पर्यटन प्रवर्धन गर्दै नेपाल मगर पर्यटन समाज !

मगर मिडिया २३ माघ, काठमाण्डौँ नेपाल मगर पर्यटन समाजले पर्यटन प्रवद्र्धनका लागि विभिन्न खाले तालिम सञ्चालन गरेको छ । मगर पर्यटन समाजले २१ जनालाई ३ दिने म्याप रिडिङ एण्ड नेभिगेशन तालिम तथा १७ जनलाई वेसिक डिजिटल र्माकेटिङ तालिम सम्पन्न गरेको छ । साहसी पर्वतारोहण ट्रेकिङ गाइडलाई दक्ष बनाउन विभिन्न तालिमको आयोजना गर्दै आएको नेपाल मगर पर्यटन समाजका महासचिव जीवन थापामगरले बताउनुभयो । नेपाल मगर पर्यटन समाजले  आयोजना गरेको वनभोज कार्यक्रममा मगर समुदायबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई पर्यटन समाजले बधाई दिइएको थियो साथै पर्यटन प्रवर्धनका निम्ति नेपाल मगर पर्यटन समाजले सक्रिय भूमिका निर्वाह गर्दै आएको पनि महासचिव थापामगरले बताउनुभयो । अध्यक्ष अनुप थापा मगरको अध्यक्षता तथा  महेश बुढा मगरको  संयोजकत्वमा  मगर पर्यटन समाजले गत शनिवार आयोजना गरेको   बनभोज कार्यक्रममा  सहभागीहरुलाई प्रमाणपत्र

Read more

टानको सचिवमा मगर पर्यटन समाजका महासचिवले उमेद्वारी दिने !

मगर मिडिया  ७ कार्तिक  काठमाडौं । टानको सचिवमा मगर पर्यटन समाजका महासचिव जीवन थापा मगर् ले उमेद्वारी दिने घोषणा गरेका छन । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को आसन्न निर्वाचनका लागि नेपाल मगर पर्यटन समाजका महासचिव तथा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज जीवन थापा मगर सचिव पदको आकांक्षिको रुपमा देखिएका हुन् । धादिङ जिल्ला रुविभ्याली क्षेत्र दार्खामा स्थायी घर भइ पर्यटन क्षेत्रमा लामो समयदेखि कृयाशील थापा नेपाल एड्भान्चर टिमका प्रबन्ध निर्देशक हुन् भने उनले गणेश हिमाल पर्यटन विकास समितिको दार्खा उपसमिति संयोजक भएर पनि काम गरिसकेका छन् । टानमा गएर सबै जातजातिको समान प्रतिनिधित्व, समाबेशी र साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्ने उनको मुख्य योजना रहेको बताएका छन् ।

Read more

नेपाल मगर पर्यटन समाजको नयाँ नेतृत्वमा अनुप थापा मगर (फोटो फिचर सहित)!

लक्ष्मण बुढा मगर  ८ असोज  काठमाण्डौ    नेपाल मगर पर्यटन समाजको छैठौँ वार्षिक साधारणसभाबाट अनुप थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको छ । हिजो ठमेलको भोजन भुमिमा  आयोजित समाजको छैठौँ साधारणसभा तथा विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रमबाट उक्त नेतृत्व चयन भएको हो । माननीय सिँचाई राज्यमन्त्री अमर सिँह पुन मगर प्रमुख अतिथि रहनुभएको  कार्यक्रमको अध्यक्षता नेपाल मगर पर्यटन समाजका अध्यक्ष अरुण थापा मगरले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पुनले देशको सिङ्गो अर्थतन्त्रमा योगदान दिने पर्यटन क्षेत्रमा लाग्ने व्यवसायीहरुलाई बधाई दिदैँ यसको विकास र प्रवर्धन आफ्नो तर्फबाट सक्दो भुमिका खेल्ने बताउनु भएको थियो । कार्यक्रममा मेगासेसे पुरस्कार विजेता राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाविर पुन मगर, नेपाल मगर संघका विदेश सचिव रक्षा बहादुर रैका मगर, वरिष्ठ अधिवक्ता

Read more

मगर पर्यटन समाज नेपालको पर्यटन प्रवर्धन र विकासको खोजी गर्दै (फोटो फिचर सहित)!

श्याम / यमुना रानामगर मगर मिडिया मंसिर २८, काठमाण्डौ नेपाल एक पर्यटनको दृष्टिले विश्वकै एक उत्कृष्ट गन्तव्य हो तर यसको उचित विकास र खोजीको अभावमा अझै थुप्रै सम्भावित क्षेत्र तथा ठाउँहरुको उचित खोज तथा प्रचारप्रसार भएको छैन । यहि कुरालाई मध्येनजर राख्दै आन्तरिक तथा वाह्य पर्यटकको लागि नयाँ सम्भावनाको खोजी गरि त्यसको प्रचार प्रसार गर्दै समग्र पर्यटन विकासको लागि भुमिका खेल्ने उद्देश्य स्वरुप नेपाल मगर पर्यटन समाज काठमाण्डौले संगठित रुपमा काम थालेको छ । पर्यटन व्यवसायमा संलग्न मगर व्यक्तित्वहरु सम्मिलित समाजले आफ्नो स्थापना सँगै मगर समुदायभित्रको पर्यटन सम्भावना मात्र नभएर समग्र पर्यटनको विकासको लागि आफुलाई क्रियाशील बनाउँदै आएको छ । यसैक्रममा गत मंसिर २४ र २५ गते निकै नै पर्यटनको सम्भावना बोकेको ठाउँमा होमस्टे ट्रीप सम्पन्न गरेको छ । समाजले

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)