ति गत शुक्रबारको दिन नेपाली राजदुताबास युएईका श्रम सहचरी श्री मोतिराम भुसालज्युको प्रमुख आतिथ्यमा भव्य एवम सभ्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व नेमस शाखा युएईका अध्यक्ष श्री टंक थापा मगरले गर्नु भएको थियो भने नेमस शाखा युएईका निवर्तमान अध्यक्ष श्री राजु सिजाली मगर लगायत भुपु सरक्षक सुनिता थापा मगर उप सरक्षक अशोक राम्जाली मगर सलाहकार प्रमुख भुवन मगर सल्लाहकार सदस्य खुम आले र कुम सारु मगर अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा अन्य विशेष अतिथिहरुमा अन्तराष्ट्रीय मगर मञ्चका सदस्य श्री गिरमान थापा मगर, जनजाती महासंघ युएईका अध्यक्ष श्री पासाङ्ग रेन्जी शेर्पा, नेपाली समाज युएईका अध्यक्ष श्री चन्द्र प्रसाद

Read more

नेपाल मगर संघ, शाखा कतारले नेपालको कार्यक्रममा साँस्कृतिक प्रस्तुति दिने !

नरेन्द्र ल्हायो मगर पौष २८, कतार नेपाल मगर संघ शाखा कतारले नेपाल मगर संघ केन्द्रिय समितिले आयोजना गरेको माघे सकराती पर्वको औपचारिक कार्यक्रममा सांस्कृतिक प्रस्तुति दिने भएको छ । नेपाल मगर संघ, शाखा कतारको साँस्कृतिक टोली मगर समूदायको प्रमुख साँस्कृतिक मगर माघ्या सकराटी पर्वको अवसर पारेर यहि माघ १ गतेका दिन काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको शुभकामना आदानप्रदान तथा विविध सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुतिको लागि नेपाल आएको हो । पहिलो पल्ट नेपाल मगर संघ, शाखा कतारका कलाकारहरु मगरहरुको झ्याउरे नृत्य मगर संघ कतारका आजिवन सदस्य तथा कलाकार श्याम आले मगरको संयोजकमा कलाकारहरु नरेन्द्र ल्हायो  मगर, सृजना रेस्मी मगर, हिरोज लोप्चन, जुनि थापा मगर, खम्बराज मगर, अरुणिमा काउचा मगरले झ्याउरे नृत्य उक्त कार्यक्रममा प्रस्तुत गर्ने भएका छन् । भने उक्त गीतको

Read more

एक मित्रको खोजिमा !

– बिजय हितान मास्टर मित्रसेनलाई किन हो कुन्नी आफ्नै मित्र जस्तो लाग्छ । उनी म भन्दा धेरै अगाडि जन्मेका भएर पनि । उनी मेरै स्वरुपका थिएकी जस्तो पनि लाग्छ । तर उनी जन्मे भारतको भाग्शु, म जन्मे नेपाल को गुल्मीमा । उनिसँग मेरो रगतको नाता पनी छैन । उनका र मेरा जिन्दगीका पानाहरु पल्टाउँदै जाँदा हामी बिच केही चिजहरु मेल खाएजस्तो लाग्छ । उनी मजस्तै एक लाहुरे थिए । म परें मेरो मामाको भान्जा, उनी पल्टनिया भान्जा । अर्थात उनका पिता ब्रिटिश इन्डियाको गोर्खा पल्टनमा हुँदा मित्रसेन भाग्सुको तोतारानी छाउनिमा जन्मेर सैनिक परीबेसमा हुर्केका थिए । अर्थात उनी लैन छोकडा थिए । उनी पनि म जस्तै छोटो सैनिक जागिर खाएर निस्केका रहेछन । आफ्नै पिता को पल्टन १/१ गोर्खा राइफलको

Read more

मगर महिला: चुनौती र बिकास !

