बिजय हितानको नाटक “सहिदको सपना” सार्वजनिक !

मगर मिडिया, काठमाडौँ ! बिजय हितान; सहिद दिवस पारेर ‘सहिदको सपना’ लाई देस बिदेसका बिभिन्न एफएम रेडियो मार्फत सार्वजनिक गरिंयो। यो नाटक म द्वारा लिखित तथा निर्मित रेडियो नाटक हो । यस नाटक नेपालका प्रथम सहिद श्री लखन थापामगरले सन् १८७५ मा जहानीया राणा शासनविरुद्ध सुरुवात गरेको आन्दोलनमा आधारित छ । यस नाटकका वास्तविक पात्रहरु लखन थापामगर, सुकदेव गुरुङ, जयसिंङ चुमीमगर, सुपति गुरुङ, कालु लम्साल, ज्ञान दिलदास, जङ्गबहादुर राणा, बडामहारानी हिरन्यगर्भकुमारी र धीरशमसेर राणा हुन् । प्रथम सहिद लखन थापामगरदेखि गंगालाल, धर्मभक्त, सुक्रराज, दशरथ; अनी नेपालमा पटकपटक प्रजातन्त्र ल्याउन र देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराउनसम्म शहादत प्राप्त गर्नुभएका सम्पूर्ण महान् शहीदहरुप्रति हार्दिक श्रद्धान्जली चढाउँदै नाटक ‘सहिदको सपना’ प्रस्तुत गरिन्छ। यस नाटकमा निरङ्कुश जहानीया राणाशासन विरुद्धको आन्दोलनमा मुख्य नायक लखन

Read more

पोखरा सभागृहमा “खड्ग गर्बुजा मगर एकल लोक गायन (२०७५)” हुने !

मगर मिडिया काठमाण्डौँ, माघ १८ नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय समिती काठमाण्डौँ द्धारा २०७५ साल बैशाख २२ गते शनिबार नेपाल मगर सांस्कृतिक संघ जिल्ला शाखा समिती कास्कीको ब्यवस्थापनमा पोखरा सभागृहमा नेपाल मगर सांस्कृतिक संघ केन्द्रको संस्थापक अध्यक्ष तथा वरिष्ठ कलाकार खडग गर्बुजा मगरको “खड्ग गर्बुजा मगर एकल लोक गायन २०७५” हुने भएको छ । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समिती काठमाडौ द्वारा श्रष्टालाई सम्मान गर्दै २०७३ सालमा प्रतिभावान विरिष्ठ कलाकार नेपाल मगर सांस्कृतिक संघ केन्द्रको पुर्व अध्यक्ष कविता आले मगरज्युको एकल साँझ सम्पन्न गरेको थियो भने यसपालि पनि “मगर कलाकार कल्याणकारी अक्षय कोष” वृद्धिको उद्देश्य राखेर यो कार्यक्रम गर्ने भएको छ । यस एकल लोक गायन २०७५ लाई सम्पुर्ण महानुभावहरुले पुर्ण सल्लाह, सुझाव साथै प्रोत्साहन गर्न नेपाल मगर सांस्कृतिक संघ

Read more

एक मित्रको खोजिमा !

– बिजय हितान मास्टर मित्रसेनलाई किन हो कुन्नी आफ्नै मित्र जस्तो लाग्छ । उनी म भन्दा धेरै अगाडि जन्मेका भएर पनि । उनी मेरै स्वरुपका थिएकी जस्तो पनि लाग्छ । तर उनी जन्मे भारतको भाग्शु, म जन्मे नेपाल को गुल्मीमा । उनिसँग मेरो रगतको नाता पनी छैन । उनका र मेरा जिन्दगीका पानाहरु पल्टाउँदै जाँदा हामी बिच केही चिजहरु मेल खाएजस्तो लाग्छ । उनी मजस्तै एक लाहुरे थिए । म परें मेरो मामाको भान्जा, उनी पल्टनिया भान्जा । अर्थात उनका पिता ब्रिटिश इन्डियाको गोर्खा पल्टनमा हुँदा मित्रसेन भाग्सुको तोतारानी छाउनिमा जन्मेर सैनिक परीबेसमा हुर्केका थिए । अर्थात उनी लैन छोकडा थिए । उनी पनि म जस्तै छोटो सैनिक जागिर खाएर निस्केका रहेछन । आफ्नै पिता को पल्टन १/१ गोर्खा राइफलको

Read more

बेलायतबाट आमा लिएर आउनुभयो जानुका राईले !

बिश्वास मगर भाद्र-१४, काठमाण्डौ साहित्यकार, समाजसेवी तथा गीतकार जानुका राईले गिती संग्रह “आमा” भखरै मात्र बजारमा ल्याउनु भएको छ । भिमु मेमोरियल ट्र्स्टको आयोजनामा नया बानेश्वर स्थित ईद्रेनी ब्याङ्क्योटको मैत्री हलमा हिजो एक समारोहका साथ आमा सगै उहा द्वारा लिखित गितीएल्बमहरु “समय” र “सन्दर्भ” गरी तीन कृती प्रमुख अतिथी प्रसिद्ध गितकार बैरागी काईलाको हातबाट लोकार्पण गरियो । कार्यक्रममा बरिष्ठ साहित्यकार तथा गीतकार बैरागी काईलाका साथै श्रबण मुकारुङ्ग ,राजेश पायल राई, सुरेन्द्र सुहाङ्ग , सुरेश अधिकारी , बशन्त मुकारुङ्ग तथा अन्य पत्रकार ,संगीतकार ,गितकार ,समाजसेबी र कलाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । शरिर बेलायतमा रहे पनि मन सधै आफ्नै जन्मभुमी नेपालको पाखा पर्बतमा नाचिरहेको भन्नु हुँदै गितकार राईले आफुलाई खुल्ला आकाश र फराकिलो धर्तीको हृदय बनाउन चाहेको बताउनु भयो । १२

Read more

तामाङ लोककथाको पहिलो संस्करण ‘नम्दरदिम रि’ सुरु !

रूद्र श्रीसमगर पोखरा, २१ साउन तामाङ लोक कथाको पहिलो संस्करण ‘नम्दरदिम रि’ सुरु भएको छ । लोकोत्तर लोकवादी विचार समूहले पोखरामा शनिबार आदिवासी सांस्कृतिक (आसा) अभियान अन्तर्गत मौलिक गीत संगीतबारे चर्चा परिचर्चा चलायो । सो अवसरमा कार्यक्रमका स्रष्टा नायक गीतकार तीर्थ तामाङले नेपाली गीत संगीतको मौलिकता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भबारे आफ्नो विचार प्रस्तुत गर्नुभयो । ‘हामी आदिवासी जनजाति समुदाय राज्यको मूल प्रवाहबाट सीमान्तकृत भएजस्तो संगीतको पनि एउटा विधा सीमान्तकृत भएको छ’, उहाँले अघि थप्नुभयो, ‘खासगरी, बालबालिका निम्ति हामीले गीत गाएकै छैनौं र बनाएका पनि छैनौं ।’ बालबालिकालाई वयस्क उमेर समूहकाले सुन्ने गीत संगीत नै सुनाइएको भन्दै गीतकार तामाङले यसले बाल मनोविज्ञानमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो । कार्यक्रममा युवा पुस्ताको सहभागिताले आफू उत्साहित भएको तामाङको भनाइ थियो । नेपाल

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)