प्रिया गुरुङको ‘मैना बसेको’ सार्वजनिक !

रुद्र श्रीसमगर पोखरा, २४ माघ लोक तथा दोहोरी गायिका प्रिया गुरुङले ‘मैना बसेको’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । वसन्त विश्वकर्माको लय तथा शब्दमा रहेको सो गीतको म्यूजिक भिडियो गायिका प्रियाले युट्युबमार्फत् सार्वजनिक गरेकी हुन् । आशीष म्यूजिक प्रालिको प्रस्तुती रहेको म्यूजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । एकता फिल्मस् प्रालिले दृश्य निर्माण गरेको हो भने दुर्गा पौडेलले छायाड्ढन र नवीन घर्तीमगरले सम्पादन गरेका हुन् । म्यूजिक भिडियोमा शंकर बिसी र अञ्जली अधिकारीले अभिनय गरेका छन् । युट्युबमा हेर्नका लागि लिंक ः

Read more

तिला थापा गरङजाको सुर्खेती मौलिक झ्याउरे गीत “माया रेलीमै” सार्वजनीक !

मगर मिडिया काठमाण्डौँ, माघ २४ खड्ग गर्बुजा र तिला थापा गरङजा मगरको सुर्खेती झ्याउरे गीत “माया रेलीमै” सार्वजनिक भएको छ । गीतमा स्वर खड्ग गर्बुजा र तिला थापा गरङजा मगरले दिएका छन् भने, शब्द  पनि तिला थापा गरङजा मगरकै रहेको छ । मगर क्रियसनको प्रस्तुतिमा बनेको म्यूजिक भिडियोलाई चन्द्र मन्दिर मगरले निर्देशन गरेका छन् । यस भिडियोको छायाँकन मान बहादुर ओलीले गरेको हो भने विष्णु शर्माको सम्पादनमा बनेको उक्त भिडियोमा रोशन राना मगर, दिपा दर्लामी मगर, बिनोद सोती मगर, शर्मिला थापा मगर लगायतले अभिनय गरेका छन् । म्यूजिक भिडियोलाई हिजो मर्गस क्रियसनको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस:

Read more

खेमजी रानाको मौलिक चुट्का कौराहा “यो नानीको आखैं गाजले” बजारमा !

मगर मिडिया, माघ २३, काठमाडौँ धादिङ्गको खरी बाँजोघरमा जन्मिएका खेमजी रानामगर सानै देखि गीत गाउने र एक दिन कलाकार बन्ने धोको लिएर सांगीतिक क्षेत्रमा होमिएका थिए, नभन्दै उनि कलाकार बनेरै छाडे । अहिले सम्म आधा दर्जन भन्दा बढी गीत बजारमा ल्याईसकेका खेमजिको अझै थुप्रै गीतहरु बजारमा आउन बाँकी नै छन् । खेमजीले अहिले फेरी एकदमै मौलिक किसिमको चुट्का कौराहा गीत “यो नानीको आखैं गाजले” बजारमा ल्याएका छन् । खेमजीको आफ्नै लय/शब्द रहेको यस गीतमा खुस्बु बिन्दामगर, इरिषा पाटामगर, बिबेक आलेमगर र कृष्ण आलेमगरले सुमधुर स्वरले सजाउन खेमजी रानालाई साथ् दिएकाछन । मनाङ्ग गुरुङ्ग्को निर्देशन र दुर्गा पौडेलले छायाँकन गर्नु भएको यस गीतको म्युजिक भिडियोलाई बिष्णु शर्माले सम्पादन गर्नु भएको छ, साथै, सन्तोषी, ओनिका, बबिता, बिनिता, लक्ष्मी, सोफिया, सपना, रोमी, स्मृति

Read more

सुनिता थापा मगरको आवाजमा फेरी अर्को गीत “अर्को जुनी” बजारमा !

