मगर चलचित्र “वाङ्गम मुले” युट्युव मार्फत सार्वजनिक !

मगर मिडिया असार ३० मगर्स क्रियशन कम्पनी प्रालीको प्रस्तुति मगर कथानक चलचित्र वाङ्गम मुले मगर्स क्रियशनको युट्युव च्यानल मार्फत आज सार्वजनिक भएको छ । मगर भाषामा निर्माण गरिएको यस चलचित्रमा मगर समुदायको मौलिक कलासंस्कृति तथा कथावस्तुलाई मौलिक ढंगबाट उतारिएको छ । अंग्रेजी सवटाइटल सहित सार्वजनिक गरिएको यस चलचित्रमा श्याम थापामगरको निर्देशन, लेखन तथा छाँयाङ्कन रहेको छ भने सम्पादन, ग्राफिक्स, डविङ तथा मिक्सिङ सुमन थापामगरले गरेका छन् । रिना थापा मगर निमात्री रहेको यस चलचित्रलाई रिलिजको तयारीमा रहेको नेपाली कथानक चलचित्र शिरफुल, लघु चलचित्र तमसुक साथै पछिल्लो समय थुप्रै उत्कृष्ट म्युजिक भिडियोहरुको निर्माण तथा वितरण गर्दै आएको मगर्स क्रियशन कम्पनीले बजार व्यवस्थापन गरेको छ । हेर्नुहोस मगर कथानक चलचित्र “वाङ्गम मुले”:

Read more

महोत्सवको दोश्रो दिन चलचित्र सम्बन्धी गोष्ठि सँगै आठ चलचित्र प्रर्दशन !

श्याम राना मगर असार १९ काठमाण्डौ आदिबासी जनजाति चलचित्रको प्रबर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ नेपाल आदिबासी जनजाति महासंघद्धारा आयोजित तिन दिने प्रथम ऐतिहासिक राष्ट्रिय आदिबासी चलचित्र महोत्सव २०७४ को हिजो १८ गते दोश्रो दिनमा ८ वटा चलचित्रहरु प्रर्दशन भएका छन् । दोश्रो दिन प्रर्दशन भएका फिल्महरुमा राजवंशी समुदायको जब गाउँको जमिन्दार वा उसको परिवारले कुकार्य गर्छ तब त्यसको खराव असर सिंगो समाजमाथि पर्छ भन्ने कथासार रहेको दखल, प्राचिन गहनाहरु लोप हुदैँ गइरहेको अवस्थामा त्यो रोक्न गरिएको प्रयासलाई विषयवस्तु बनाइएको राई समुदायको पुवालो, दुर्गम बस्तीमा भरियाले लिएको ऋण तिर्न नसक्दा घर खेत बस्तुभाउ सवै गुमाएर मुग्लान पस्न बाध्य कथासार रहेको जेरुङ राई समुदायको व्याःसा पैचो, बोल्न नसक्ने बच्चाको सु स्वास्थको लागि धर्म परिवर्तनको अन्यौलमा परेको दम्पतीको अवस्थालाई

Read more

चैत १२ गते काभ्रेमा खुर्पेटोको प्रर्दशन हुने !

बिश्वास मगर फाल्गुन १, काभ्रे देश बिदेशको सफलता पूर्वक प्रर्दशन सगै काभ्रेमा पनि खुर्पेटो प्रर्दशन हुने भएको छ । हिजो सम्पन्न नेपाल मगर सघ काभ्रेको बुडोल स्थित मगर सघको भबनमा सम्पन्न बैठक बाट बिश्वास मगर (बिकास)द्वारा निर्देशित मगर कथानक नेपाली भाषाको चलचित्र खुर्पेटो आगामी चैत १२ गते शनिबार काभ्रेको बनेपा स्थित श्री मयुर चलचित्र मन्दिर बनेपामा प्रर्दशन हुने बताएको छ । मगर पहिचानमुलक मगरको राष्ट्रिय झन्डामा अंकित खुर्पेटो यस्को पहिचान ,कला,बिशेषता,महत्व जस्ता पक्षलाई समेटिएर निर्माण गरिएको समाजिक यथार्थ पुर्ण नारिचित्रण सन्देशमुलक साथै मगर कला सस्कृती पुर्ण चलचित्र भएकोले काभ्रेमा यो चलचित्र प्रर्दशन गर्नु आबश्यक भएको निर्दशक बिश्वास मगर्(बिकास)ले बताउनु भयो । नेपाल मगर सघ काभ्रेका अधक्ष्य श्री राजकुमार मस्याङी मगरको अधक्ष्यता सम्पन्न बैठकमा चलचित्र प्रर्दशन सगै मगर सस्कृतीको पहिचान का

Read more

“रैया” आज एक कार्यक्रमका विच कावासोतिमा प्रदर्शन !