– बिजय हितानमगर मेरो अनुभव एक मगर महिलालाई म एकदमै नजिकबाट बुझेको छु । मसँग उनको यती मोटो पुस्तक नै छ भनेपनी हुन्छ । यसलाई म दिनरात अध्यन गर्ने गर्छु- कहिले भान्सामा, कहिले बिस्तारामा, कहिले बैठक कोठामा, कहिले बारीमा त कहिले बाटामा । यो पुस्तकको नाम ‘कल्पनाको कथा’ हो भन्न रुचाउँछु । यसरी एक मगर महिलालाई मैले जती अरु कसले बुझेको छ होला र भन्ने पनि लाग्छ । दिदी बैनी भगवानले दिएनन, ता पनि मगर महिलाको रुपमा मेरी आफ्नै आमालाई बुझेको छु । म स्यानो छँदा, बुवा महिला दिवस मनाएर घर आउँदा, आमालाई थाहै हुने थिएन महिला दिवस कैले, किन, र कहाँँ मनाइन्छ भनेर । त्यसर्थ मगर महिलालाई मैले मेरी आमा जस्तै पनि बुझेको छु । भबिश्यका मगर महिलाहरु मेरी

Read more

रिभानका बाढी पिडितहरुको पुर्नस्थापनाको लागी ४१ लाख ६९ हजार २ सय ८७ रुपैया सकंलन !

परशुराम अधिकारी रेडियो हेमजा २६ कार्तिक पोखरा माछापुच्छ्रे गाँउपालिका वडा नं. ५ रिभानको पाथ्रेमा गत साउन २४ गते गएको बाढिपहिरो पिडितहरुलाई नेपाली प्रवासी समाज साउदी अरेवियाले सहयोग प्रदान गरेको छ । प्रभावित क्षेत्रमा मै आयोजित एक कार्यक्रमका बिच माछापुच्छ्रे गाँउपालिकाकी उपाध्यक्ष कृष्णकुमारी दवाडी को रोहबरमा वडा नं ५ का वडा अध्यक्ष एवं बिपत ब्यवस्थापन समितिका अध्यक्ष जुम बहादर गुरुङलाई संस्थाका पुर्व सचिब एवं कोषाध्यक्ष बर्तमान युवा संयोजक राजेश श्रेष्ठले नगद ५५ हजार ५सय ५५ सहयोग प्रदान गर्नुभएको छ । श्रेष्ठका अनुसार साउदी अरबको लुलुहाइपर मार्केट, पाण्डा, नादिक कम्पनी, वजानी कम्पनी, अल्किफा, अल्रासित र साउदी अरब हाइल बासीहरुको पहलमा रकम सकंलन गरीएको थियो । श्रेष्ठका अनुसार संस्थाले स्वदेशमा आईपरेका आपत बिपतमा रकम संकलन गरी सहयोग गर्दै आईरहेको र आगामी दिनहरुमा पनि

Read more

कतारमा धनकुटा सेवा समाजले कलाकार मगरलाई गर्‍यो सम्मान !

कृष्ण सारू मगर  २९ अक्टोबर दोहा कतार साविक मुढेबास २, हाल चौविसे गाउपालिका २, मुढेबाँस धनकुटाका गृह जिल्लावासी मयुर नृत्यकार तथा हुर्रा कृतिका सर्जक कबिराज मगरलाई धनकुटा प्रवासी सेवा समाजले सनैया स्थित हिमालयन होटलको सभा हलमा एक कार्यक्रम गरि समान गरेको छ । मयुर नृत्यकार मगरको कला र प्रतिभाको उच्च मुल्यांकन गरि समाजले गरेको समाजका अध्यक्ष ललित लिम्बूले बताए । समाजको प्रमुख सल्लाहकार समेत रहेका संस्थापक तथा अन्य सल्लाहकार सदस्यहरू एवं समाजको विभिन्न पद्धेन पदाधिकारीहरूले क्रमशः पवित्र खादाले सम्मानित भएका कलाकारलाई संस्थापक, सभापति, प्रमुख सल्लाहकारहरूको सह्योगमा प्रशंसा पत्र प्रदान गर्दै मायाको चिनो उपहार दिएको समाजका महासचिव रबिन मगरले हामीलाई जानकारी दिए ।   नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको गरिब तथा जेहेन्दार विधार्थीको अक्षकोष सह्योगार्थ प्रथम हुर्रा महोत्सव तथा

Read more

कतारमा “गरिव तथा जेहेन्दार विधार्थीको अक्षकोष सह्योगार्थ“ हुर्रा महोत्सव भब्य सम्पन्न !