मगर मिडिया, माघ २२, काठमाडौँ देवघाट ३ तनहुँमा जन्मिएकी सुनिता थापा मगरले एक बर्ष कै अन्तरालमा आधा दर्जन भन्दा बढी गीतहरुमा आवाज दीइसकेकी छिन । अहिले फेरी उनले आफ्नै आवाजमा अर्को गीत “अर्को जुनी” बजारमा ल्याएकी छिन । यस गीतमा सुनितालाई राजेन्द्र कँडेलले साथ् दिएका छन् । मदन मगरको शब्द रहेको यस गीतमा नीराज आलेको लय रहेको छ । कपिल लामाको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा सुरेश श्रेष्ठले छायाँकन गरेका छन् । सिम्रन फिल्म्सले द्रिस्य निर्माण गरेको यो गीतलाई सुजन शाहीले सम्पादन गरेका छन् भने सुपारी म्युजिकले बजारमा ल्याएको छ । यस म्युजिक भिडीयोमा सारिका र बिमल अधिकारीले अभिनय गरेका छन् । यो म्युजिक भिडियो हेर्न, तलको लिंकमा क्लिक गर्नुहोस:

Read more

गोविन्दको ‘अधुरो मुस्कान’ आयो !

रुद्र श्रीसमगर २१ माघ, पोखरा लोकप्रिय सर्जक, गायक तथा मोडल गोविन्द पुनमगरको आधुनिक गीत ‘अधुरो मुस्कान’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हालसम्म विभिन्न लोक तथा दोहोरी गीत एवं गाउँका गीत ल्याएका गोविन्दले पहिलोपटक आधुनिक गीतको म्यूजिक भिडियो ल्याएका हुन् । उनी आफैंले शब्द लेखेका छन् भने म्यूजिक भिडियोको निर्देशन पनि गरेका छन् । सो गीतमा गायिका तारा श्रीसमगरले स्वर दिएकी छिन् भने गायक एवं संगीतकार नवीन रानामगरको संगीत र आशीष अविरलको एरेञ्ज रहेको छ । टाइगर्स फिल्मस् प्रालिको प्रस्तुती रहेको म्यूजिक भिडियोमा गोविन्द आफैंले अभिनय गरेका छन् भने उनलाई अभिनयमा मुस्कान थापा र सिर्जना मगरले साथ दिएका छन् । दानबहादुर श्रीसमगर र मिलन गुरुङको छायाड्ढन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा मिलन गुरुङले कलरिड्ड र जय गुरुङले श्रृड्डार गरेका हुन्

Read more

नीता र मीनाको ‘भुरुरु पुतली तिरीरी मुरली’ !

रुद्र श्रीसमगर २१ माघ, पोखरा चर्चित लोक तथा दोहोरी गायिकाद्वय नीता पुनमगर र मीना गर्बुजामगरले नयाँ गीत ‘भुरुरु पुतली, तिरीरी मुरली’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिदीबहिनी इन्टरटेन्मेन्ट म्यूजिक प्रालिको प्रस्तुती रहेको सो लोक दोहोरी गीतको म्यूजिक भिडियोमा रामजी खाँण र आरुसी मगरले अभिनय गरेका छन् । नीता पुनमगरको लय र सीपी मगरको शब्द रहेको सो गीतको म्यूजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । साई भिजन प्रालिले दृश्य निर्माण गरेको हो भने छायाड्ढन राजेश घिमिरे र सम्पादन विष्णु शर्माले गरेका हुन् । म्यूजिक भिडियोमा रेशम दर्लामीले ड्रोन चलाएका हुन् । युट्युबमा हेर्नका लागि लिंक ः

Read more

गीतकार चन्द्रज्योतिको ‘माघे सकराती’ गीत सार्वजनिक !

रुद्र श्रीसमगर पोखरा, १९ माघ नेपालका मगर, थारूलगायतका जाति र समुदायले मनाउने सांस्कृतिक चाड ‘माघे सकराती’को गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘आऊ दिदीबहिनी हो, आऊ दाजुभाइ हो’ बोलको गीत अहिलेकी चर्चित गीतकार चन्द्रज्योति आलेमगरले लेखेकी हुन् । राजकुमार बगरको संगीत रहेको सो गीतमा गायक नवराज थापामगर र निकिता थापाले स्वर दिएकी छिन् । म्यूजिक भिडियोमा भने नायक, गायक एवं मोडल मनसुधन थापामगर र मोडल रिना थापामगरले अभिनय गरेका छन् । गीतमा वर्णन गरिए जसरी विशेषगरी मगर जातिले आफ्नै मौलिक तरिकाले मनाउने माघे सकरातीका बारेमा म्यूजिक भिडियोमार्फत् देखाइएको छ । युट्युबमा हेर्नका लागि लिंक ः

Read more

दीपक र रुपाको पञ्चेबाजा कोसेली ‘सहनाइ’ सार्वजनिक !