कमला राना मगर माघ २६, कावासोती जातिय पहीचान सगै रक्षा कवच को रुपमा रहेको रैया, मगर कथानक चलचित्र आज एक कार्यक्रमका विच कावासोतिमा प्रदर्शन भएको छ । नेपाल मगर युवा संघ कावासोति नगर कमिटिको आयोजनामा भएको कार्यक्रममा मगर अगुवा एव समाज सेवि दुर्गा बाहादुर राना मगर प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी रानाले विभिन्न माध्यमबाट आफनो भाषा सस्कार तथा परम्परा जगेर्ना गर्नको लागी नया युवा पिढीलाइ हस्तान्तरण गर्दैै लैजानुपर्नेमा जोड दिनुभएको थियो । नेपाल मगर युवा संघ कावासोति नगर कमिटीका अध्यक्ष कृष्णा राना मगरको सभापतित्वमा भएको कार्यक्रममा नेपाल मगर संघ नवलपरासी जिल्ला कार्य समितीका सचिव इन्द्र फाल मगर, बुद्धिजिवी परीषदका सल्लाहाकार बाबुराम राना मगर, छविलाल राना मगर, देवि सरा पुलामी मगर, हेमा आले मगर, सहज राना मगर,

Read more

खुर्पेटोको देश बाहिर भव्य प्रर्दशन !

मगर मिडिया, बेलायत जनवरी ४, २०१७ मिफु्रङ्ग फिल्म प्रोडक्शन प्रा. ली.को ब्यानरमा भिमरानाको परिकल्पना, राजेन्द्र आले (तुल)को लगानी र विश्वास मगर (विकास)को निर्देशनमा निर्माण भएको मगर कथावस्तुमा आधारित चलचित्र खुर्पेटो देश तथा विदेशमा प्रदर्शन भई रहेको छ । यसै क्रममा बेलायतको साउथ ह्यारो स्थित ह्यारो बरो फुटबल क्लवको हलमा खुर्पेटो प्रदर्शन भयो । चलचित्र ःब्ग्प् वेम्ब्ली ले आयोजना गरेको हो । मगर संघ युकेको संयोजनमा विभिन्न शाखा संस्थाहरुकोे स्थानिय आयोजनामा चलचित्र खुर्पेटो प्रदर्शन हुन गइरहेको हो । मिफु्रङ्ग युथ क्लव वेम्ब्लीका उपाध्यक्ष संदिप रानामगरको उद्घोषणमा संचालन भएको उक्त शोमा चलचित्र प्रदर्शन हुनु अगाडि वेम्ब्ली मगर संघका सचिव गंज आलेमगरले हाम्रा विषयवस्तुको चलचित्रलाई समुदायको सहयोगको खांचो रहेको बताउनु भयो । चलचित्र शुरु हुनु अगाडि मगर चलचित्रकर्मी संघद्धारा निर्माण भएको छोटो चलचित्र

Read more

खुर्पेटोको टेलर सार्वजनिक (भिडियो सहित) !

श्याम राना मगर मगर मिडिया, पुस १, काठमाण्डौ मिफ्रुङ फिल्मस प्रोडक्सन प्रा.लि.को व्यानरमा निर्माण भएको मगर कथानक चलचित्र खुर्पेटोको टेलर सार्वजनिक भएको छ । भिम राना मगरको परिकल्पना अनि विकास मगर (विश्वास)को लेखन निर्देशनमा निर्माण भएकोे यस चलचित्रको मुख्य विषयवस्तु खुर्पेटो रहको छ । मगर पहिचानमुलक चिन्ह खुर्पेटो र यसको पहिचान, प्रयोग, महत्व र विशेषता साथै ग्रामिण जीवनशैली, मिलन विछोडलाई लिएर बनाइएको यस चलचित्रको निर्माता राजेन्द्र आलेमगर (तुल)ले गर्नुभएको छ । गोरखाको बुङ्कोट र त्यसको आसपासमा छायाँङकन गरिएको यस चलचित्रमा छाँयाङ्कन राहुल रार्ईले गर्नु भएको छ भने पोस्टप्रोडक्सनको कार्य म्याजिक स्टुडियो जमलबाट भएको छ । खुर्पेटो चलचित्रमा समावेश भएका चारवटा गीतहरु भने यस अघि नै युट्युवमा सार्वजनिक भईसकेको छ । जसलाई हाइलाइट नेपालले बजारमा वितरण गरेको छ । जसको नृत्य

Read more

निर्धारित समयमै सकियो ‘शिरफूल’ को छायांकन (फोटो फिचरसहित)

