अन्तर्राष्ट्रिय नमुना पोखरा लाइभ स्टक / युवाहरुको प्रेरणाको श्रोत छ्याम थापामगर !

मिना थापामगर पोखरा वैदेशिक रोजगारको सिलसिलामा कोरियामा १५ वर्ष बिताएका क्षेत्रीय भलिबल संघका अध्यक्षसमेत रहेका छ्याम थापाले त्यहाँ सिकेको सीप स्वदेश फर्केपछि प्रयोग गरेका छन् । देशको बेरोजगारी समस्याबाट बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा पुगेका थापामगरले त्यहाँ सिकेको सीपलाई स्वदेश फिर्ता पश्चात् बंगुर व्यवसाय सञ्चालन गरेका हुन् । यस व्यवसायलाई निर्वाहमुखि मात्र नभई व्यवसायिक उत्पादनमा विशेष योगदान पु¥याउने उद्देश्यले पोखरा लाइभस्टक प्रा.लि. स्थापना गरेर देशको नमूना व्यवसायीको रुपमा परिचित छन् थापामगर । २०६२ सालदेखि लेखनाथ रिठ्ठेपानीमा ४ रोपनी क्षेत्रफलमा २ वटा बँदेल र ६ वटा बँगुर पालनबाट सुरु भएको ‘पोखरा लाइभ स्टक प्रा.लि’ मा हाल २ हजार भन्दा बढी बँगुर तथा बँदेल छन् । अहिले १३ रोपनी जग्गामा ५ करोड बराबरको लगानीमा उक्त फारम सञ्चालन भइरहेको छ भने प्रा.लि. ले

Read more

म्याग्दीको नौमती मगर बाजा समुह काठमाण्डौमा (भिडियो सहित) !

श्याम रानामगर माघ २४, काठमाण्डौ पछिल्लो समयमा आधुनिकता सँगै मौलिक नेपाली बाजागाजाहरुको प्रयोग विस्तारै कम हुदैँ गएको छ । विभिन्न अवसरहरु पारेर बजाइने यस्ता मौलिक बाजागाजाहरु विस्तारै हराउँदै गएको अवस्थामा यस्ता बाजागाजाहरुको संरक्षण र विकासको लागि काठमाण्डौमा म्याग्दी धौलागिरी (अर्मन बरंजा) नौमती मगर बाजा समुह काठमाण्डौ गठन गरि यसको विकासमा जुटेका छन् । म्याग्दीबाट काठमाण्डौमा आएर बसोबास गरेका मगरहरुको समुहले सञ्चालन गरेको यस नौमती बाजा समुहले सामान्य शुल्क लिने साथै लिएको शुल्कबाट केहि प्रतिशत कोषमा संकलन गर्दै जाने र उक्त रकम सामाजिक काममा खर्च गर्ने उद्देश्य समेत राखेको समुहका अध्यक्ष टंक बुढाथोकी मगरले जानकारी दिनुभयो । यस कामको थालनीले हाम्रो नेपाली मौलिक संस्कृतिको विकास सँगै व्यावसायिक विकास पनि हुने हुदाँ आफुहरु उत्साहित भएको बुढाथोकीले बताउनुभयो ।

Read more

फेर्च नमखान महिला समुहको अध्यक्षमा पार्वती थापा !

