गायक सुबी राई र चर्चित गायिका मेलिना राईको “यो गाउँले कान्छोलाइ‘..” सार्वजनिक (भिडियो सहित)

मगर मिडिया काठमाण्डौँ, पौष २८ नेपाली कथानक चलचित्र “यो समाज” को “यो गाउँले कान्छालाई..”बोलको गीत सार्वजनिक भएको छ । गीतमा नेपाली सांगितिक क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाइ सक्नु भएका पुर्वेली गायक सुबी राई र चर्चित गायिका मेलिना राईको स्वर रहेको उक्त गीतमा गायक स्वयम् कै संगित रहेको छ । लब्ली तुलसीको शब्द र चन्दु गोर्खालीको संगित संयोजन रहेको यस फिल्मको निर्देशन भने नविन भुजेलले गर्नुभएको छ । नृत्य निर्देशक मनि कुमार राईको नृत्य रहेको उक्त गीतमा सञ्जोक र सरिनाको अभिनय रहेको छ । सञ्जिव धमला निर्माता रहेको यस फिल्मको सम्पादन तिलक रिजालले गर्नुभएको छ । चन्दु गोर्खालीको संगित संयोजन रहेको छ । भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोस् ।

Read more

सामाजिक अभियन्ता चन्द्रज्योतिको “तिम्रो माया”ले व्यापक चर्चा बटुल्दै !

रूद्र श्रीसमगर २७ कार्तिक पोखरा दुई दशकअघिदेखि सामाजिक क्षेत्रमा क्रियाशील चन्द्रज्योति आलेमगरको आधुनिक गीत “तिम्रो माया”को म्यूजिक भिडियोले यतिबेला व्यापक चर्चा बटुलिरहेको छ । नेपाल मगर संघकी केन्द्रीय सदस्य एवं पूर्वी एसिया संयोजक र मगर संघ हङकङकी निवर्तमान अध्यक्ष चन्द्रज्योतिले आफ्नै शब्दमा “तिम्रो माया” लिएर आउनुभएको हो । लाफा इन्भेष्टमेन्ट प्रालिकी अध्यक्ष समेत रहेकी चन्द्रज्योतिले हङकङमा रहेर पनि नेपालको सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएको छ । राजकुमार बगरको संगीत र युवराज चौलागाईंको स्वर रहेको गीतको म्यूजिक भिडियोमा पल शाह र आँचल शर्माले अभिनय गरेका छन् । राजन ईशानको एरेञ्ज रहेको गीतको म्यूजिक भिडियोको निर्देशन पल शाह आफैंले गरेका छन् । अनिलकुमार मानन्धरको छायांकन, शिलन लम्सालको सम्पादन रहेको म्यूजिक भिडियोलाई लाइक माइन्डस्ले निर्माण गरेको हो भने गीत त्रिवेणी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको

Read more

दशैं तिहारको शुभकामना सहित मगर्स क्रियशनको प्रस्तुतिमा दशैं तिहार गीत “परदेशी भाग २” बजारमा !

आश्विन ६, काठमाडौँ । दशैं तिहारको शुभकामना सहित, मगर्स क्रियसनको प्रस्तुतिमा प्रतिभाशाली लोक गायिका जुना श्रीस मगर र चर्चित गायक ऋषि खड्काको सुमधुर स्वरमा दशैं तिहारको एकदमै मार्मिक गीत “परदेशी भाग २” बजारमा आएको छ । ऋषि खड्काको लय/शब्द रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले, गर्नु भएको छ भने, छायांकन प्रकाश खड्काले गर्नु भएको छ । राजेश कुमारले सम्पादन गर्नु भएको यस म्युजिक भिडियोको पोस्ट प्रोडक्सन बि स्टार फिल्म्सले गरेको हो । यस गीतमा रन्जिता गुरुङ्ग र बुद्धिबीर थापाले नृत्य/अभिनय गरेका छन् ׀ यसको उत्पादन तथा बजार व्यवस्थापन मगर्स क्रियसन कम्पनिले गरेको छ ׀ यस गीतको PRBT कोड 70147009 र SMART कोड 10116186 रहेको छ | हेरौं दशैं तिहारको एकदमै मार्मिक गीत “परदेशी भाग २” यस लिंकमा:

Read more

खेमको “बागलुङमा घुम्टे” म्युजिक भिडियो सार्वजनिक !

