गलकोट समाज पोखराको वनभोजमा थापा दम्पती सम्मानित !

रुद्र श्रीसमगर २० माघ, पोखरा गलकोट समाज पोखराको शनिबार आयोजित वनभोज कार्यक्रममा समाजसेवी गुमानसिंह थापा दम्पती सम्मानित हुनुभएको छ । थापा र उहाँकी धर्मपत्नी कमला थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । थापाले समाजलाई कार्यालय सञ्चालनका लागि निःशुल्क रुपमा कार्यालय कोठा उपलब्ध गराएको र समाजका विभिन्न कार्यमा सहयोग पु¥याएको भन्दै सम्मान गरिएको समाजका अध्यक्ष मीनबहादुर खत्रीले जानकारी दिनुभयो । कार्यक्रममा समाजका नयाँ बनेका ३० जना आजीवन सदस्यलाई स्वागत समेत गरिएको थियो । समाजका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीस र कार्यक्रम संयोजक हिराबहादुर खत्रीले स्वागत गर्नुभएको थियो ।

Read more

एस्ट्रल एढेसिभको बिजनेस पार्टनर भेटघाट कार्यक्रम !

मगर मिडिया पुस, ३० पोखरा । एष्ट्रल एढेसिभ कम्पनीले पोखरामा बिजनेस पार्टनर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै कम्पनीका गण्डकी धौलागिरीका आधिकारिक बिक्रेता पोखरा निर्माण सामग्री केन्द्रका सञ्चालक महेश पराजुलीले एष्ट्रल कम्पनीका उत्पादनहरु पोखरा क्षेत्रमा लोकप्रिय रहेको बताए । भारतको गुजरातमा मुख्य कार्यालय रहेको उक्त कम्पनीका बोन टाइट, बोन्ड सेट, जेष्टा, सल्भो बोन्ड, वेल्डन सिपिभिसी गम, वाटर प्रुफिङ सामग्री, मर्मत सामग्री, मार्बल र टायल कियर प्रडक्टहरु नेपाली बजारमा बिक्री गर्दै आइरहेको पराजुलीले जानकारी दिए । ‘घर निर्माण एवं मर्मत तथा गाडी मोटरसाइकल लगायतमा प्रयोग हुने अन्य एढेसिभ सामानहरु पनि नेपालमा बिक्री भइरहेको छ,’ उनले भने । बिगत १४ वर्षदेखि पोखरा निर्माण सामाग्रीले उक्त कम्पनीका सामानहरु विभिन्न डिलरहरु मार्फत बिक्री गर्दै आइरहेको छ । कम्पनीले उत्पादन गरेको एस्ट्रल पाइप

Read more

आईपिएम कृषक पाठशाला समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न !

मगर मिडिया   १४ पौष,  पोखरा पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ स्थित शान्ति उदयटोलमा तरकारी बाली अवधिभर संचालित आईपिएम कृषक पाठशाला समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको छ । विषादी रहित आध’निक तरिकाबाट बाली उत्पादन गर्ने तरिकाको बारेमा तालिम दिने उद्देश्यले कारितास अस्ट्रेलिया, अस्ट्रेलियन एड र कारितास नेपालको सहयोग र दिदीबहिनी आई.पि.एम कृषक पाठशालाको व्यवस्थापनमा उक्त कार्यक्रम गरिएको हो । मुख्यतया उक्त कार्यक्रम महिलालाई कृषि उपजको उत्पादन र ब्यबसायिक रुपमा कृषि कसरी गर्न सकिन्छ भनेर प्रयोगात्मक रुपमा सञ्चालन गरिएको हो। कार्यक्रममा सिकेका कुराहरुलाई ब्यबहारीक रुपमा लागु  गर्न आग्रह गर्दै वडा नं. १६ का वडा अध्यक्ष जिवन प्रसाद आचार्यले तालिमबाट कृषीको व्यावसायीकरण र महिला शसक्तिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै उनले कृषीमा परनिर्भरताको अवस्थालाई अन्त्य गर्दै आत्मनिर्भरता तर्फ

Read more

महोत्सव पेटीमा होइन सडकमै गर्नुपर्नेमा जोड !

मगर मिडिया मंसिर ९, पोखरा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखरा यतिबेला १९ औं पोखरा सडक महोत्सवको तयारीमा जुटेको छ । तयारीकै क्रममा रेवान पोखराले पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका पदाधिकारी, लेकसाइडका स्थानिय समुह तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुसंग अन्र्तक्रियात्मक छलफल सम्पन्न गरेको छ । छलफलका सहभागिहरुले यसपटकको पोखरा सडक महोत्सव पेटीमा नभई सडकमै गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले सडक महोत्सवको नारा र विशेषतानै सडकमै खाने सडकमै नाच्ने र सडकमै रमाउने भएकाले यसलाई पेटीमा सिमित गर्न नहुने औल्याए । महोत्सवले पाँच दिनसम्म सडक अबरुद्ध गरेको भन्दै विभिन्न ठाउँबाट विरोध आएकोप्रति लक्षित गर्दै उनले सडकमै हुने अन्य अन्र्तराष्ट्रिय महोत्सवको उदाहरण प्रस्तुत गरे । विदेशिहरुले सडकमै गर्दा जताततैबाट समर्थन आउने यहाँ किन बिरोध, उनले

Read more

आठौं पोखरा महोत्सवको तयारी तीब्र !