माघ ११, स्याङ्जा स्याङ्जाको तुल्सीभञ्ज्याङ ८ भाटिमा रहेको श्री फेर्च नमखान महिला समुहको महिला भेलाले पार्वती थापा पल्लीको अध्यक्षतामा ९ सदस्यिय नँया कार्यसमिती गठन गरिएको छ । सनिबार समुहकै कार्यालय तुल्सीभञ्ज्याङमा भएको महिलाहरुको भेलाले नँया कार्यसमिती चयनको गरेको हो । जस्को उपाध्यक्षमा गंगादेवी थापामगर, सचिवमा चन्द्रादेवी थापा, सह सचिवमा शिला पल्ली, कोषाध्यक्षमा याममाया पल्ली, सदस्यहरुमा हिरा पल्ली, पिंकी पल्ली, कला सोमै, एलिना थापा लगाएत रहेका छन । त्यसै गरी महिला समुहको भेलावाट कामलाइ अझ प्रभावकारी बनाउन तिर्थ कुमार थापाको संयोजकत्वमा विशेस सल्लाहाकार समती पनि गठन गरिएको छ । सल्लाहाकार समितीको सदस्यहरुमा शिवराज थापा, ठाकुर वहादुर थापा, छमिसरा थापा, सोम वहादुर पल्ली, वल वहादुर पल्ली, श्री वहादुर पल्ली, खिम वहादुर थापा लगाएत रहेका छन । आमा समुहको नया कार्य समितीको तर्वबाट

Read more

बाग्लुङ मगर समाज काठमाडौंको अध्यक्षमा भिम श्रीस मगर (फाटो फिचर सहित) !

माघ ११, काठमाडौं बाग्लुङ मगर समाज काठमाडौंको शनिबार सम्पन्न चौथो अधिवेसनले भिम श्रीस मगरको अध्यक्षतामा २१ सदस्यिय नँया कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा क्पाप्टेल शेर बहादुर पुन, महासचिवमा अनिता पुन, सचिवमा दान बहादुर श्रीस र कोषध्यक्षमा प्रेम बहादुर पुन रहनुभएको छ । काठमाडौंमा बसोबास गर्ने बाग्लुङका सम्पुर्ण मगरहरलाई संगठित गरी आफ्ना हक अधिकारको निम्ती जागरुक गराउने र आफ्नो मौलिक कला संस्कतिको जगेर्ना गर्दै मगर समुदायको सम्वद्र्धन प्रबद्धृनको लागी समाजले काम गर्दै आएको नवनिर्वाचित अध्यक्ष श्रीस मगरले जानकारी दिनुभयो । उहाँले काफ्नो कार्यकालमा बाग्लुङेली मगर समुदायले अफुप्रती देखाएको विश्वास टुट्न नदिने भन्दै सबै एक जुट भई अघ बढ्नुपर्ने र सबैलाई राम्रो काममा सहयोग गर्नु पनि आग्रह गर्नुभयो । मगर सेवा समाज ललितपुरमा भएको अधिवेशनमा बाग्लुङेली मगरहरुको बाक्लो उपस्थिती

Read more

दमौली अस्पतालको अध्यक्षमा पहिलो पटक मगर समुदायका बसन्त आले नियुक्त !

प्रताप रानामगर माघ ११, तनहुँ तनहुँको दमौली स्थित दमौली अस्पतालको अध्यक्षमा बसन्त बहादुर आले मगर नियुक्तहुनभएको छ । दमौली अस्पतालको अध्यक्ष पदमा मगर समुदायबाट यस अघि सम्म कोही पनि नियुक्त भएका थिएनन् । नेपाल विद्यार्थी संघ तनहुँका पूर्व अध्यक्ष तथा कांग्रेसका युवा नेता समेत रहनुभएका आलेलाई स्वास्थ्य मन्त्री गगन थापाले दमौली अस्पतालको अध्यक्षमा नियुक्त गरेपछी मगर समुदायबाट इतिहासमै पहिलो पटक आले मगर दमौली अस्पतालको अध्यक्ष हुनुभएको हो । दमौली अस्पतालका नवनियुक्त अध्यक्ष आले मगरले एक समारोहका बीच पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष आलेले १५ शैंयाको दमौली अस्पताललाई स्तरउन्नती गरी ५० शैंया बनाउनका लागि पहल गर्ने बताउनुभएको थियो । तनहुँ जिल्ला मात्र नभई लम्जुङ्ग र गोरखा जिल्लाका बिरामीले समेत स्वास्थ्य उपचार लिने भएकाले दमौली अस्पताललाई ५० शैया

Read more

मगर समुदायको कथा बस्तुमा आधारित चलचित्र खुर्पेटो हेर्न भीड !