माया घर्ति मगर भाद्र १६, काठमाडौँ मगर्स क्रियसनको प्रस्तुतिमा प्रतिभाशाली गायक खेम पुन मगरको शब्द र संगीतमा सजिएको झ्याउरे भाका “बागलुङमा घुम्टे” को म्युजिक भिडियो सार्वजनिक भएको छ ׀ चर्चित लोक दोहोरी गायिका देवी घर्ती मगर र खेम पुन मगरको आफ्नै सुमधुर स्वरमा सजिएको यस मौलिक झ्याउरे गीतमा आरुशी मगर र हेरुका लामाले नृत्य- अभिनय गरेका छन् ׀ गीतको भिडियो निर्देशन पछिल्लो समयका ब्यस्त युवा         निर्देशक चित्र मास्की राना मगरले गरेका छन् भने शम्भु चालिसेको छायांकन रहेको छ ׀ जसको बजार तथा वितरण भने मगर्स क्रियसन कम्पनिले गरेको छ ׀

Read more

पूजनालाई गोविन्दले दिए ‘पानफूले पछ्यौरी’ !

रूद्र श्रीसमगर पोखरा, १० भदौ अभिनेत्री पूजना प्रधानलाई म्यूजिक भिडियो निर्देशक एवं मोडल गोविन्द पुनमगरले ‘पानफूले पछ्यौरी’ दिएका छन् । गोविन्दले आफ्नै स्वरमा बजारमा ल्याएको मौलिक दोहोरी गीत ‘पानफूले पछ्यौरी’को म्यूजिक भिडियोमा अभिनेत्री पूजनालाई पानफूले पछ्यौरी दिएका हुन् । म्यूजिक भिडियोमा पूजना र गोविन्दको अभिनय छ । झण्डै दुई दर्जनबढी म्यूजिक भिडियो निर्देशन गरिसकेका गोविन्द बहुप्रतिभाशाली कलाकार हुन् । मोडलिङबाट नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका गोविन्दले निर्देशनसँगै शब्द र लय सिर्जनामा पनि उत्तिकै दख्खल राख्छन् । हालसम्म थुप्रै गीतमा आफूले शब्द र लय सिर्जना गरेर अरुलाई गाउन दिँदै आएका उनले यसपटक भने आफैंले गाएका छन् । ‘पानफूले पछ्यौरी’को गीतमा उनलाई देवी घर्तीमगरले स्वरमा साथ दिएकी छिन् । उनको आफ्नै शब्द सिर्जना र दानबहादुर श्रीसमगरको लय संकलन रहेको

Read more

जापानबाट बम पुनमगर र हिरा श्रीसमगरले मौलिक कौराहा गीत “लाउछु माया” बजारमा ल्याए !

काठमाडौँ, ९ भाद्र | मौलिक कौराहा गीत ‘लाउछु माया’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ । चर्चित गायक तथा नायक देब आले मगरको शब्द र संगीत रहेको यस गीतलाई बागलुंग घर भै हाल जापानलाई आफ्नो कर्म थलो बनाउदै आउनु भएका गायक द्वय बम पुन मगर र हिरा श्रीस मगरले आफ्नो सुमधुर स्वरले सजाउनु भएको छ भने उहाँ हरुलाई देवराज आले मगरले पनि साथ् दिनु भएको छ | यस गीतको म्युजिक भिडियोलाई चित्र मास्की मगरले निर्देशन गर्नु भएको हो भने छायांकन सम्भु चालिसेले गर्नु भएको हो साथै सम्पादन रबिन बिक. ले गर्नु भएको हो | यस गीतलाई मगर्स क्रियशन कम्पनीले उत्पादन गरि बजारमा ल्याएको हो | | हेरौं यो मौलिक कौराहा गीत ‘लाउछु माया’….

Read more

ढुड्डेठाँटीमा ‘पान फूले पछ्यौरी’ को म्यूजिक भिडियो छायांकन !

रूद्र श्रीसमगर पोखरा, २१ साउन मौलिक दोहोरी गीत ‘पान फूले पछ्यौरी’को म्यूजिक भिडियोको छायाड्ढन सकिएको छ । सो गीतको म्यूजिक भिडियो स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. ४, ढुड्डेठाँटीमा शुक्रबार छायाड्ढन गरिएको हो । गीतमा देवी घर्तीमगर र गोविन्द पुनमगरले स्वर दिएका छन् । म्यूजिक भिडियोमा अभिनेत्री पूजना प्रधान र गोविन्द पुनमगरले अभिनय गरेका छन् । टाइगर्स फिल्मस् प्रालिमार्फत् छिट्टै सार्वजनिक हुने सो म्यूजिक भिडियोको निर्देशन गोविन्द आफैंले गरेका हुन् । म्यूजिक भिडियोको छायाड्ढन दानबहादुर श्रीसमगर र मिलन गुरुङले गरेका हुन् ।

Read more

चर्चित गायिका द्वय निता पुन र मिना गर्बुजाको तीज गीत “झुम्के बुलाकी” बजारमा !

