माघेसकराती चाड मगराँत पहिचान र अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाउने (भिडियो सहित)!

श्याम राना मगर पौष २६, काठमाण्डौ संसारभरिका मगरहरु साथै मगर संघसंस्थाहरुले २०७४ सालको माघे सकराती राष्ट्रिय चाडलाई मगरात पहिचान र अधिकारसहितको संघीयता र आदिबासी जनजाति लगायतका उत्पिडित नेपाली जनताको बाँकी अधिकार प्राप्तिको आन्दोलनकै रुपमा संसार भरि भव्य रुपमा मनाउने भएका छन् । संसार भरि छरिएर रहेका मगरहरुले विभिन्न ठाउँमा यस चाडलाई भव्य रुपमा मनाउँदै गर्दा नेपाल मगर संघ केन्द्रिय समितिले माघ १ गतेका दिन काठमाण्डौको भृकुटिमण्डपमा सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन मगर पासाङको प्रमुख आतिथ्यतामा औपचारिक रुपमा माघे सकराती चाड कार्यक्रम गर्ने कुरा नेपाल मगर संघ केन्द्रिय समितिले पौष २६ गते रिर्पोटस क्लबमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । पत्रकार सम्मेलन मार्फत जारि प्रेस विज्ञप्तिमा माघे सकराति चाडलाई मगर लगायत सवै नेपालीहरुले मनाउने चलन भएपनि यस चाडलाई २०६५

Read more

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रेस बिज्ञप्ती, १२ माघ २०७३ !

फोजिनको प्रेस बिज्ञप्ती, १२ माघ २०७३ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले सवै जिल्लामा अधिवेशन यही माघ २५ गतेदेखि २५चैत ०७३ भित्र सम्पन्न गर्ने निर्णय गर्यो । केन्द्रीय कार्य समितिको काठमाडौं बुधवार बसेको आठौं पूर्ण बैठकले सो निर्णय गरेको हो । बैठकले नेपाल पत्रकार महासंघको आगामी बैशाखमा हुने २५औ महाधिवेशनका लागि पूर्ण समावेशी सिद्धान्तका आधारमा फोनिजका सदस्यहरुलाई समेत केन्द्रीय पार्षद्मा छनौट गर्न नेपाल पत्रकार महासंघसँग माग गर्ने निर्णय गरेको छ । साथै महासंघको जिल्ला, प्रतिष्ठान, एशोसियट, उपत्यका र कर्णाली क्षेत्रको अधिवेशनमा फोनिजको तर्फबाट उम्मेदवार बन्ने पत्रकारहरुलाई बिजय गराउन सम्वद्ध सवै पक्षसँग पहल गर्ने निर्णय गरेको छ । बैठकले पत्रकारको सुरक्षाको साथै प्रेस र नागरिक स्वतन्त्रताको रक्षा गर्न सरकारसँग माग गरेको छ । यसैगरी जनसंख्याको करिब ३७ प्रतिशत रहेको आदिवासी जनजाति समुदायका

Read more

न्युनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग !

दिपक श्रेष्ठ, काठमाण्डौ नेपाल मिडिया सोसाइटीले हालै मजदुर कर्मचारीको खिलापमा जारी गरेको विज्ञप्ती प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै न्युनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गर्दै क्रान्तिकारी पत्रकार संगठन नेपालले प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा नियम अनुरुप पारिश्रमिक नदिई सेवा सुविधा समेत जोडेर तोकेको मात्रा पु¥याएको देखाउने मिडिया मालिक प्रति पत्रकारहरुले असन्तुष्टि व्यक्त गरेका छन् । श्रमजिवि पत्रकार एंव सञ्चारकर्मीहरुले उठाएको अन्य जायज मागहरु पुरा गर्न समेत संगठनले माग गरेको छ । रिपोर्टस क्लबमा कान्तिपुर पब्लिकेशन्सका मजदुरहरुले पाउनुपर्ने न्युनतम पारिश्रमिक विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गत शनिबार आयोजना गर्दै उक्त कुरा जनाएको हो ।

Read more

रोल्पामा आज आयोजित मगरात जनसभालाई बिथोल्ने प्रयास प्रति खेद प्रकट गर्दै नेपाल मगर संघ को प्रेस विज्ञप्ति !