गिता राना मगर पोखरा २२ कार्तिक आगामी पुसको २७ देखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने आठौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक युनाइटेड क्लवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आठौ पोखरा महोत्सवको तयारीलाई तीब्र पारेको जनाएको हो । आठौं संस्करणको पोखरा महोत्सवलाई सफल बनाउनका लागी क्लवका अध्यक्ष सुक बहादुर गुरुङको मुल आयोजक समिती रहने गरी बिभिन्न ४१ वटा उपसमितीहरु निर्माण गरी तीब्र रुपमा काम अगाडी बढेको क्लवका महासचिव तथा प्रचार प्रसार संयोजक राजु श्रेष्ठले बताए । “युवाको जांगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ स्थापना भएको क्लवले शुरुवात देखिनै पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी चिडियाखाना निर्माण संगै सेती नदी संरक्षण र सौर्यबत्ती जडान गर्दै आइरहेको छ । सामाजिक

Read more

नेपाल आइडलको प्रतिस्पर्धी सागर आले मगर र सुजाता पाण्डे युएइमा जाने ।

सुनिता लामा २३ असोज काठमाण्डौ नेपाल मगर संघ शाखा युएइको आयोजनामा हुन गइरहेको “९ औँ महाधिबेशनको घोषणा सभा एवम सागर आले मगर र सुजता पाण्डे बृहत साँस्कृतिक साँझ २०१७” मा अन्तर्राष्ट्रिय जगतमै सर्बाधिक लोकप्रिय नेपाली कार्यक्रम नेपाल आइडलको टप ४ र ५ मा पुग्न सफल भएका सागर आले मगर र सुजता पाण्डे यहि २४ नोभेम्बर २०१७ शुक्रबार युएइमा जाने भएका छन । उक्त कार्यक्रम युएइको राजधानी अबुधाबी स्थीत आबुधाबी फोक्लर थ्रीएटर हलमा दिउँसो १ बजे देखि हुन गइरहेको छ । यही अवसरमा युएइको  विभिन्न प्रान्तमा छरिएर  बसिरहेका नेपाली गित संगित प्रेमी आमा बुबा, दाजुभाइ, दिदिबहिनी, पत्रकार, बुद्धिजीवि विभिन्न पेशाकर्मी, राजनीतिकर्मी लगायत विभिन्न संघ संस्थाका व्यक्तिहरुलाई  कार्यक्रममा सहभागी हुनका लागि निमन्त्रणा गरिएको साथै सबै क्षेत्रबाट जाने–आउने यातयातको सुबिधा पनि प्रदान गरिएको

Read more

गलकोटको ठूलाथरमा दशैं पूर्णिमा लघु महोत्सव हुने

रूद्र श्रीसमगर गलकोट, २६ भदौ बागलुङको गलकोट नगरपालिका वडा नं. ६, ठूलाथरमा क्रियाशील संगम युवा क्लबले यस वर्षको बडा दशैं तथा क्लबको ३६ औं वार्षिकोत्सवका अवसरमा दशैं पूर्णिमा लघु महोत्सव–२०७४ गर्ने भएको छ । आगामी असोज १६ गतेदेखि सुरु हुने महोत्सव असोज १९ गते कोजाग्रत पूर्णिमासम्म चल्ने क्लबले जनाएको छ । सहरी विकास राज्यमन्त्री चम्पादेवी खड्काले उद्घाटन गर्ने महोत्सवमा राष्ट्रियस्तरमा चर्चित लोकगायिका जुना श्रीस, लोकगायक नवीन रानालगायत अन्य स्थानीयस्तरका कलाकारहरूद्वारा सांगीतिक प्रस्तुती समेत रहने जनाइएको छ । क्लबले दिएको जानकारी अनुसार महोत्सवका मुख्य आकर्षणका रुपमा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, भूतपूर्व खेलाडी वडास्तरीय पुरुष भलिबल, खुल्ला एकल नृत्य प्रतियोगिता, खुल्ला सामूहिक नृत्य, खुल्ला पुरुष तथा खुल्ला महिला रस्साकस्सी प्रतियोगिता समेत सञ्चालन गरिनेछ । वडास्तरीय पुरुष भलिबलतर्फ प्रथम पुरस्कार ४० हजार,

Read more

महान पर्व तथा आन्दोलनकै रुपमा विश्वभर मगरहरुले मनाए नेपाल मगर संघको ३५औँ स्थापना दिवस (फोटो फिचर सहित)!