प्रताप राना मगर माघ ९, तनहुँ मगर कथामा आधारित चलचित्र खुर्पेटो र्हेर्न दर्शकको भीड लागेको छ । मगर समुदायको कथा बस्तुमा आधारित रहेर निर्माण गरिएको खुर्पेटो चलचित्र र्हेर्न दर्शकको भीड लागेको हो ।नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा शनिबार दमौलीको मनकामना चलचित्र मन्दिरमा प्रर्दशन गरिएको हो । चलचित्र खुर्पेटो र्हेर्नका लागि तनहुँका विभिन्न गाउँबाट बालक देखि ज्येष्ठ नागरिक चलचित्र हल सम्म आएका थिए । नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगरले खुर्पेटो चलचित्रको बिशेष प्रर्दशर्नीको शुभारम्भ गर्नुभएको थियो । उक्त चलचित्रका निर्देशक विकास मगर (विश्वास) ले मगर महिलाको पहिरनको सुन्दर गहनाको रुपमा खुर्पेटो बिषय बस्तु बनाएर निर्माण गरिएको चलचित्र भएको बताउनुभयो । मिफ्रुङ्ग फिल्मस् प्रोडक्सन् प्रा.लिको पहिलो प्रस्तुती रहेको खुर्पेटो चलचित्रको विश्वास मगर (विश्वास)को लेखन तथा निर्देशन र राजेन्द्र

Read more

पहिचान माग्दा देश विखण्डन देख्नेले सिमामा भारतले गर्ने ज्यादती किन देख्दैन : मगर संघ अध्यक्ष रोका

मगर मिडिया पुस २५, काठमाडौं नेपाल मगर संघ मगरात संघर्ष समिती र संयुक्त मगर मञ्चको आयोजनामा काठमाडौंमा भोली २६ गते हुन गईरहेको मगरात राष्ट्रिय राजनितिक सम्मेलनमा सहभागी हुन अध्यक्ष नविन रोका मगरले सम्पुर्ण मगर समुदायलाई आव्हान गर्नुभएको छ । सम्मेलन तयारीको लागी केन्द्रिय समिती कार्यालय कलंकीमा बसेको बैठकमा बोल्नुहँदै उहाँले मगर समुदाय यतिखेर ऐतिहासिक र गम्भिर मोडमा रहेको भन्दै यो समयमा सम्पुर्ण मगरहरु एक भएर आफ्नो हक अधिकार सुनिस्चतताको लागी लाग्नुपर्ने बताउनुभयो । मगरहरुले आफ्नो पहिचान माग्दा देश विखण्डन देख्ने राष्ट्रवादीहरुले सिमाक्षेत्रमा भारतले गर्ने ज्यादती चाँही किन देख्दैन भन्ने प्रश्न गर्नुभयो । नाम लिँदा सबै जातीको लिने तर अधिकार र शक्ती बाँडफाँड गर्दा चाँही विखन्डन भयो भन्ने , नेपालको राजनिती र नेताहरु नेपाल र नेपाली जानताको भन्दा पनी भारतवादी देखिने

Read more

मगर शिक्षक संघको प्रथम राष्ट्रिय भेला सम्पन्न / रमेश थापा मगरको संयोजकत्वमा तदर्थ समिती गठन !

