कान्छीबाट अभिनेत्री श्वेताको नेपाली चलचित्र जगतमा कमब्याक !

प्रहिल कार्की फाल्गुन ५, काठमाण्डौँ अभिनेत्री श्वेता खड्का र शैलेस खड्का द्वारा निर्माण गरिएको चलचित्र कान्छी फागुन ४ गतेबाट देशैभर एकैसाथ रिलिज भएको छ । उक्त चलचित्रलाई आकाश अधिकारी निर्देशन गरेको हो । दयाहाङ राई, श्वेता खड्का, कामेश्वर चौरासिया, निर शाहा लगाएतको मुख्य भुमिका रहेको चलचित्रमा अर्जुन पोख्रेल र राजन राज सिवाकोटीको संङ्गित रहेको छ भने यस चलचित्रलाइ पुरुषोत्तम प्रधानले छायाङ्कन गर्नु भएको छ । देशैभर एकैसाथ रिलिज भएको चलचित्र कान्छीमा श्वेता खड्कालाई निकै समयपछि फेरी चलचित्रमा देख्न  सकिन्छ । चलचित्र कान्छीलाई दर्शकले माया गरेर मनमा राखिदिनु हुन्छ भन्ने कुरामा नायिका श्वेता खड्का आशावादी हुनुहुन्छ साथै आकाश अधिकारी द्वारा निर्देशित १८ औँ चलचित्र कान्छीलाई दर्शकले माया गर्नुहुन्छ भन्नेमा निर्देशक पनि उत्तिकै विश्वस्त हुनुहुन्छ ।

Read more

नेपाल चलचित्र बिकास बोर्डले ई–टिकेटिङ्ग लागु गर्यो !

दिपा राई ४ फाल्गुन, काठमाण्डौ नेपाल चलचित्र बिकास बोर्डले यहि  फागुन  १ गते बाट बक्स अफिस लागु गराएको छ । थापाथली स्थित डाटा हलको कार्यलयमा भएको बक्स अफिस म्यानजमेन्ट सिस्टम समुद्घाटन समारोहको उद्घाटन तत्कालीन सूचना तथा सञ्चार मन्त्री, मोहन बहादुर बस्नेतले गर्नुभएको थियोे । साथै उहाँले यस्ता प्राविधीक कुराले फिल्म क्षेत्रलाई अझ बढि पारदर्शी बनाएको बताउनु भयो । उक्त कार्यक्रममा चलचित्र विकाश वोर्डका अध्यक्ष निकीता पोैडेल र संयोजक नरेन्द्र महर्जन लगायत अन्य सदस्यहरुको उपस्थिती रहेको थियो । बक्स अफिस अर्थात ई–टिकेटीङ्ग सिस्टमद्धारा सम्पूर्ण  टिकेटको जानकारी हुने र बक्स अफिस खुलेको २ घण्टा भित्र सम्बन्धित संस्था वा निर्मातालाई अटो जेनेरट इमेल मार्फत जानकारी हुने कुरा उक्त समारोहमा बताइएको थियो । फागुन ७ गते भित्र काठमान्डौ उपत्यकाका सम्पूर्ण हलहरुमा ई–टिकेटिङ प्रणाली जडान

Read more

शिरैमाथि शिरफुल गीतका गायकगायिका देव र तारासँगको रमाईलो कुराकानी !

सुनिता लामा माघ २४, काठमाण्डौ पछिल्लो छोटो समयमा नै युट्युवमा यतिवेला निकै चर्चा कमाउन सफल नेपाली गीतहरुमध्ये नेपाली कथानक चलचित्र शिरफुलको शिर्ष गीत भिरैमाथी भिरफुल शिरैमाथी शिरफुल  गीत पनि एक हो । जुन गीतलाई अहिले करिब ३ मिलियनले हेरिसकेका छन् भने जुन गीतले नेपाली मिडियाहरुका काउनडाउन कार्यक्रमहरुमा पनि नम्बर वानमा पर्न सफल भएको छ । सोहि गीतका गायक तथा संगीतकार देवराज आले मगर र गायिका तारा श्रीस मगरसँग कार्यक्रम यात्रा प्रतिभाका लागि सोहि गीतमा केन्द्रित भएर छोटो कुराकानी गरिएको थियो । शिर्षगीतले छोटो समयमा जसरी चर्चा बटुल्न सफल भएको छ त्यसरी नै चलचित्र शिरफुल पनि दर्शकका लागि राम्रो चलचित्र बनेकोले चलचित्रले पनि चर्चा बटुल्ने पुरा विश्वासका साथ निमार्णका सम्पुर्ण कार्य सकेर प्रदर्शनको तयारीमा रहेको कुरा निर्माण स्रोतले जनाएको छ ।

Read more

प्रिया गुरुङको ‘मैना बसेको’ सार्वजनिक !