मगर मिडिया फागुन १७, काठमान्डौ नेपाल मगर संघ केन्द्रको संयोजन तथा नेपाल मगर संघ काठमाण्डौ उपत्यका र मगर संघका विभिन्न भातृ संघ संगठनहरुले संयुक्त रुपमा गत फागुन १४ गते देखी १६ गते सम्म काठमाण्डौको टुडिखेलमा नेपाल मगर संघको ३५औँ स्थापना दिवस तथा ४५ औैँ चिन्डिके डुप्के र मगर अन्तराष्ट्रिय मञ्चको तेस्रो स्थापना दिवस कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रिय अध्यक्षले यसलाई मगरहरुको एउटा महान पर्व तथा राज्यले एकिकृत मगरात लगायतका मगरहरुका मागमुद्धालाई सम्वोधन नगरेको भन्दै काठमाण्डौ लगायत देश तथा विदेश सवैतिर आन्दोलनको रुपमा मनाईएको बताउनु भएको छ । यस दिवसलाई विश्वभर रहेका मगर तथा नेपालीहरुले संस्थागत रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका थिए । काठमाण्डौको टुडिखेलमा भव्यरुपमा सम्पन्न भएको कार्यक्रममा भने विभिन्न प्रतियोगिताहरुको आयोजना गरिएको थियो । जस अन्तरगत पहिलो

Read more

३५ औँ मगर दिवस तथा चिन्डिके डुप्के र मगर अन्तराष्ट्रिय मञ्चको तेस्रो स्थापना दिवसको दोस्रो दिन भव्य रुपमा सम्पन्न (फोटो फिचर)!

फागुन १५, काठमाण्डौ नेपाल मगर संघ केन्द्रको संयोजनमा नेपाल मगर संघ काठमाण्डौ उपत्यका तथा विभिन्न भातृ संगठनहरुको आयोजनामा जारी ३५ औँ स्थापना दिवस तथा ४५ औँ चिन्डिके डुप्के कार्यक्रमको दोस्रो दिन आज भव्य रुपमा सम्पन्न भएको छ । काठमाण्डौको टुडिखेलमा जारी ३ दिने कार्यक्रममा मगर अन्तराष्ट्रिय मञ्चको तेस्रो स्थापना दिवस पनि संगै मनाईएको छ । हिँजोदेखी अनौपचारिक रुपमा सुरु भएको दिवस कार्यक्रम अन्तरगत आज नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरको प्रमुख आतिथ्य तथा मगर संघ उपत्यका ईन्चार्ज जिवन थापा मगरको सभाध्यक्षतामा दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको हो । नेपाल मगर महिला संघका नव निर्वाचित अध्यक्ष विनिता आलेको स्वागत मन्तव्य रहेको थियो भने नेपाल मगर संघका पुर्व अध्यक्ष क्याप्टेन याम बहादुर थापा मगरले सुभकामना मन्तव्य दिनुभएको थियो कार्यक्रममा नेपाल मगर

Read more

मगर संघको ३५ औँ स्थापना दिवस, ४५ औँ चिन्डिके डुप्के तथा मगर अन्तर्राष्ट्रिय मंचको तेस्रो स्थापना दिवस आजबाट काठमाण्डौमा सुरु (फोटो फिचर)!

यमुना राना मगर फागुन १४, काठमाण्डौ मगर संघको ३५ औँ स्थापना दिवस, ४५ औँ चिन्डिके डुप्के तथा मगर अन्तर्राष्ट्रिय मंचको तेस्रो स्थापना दिवस आजबाट काठमाण्डौमा सुरु भएको छ । काठमाण्डौको टुडीखेलमा सुरु भएको नेपाल मगर संघको स्थापना दिवस तथा चिन्डिके डुप्के तथा तेस्राो अन्तराष्ट्रिय स्थापना दिवस अन्तरगत आज विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिएको छ । दिवसको पहिलो दिन आज संस्थागत तथा व्यक्तिगत नृत्य प्रतियोगिता र सिंगापुरमा प्रचलित यन सेपाकताको खेल प्रतियोगिता गरिएको छ । त्यस्तै कार्यक्रममा चर्चित लोक गायिका जुना श्रीस मगर, हाँस्य कलाकार निर आले मगरको हाँस्य प्रस्तुतीको साथै गायक कल्याण राना लगाएतका कलाकारहरुको वजोड प्रस्तुती रहेको थियो । त्यस्तै दिवस अन्तरगत आजै ललितपुरमा मैत्रिपुर्ण फुटवल प्रतियोगिता पनी सम्पन्न गरिएको छ । नेपाल मगर संघको स्थापनाको सम्झनामा मगर दिवसको रुपमा

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)