बाग्लुङ मगर समाज काठमाडौंको अध्यक्षमा भिम श्रीस मगर (फाटो फिचर सहित) !

माघ ११, काठमाडौं बाग्लुङ मगर समाज काठमाडौंको शनिबार सम्पन्न चौथो अधिवेसनले भिम श्रीस मगरको अध्यक्षतामा २१ सदस्यिय नँया कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा क्पाप्टेल शेर बहादुर पुन, महासचिवमा अनिता पुन, सचिवमा दान बहादुर श्रीस र कोषध्यक्षमा प्रेम बहादुर पुन रहनुभएको छ । काठमाडौंमा बसोबास गर्ने बाग्लुङका सम्पुर्ण मगरहरलाई संगठित गरी आफ्ना हक अधिकारको निम्ती जागरुक गराउने र आफ्नो मौलिक कला संस्कतिको जगेर्ना गर्दै मगर समुदायको सम्वद्र्धन प्रबद्धृनको लागी समाजले काम गर्दै आएको नवनिर्वाचित अध्यक्ष श्रीस मगरले जानकारी दिनुभयो । उहाँले काफ्नो कार्यकालमा बाग्लुङेली मगर समुदायले अफुप्रती देखाएको विश्वास टुट्न नदिने भन्दै सबै एक जुट भई अघ बढ्नुपर्ने र सबैलाई राम्रो काममा सहयोग गर्नु पनि आग्रह गर्नुभयो । मगर सेवा समाज ललितपुरमा भएको अधिवेशनमा बाग्लुङेली मगरहरुको बाक्लो उपस्थिती

Read more

गलकोट समाज–पोखराले पुस १६ गते वनभोज आयोजना गर्ने !

रूद्र श्रीसमगर पोखरा, ११ पुस बागलुङ जिल्लाको गलकोट भेगबाट पोखरा आइ विभिन्न पेशा, व्यवसाय गरी बस्ने गलकोटेहरूको साझा संस्था गलकोट समाज–पोखराले यही पुस १६ गते वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको प्रथम पूर्ण बैठकले शान्ति वन बाटिकामा वनभोज गर्ने निर्णय गरेको समाजका अध्यक्ष मीनबहादुर खत्रीले जानकारी दिनुभयो । वनभोज कार्यक्रम सफल बनाउन उपाध्यक्ष खडकबहादुर थापाको संयोजकत्वमा उपसमिति समेत गठन गरिएको छ । त्यस्तै, बैठकले सात सदस्यीय सल्लाहकार समेत चयन गरेको छ । विशेष सल्लाहकारमा प्रा.डा. भवानीप्रसाद पाण्डे ‘भाष्कर’ र मोहन चन्द ‘राजन’, अन्य सल्लाहकारहरूमा रुपबहादुर थापा, हिराबहादुर खत्री, जयबहादुर क्षत्री, रामप्रसाद पाण्डे र बमबहादुर छन्त्याल रहनुभएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । साथै, बैठकले अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाई

Read more

गलकोट घुम्टे विकास मञ्च अब गलकोट समाज, अध्यक्षमा मीनबहादुर खत्री सर्वसम्मत !

रूद्र श्रीसमगर पोखरा, ९ पुस बागलुङ जिल्लाको गलकोट भेगबाट पोखरा आइ विभिन्न पेशा, व्यवसाय गरी बसेका गलकोटेहरूको साझा संस्था गलकोट घुम्टे विकास मञ्च–पोखराको नाम परिवर्तन गरिएको छ । शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले संस्थाको नाम परिवर्तन गरी ‘गलकोट समाज–पोखरा’ राखेको हो । साधारणसभाले विधान संशोधन गरी सर्वसम्मत रूपमा नाम फेर्ने प्रस्ताव पारित गरेको हो । अधिवेशनले गलकोट समाज पोखराको नयाँ नेतृत्व समेत चयन गरेको छ । जसको अध्यक्षमा मीनबहादुर खत्री सर्वसम्मत चयन हुनुभयो । त्यस्तै, उपाध्यक्षद्वयमा राधिका खत्री र खडकबहादुर थापा, सचिवमा रूद्रबहादुर श्रीस, सह–सचिवमा दीपक बोहोरा र कोषाध्यक्षमा क्या. पूर्णबहादुर खत्री सर्वसम्मत चयन हुनुभयो । त्यसैगरी, आगामी दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय समितिका सदस्यहरूमा हर्कबहादुर पाण्डे, शालिकराम गैह्रे, देवीलाल कँडेल, जंगबहादुर थापा, हरिबहादुर भण्डारी, गंगा

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)