नाइस मिडिया नेटवर्क श्रावण ४, काठमाण्डौ हिन्दु नारीहरुको चाड हरितालिका तीज नजिकिदै गर्दा चर्चित लोक तथा दोहोरी गायिका निता पुन मगर र मिना गर्बुजा मगरले तीज गीत “झुम्के बुलाकी” बजारमा ल्याउनुभएको छ । रमेश बि.जीको शब्द रहेको “झुम्के बुलाकी” को संगीत भने चर्चित गायिका पुर्णकला बी.सीले गर्नुभएको छ । नेपाली समाजमा सासुले बुहारीलाई गर्ने थिचोमिचो, सासु बुहारी विचको मनमुटाव तथा तिजको समयमा बुहारी माइत जाने विषयमा भएको कुराकानी मौलिकताको साथ यस गित मार्फत देखाइएको छ । गितमा स्वयम गायिका निता पुन मगर तथा थाली नृत्यकार तथा कलाकार दिलकुमारी राम्जाली गर्बुजाको अभिनय रहेको छ । हेरौं यो तीजको गीत “झुम्के बुलाकी”:

Read more

सुमन थापा मगरको अर्को सुपरहिट तीज गीत “मादलु घनन” बजारमा !

नाइस मिडिया नेटवर्क/मगर मिडिया अषाढ १५, काठमाडौँ मिडियाको आखामा नपरेकी तर अहिलेकी चर्चित एबं लोक तथा दोहोरी गायिकाको सुचिमा पर्न सफल सुमन थापा मगरले सबैलाई नाचुँ नाचुँ बनाउने र अहिले सम्म कै एकदमै राम्रो नृत्य भएको तीजको गीत बजारमा ल्याएको छिन | श्यांग्जा जिल्लाको सेखाममा सामान्य परिवारमा जन्मिएर हुर्किएकी सुमनले थुप्रै लोक तथा दोहोरी गीतहरुमा आफ्नो स्वर भरि सकेकी छिन |सुमनले यसपालीको तीजको कोशेलीको रुपमा “मादलु घनन…” भन्ने गीत बजारमा ल्याएकी छिन | चर्चित गीतकार शिव पौडेलको शब्द, चर्चित गायक ऋषि खड्काको सङ्गीत रहेको यस गीतमा सुमनलाई ऋषि खड्काले साथ् दिएका छन् | सुमनको यस गीतलाई मगर्स क्रियशन कम्पनीको फिल्म/म्युजिक प्रोडक्सन हाउसले उत्पादन गरि बजारमा ल्याएको हो | चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा निर्मित यस गीतको म्युजिक भिडियोलाई कारण चैसिरले

Read more

पशुपति शर्माको लय/शब्दमा जुना श्रीसमगरको तीजको कोशेली “माईती भन्छन किन आईती ?” बजारमा !

असाढ ७, काठमाडौँ अहिलेकी चर्चित तथा व्यस्त लोक तथा दोहोरी गायिका जुना श्रीस मगरले “माईती भन्छन किन आईती ?” भन्ने तीजको कोशेली बजारमा ल्याएकी छिन | बाग्लुङको कोईली उपनामले पनि परिचित जुनाले अहिले सम्म ५०० भन्दा बढी गीतहरुमा आफ्नो सुमधुर स्वर भरिसकेकी छिन । चर्चित गायक पशुपति शर्माको लय/शब्द रहेको यस गीतमा पशुपति शर्माले जुनालाई साथ् दिएका छन् | मगर्स क्रियशन कम्पनीको फिल्म/म्युजिक प्रोडक्सन हाउसले उत्पादन गरि बजारमा ल्याएको यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेकाछन भने करन चैसिरले छायांकन गर्नुको साथै बिष्णु शर्माले सम्पादन गरेकाछन । यस गीतमा पशुपति शर्मा, जुना श्रीसमगर र दिल कुमारी राम्जाली गर्बुजामगर अभिनय गरेका छन् भने अन्य बाल कलाकारहरु शास्वत शर्मा र लुबिना शर्माको पनि अभिनय रहेको छ | गीतको सफलताको

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)