नेपाली लोक प्रतिभाको खोजी गर्दै इमेज च्यानल !

श्याम राना मगर, मगर मिडिया मंसिर ७, काठमाण्डौ । नेपाली लोक संस्कृतिको प्रवद्र्धन र संरक्षणमा महत्वपुर्ण भुमिका खेल्दै आएको इमेज च्यानलले इमेज लोक कलाकार नामक रियालिटी शो आयोजना गरि नयाँ लोक प्रतिभाहरुको खोजी गर्ने जानकारी एक प्रत्रकार सम्मेलन माझ गराएको छ । मौलिक लोक गीत संगीतको संरक्षण र प्रवद्र्धनको अभियान स्वरुप निर्माण गरिएको प्रतिष्पर्धात्मक गायन प्रतियोगिताको कार्यक्रम इमेज लोक कलाकारको अडिसन देशका प्रमुख तिन शहरमध्ये तेस्रो अडिसन यहि मंसिर १० र ११ गते काठमाण्डौमा गर्न लागेको जानकारी दिएको हो । पहिलो र दोस्रो अडिसन भने पोखरा र धरानमा गत भाद्र २४, २५ र कात्र्तिक २७ गते यसअघि नै सम्पन्न भइसकेको जनाएको छ । होटल र्याडिसन सँगै रहेको इमेज प्रोडक्सन हाउस, लाजिम्पाट काठमाण्डौमा विहान ८ बजेदेखि सुरु हुने अडिसनमा भाग लिन

Read more

शिरफुल आजबाट !

श्याम राना मगर, मगर मिडिया काठमाण्डौ, २२ कार्तिक पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियशनको संयुक्त प्रस्तुतिमा बन्न लागेको नेपाली कथानक चलचित्र शिरफुलको छाँयाङ्कन आज सोमबारबाट थालनी गरिने भएको छ । छठ पर्वको अवसर पारेर हिजो मण्डला थ्रियटरमा एक समारोह राखि शिरफुलको बारेमा जानकारी गराइएको थियो । ७५ लाख रुपँैया अनुमानित बजेटमा निर्माण गर्न लागिएको शिरफुलको छायांकन ३५ दिनमा सक्ने लक्ष्य रहेको छ । चलचित्रको छाँयांकन काठमाण्डौ, तनहुँ साथै सोलुखुम्बुको विभिन्न स्थानमा गरिने जानकारी दिइएको छ । चलचित्र शिरफुल पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियसनको पहिलो प्रस्तुति हो । जसको निर्माता आर्शिवाद पुन मगर हुन् भने शिरफुलमा देवराज आले मगरको कथालाई राज थापा र राजु योगिनले पटकथा÷संवादमा ढालेका छन् । युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गर्ने यस चलचित्रको विषयवस्तु अनुसार

Read more

तिहारमा-मगर पुस्तक/साहित्यसँग रमाऔं ! मगर साहित्यको बजार र यसका लेखकहरुको पुस्तक प्रकाशन अनुभव !

मेजन पुन पोखरा, कास्की मगर आदिकवि जितबहादुर सिंजाली र सुब्दार रेखबहादुर सारुबाट शुरु भएको मगर साहित्य र पुस्तक प्रकाशनको इतिहास त्यति टाढा होइन । र, पनि जति गतिलिनु पर्ने हो त्यति लिएको पाईदैन । मगर समाजभित्र तीन वटा भाषा जीवित छ — ढुट, खाम–पाङ र काइके । ढुट र खाम—पाङमा त निकै काम भईरहेको पाइन्छ भने मगरकै अर्को भाषा काईकेमा कमै मात्रमा पुस्तक तथा यस भाषामा कमै काम भएको छ । वर्तमान समयमा खस नेपाली भाषामा उपन्यास लेखन गरि लेखकहरु कार चढ्ने भईसकेका छन् । तर विडम्बना— मगरका पुस्तकहरु जम्मा १ हजार प्रति छाप्दा पनि लेखकसँगै रहन्छ । जब कि आधिकारिक रुपमा मगरको जनसंख्या १७ लाख र नेपाल मगर संघको भनाई अनुसार मगरको जनसंख्या ३० देखि ३५ लाख हो ।

Read more

खुर्पेटोको प्रदर्शनी लखनको गाउँबाट सुरु (फोटो फिचर सहित)!