काठमाडौँ, २०७३ मंसिर ३० प्रेस विज्ञप्ति बहुजातिय बहुभाषिक बहुसास्कृतिक लगायतका बहुलताले भरिपूर्ण देश नेपालको राज्य सत्तामा एउटै जाति भाषा सस्कृतिको एकाधिकार कब्जा भयो त्यसैको बिरुद्धमा समानता र सबैको न्यायका लागि पहिचान सहितको अधिकारका लागि आन्दोलन जारी रहेको सर्वविदितै छ । राज्यसत्तामा एकाधिकार जमाएर बसेका केहि मुठ्ठि भरका शासकहरु र न्याय र समानताका पक्षमा आन्दोलनकारीहरुको बिचमा संघर्ष भइरहेको वर्तमान परिवेशमा मगर समुदायको अधिकारमुखि सस्था नेपाल मगर संघ केन्द्रीय समितिले मगर समुदायको सघन बसोबास भएका क्षेत्रहरु, भाषिक सघनता भएका क्षेत्रहरु, मगर सास्कृतिक सभ्याता भएका क्षेत्रहरु, ऐतिहासिक भूगोलहरुलाई मध्येनजर गरि १९ जिल्लाको मगरात स्वायत्त प्रदेश हुनुपर्दछ भनेर लामो समय देखिको आन्दोलन अहिले तिब्र रुपमा चलिरहेको छ । मगरात सुनिश्चित गरिनुपर्दछ भन्ने नेपाल मगर संघ, संयुक्त मगर मञ्च र मगरात संघर्ष समितिको मागको विपरित

Read more

मगर संघ कास्कीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र पठायो / संविधान संशोधन प्रस्ताव पारित गर्न माग !

रूद्र श्रीसमगर पोखरा, २२ मंसिर नेपाल सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गर्न माग गर्दै नेपाल मगर संघले ७५ वटै जिल्ला र विदेशस्थित आफ्ना शाखाहरूबाट प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र पठाएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको निर्णय अनुरुप कास्की जिल्ला कार्यसमितिले पनि कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । बुधबार कास्की जिल्ला अध्यक्ष पूर्णबहादुर रानामगरको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई प्रधानमन्त्रीलाई पठाउने ज्ञापनपत्र हस्तान्तरण गरेको हो । ज्ञापनपत्रमा संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने, मगरात स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने, मगरात टुक्राउने षड्यन्त्र बन्द गर्नुपर्नेलगायतका माग समेटिएका छन् । प्रदेश विभाजनका क्रममा मगर समुदायको क्लस्टरलाई विभाजन गरिएको भन्दै मगर समुदाय लामो समयदेखि आन्दोलनरत छन् । मगर समुदाय विभिन्न पार्टीसम्बद्ध मगर संगठनहरू सम्मिलित संयुक्त मगर मञ्च

Read more

मगर संघ केन्द्रको प्रेस विज्ञप्ती !

१७ मंगसिर २०७३, काठमाडौँ बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश नेपालमा आदिमकालदेखि बसोबास गर्दै आईरहेको मगर समुदायको आदिम थातथलो मगरात भूमिलाई तीन टुक्रा पारेर विभाजन गरि ७ प्रदेश सहित जारी गरिएको संविधान–२०७२ लाई संशोधनका लागि नेपाल सरकारले मिति २०७३ मंसिर १४ गते संसदमा दर्ता गरेको संशोधन प्रस्तावका सवालमा मगरहरुको साझा सामाजिक अधिकारमुखि राष्ट्रिय संगठन नेपाल मगर संघको धारणालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गराएता पनि प्रेस विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं । १) राज्यको पुर्नसंरचनाका सन्दर्भमाः प्रदेश नम्बर ५ मा रहेका जिल्लाहरु (रोल्पा, रुकुम (पूर्वी भाग), प्यूठान, अर्घाखाँची, गुल्मी, पाल्पा, दाङ्ग (पहाडी भाग) र रुपन्देही (केही भाग) र प्रदेश नं ४ मा रहेको स्याङ्जा, नवलपरासी (पहाडी भाग), तनहुँ, गोरखा (दक्षिण भाग), लमजुङ (दक्षिण भाग), पर्वत (दक्षिण पश्चिम भाग), म्याग्दी, बाग्लुङ्ग र

Read more

मगर संघ कास्कीको प्रेस विज्ञप्ति !

पोखरा, १५ मंसिर आदरणीय पत्रकार मित्रहरू, नेपाल मगर संघ, नेपालको समग्र जात÷जातिमध्ये तेस्रो ठूलो समुदाय र सूचीकृत आदिवासी जनजातिहरूमध्येको पहिलो ठूलो आदिवासी÷जनजाति समुदाय, मगर समुदायको मातृभाषा, धर्म, संस्कृति, भेषभूषा, कला, संस्कार र इतिहासको संरक्षण एवं संवद्र्धनका साथै, मगर जातिको हक, हित र अधिकारका पक्षमा निरन्तर लड्दै आएको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघ देशका प्रायः सबै जिल्लामा विस्तारित र संगठित छ । कास्की जिल्लामा पनि समग्र कस्केली मगर समुदायको हक, हित र अधिकार साथै, पहिचानको संरक्षणका खातिर नेपाल मगर संघ कास्की अहोरात्र लागिरहेको सर्वविदितै छ । यसै सन्दर्भमा ‘मातृभाषा संस्कार, संस्कृतिको संरक्षण तथा संवद्र्धन गरौं, मगर समुदायको मौलिक कौह्रा नृत्यको पहिचान जोगाऔं’ भन्ने मूल नाराका साथ मौलिक कौह्रा संरक्षणमा टेवा पु¥याउने पवित्र उद्देश्यका साथ नेपाल मगर संघ

Read more

अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिताको तयारी पूरा !

