कृष्ण थापामगरको पहिलो कोसेली कौराहा गीत “नाचन साली खैचडीको तालैमा” बजारमा !

मगर मिडिया, माघ १८, काठमाडौँ लामो समय खाडी मुलुकमा श्रम बेचेर, अब चाई आफ्नै देशमा केही गर्छु भन्ने सोचका साथ् नेपाल फर्किएका गण्डकी गाउँपालिका, सानो दर्बुंग, गोरखा निवासी कृष्ण थापामगरको गीत/संगीतमा निकै रुची रहेको छ | गीत/संगीतमाको रुची कै कारण नेपाल फर्किए पछि पहिलो कोसेली स्वरूप कौराहा गीत “नाचन साली खैचडीको तालैमा” बजारमा ल्याएका छन् | गोरखा कै सानो दर्बुंगमा छायांकन गरिएको यस गीतमा राजन थापामगरको लय/शब्द रहेको छ र यस गीतको म्युजिक भिडियोलाई राजु लामाले छायांकन गरेका छन् भने चर्चित निर्देशक/कोरियोग्राफर चित्र मास्की मगरले निर्देशन गरेका छन् | यस गीतको सम्पादन रबिन बिक ले गरेका छन् | राजन थापामगर, डीबि गुरुङ, संगम गुरुङ, राज कपुर मगर, प्रेम रानामगर र सुनिला गुरुङको स्वरले सजिएको यस गीतमा अनिशा थापामगर, डिम्पल थापामगर,

Read more

पोखरा सभागृहमा “खड्ग गर्बुजा मगर एकल लोक गायन (२०७५)” हुने !

मगर मिडिया काठमाण्डौँ, माघ १८ नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय समिती काठमाण्डौँ द्धारा २०७५ साल बैशाख २२ गते शनिबार नेपाल मगर सांस्कृतिक संघ जिल्ला शाखा समिती कास्कीको ब्यवस्थापनमा पोखरा सभागृहमा नेपाल मगर सांस्कृतिक संघ केन्द्रको संस्थापक अध्यक्ष तथा वरिष्ठ कलाकार खडग गर्बुजा मगरको “खड्ग गर्बुजा मगर एकल लोक गायन २०७५” हुने भएको छ । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समिती काठमाडौ द्वारा श्रष्टालाई सम्मान गर्दै २०७३ सालमा प्रतिभावान विरिष्ठ कलाकार नेपाल मगर सांस्कृतिक संघ केन्द्रको पुर्व अध्यक्ष कविता आले मगरज्युको एकल साँझ सम्पन्न गरेको थियो भने यसपालि पनि “मगर कलाकार कल्याणकारी अक्षय कोष” वृद्धिको उद्देश्य राखेर यो कार्यक्रम गर्ने भएको छ । यस एकल लोक गायन २०७५ लाई सम्पुर्ण महानुभावहरुले पुर्ण सल्लाह, सुझाव साथै प्रोत्साहन गर्न नेपाल मगर सांस्कृतिक संघ

Read more

छमछमिको कार्यक्रममा रविता थापा मगर र शेखर घर्ती मगरलाई भोट दिन मगर सांस्कृतिक संघ केन्द्रीय समितिको आग्रह !

काठमाडौ, माघ १३ गते छमछमिको कार्यक्रममा छमछम नाच्दै रविता थापा मगर र शेखर घर्ती मगर तपाईं हाम्रो साथ र भोटले छैठौ स्थानमा आउन सफल भै सकिएको छ । अब पाचौ स्थानमा आउनका लागि पनि तपाईं हाम्रो सहयोगको अपेक्षा गरिएको छ। अब फेरि भोट दिने समय भोलि माघ 14 गते आइतबार बिहान 10 बजे सम्म मात्र छ । यो कार्यक्रम मन पर्ने महानुभावहरुले सक्दो भोट दिनुहुन र शेयर पनि गरि दिनुहुन सादर अनुरोध गर्दछु । भोट दिने तरिका: रबिता थापा मगरको लागि: Type CC 12 and Send to 34343 शेखर घर्ति मगरको लागि: Type CC 11 and Send to 34343 नोट: नेपाल मगर सांस्कृतिक संघ केन्द्रको मातहतमा नृत्य संयोजक सहकोषाध्यक्ष कल्याण राना मगरको संयोजकत्वमा रविता थापा मगर र शेखर घर्तिमगर जिताऔ

Read more

गायक खड्ग गर्बुजा एकल साँझबारे पोखरामा छलफल !