काठमाडौं, १ पुस । चलचित्र ‘शिरफूल’ को निर्धारित समयमै छायांकन सकिएको छ । चलचित्रको ३५ दिनमा छायांकन सक्ने निर्माणपक्षले लक्ष्य लिए अनुरुप चलचित्रको छायांकन सकिएको चलचित्रका निर्देशक कमल एक्चै मगरले जानकारी दिनुभयो। पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियशन प्रालिको संयुक्त प्रस्तुतीमा निर्माण भईरहेको ‘शिरफूल’को छायांकन सकिएको एक कार्यक्रमबीच जानकारी गराइएको हो कार्यक्रममा बोल्दै निर्माता आर्शीवाद पुनले भन्नुभयो अब एउटा गीतको मात्र छायांकन बाँकी छ , अरु दृश्यको छायाँकन सकिएर सम्पादनमा पुगेका छौं ।’ चलचित्र ‘शिरफूल’मार्फत निर्देशकदेखि कलाकारसम्म डेब्यु गर्दैछन् । ‘शिरफूल’ कमलको डेब्यु निर्देशन चलचित्र हो भने यसै चलचित्रमार्फत चर्चित लोकगायिका नीता पुन र गायक देव आले मगरले पनि अभिनयमा डेब्यु गर्दैछन् । थुप्रै म्युजिक भिडियोको निर्देशन गरेर चलचित्र निर्देशनमा डेब्यु गरेका कमलले भने, ‘चलचित्र शिरफूल सोचेभन्दा राम्रो बनेको छ

Read more

चलचित्र खुर्पेटो कुवेतमा !

श्याम रानामगर मंसिर २६, काठमाण्डौ मिफ्रुङ फिल्मस प्रोडक्सन प्रा.ली. को व्यानरमा निर्माण भएको पहिलो मगर कथानक चलचित्र खुर्पेटो आगामी जनवरी २७ मा कुवेतमा प्रदर्शन हुने भएको छ । खुर्पेटोको प्रर्दशन वैडिङ् हल जिलिव अल–शुवैख, कुवेतमा आगामी जनवरी २७ मा अपरान्ह १२ः०० बजेदेखि हुने भएको छ । जसको टिकटको लागि राजेन्द्र आलेमगर र मगरसंघ कुवेतमा सम्पर्क राख्न सकिने जानकारी आयोजकले दिएको छ । भिम राना मगरको कथामा रहेको यस चलचित्रको लेखन तथा निर्देशन बिकास मगर (विश्वास)ले गर्नु भएको छ भने, मगर संघ कुवेतका वरिष्ठ सदस्य राजेन्द्र आले मगर (तुल) निर्माता रहेको छ । साथै, राहुल राईको छाँयाङ्कन, मित्र गुरुङको सम्पादन, चित्र मास्की मगरको नृत्य र निर्माण नियन्त्रक तिल ब. थापा मगरको रहेको छ । नेपालमगर संघको झण्डामा अंकित मगर संस्कृतिमा आधारित

Read more

माघे संक्रान्तिमा सुमनको ‘पाहुर ‘!

श्याम राना मगर, मगर मिडिया मंसिर ९, काठमाण्डौ ड्रिम्स स्टुडियो प्रा.ली.को व्यावनरमा बन्न लागेको मगर कथानक चलचित्र पाहुर अब बजारमा छिट्टै आउने भएको छ । सुमन थापा मगरको निर्माण तथा निर्देशनमा बनेको चलचित्र पाहुरको छाँयांकन अधिकांश पाल्पा र स्याङ्जाको रमणिय र ऐतिहासिक ठाउँमा भएको निर्माण स्रोतले जनाएको छ । यतिवेला चलचित्रको छायाँङ्कन सकि सम्पादन कार्य अन्तिम अवस्थामा पुगेको छ । चलचित्रको कथा तथा सम्पादन सुमन थापा मगरको नै रहेको छ भने कथालाई संवाद तथा पटकथामा डम्बर सोमै मगर, बाबुराम घिमिरे र श्याम राना मगरले गरेका हुन् । गणेश पुर्वछाने मगरको छाँयाङ्कन रहेको चलचित्रमा गीत तथा संगीत मान बहादुर बराल मगर र नृत्य भुपेन्द्र रिखाम मगर र सुवास बलालमगरको रहेको छ । चलचित्रमा मिनुज रानामगर, निश्चल चर्तीमगर, गिरी प्रसाद पुन मगर

Read more

प्रथम सहिद क्यां. लखन थापा मगरको हुलाक टिकट प्रयोगमा !

मसिंर २, काडमाडौं नेपाल सरकारले नेपाको प्रथम शहिद लखन थापा मगरको फोटो सहितको हुलाक टिकट प्रकाशन गरीे मंसिर १ गतेदेखी प्रयोगमा ल्याएको छ । यसअघी २०७२ असोज ३ मा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएकै दिन लखन थापालाई ‘प्रथम सहिद’को घोषण गरी सम्मान दिईएको थियो । राज्यले सहिद लखन थापाको योगदानलाई मुल्यांकन गर्दै १ सय ४० वर्ष पछि हुलाक टिकट प्रकाशन गरी प्रयोगमा ल्याएको हो । नागरिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठाएकै कारण १९३३ सालमा गोरखाका गोरखा स्थित बुंकोटको विद्रोही किल्ला परिसरमै झुन्डाएर मृत्युडण्ड दिईएको थियो । सहिद लखन थापा सम्पूर्ण नेपालीको आत्मसम्मान बढाउने राष्ट्रका धरोहर, महान गौरव र साझा सम्पत्तिको रुपमा लिईन्छ ।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)