मगर विद्यार्थीं संघको नेतृत्वदेखि उपमेयरसम्म : रेनुका काउचामगर !

बाबा चन्द्रबहादुर पुनमगर र आमा झममाया पुनमगरको कोखबाट बागलुङ्को रिघामा जन्मनुभएका रेनुका काउचा मगर यतिखेर जल्दावल्दा युवा नेतृको रुपमा परिचित हुनुहुन्छ । वि.सं. २०५९ सालमा सरस्वती क्याम्पसमा अध्ययन गर्दादेखि मगर विद्यार्थीमा आवद्ध रहनुभएका काउचा मगर २०६८ सालमा तनहुँको दमौलीमा सम्पन्न ७ औं महाधिवेशनबाट नेपाल मगर विद्यार्थी संघको अध्यक्ष हुनुभयो । यसैगरी हाल उहाँ नेपाल मगर सघ केन्द्रिय समितिको सचिव हुनुहुन्छ । राजनीतिक क्षेत्रमा पनि उहाँको चासो सानैदेखि भएतापनि २०६५ सालको स्व.वि.यु. निर्वाचन पछि सक्रिय रुपमा लाग्नुभएको हो । आफ्नो जातीय संगठन र राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएका काउचा मगर भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा बागलुङ जिल्लाको गलकोट नगरपालिकाको उपमेयर जस्तो पदमा विजयी हुनुभएको छ । यिनै जुझारु एवं युवा नेतृ रेनुका काउचा मगरसँग मिना थापामगरले गरेको कुराकानीः सर्वप्रथम त गलकोट

Read more

माष्टर मित्रसेन थापामगरको ११९ औँ जन्म जयन्ती मनाईयो !

पुस १७, काठमाडौं माष्टर मित्रसेन थापा मगरको ११९ औँ जन्म जयन्ती एक कार्यक्रमको आयोजना गरी मनाईएको छ । यहि डिसेम्बर २९ (पुस १४ गते) बागबजार काठमाडौंमा उहाँको सम्झनामा माष्टर मित्रसेन स्मृती प्रतिष्ठान नेपालको आयोजनामा कार्यक्रम गरिएको हो । मैन बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा स्मृती प्रतिष्ठानकी कोषाध्यक्ष गायत्री रानाको स्वागत मन्तव्य संगै अगाडी बढेको कार्यक्रमको प्रमुख अतिथी रहनुभएका मेजर विर बहादुर थापा मगरले उहाँसंग भएका कला तथा प्रतिभाले नेपाल र भारतमा आफ्नो छाप छोड्न उहाँ सफल हुनु भयो भन्नुभयो । भारत र नेपालमा प्रख्यात नाम मास्टर मित्रसेन थापालाई नेपालमा साहित्यकार, झ्याउरे गितका आविस्कारक, गितकार, गायक, समाजसेवी तथा आधुनिक एंव सुगम संगितका अग्रज भनेर चिनिन्छ भने भारतियहरुले उहाँलाई भारतिय साहित्यका निर्माता भनेर सम्झने गर्दछन् । त्यस्तै कार्यक्रममा बोल्ने अतिथीहरुमा गितकार तथा

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)