श्रीमानको पाउ धोएर जल खान बाध्य महिलाहरुको अधिकारको लागि लड्ने योद्धा पो म त, कसरी बाहुन विरोधी हुन्छु ? (आङकाजी शेर्पासँगको भिडियो अन्र्तवार्ता) !

श्याम राना मगर बैशाख १२, काठमाण्डौ नेपाली आदिबासी जनजाति पहिचान र अधिकारको आन्दोलनमा एक चिरपरिचित नाम हो आङकाजी शेर्पा । जसले नेपाल आदिबासी जनजाति महासंघको महासचिवको भुमिकामा रहेर आफ्नो कार्यकाललाई शसक्त रुपमा निभाएर आज सम्म पनि निरन्तर रुपमा यस क्षेत्रमा लागिरहनु भएको छ । उहाँ एक निडर र प्रखर वक्ता हुनुहुन्छ । स्पष्ट कुरा राख्न सक्ने शेर्पा नेपाली सञ्चार माध्याममा एक समय ज्यादै लोकप्रिय र ज्यादै आलोचित समेत हुनु भएको थियो । विशेष गरेर उहाँलाई समाजको जातिय एकतामा खलल पु¥याउने वक्तव्य दिएको आरोप लगाइएको थियोे । तर चर्चामा रहेजस्तो उहाँमाथिको आरोप सहि हो त ? लगायतका विभिन्न आदिबासी सवाल साथै समयसान्दर्भिक विषयहरुमा उहाँसँग गरिएको यो कुराकानी ।

Read more

बाँकी जीवन पनि आदिबासी जनजातिको पहिचानकै लागि समर्पित गर्छु: प्रा. डा. ओम गुरुङ (भिडियो अन्तर्वार्ता) !

श्याम राना मगर बैशाख ७, काठमाण्डौ लाखौँ शुभचिन्तक र आफन्तहरुको साथ र सहयोगमा मृगौलाको प्रत्यारोपण र क्यान्सरको उपचार पछि, करौडाँै खर्चेर नाफाको जिन्दगी बाँचिरहेकोले अवको जिन्दगीलाई म त्यसै फाल्न चाहन्न । अलि भावुक बन्दै उहाँ थप्नुहुन्छ, म जति बाँच्छु, आफुले सकेसम्म र भ्याएसम्म नेपालका उड्पीडित आदिबासी जनजाति, दलित, महिला, क्षेत्र तथा वर्गको अधिकार र पहिचानको लागि बाँच्नेछु । उनीहरुकै बारेमा अध्ययन अनुसन्धान गरेर बाँच्नेछु । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र मानवशास्त्र केन्द्रिय विभागका विभागीय प्रमुखबाट भर्खरै उमेर पुगी अवकाश लिनुभएका उहाँ यो समय झन खुलेर आदिबासी जनजातिहरुको पहिचान, हकअधिकार र उनीहरुलाई शसक्तिकरण गर्ने क्षेत्रमा काम गर्ने अवसर मिलेको बताउनुहुन्छ प्रा.डा. ओम गुरुङ । लामो समयदेखि प्राध्यापन गर्नुभएका गुरुङ नेपालकै एक वौद्धिक व्यक्ति हुनुहुन्छ । नेपाल आदिबासी जनजाति महासंघका पुर्व महासचिव उहाँ लामो

Read more

आदिबासी जनजातिहरुको आधारभुत मानव अधिकारको पनि हनन भएको छ यो देशमा: बालकृष्ण मावुहाङ, पुर्व महासचिव, नेपाल आदिबासी जनजाति महासंघ (भिडियो अन्तर्वार्ता)!

मगर मिडिया चैत्र, २२ नेपालका आदिबासी जनजातिहरुलाई शसक्तिकरणको लागि के गर्नुपर्छ ? आदिबासी जनजाति युवाहरुको वर्तमान भुमिका कस्तो हुन्छ ? साथै आदिबासी जनजातिहरुहरुलाई शसक्तिकरण गर्नको लागि सञ्चार माध्यामले कसरी भुमिका खेल्ने जस्ता विविध आदिबासी जनजातिका सवालहरुमा नेपाल आदिबासी जनजाति महासंघका पुर्व महासचिव तथा त्रि.वि.का प्राध्यापक बालकृष्ण मावुहाङको यो विश्लेषणात्मक विचार सहितको यो भिडियो सामाग्री ।

Read more

नेपाली समाजले के लाई शुन्दर भन्छ ? (विश्वभक्त दुलाल ‘आहुति’ सँगको भिडियो कुराकानी) !