रुद्र श्रीसमगर पोखरा, १२ माघ नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको आयोजनामा पोखरामा हुने लोकगायक खड्ग गर्बुजा एकल साँझबारे पोखरामा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर सांस्कृतिक संघ कास्कीको व्यवस्थापनमा गत आइतबार भएको कार्यक्रममा नेपाल मगर संघ कास्की सहित विभिन्न मगर भ्रातृसंस्थाका प्रतिनिधिबीच सो कार्यक्रमको तयारीबारे छलफल गरिएको हो । आगामी वैशाख महिनामा हुने एकल साँझलाई सफल बनाउन छलफल कार्यक्रमको आयोजना गरिएको मगर सांस्कृतिक संघका केन्द्रीय सदस्य पदम थापामगरले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगरकै कार्यक्रम भएकाले सफल बनाउनु सबैको दायित्व भएको उल्लेख गर्नुभयो । लोक कला र संस्कृतिको विकासमा कार्यक्रमले योगदान दिन सक्ने बताउँदै रानामगरले कार्यक्रमको उद्देश्य थप प्रष्ट गरेर अघि बढे सफल हुनेमा कुनै शंका नभएको बताउनुभयो । लोकगायक खड्ग

Read more

नेपाली कथानक चलचित्र पाहुरको ट्रेलर सार्वजनिक, देश तथा विदेशका विभिन्न ठाउँहरुमा प्रर्दशनीको तयारी ! ट्रेलर सहित

सुनिता लामा पुष २१,  काठमाण्डौँ ड्रिम्स स्टुडियो प्रा.ली.को व्यावनरमा बनेको नेपाली मगर कथानक चलचित्र पाहुरको ट्रेलर हिजो बिहिबार सार्वजनिक भएको छ । यस अगाडि नै यस चलचित्रको गितहरु सार्वजनीक भइसकेको छ । सुमन थापा मगरको निर्देशन तथा श्याम थापा मगर र रिमा थापा मगर निर्माता रहेको चलचित्र पाहुर विशेष गरी मगर समुदायको कथामा आधारीत नेपाली भाषामा बनेको चलचित्र हो । यस चलचित्रको छाँयांकन अधिकांश पाल्पा र स्याङ्जाको रमणिय र ऐतिहासिक ठाउँहरुमा भएको निर्माण स्रोतले जनाएको छ । चलचित्रको कथा तथा सम्पादन सुमन थापा मगरको नै रहेको छ भने कथालाई संवाद तथा पटकथामा डम्बर सोमै मगर, बाबुराम घिमिरे र श्याम राना मगरले गरेका हुन् । गणेश पुर्वछाने मगरको छाँयाङ्कन रहेको चलचित्रमा गीत तथा संगीत मान बहादुर बराल मगर र नृत्य भुपेन्द्र

Read more

स्याङ्जा वालिङ् बासिले पनि हेरे खुर्पेटो फिल्म !

मगर मिडिया पौष, १४ काठमाण्डौँ मिफ्रुङग फिल्म प्रोडक्सन प्रा.लि. को पहिलो प्रस्तुतीको रुपमा रहेको खुर्पेटो फिल्म स्याङजाको वालिङ्मा गत शनिबार सफलतापूर्वक च्यारिटी शोे सम्पन्न भएको छ । भिम राना मगरको परिकल्पना राजेन्द्र आलेको निर्माण र विश्वास मगरको लेखन तथा निर्देशनमा निर्माण भएको मगर कथानक नेपाली भाषाको यो चलचित्र यो भन्दा अगाडी विदेशको विभिन्न ठाउँमा र नेपाल भित्रको सात ओटा जिल्लामा सफलतापूर्वक च्यारीटी शो गर्न सफल भइसकेको छ । नेपाल मगर संघ नगर समिती वालिङ् स्याङजाको आयोजनामा सम्पन्न च्यारीटि शो मा चलचित्र प्रर्दशन गर्नु अघि कलाकारको छोटो परिचय तथा सम्मान गर्दै समितिका अध्यक्ष श्री दिल बहादुर थापा मगरले खुर्पेटोका लेखक तथा निर्देशक विश्वास मगर र चलचित्रकी मुख्य आमाको भूमिका निर्वाह गरेकी टिका आलेलाई टिका लगाई सम्मान गर्नुको साथै मगर जाति र

Read more

नेपाली सांगीतिक क्षेत्रका तारा, तारा श्रीस मगर (भिडियो अन्तरवार्ता ) !