कृष्ण सारू मगर  २९ अक्टोबर,    दोहा कतार “मगर एकता आजको आवश्यकता“ भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारले “गरिव तथा जेहेन्दार विधार्थीको अक्षकोष सह्योगार्थ“ प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७ कार्यक्रम नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष कबिराज मगरको प्रमुुख आतिथ्यतामा र संघका साँस्कृतिक संयोजक भुपेन्द्र रिखाम मगरको संयोजकत्वमा सनैैैया स्थित अल डल्ला ड्राइभिङ्ग स्कुलको हलमा कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । प्रमुख अतिथि, विशेष अतिथि, सभापतिले संयुक्त रूपमा द्धिप प्रज्वलन पश्चात नेपाल मगर संघका संस्थापक अध्यक्ष हेम बहादुर पुन मगर तथा नेपालका प्रथम सहिद क्या. लखन थापा मगर एवं ज्ञात अज्ञात सहिद प्रति एक मिनेट मौनपश्चात औपचारिक कार्यक्रम अगाडि बढेको थियो । बलिराजाको पुजा आराधना, देउसी भैलो, संगै विशेषगरी नेपालको पुर्वीय भेगमा लोकप्रिय मानिने हुर्रा नृत्यको विशेषता र महत्त्वका

Read more

कतारमा अलपत्र परेकाको उद्धारका लागि मगर संघ कतारको सहयोग !

  कृष्ण सारू मगर २३ अगष्ट दोहा, कतार  नेपाल मगर संघ शाखा कतारले कतारमा अलपत्र परेका ब्यक्त्तिको उद्दारको लागि आर्थिक सहयोग गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा ५ महिना अगाडि कतार गएका मोरङ्ग बेलबारी नगरपालिका वार्ड न. ८ का भिम बहादुर थापा मगर आजाद ९ फ्री भिषामा कतार पुगेका थिए तर भिषा स्पोन्सर तथा कम्पनीमा काम नपाए पछी उनि बिगत २ महिना देखि  अलपत्र परेका थिए । निज पिडित मगरलाई उद्धार गरी नेपाल फिर्ती टिकट ब्यावस्थापनका लागि गत शनिवार सनैया स्थित अल अत्तियामा पुगेर नेपाल मगर संघ शाखा कतारका  अध्यक्ष शेर बहादुर रोका मगरले आर्थिक सह्योग हस्तान्तरण गरेको कुरा संघका महासचिव बिजय कुमार मगरले जानकारी दिनु भएको  छ ।

Read more

पाल्पाली समाजले कतारबाट गृहजिल्लावासी मगरको उद्धार गरे !

कृष्ण सारू मगर १० अक्टोबर दोहा, कतार विगत चार महिना देखि कतारमा अलपत्र परेका स्थाई घर साविक चिर्तुङ्गधारा ८ हाल बगनासकाली गाउँ पालिका १ चिलाङ्गदी बस्ने स्व. पिता नर बहादुर गाहा मगर तथा माता नन्द गाहा मगरका छोरा प्रेम बहादुर गाहा मगरलाई पाल्पाली सेवा समाज कतारले उद्धार गरि नेपाल पठाएको छ । भिसाको समयावधि समेत सकिएका मगरलाई पाल्पाली समाजले विविध समस्याको बावजुद स्थानिय कानुन अनुसारको ओभर स्टेको दस्तुर समेत भरेर ९ अक्टोबर राति १०ः४० बजेको उडान नं. ९डब्लु ५५१ को जेट एयरलाइन्सको उडानबाट नेपाल फिर्ता पठाएको थियो । पिडित प्रेमका अनुसार मेनपावरले तलब सेवा सुविधा राम्रो रहेको प्रलोभनमा पारी आफुलाई १ लाख भन्दा बढी रकम असुल गरेको बताएका छन् । ११ सय र ३ सय खानाको गरी १४ सय क.रि

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)