रूद्र श्रीसमगर पोखरा, १५ मंसिर नेपाल मगर संघ कास्कीको आयोजनामा यही मंसिर १८ गते शनिबार हुने ‘अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम–२०७३’ को तयारी पूरा भएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको व्यवस्थापनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराइयो । प्रतियोगिताको तयारीबारे जानकारी दिँदै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर समुदायको पहिचान मौलिक कौह्रा नृत्यको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । ‘मौलिक कौह्रा नाच मगर समुदायको पहिचान हो’, अध्यक्ष रानाले भन्नुभयो, ‘मगर जातिको मौलिक संस्कृति संरक्षणका लागि प्रतियोगितात्मक कार्यक्रममा पनि हाम्रो विशेष जोड छ ।’ प्रतियोगिताले कौह्रा नृत्यको प्रचार–प्रसारमा पनि सहयोग पुग्ने विश्वास लिएको बताउँदै अध्यक्ष रानाले कौह्राको मौलिकता जोगाउन मगर संघ लागिपरेको उल्लेख गर्नुभयो ।

Read more

मगरातलाई एक ठाउँमा नराखे सशक्त आन्दोलन हुने – नेपाल मगर संघ/मगरात संयुक्त संघर्ष समिति !

मसिंर १४, काठमाडौं नेपाल मगर संघले संविधान संशोधनको क्रममा प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई प्रदेश नम्बर ४ मा मिसाउन माग गरेको छ। नेपाल मगर संघ, मगरात संयुक्त संघर्ष समिति र संयुक्त मगर मञ्चले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर ५ नम्बर प्रदेशको पहाडी जिल्लाहरुलाई ४ नम्बर प्रदेशमा मिसाउन माग गरेको हो। ‘प्रदेश नम्बर ५ मा रहेका दाङ र रुपन्देहीका पहाडी भाग, रोल्पा, रुकुमको पूर्वी भाग, प्यूठान, अर्घाखाँची, गुल्मी, पाल्पा र प्रदेश नम्बर ४ को स्याङ्जा, नवलपरासीको पहाडी भाग, तनहुँ, गोरखाको दक्षिणी भाग, पर्वत, म्याग्दी, बाग्लुङका भूभाग समेटेर ऐतिहासिक पहिचानको आधारमा मगरात स्वायत्त प्रदेश स्थापना गराउन जोडदार माग गर्दछौ’ मगरात संयुक्त संघर्ष समिति र संयुक्त मगर मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ। पत्रकार सम्मेलनमा मगर संघका अध्यक्ष नवीन रोकामगरले अहिलेको सात

Read more

मगर संघ, शाखा कतारको प्रेष बिज्ञप्ति !

प्रेष बिज्ञप्ति नेपाल मगर संघ, शाखा कतार नोवेम्बर २३, २०१६ अन्यायमा परेका जिवनथापा मगरकीश्रीमतीजोया र उनकादुई नाबालकबच्चाहरुलाई देश निकालागरिएको काण्डको सत्यतथ्य घटना बाहिर ल्याउन देशबिदेशकान्यायप्रेमी नेपालीजनमानस, संघसंस्थाहरुको अथकप्रयास अनि सहयोगपश्चात्उनीहरुलाई पुनः नेपालफर्काउन सफलभएकोबारे सर्वबिदितै छ । यस कार्यमाजिवनथापा मगरका मामाकामे मगरको ठुलो योगदान रहेको छ । गतमंसिर १,२०७३ का दिन जोया र जिवनथापा मगरको कानुनी रुपमा बिवाहदर्ता प्रक्रियाका लागि जिल्ला प्रशाशन कार्यालय, चितवन गएर कानुनी प्रक्रियामा भईरहेकोअवस्थामा छानबिन समितिका सदस्य तथा सोलुखुम्बु अनलाईनका पत्रकार महेश राना मगर र कामे मगरलाईजिवन–जोया काण्डमा बिरोध गरेको भनी चितवन प्रशासनले साईबर क्राईमको आरोप लगाई गिरफ्तार गरेको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । प्रकाशित समाचार प्रति चित्त नबुझे वा कुनै किसिमको गुनासो रहे त्यसको लागि कानुनी उपचारको बिकल्प हुँदाहुँदै पत्रकारलाई पक्राउ गरिनुले प्रेस

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)