सुर्खेतमा भवन निर्माणका लागि आर्थिक संकलन !

लक्ष्मण बुढा मगर १५ कार्तिक, सुर्खेत नेपाल मगर संघ सुर्खेतको भवन निर्माणका लागि  आर्थिक संकलन गरिएको छ  । बलिहांग तिहारको अवसरमा नेपाल मगर संघ सुर्खेतको आयोजनामा नेपाल मगर संघ  सुर्खेतका संस्थापक अध्यक्ष एवं समाजसेवी अनेरी क्याप्टेन जंरसिहं थापा मगरले नेपाल मगर संघ सुर्खेतलाई प्रदान गर्नुभएको जग्गामा नेपाल मगर संघ सुर्खेतको भवन निर्माणका लागि देउसी भैलो खेलि रु ७ लाख ५६ हजार ५२ रुपैया आर्थिक संकलन भएको हो । कार्यक्रमलाई नेपाल मगर विधार्थी संघ सुर्खेत तथा लिसार सास्कृतिक संघ सुर्खेतले मगर संस्कृतिमा रहेका मारुनी, कौडा, सोरठी, एवं विभिन्न अन्य लोक संस्कृति झल्कने गायन तथा नृत्य प्रस्तुत गरि उल्लखेनिय योगदान गरेका थिए ।                

Read more

वेलायतमा राष्ट्रिय आविष्कार केन्द्रका लागि १७ संघसंस्थाहरु एकै ठाउँमा जम्मा हुने !

मगर मिडिया कार्तिक ७ वेलायतमा राष्ट्रिय आविष्कार केन्द्रका लागि १७ संघसंस्थाहरु एकै ठाउँमा जम्मा हुने भएका छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारहरुबाट पुरस्कृत नेपालका प्रतिष्ठित सामाजिक अभियन्ता डा. महाविर पुन मगरसँग राष्ट्रिय आविष्कार केन्द्रको बारेमा अन्तरक्रिया गर्न बेलायत स्थित क्रियाशिल विभिन्न संघसंस्थाहरु यसरी एकै ठाउँमा सहकार्य गरि उभिन लागेका हुन् । यहि आउँदो शुक्रबार २७ अक्टोवरको दिन साँझ ६ बजे देखि १० बजे सम्म अल्डरसर्ट स्थित एम्पायर हलमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा भाग लिनको लागि सवै बेलायत बासी नेपालीहरुलाई अनुरोध गरिएको कुरा बम थापा सुर्यवंशी मगरले जानकारी दिनु भएको छ ।        

Read more

मगर बृहत शब्दकोषका लेखक हिरासिंहको उपचारार्थ सहयोगको लागि अपिल (भिडियो सहित) !

श्याम रानामगर १८ भदौ, काठमाण्डौ मगर बृहत शब्दकोषका लेखक, भाषा तथा इतिहासविद् हिरासिंह थापा सोमेसेन मगरको उपचारको लागि नेपाल मगर संघ केन्द्रिय समितिको संरक्षकत्वमा नेपाल मगर संघ काठमाण्डौ जिल्ला समितिका उपाध्यक्ष रघु थापा मगरको संयोजकत्वमा सहयोग समिति गठन गरि सवैलाई सहयोगको लागि अपिल गरिएको छ । २१ सदस्यीय समिति मध्येबाट संयोजक रघु थापा मगर, नेपाल मगर सांस्कृतिक संघका केन्द्रिय अध्यक्ष कविराज मगर र विरामी हिरासिंहका श्रीमती विष्णु माया थापा मगरको नाममा एनसीसी बैंकमा खाता नम्बर ००३०००१६४९९१० खोलेर उपचारको लागि सहयोग संकलन सुरु गरिएको छ । मगर समुदायको भाषा, संस्कृति र इतिहासको क्षेत्रमा विगत लामो समय देखि निरन्तर रुपमा खोज, अध्ययन अनुसन्धान, संकलन तथा प्रकाशन गर्दै आउनु भएका थापा गत साउन २८ गतेदेखि मस्तिष्कघात तथा नशा सम्बन्धि गम्भिर विरामी भई न्युरो

Read more

मगरात अभियान र बाढी पीडितको सहयोगको लागि इजरायलबाट अपिल !