निशा थापा मगर पौष ९, काठमाण्डौ तारा श्रीस मगर नेपाली सांगितिक क्षेत्रमा करिब पाँच सय गीतहरुमा आफ्नो स्वर भरेकी चर्चित गायिका हुन् । उनले आफ्नै मातृभाषा मगर गीत, गुरु∙ भाषा, सालैज्यो, कौराहा, लोकदोहोरी, मगर चलचित्र, आधुनिक र पपजस्ता सवै विद्याका गीतहरुमा स्वर दिएकी छिन् । नेपाली कथानक चलचित्र शिरफुलको टाइटल गीत शिरैमाथि शिरफुल र   गुरुङ  भाषामा रहेको न्याग्लो गीतमार्फत पछिल्लो समय सर्वाधिक चर्चामा रहेकी तारा हाल साँगीतिक कार्यक्रमको लागि जापानमा रहेकी छिन् । उनै तारासँग कार्यक्रम यात्रा प्रतिभाको लागि साथि सुनिता मोक्तानले छोटो कुराकानी गरेकी छिन । उक्त कुराकानी हेर्नको लागि तलको लिंकमा जानुहोला । साथै कुराकानीलाई लाइक, कमेन्ट तथा शेयर गरि प्रतिक्रिया दिनुहोला ।

Read more

नृत्यमा नै लागेर आफ्नो नाम, दाम र काम कमाउँछु, (भिडियो अन्तरवार्ता ) !

निशा थापा मगर पौष ९, काठमाण्डौ । नृत्यमा नै लागेर आफ्नो नाम, दाम र काम कमाउँछु भन्ने विष्णु मगर यतिबेला सांगीतिक कार्र्यक्रमको लागि जापानमा छिन् । लेट मी डान्सको उपाधी विजेता विष्णु नृत्यलाई छोड्न नसक्ने हुदाँ आफु यहि क्षेत्रबाट नै अगाडि बढ्ने बताउँछिन् । बास्केटबल जुनियर राष्ट्रिय टिमका समेत खेलाडि रहेका विष्णुलाई सामाजिक कार्यमा लाग्न समेत उत्तिकै मन पर्छ । उनै प्रतिभाशाली विष्णुसँग कार्यक्रम यात्रा प्रतिभाको लागि साथि सुनिता मोक्तानले जापान जानुभन्दा अगाडि कुराकानी गरेकी छिन् । उक्त कुराकानी हेर्नको लागि तलको लिंकमा जानुहोला । साथै कुराकानीलाई लाइक, कमेन्ट तथा शेयर गरि प्रतिक्रिया दिनुहोला ।

Read more

चलचित्र शिरफुलको टाइटल गीतलाई मिलियन बढिले हेरे !

सुनिता मोक्तान पौष ५, काठमाण्डौ प्रदर्शनको लागि तयारी अवस्थामा रहेको नेपाली कथानक चलचित्र “शिरफुल”को टाइटल गीत “शिरै माथी शिर फुल” बोलको गीतलाई युट्युबमा मिलियन भन्दा बढिले तीन हप्ताभित्रै हेरेका छन् । यस चलचित्र मगर्स क्रियशन कम्पनी र पर्फमिङ आर्ट क्रियशनको सयुंक्त प्रस्तुति हो भने चलचित्रको निर्माता आशिर्वाद पुन मगर हुन भने चलचित्रलाई कमल ऐक्चै मगरले निर्देशन गरेका छन् । युट्युव मार्फत सार्वजनिक भएको शिरफुलको टाइटल गीतमा नायिका मारिस्का पोखरेल र चर्चित नायिका रुपा रानाको अभिनय रहेको छ भने गीतमा राजु थापाको शब्द र देवराज आले मगरको संगीत र स्वर साथै तारा श्रीस मगरको समेत स्वर रहेको छ । अब चलचित्रको ट्रेलर सँगै प्रदर्शनको मिति समेत छिट्टै सार्वजनिक गरिने निर्माण स्रोतले जनाएको छ ।

Read more

सम्झनालाई मिठो बोली लिएर आए सञ्जय पुनमगर !

रुद्र श्रीसमगर पोखरा, १५ मंसिर लोक तथा दोहोरी गायक सञ्जय पुनमगरले आफ्नो नयाँ सांगीतिक कोसेली बजारमा ल्याएका छन् । थुप्रै दोहोरी सालैजो तथा झ्याउरे गीत पस्किसकेका उनले पछिल्लो पटक “सम्झनालाई मिठो बोली” बोलको पञ्चेबाजाको गीत लिएर आएका छन् । सञ्जयले आफ्नै शब्द र लयमा सो पञ्चेबाजा गीतको म्यूजिक भिडियो समेत निर्माण गरेका छन् । उनलाई अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीसमगरले स्वरमा साथ दिएकी छन् । संगीतकार बीबी अनुरागीले सो गीतको एरेञ्ज गरेका हुन् । बागलुङको गलकोट नगरपालिका–११, रिघामा छायांकन गरिएको सो म्यूजिक भिडियोको निर्देशन गोविन्द पुनमगरले गरेका हुन् भने दानबहादुर श्रीसमगरले छायांकन तथा सम्पादन गरेका हुन् । म्यूजिक भिडियोमा पुनम पुनमगरको श्रृंगार र मिलन गुरुङको कलरिङ रहेको छ भने मोडलहरू रमेशबाबु थापामगर र बिनु बहिकमगरले अभिनय गरेका

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)