श्याम रानामगर चैत्र १४, काठमाण्डौ नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक समाज रहेको देश हो । यो समाजमा भएका विविधताले एक अर्कालाई प्रभावित पार्दै विकसित हुदैँ आएको छ । साँच्चिकै यी सवैखालका विविधताले यो राज्यमा, यो समाजमा स्थान पायो कि पाएन ? कस्तो खालको स्थान पायो ? त्यो भने अहिलेको चर्को बहसको विषय बनेको छ । विभिन्न कालखण्डमा यी विविधतारुपी नेपाली समाजमा विभिन्न खाले दृष्टिकोणहरुको निर्माण हुदैँ गए । तिनै मध्ये नेपाली समाजमा शौन्दर्र्यता प्रतिको दृष्टिकोण कस्तो रहेको छ । यस्ता दृष्टिकोणको निर्माण र विकास कसरी हुदैँ गए र यसका प्रभावहरु कस्तो रहको छ त ? नेपाली समाजका विश्लेषक, प्रखर बक्ता, लेखक, साहित्यकार, दलित अधिकार अभियन्ता तथा कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि लाग्दै आउनु भएका नेकपा माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल

Read more

राजकुमार लेखिले सम्झिए आफ्नो कार्यकाललाई यसरी (भिडियो अन्तर्वार्ता)!

श्याम रानामगर फागुन १३, काठमाण्डौ नेपाल आदिबासी जनजाति महासंघको स्थापना किन र यसको स्थापना पश्चात यहाँसम्म आईपुग्दा यसका उपलब्धीहरु के के भए त? आजको दिनमा महासंघको भुमिका के कस्तो हुन्छ ? साथै आफुले नेपाल आदिबासी जनजाति महासंघको नेतृत्व सम्हाल्दै गर्दा गरेका प्रतिवद्धताहरुको औचित्य लगायतका विविध विषयवस्तुहरुमा रहेर मगर मिडियाले नेपाल आदिबासी जनजाति महासंघका पुर्व केन्द्रिय अध्यक्ष राजकुमार लेखि थारुसँग कुराकानी गरेको छ । प्रस्तुत छ उहाँसँगको यो भिडियो अन्र्तवार्ता ।

Read more

यहि अवस्था रहे नेपालका अधिकांश मातृभाषाहरु छिट्टै हराएर जानेछन्: मातृभाषी अभियन्ता अमृत योञ्जन तामाङ !

श्याम रानामगर, मगर मिडिया माघ १९, काठमाडौं नेपालमा भएका १२३ मातृभाषाहरु मध्ये अधिकांश भाषाहरु खतराको स्थितिमा रहेको छ । नेपालमा मातृभाषाको अवस्था कस्तो छ ? अब यी मातृभाषाहरुको संरक्षण र विकासको लागि के गर्नु पर्छ ? मातृभाषामा शिक्षाको अवस्था र व्यवस्था के र कस्तो छ ? जस्ता विविध विषयमा भाषाशास्त्री तथा मातृभाषा अभियन्ता अमृत योञ्जन तामाङसँग मगर मिडियाले कुरा गरेको थियो । प्रस्तुत छ उहाँसँगको कुराकानी ।

Read more

पहिचानको मुद्धासँग म कुनै पनि सम्झौता गर्दिन : अध्यक्ष जगत बराम (भिडियो अन्तरवार्ता) !