रुद्र श्रीसमगर पोखरा, २४ माघ लोक तथा दोहोरी गायिका प्रिया गुरुङले ‘मैना बसेको’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । वसन्त विश्वकर्माको लय तथा शब्दमा रहेको सो गीतको म्यूजिक भिडियो गायिका प्रियाले युट्युबमार्फत् सार्वजनिक गरेकी हुन् । आशीष म्यूजिक प्रालिको प्रस्तुती रहेको म्यूजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । एकता फिल्मस् प्रालिले दृश्य निर्माण गरेको हो भने दुर्गा पौडेलले छायाड्ढन र नवीन घर्तीमगरले सम्पादन गरेका हुन् । म्यूजिक भिडियोमा शंकर बिसी र अञ्जली अधिकारीले अभिनय गरेका छन् । युट्युबमा हेर्नका लागि लिंक ः

Read more

तिला थापा गरङजाको सुर्खेती मौलिक झ्याउरे गीत “माया रेलीमै” सार्वजनीक !

मगर मिडिया काठमाण्डौँ, माघ २४ खड्ग गर्बुजा र तिला थापा गरङजा मगरको सुर्खेती झ्याउरे गीत “माया रेलीमै” सार्वजनिक भएको छ । गीतमा स्वर खड्ग गर्बुजा र तिला थापा गरङजा मगरले दिएका छन् भने, शब्द  पनि तिला थापा गरङजा मगरकै रहेको छ । मगर क्रियसनको प्रस्तुतिमा बनेको म्यूजिक भिडियोलाई चन्द्र मन्दिर मगरले निर्देशन गरेका छन् । यस भिडियोको छायाँकन मान बहादुर ओलीले गरेको हो भने विष्णु शर्माको सम्पादनमा बनेको उक्त भिडियोमा रोशन राना मगर, दिपा दर्लामी मगर, बिनोद सोती मगर, शर्मिला थापा मगर लगायतले अभिनय गरेका छन् । म्यूजिक भिडियोलाई हिजो मर्गस क्रियसनको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस:

Read more

खेमजी रानाको मौलिक चुट्का कौराहा “यो नानीको आखैं गाजले” बजारमा !

मगर मिडिया, माघ २३, काठमाडौँ धादिङ्गको खरी बाँजोघरमा जन्मिएका खेमजी रानामगर सानै देखि गीत गाउने र एक दिन कलाकार बन्ने धोको लिएर सांगीतिक क्षेत्रमा होमिएका थिए, नभन्दै उनि कलाकार बनेरै छाडे । अहिले सम्म आधा दर्जन भन्दा बढी गीत बजारमा ल्याईसकेका खेमजिको अझै थुप्रै गीतहरु बजारमा आउन बाँकी नै छन् । खेमजीले अहिले फेरी एकदमै मौलिक किसिमको चुट्का कौराहा गीत “यो नानीको आखैं गाजले” बजारमा ल्याएका छन् । खेमजीको आफ्नै लय/शब्द रहेको यस गीतमा खुस्बु बिन्दामगर, इरिषा पाटामगर, बिबेक आलेमगर र कृष्ण आलेमगरले सुमधुर स्वरले सजाउन खेमजी रानालाई साथ् दिएकाछन । मनाङ्ग गुरुङ्ग्को निर्देशन र दुर्गा पौडेलले छायाँकन गर्नु भएको यस गीतको म्युजिक भिडियोलाई बिष्णु शर्माले सम्पादन गर्नु भएको छ, साथै, सन्तोषी, ओनिका, बबिता, बिनिता, लक्ष्मी, सोफिया, सपना, रोमी, स्मृति

Read more

सुनिता थापा मगरको आवाजमा फेरी अर्को गीत “अर्को जुनी” बजारमा !