यमुना राना पुस २३, काठमाडौं नेपाल मगर शिक्षक संघको २३ गते शनिबार काठमाडौमा सम्पन्न पहिलो राष्ट्रिय भेलाले गोरखाका शिक्षक रमेश थापा मगरको संयोजकत्वमा ७५ सदस्य रहने गरी तदर्थ केन्द्रिय समिती गठन गरेको छ । समितीको सह संयोजकहरुमा नन्द बहादुर थापा मगर (पश्चिमाञ्चल), चित्र बहादुर राना मगर (पुर्वाञ्चल),कृष्ण बहादुर राना र विनिता सिंञ्जाली मगर (मध्यमाञ्च(ल), खड्क थापा मगर (मध्यपश्चिमाञ्चल), गोविन्द बहादुर थापा मगर सुदुरपश्चिमाञ्चल रहनु भएको छ । त्यस्तै तदर्थ समितीको सचिवमा धादिङका शिक्षक तथा मगर संघ केन्द्रिय सदस्य एकु थापा मगर, सह.सचिवमा काठमाडौंका कर्ण बहादुर पुलामी, कोषाध्यक्षमा रसुवाकी रेणुका थापा मगर लगाएत अन्य सदस्यहरुमा रहनुभएको छ । तदर्थ समितीले सम्पुर्ण जिल्लामा रहेका शिक्षकहरुलाई चैत्र मसान्त सम्म संगठित गरी ६ महिना भित्र प्रथम केन्द्रिय अधिवेसन गर्नको लागी आवश्यक तयारी गर्ने छ

Read more

माघे संक्रान्ती पर्व युएईमा मनाउने तयारी !

पुस २४, युएई मगरहरुले राष्ट्रिय पर्वको रुपमा मनाउने माघे संक्रान्तीको अबसरमा देश तथा विदेशमा कार्यक्रमको आयोजना गरी धुमधामका साथ मनाँईने तयारी गरिँदै छ । माघी कै असरमा विदेशमा रहने मगरहरुले पनी आफन्त साथीभाई मिलेर तथा विभिन्न संघ संस्थाहरुको आयोजनामा साँस्कृतीक झाँकी तथा माघीमा आधारित खानपान गरी माघे संक्रान्ती मनाउने चलन छ । विदेशमा रहेका नेपालीहरुको लागी भने यो एउटा पर्व मात्रै नभई साथीभाई भेटघाट, भाईचारा,परिचय तथा भेला भएर एकआपसमा खुसी सात्ने मौका पनी जुट्ने गर्दछ । यही अवसरमा नेपाल मगर संघ वैदेशिक शाखा युएईले पनी विभिन्न सांस्कृतीक कार्यक्रम गरी माघे संक्रान्ती मनाउने तयारी गरेको छ । जनवरी २० अर्थात माघ ७ गते वुर दुवै धो क्रुईसवर दुवईमा मनाउने निर्णय गरेको कार्यक्रम संयोजक तथा केन्द्रिय उपाध्यक्ष टंक थापा मगरले जानकारी दिनुभयो

Read more

“जिवित साँस्कृतिक इतिहास र हाम्रो दायित्व” !

बम बहादुर घर्ती मगर उवा-८ रोल्पा, पुस २२ मानव सभ्यताको विकास सँगै कुनै पनि जातजातिले आ–आफ्नै किसिमको भाषा, धर्म, संस्कृति र भेष-भुषामा अपनाउँदै आ–आफ्नै प्रकारले जीवन व्यथित गर्दै आइरहेका छन् । जसले तिनै जातिहरुको पहिचान गराउनुको साथै परिचालित पनि गरिरहेको छ । जुन लिपिबद्ध भएर संरक्षित हुनु पर्दछ र विकसित पनि । विश्वका थोरै मात्रामा जातिहरुको भाषा, धर्म, संस्कृति र भेषभुषाहरु चलनचल्तीमा छन् । त्यसैको आधारमा विकसित भएर संसारभरि नै आ–आफ्नो प्रभुत्व जमाउने तर्खरमा छन् भने कुनै–कुनै जातिहरुको लिपि अन्य जातिहरुको षड्यन्त्रद्वारा वा अन्य कारणले हराइनु र तिनै भाषा, धर्म र संस्कृतिहरुको लिपिबद्ध नहुनुले लोपोन्मुख अवस्थामा पुगेका छन् । लिपिबद्ध नभएका भाषा, धर्म, संस्कृति र भेषभुषाहरुसँग सम्बन्धित जातिहरु पनि प्रशस्त मात्रामा देख्न सकिन्छ । त्यो पनि निश्चित क्षेत्र र भूगोलमा

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)