श्याम राना मगर पौष २९, काठमाण्डौँ नेपाल आदीवासी जनजाति महासंघको स्थापना पश्चात आजसम्म आईपुग्दा यसले राज्यको विभिन्न राजनितिक अवस्थामा समेत महत्वपुर्ण भुमिका खेल्ने तहसम्म आफुलाई उभ्याएको छ । तसर्थ यसको नेतृत्वको, कार्यशैली तथा गतिविधिहरुले महत्व राख्दछ र यसको चर्चा पछिल्लो समय ह्वात्तै बढेको छ । यस महासंघले केहि समय अगाडि नवौँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व ल्याएको छ । जुन नेतृत्वमा जगत बराम हुनुहुन्छ । नेतृत्वमा जगत आएसँगै सिंगो आदिबासी जनजाति जगतमा अब के हुन्छ त भनेर उहाँसँग मगर मिडियाले छोटो कुराकानी गरेको छ । प्रस्तुत छ नेपाल आदिबासी जनजाति महासंघका नवनिर्वाचित अध्यक्ष जगत बराम सँगको भिडियो अन्र्तवार्ता ।

Read more

दिल खोलेर थाली नाँच नाच्ने दिल कुमारी (भिडियो अन्तर्वार्ता र थालि नाचको भिडियो सहित) !

श्याम राना मगर मगर मिडिया, पुस २२, काठमाण्डौ नेपाल एक विविध कला संस्कृतिको धनी देश हो । यहाँ थुप्रै कला तथा संस्कृतिहरु रहेका छन् । जसमध्येको एउटा मौलिक नृत्य थाली नाँच पनि एक उत्कृष्ट नमुना हो । धौलागिरी र गण्डकी क्षेत्रका केहि जिल्लाहरुमा नाँचिने यो नाँच विशेष गरेर म्याग्दी जिल्लामा ज्यादै प्रचलित र विकास भएको देख्न सकिन्छ । यस्ता नेपाली कलासंस्कृतिहरु मध्ये कतिको चर्चा परिचर्चा हुन्छ भने कति यस्ता उत्कृष्ट कलासंस्कृतिहरु त्यसै ओझेलमा परेका हुन्छन् । मौलिक र उत्कृष्ट नृत्य हुँदाहुदैँ पनि त्यति चर्चामा नआएको यो थाली नाँचले पछिल्लो समय म्याग्दी हुँदै देश तथा विदेशका विभिन्न ठाँउहरुमा विस्तारै आफुलाई चिनाउँने प्रयास गर्न लागेको छ । यो नाँच कस्तो नाँच हो ? यो नाँचको उत्पत्ति कहिले र कहाँ भयो ? यो

Read more

दुःखद क्षणलाई जीवनको सु:खद क्षणमा रुपान्तरण गर्न सफल गायक खड्क गर्वुजा मगरसँगको भिडियो अन्तर्वार्ता !

पुस १८, काठमाडौं आफ्नो जीवनको सवैभन्दा खुशीको पल आफु भिरबाट खसेर आफ्नो दुवै खुट्टा गुमाउनुपर्दाको क्षण र आफ्नी आमाको मृत्युलाई ठान्नुहुन्छ चर्चित लोक गायक, गीतकार तथा संगीतकार खड्क गर्वुजा मगर । विगत ३ दशक देखि निरन्तर रुपमा नेपाली लोकगीतसंगीतको क्षेत्रमा लागेर यस क्षेत्रमा अतुलनिय योगदान दिईसक्नु भएका साथै अझै पनि यसैमा आफ्नो सम्पुर्ण जीवनलाई समर्पित गर्दै आउनु भएका खड्क गर्वुजा मगर एक गायक मात्र नभएर आम मानिसहरुका लागि एक प्रेरक व्यक्ति पनि हुनुहुन्छ । कुनै समय नेपाल टेलिभिजन र रेडियो नेपालको एक कार्यक्रममा एक जना वरिष्ठ व्यक्तिले नै तपाई स्टेजमा नजानुहोला किनकी व्हीलचेयरमा क्यामेरा लुक्स नराम्रो देखिन्छ भनि अपाङ्गताहरुप्रति देखाएको त्यो असमान सोच र व्यवहारको नमिठो अनुभव पनि छ उहाँसँग । साथै देश तथा थुप्रै विदेशका अनगिन्ती अनुभवहरुबाट भरिनुभएका उहाँ

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)