मगर मिडिया, माघ २२, काठमाडौँ देवघाट ३ तनहुँमा जन्मिएकी सुनिता थापा मगरले एक बर्ष कै अन्तरालमा आधा दर्जन भन्दा बढी गीतहरुमा आवाज दीइसकेकी छिन । अहिले फेरी उनले आफ्नै आवाजमा अर्को गीत “अर्को जुनी” बजारमा ल्याएकी छिन । यस गीतमा सुनितालाई राजेन्द्र कँडेलले साथ् दिएका छन् । मदन मगरको शब्द रहेको यस गीतमा नीराज आलेको लय रहेको छ । कपिल लामाको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा सुरेश श्रेष्ठले छायाँकन गरेका छन् । सिम्रन फिल्म्सले द्रिस्य निर्माण गरेको यो गीतलाई सुजन शाहीले सम्पादन गरेका छन् भने सुपारी म्युजिकले बजारमा ल्याएको छ । यस म्युजिक भिडीयोमा सारिका र बिमल अधिकारीले अभिनय गरेका छन् । यो म्युजिक भिडियो हेर्न, तलको लिंकमा क्लिक गर्नुहोस:

Read more

गोविन्दको ‘अधुरो मुस्कान’ आयो !

रुद्र श्रीसमगर २१ माघ, पोखरा लोकप्रिय सर्जक, गायक तथा मोडल गोविन्द पुनमगरको आधुनिक गीत ‘अधुरो मुस्कान’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हालसम्म विभिन्न लोक तथा दोहोरी गीत एवं गाउँका गीत ल्याएका गोविन्दले पहिलोपटक आधुनिक गीतको म्यूजिक भिडियो ल्याएका हुन् । उनी आफैंले शब्द लेखेका छन् भने म्यूजिक भिडियोको निर्देशन पनि गरेका छन् । सो गीतमा गायिका तारा श्रीसमगरले स्वर दिएकी छिन् भने गायक एवं संगीतकार नवीन रानामगरको संगीत र आशीष अविरलको एरेञ्ज रहेको छ । टाइगर्स फिल्मस् प्रालिको प्रस्तुती रहेको म्यूजिक भिडियोमा गोविन्द आफैंले अभिनय गरेका छन् भने उनलाई अभिनयमा मुस्कान थापा र सिर्जना मगरले साथ दिएका छन् । दानबहादुर श्रीसमगर र मिलन गुरुङको छायाड्ढन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा मिलन गुरुङले कलरिड्ड र जय गुरुङले श्रृड्डार गरेका हुन्

Read more

नीता र मीनाको ‘भुरुरु पुतली तिरीरी मुरली’ !

रुद्र श्रीसमगर २१ माघ, पोखरा चर्चित लोक तथा दोहोरी गायिकाद्वय नीता पुनमगर र मीना गर्बुजामगरले नयाँ गीत ‘भुरुरु पुतली, तिरीरी मुरली’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिदीबहिनी इन्टरटेन्मेन्ट म्यूजिक प्रालिको प्रस्तुती रहेको सो लोक दोहोरी गीतको म्यूजिक भिडियोमा रामजी खाँण र आरुसी मगरले अभिनय गरेका छन् । नीता पुनमगरको लय र सीपी मगरको शब्द रहेको सो गीतको म्यूजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । साई भिजन प्रालिले दृश्य निर्माण गरेको हो भने छायाड्ढन राजेश घिमिरे र सम्पादन विष्णु शर्माले गरेका हुन् । म्यूजिक भिडियोमा रेशम दर्लामीले ड्रोन चलाएका हुन् । युट्युबमा हेर्नका लागि लिंक ः

Read more

गीतकार चन्द्रज्योतिको ‘माघे सकराती’ गीत सार्वजनिक !

रुद्र श्रीसमगर पोखरा, १९ माघ नेपालका मगर, थारूलगायतका जाति र समुदायले मनाउने सांस्कृतिक चाड ‘माघे सकराती’को गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘आऊ दिदीबहिनी हो, आऊ दाजुभाइ हो’ बोलको गीत अहिलेकी चर्चित गीतकार चन्द्रज्योति आलेमगरले लेखेकी हुन् । राजकुमार बगरको संगीत रहेको सो गीतमा गायक नवराज थापामगर र निकिता थापाले स्वर दिएकी छिन् । म्यूजिक भिडियोमा भने नायक, गायक एवं मोडल मनसुधन थापामगर र मोडल रिना थापामगरले अभिनय गरेका छन् । गीतमा वर्णन गरिए जसरी विशेषगरी मगर जातिले आफ्नै मौलिक तरिकाले मनाउने माघे सकरातीका बारेमा म्यूजिक भिडियोमार्फत् देखाइएको छ । युट्युबमा हेर्नका लागि लिंक ः

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)