श्याम राना मगर मगर मिडिया, कार्तिक १, गोरखा मिफ्रुङ्ग फिल्मस् प्रोडक्सन प्रा.लि.को व्यानरमा बनेको मगर कथानक चलचित्र खुर्पेटोले नेपालका प्रथम शहिद लखन थापा मगरको जन्म थलो बुङ्कोट काउले भङ्गारबाट आफ्नो प्रदर्शनी थालनी गरेको छ । उक्त चलचित्रले गोरखा जिल्लाको वुङ्कोट काउले भङ्गार–४ स्थित लखन थापा मगरको स्मारक स्थल तथा लखन थापा मगर प्राथमिक विद्यालयको प्राङ्गणमा गत असोज २९ गते एक विशेष समारोह विच आफ्नो प्रदर्शनी सुरु गरेको हो । समारोहमा चलचित्र निर्माणको क्रममा विभिन्न सहयोग पु¥याउने संघसंस्था, व्यक्ति तथा कलाकारहरुलाई कदर तथा सम्मानपत्रद्धारा सम्मान पनि गरिएको थियो । दर्शकहरुसँगै बसेर आफ्नो चलचित्र हेरेका कलाकार तथा निर्माण टोली प्रर्दशनीबाट हौसिएका छन । भने पहिलो प्रदर्शनीबाट चलचित्रले दर्शकहरुबाट राम्रो चलचित्र बनेको प्रतिक्रिया समेत बटुल्न सफल भएको छ । नेपाल मगर संघको आफ्नो

Read more

मगर चलचित्रकर्मीहरु र हिन्दूहरुको महान पर्व-दशैं !

मेजन पुन कास्की मगर चलचित्रकर्मीहरुको चौतर्फी बिकासको लागि मगर चलचित्रकर्मी संघ बिधिवत नेपाल सरकारमा दर्ता भई २०६६ सालमा स्थापना भएको एक संस्था हो । चलचित्र कर्ममा लागेर चलचित्रको माध्यमबाट मगर जातिको भाषा, धर्म, संस्कृति, कला, रितिरिवाज, मिथक, कथा, इतिहास, उनीहरुको जीवनयापन लगायतका बिषयहरुलाई उजागर गर्न लागिपरेका मगर चलचित्रकर्मीहरुलाई एक ठाउँमा लिएर सामुहिक उद्देश्यका साथ युवराज मास्की राना मगरको अध्यक्षतामा स्थापना भई सञ्चालनमा आएको छ । मगर चलचित्रको इतिहास हेर्दा २०५१ सालमा शुरु भई २०५२ सालमा “लङ्घन” (प्रयास) सम्पन्न भएको थियो । मगर चलचित्रकर्मी संघको स्थापना मुख्यतः सरकारलाई आदिबासी जनजाति चलचित्र मैत्री नीति निर्माण गर्न दवाव दिने, मगर चलचित्रकर्मीहरुलाई संगठित गर्ने, आदिवासी र मगर बिषय बस्तुका चलचित्रहरुको बजारको प्रबद्र्धन गर्ने उद्देश्यहरु परिपुर्ति गर्न विभिन्न चुनौतिहरु पार गर्दै यहाँसम्मको यात्रा तय गरेको

Read more

मगर कथानक चलचित्र खुर्पेटोको निर्माण सम्पन्न, प्रर्दशनको लागि तयारी तिब्र !

श्याम राना मगर, मगर मिडिया असोज १३, काठमाण्डौ, मिफ्रुङ्ग फिल्मस् प्रोडक्सन् प्रा.लि.को व्यानरमा बनेको मगर कथानक चलचित्र र्खुपेटोको निर्माण कार्य सम्पन्न भएको निर्माण स्रोतले जनाएको छ । अव यस चलचित्रको प्रदर्शनको लागि तिव्र तयारी अगाडि बढेको जानकारी आएको छ । राजेन्द्र आले मगर(तुल) निर्माता रहेको चलचित्र खुर्पेटोको लेखन/तथा निर्देशन बिकास मगरले गरेका छन् भने यसको परिकल्पनाकार भिम राना मगर हुन् । राहुल राईले छायांकन गरेको यस चलचित्रमा चित्र मास्की नृत्य र तिल बहादुर थापा मगर निर्माण/नियन्त्रक रहेका छन् । चर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगरको विशेष भुमिका रहेको खुर्पेटोमा सुजन थापा मगर, विना थापा मगर, टिका आले मगर, शोभा आले मगर, संजय थापा मगर, राजन थापा मगर, सल्मा पुन मगर, संगीता थापा मगर, बविता, बिकास, सम्झना, भिम, आभाष,

Read more

मगर चलचित्र कर्म (भाग्य)ले मगरात भुमी पाल्पाबाट प्रदर्शनीको तयारी गर्दै !

श्याम राना मगर मगर मिडिया, भाद्र ३०, काठमाण्डौ मण्डली फिल्मसको प्रस्तुति मगर चलचित्र कर्म(भाग्य) को यहि असोज १५ गते मगरात भुमि पाल्पाबाट प्रदर्शनिको लागि तयारी हुदैँ गरेको कुरा लेखक, निर्माता तथा निर्देशक मिनुज राना मगरले जानकारी दिनुभएको छ । मिनुज राना मगर र मिना सारु मगरको निर्माणमा बनेको मगर चलचित्र कर्म( भाग्य) मा मिनुज रानामगर, नन्द पचभैया, भुपेन्द्र रिखाम मगर, सरिता आलेमगर, ज्ञान सलामी मगर, महेन्द्र सलामी मगर, श्याम राना मगर, टिका आले मगर, सिमा सलामी मगर, रमेश सारु मगर, देवी आले मगर, आरुसी थापा मगर, कला थापा मगर, बविता सारु मगर, गोमा थापा मगर, टिका कनौजे मगर, हुमा कनौजे मगर लगायतका कलाकारले अभिनय गरेका छन् । दुर्गा ढेँगा मगरको पटकथामा रहेको कर्म (भाग्य) ले मगर समुदायको आर्थिक, सामाजिक, संस्कृतिलाई

Read more

मगर कथानक चलचित्र “खुर्पेटो”को निर्माण अन्तिम चरणमा !