रुद्र श्रीसमगर पोखरा, १९ माघ लोक तथा दोहोरी गायक दीपक गरौंजामगर र लोक तथा दोहोरी गायिका रुपा घर्तीमगरको संयुक्त प्रस्तुतीमा पञ्चेबाजा कोसेली ‘सहनाइ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । वरदान डिजिटलको प्रस्तुती रहेको सो म्यूजिक भिडियोमा प्रकाश सपूत, पवित्रा थापा, क्रिष्टिना गुरुङ, बबिता श्रेष्ठ, विष्णु श्रीपाली र खिम सापकोटाले अभिनय गरेका छन् । बैकुण्ठ महतको लय र शब्द रहेको गीतको म्यूजिक भिडियो निर्देशन, छायाड्ढन तथा सम्पादन भने विष्णु भट्टराईले गरेका हुन् । पोष्ट प्रोडक्सन अविरल फिल्मस् बुटवलले गरेको हो । युट्युबमा हेर्नका लागि लिंक ः

Read more

नेपाल आइडलका मनोज थापा मगर “सोल्टीनी हजुर” म्यूजीक भिडियो लिएर बजारमा आए !

मगर मिडिया १४ माघ, काठमाण्डौँ नेपाल आइडलका प्रतिस्पर्धी मनोज थापा मगर  म्यूजीक भिडीयो “सोल्टीनी हजुर” लिएर बजारमा आएका  छन । सुरज राना को शब्द रहेको गितमा स्वर मनोज थापा मगरको रहेको छ भने  यस भिडियोको कालाकारको रुपमा नायिका मिरुना मगर र स्वंम गायक मनोज थापा मगर रहेका छन्  । फिरोज अर्पणको छायाँकन सम्पादन र निर्देशनमा भिडियो बनेको छ । मगर समुदायमा निकै प्रचलित प्रेम कथा ‘बैना’, बिहे हुनुभन्दा पहिले काम बिशेषले आफू कतै जानु पर्यो भने, प्रेमीले प्रेमिकालाई रुमाल अथवा कुनै सामान दिएर जाने चलन लाई मनोजको पाँच मिनेटको म्यूजीक भिडीयोबाट दर्शकले हेर्न पाउनेछ । भिडियो हेर्नको लागि तलको लिंकमा जानुहोला ।

Read more

जुनाले ल्याइन् विना सालैजो, “तल परयो साउने”

रुद्र श्रीसमगर पोखरा, १२ माघ अहिलेकी निकै व्यस्त अनि चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीस मगरले नयाँ गीत बजारमा ल्याएकी छिन् । जुनाले आफ्नै लय तथा शब्द संकलनमा बागलुङ जिल्लाको गलकोट भेगमा प्रचलित विना सालैजो “तल परयो साउने”को म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । गीतमा चर्चित सर्जक एवं गायक वसन्त थापाले जुनालाई स्वरमा साथ दिएका छन् । टाइगर्स फिल्मस् प्रालिले निर्माण गरेको म्यूजिक भिडियोको निर्देशन गोविन्द पुनमगरले गरेका हुन् । छायांकन तथा सम्पादन दानबहादुर श्रीसमगरको छ भने मिलन गुरुङको कलरिङ र पुनम पुनमगरको श्रृंगार रहेको छ । म्यूजिक भिडियोमा करुणा पुनमगर र सोनम काउचामगरले अभिनय गरेका छन् । म्यूजिक भिडियो जुनाको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । पूरा गीत हेर्नका लागि तलको लिंकमा जानुहोस् ।

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)