  माया घर्तिमगर साउन ३०, काठमाण्डौ मगरात अभियान र बाढी पीडितको सहयोगको लागि इजरायलबाट प्रेस विज्ञप्ती निकाली अपिल गरिएको छ । नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष नविन रोका मगर र नेपाल मगर संघ इजरायलका अध्यक्ष विष्णु पुन मगरले संयुक्त रुपमा निकालेको विज्ञप्ति मार्फत उक्त सहयोगको अपिल गरिएको हो । जसमा मगरात प्राप्तिका लागि एक घर, एक मगर, एक मगर, एक रुपैया भन्ने मूल नाराका साथ नेपाल मगर संघले सञ्चालन गरेको राष्ट्रिय अभियानको लागि देश– विदेशमा रहेका सम्पूर्ण मगर संघ, संस्था र व्यक्तित्वलाई सहयोगका लागि आह्वान गरिएको छ। साथै नेपालको तराईमा आएको भीषण बाढीबाट प्रभावित पीडितहरुको उद्धार र राहतका लागि पनि सहयोग जुटाउन विज्ञप्ति मार्फत नै विशेष अपिल गरिएको छ।

Read more

अनाथ बालबालिकाहरुको लागि मोर्डन आर्टिस्ट ग्रुपले सडकमा चटपटे र पानीपुरी बेच्यो !

विष्णु थापा ३१ साउन काठमाण्डौ मोर्डन आर्टिस्ट ग्रुपले काठमाण्डौको मनमैजुमा रहेको एकिकृत सिर्जनशिल समाज नेपालका अनाथ बालबालिकाहरुको सहयोगार्थ बसन्तपुर मख्खनटोलमा सडक कार्यक्रमको आयोजना गरि सहयोग रकम संकलन गरेर समाजका आमा जुनु पुन मगर र समाजका उपाध्यक्ष भिमकुमार रोका मगरलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा काठमाण्डौ वडा २५ को युवा क्लब र एकिकृत सिर्जनशिल समाजको सहकार्य रहेको थियो । प्रोग्राम डाइरेक्टर मोर्डन आर्टिस्ट ग्रुपका फाउन्डर तथा एडमिन सगिना सुनुवारले अनाथ बालबालिकाहरुको लागि सानो भएपनि कार्यक्रम गर्न पाउदा खुशी लागेको बताउनु भएको छ । कार्यक्रममा विभिन्न कलाकारहरुको गीतसंगीत प्रस्तुति र सिर्जनशिल समाजका अनाथ बालबालिकाहरुको नृत्य साथै पानीपुरी र चटपटे बेचेर सहयोग रकम संकलन गरिएको कार्यक्रमका संयोजक हिमाल पुनले जानकारी दिनु भएको छ ।  

Read more

मगर संघ गणतन्त्र कोरियाले राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगार्थ अभियान संचालन गर्दै !

सोल, कोरिया डिसेम्बर -2, 2016 “आउनुहोस् सबै जना हातमा हात मिलाऔं देशको सुन्दर मुहार फेर्न सहयोग बढाऔं” भन्ने नारा सहित नेपाल मगर संघ, गणतन्त्र कोरियाले डा.महाबिर पुन द्वारा नेपालमा राष्ट्रिय अनुसन्धान केन्द्र (National innovation Centre) को स्थापानार्थ संचालन गरिएको महाअभियानमा साथ दिने जनाएको छ । राष्ट्रको बिकास अनि राष्ट्रिय हितको लागि दक्ष जनशक्तिको निर्माण र उपयुक्त अबशरको सृजनाको लागि डा.पुन ले देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा आह्वान गर्नुभए अनुरुप उक्त राष्ट्रिय अनुसन्धान केन्द्र स्थापनार्थ मगर संघ कोरियाले सहयोग अभियान संचालन गर्ने भएको हो। हाल डा. महाबीर पुन यसै अभियानको विश्वब्यापी प्रचार प्रसारको लागी देश तथा बिदेशको विभिन्न क्षेत्रको भ्रमणमा हुनुहुन्छ । थोपा थोपा मिलेर समुद्र बन्छ भने जस्तै दक्षिण कोरियामा विभिन्न पेशा तथा

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)