काठमाडौँ, भाद्र २५ मिफ्रुङ फिल्म प्रोडक्सन प्रा▪ली▪को पहिलो प्रस्तुतीमा नेपाली मगर कथानक चलचित्र खुर्पेटो को निर्माण अन्तिम चरणमा पुगेको पुगेको बताईएको छ । भिम राना मगरको परीकल्पना अनी बिकास मगर को लेखन तथा निर्दशन मा निर्माण भएको यस चलचित्रको मुख्य बिषयबस्तु खुर्पेटो रहेको छ । मगरको पहिचानमुलक चिन्ह खुर्पेटो र यस्को पहिचान, प्रयोग, महत्व, सम्रक्षण का साथै ग्रामीण जिबनशैली अनी मिलन बिछोड लाई लिएर बनाईएको यस चलचित्रको निर्माता राजेन्द्र आले मगर(तुल ) ले गर्नु भएको छ । चर्चित लोकदोहोरी गायीका मुना थापा मगर बिशेष भुमिका साथ पहिलो पल्ट चलचित्रको पर्दामा देखा परेको यस चलचित्रमा मुना का साथै सुजन थापा,बिना थापा,टिका आले,शोभा आले, संगिता तुम्सिङ,बबिता आले,राजन थापा,सल्मा पुन, बिकास मगर,सञ्जय बुढाथोकी,भिम आले,सम्झना आले , आभाश आले र सरु आले को प्रमुख

Read more

बरिष्ठ लोक गायिका धन कुमारी थापामगर सम्मानित (फोटो फिचर)!

श्याम रानामगर काठमाडौँ, भाद्र १९ “म्याग्दीको कला संस्कृति म्याग्दीको शान, नेपालको पहिचान” म्याग्दी कलाकार संघ काठमाण्डौले दोश्रो तिज विशेष सांगीतिक प्रस्तुति, दर खुवाउने तथा स्रस्टा सम्मान कार्यक्रम २०७३ काठमाण्डौमा गरेको हो । म्याग्दी कलाकार संघ अध्यक्ष विल पुर्जा मगरको अध्यक्षता तथा माननिय पुर्व राज्य मन्त्री नरदेवी पुन मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा म्याग्दी जिल्लाका विभिन्न प्रतिष्ठित व्यक्ति तथा स्रष्टा लगायत सर्वधारणको बाक्लो उपस्थिति रहेको थियो । काठमाण्डौको एक पार्टी प्यालेसमा तिजको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा तिजको मात्र नभई म्याग्दी जिल्लाका कलाकारहरुको विभिन्न सांगितिक प्रस्तुतिहरु गरिएको थियो । म्याग्दी जिल्लालाई नेपालमा मात्र नभई अन्तराष्ट्रिय जगतमा समेत चिनाउने चर्चित थाली नाँच, दिल कुमारी रम्जाली गर्बुजा मगरले प्रस्तुत गर्दा म्याग्दीको मौलिक संस्कृतिको गरिमालाई थप उचाईमा पु¥याएको महसुश गर्न सकिन्थ्यो । एन्जल हार्ड मा.

Read more

खुर्पेटो फिल्मको छायाङ्कन सकियो !

मनोज घर्तीमगर पोखरा,२६ साउन मगर कथानक नेपाली भाषाको फिल्म ‘खुर्पेटो’को छायाङ्कन पूरा भएको छ । मगरको पहिचान मानिएको चिन्ह खुर्पेटोलाई मुख्य विषयबस्तु बनाइएको फिल्म प्रेम कथामा आधारित छ । भिम रानाको परिकल्पना र राजेन्द्र आले (तुल) ले निर्मा गरेको फिल्म विकास मगरको लेखन तथा निर्देशनमा बनेको छ । फिल्ममा लोकदोहोरी गायीका मुना थापामगर विशेष भुमिकामा देखिएकी छिन् । उनी पहिलो पल्ट सेतो पर्दामा देखा परेकी हुन् । मुनासँगै फिल्ममा सुजन थापा, विना थापा, टिका आले, शोभा आले, बबिता आले, राजन थापा, सल्मा पुन, सम्झना आले, विष्णु आले, भिम आले, आभाष आले र सरु आलेको मुख्य अभिनय छ । प्रथम सहिद लखन थापामगरको जन्मथलो गोर्खाको बुङ्कोट काहुले भङ्गरा, मनकामना मन्दिर तथा गोर्खा बजार लगायतका ठाउँमा छायाङ्कन गरिएको फिल्मलाई राहुल राईले खिचेका

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)