दमौलीमा मातृभाषामा साहित्यीक प्रतियोगिता सम्पन्न साथै मगर लेखक संघ तनहुँको अध्यक्षमा बिनु थापा मगर !

विनोद रखाली मगर फागुन ७, स्याङ्जा अन्तराष्ट्रिय मातृभाषा दिवश फेव्रअरी २१ को सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अन्चल समितिको सप्ताहव्यापी कार्यक्रम अन्तरगत तनहुँको दमौलीमा नेपाल मगर लेखक संघ जिल्ला समिति तनहुँको आयोजनामा मातृभाषामा साहित्यीक रचना वाचन प्रतियोगिता तथा संघको तेस्रो जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनको उद्धघाटन गर्दै नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्ष मन्धरी आले मगरले मातृभाषामा साहित्यको विकाशका लागी लेखकहरुको भुमिका महत्वपूर्ण रहने बताउदै भाषा, सस्ंकृती र पहिचानलाई जिवित राख्न ती विषयमा लेखकहरुको कलम चल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल मगर लेखक संघ केन्द्रीय सदस्य रुद्र श्रीष मगर, समितिका केन्द्रीय सदस्य अनुराग थापा मगर, नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगर, तमु ह्रयुला छोँज धीँका केन्द्रीय सदस्य रक बहादुर गुरुङ्, मगर लेखक संघ गण्डकी

Read more

१९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा तनहुँको भिमादमा बहुभाषिक साहित्यिक प्रतियोगिता सम्पन्न!

रुद्र श्रीसमगर भिमाद, ६ फागुन १९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेब्रुअरी २१ का सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको सप्ताहव्यापी कार्यक्रम तनहुँको भिमाददेखि सुरु भएको छ । शुक्रबार भिमादमा बहुभाषिक साहित्यिक प्रतियोगिता सम्पन्न भएको छ । नेपाल मगर संघ भिमाद नगर समितिको सह–आयोजनामा भएको कार्यक्रममा मगर तथा गुरुङ भाषामा कविता प्रतियोगिता आयोजना गरिएको हो । जसमा मगर भाषातर्फ वसन्ती थापामगर प्रथम भइन् भने मोनिका थापामगर द्वितीय, कृष्ण रानामगर तृतीय र गमबहादुर रानामगर सान्त्वना भए । त्यस्तै, गुरुङ भाषातर्फ सुमिका गुरुङ प्रथम र बबी गुरुङ द्वितीय भए । उनीहरूले क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरे । नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिकी सल्लाहकार फूलकुमारी थापामगरको संयोजकत्वमा सदस्यद्वय रूद्रबहादुर श्रीसमगर र

Read more

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा स्याङ्जामा मगर भाषा कविता प्रतियोगिता !

मगर मिडिया हरिनास, ६ फागुन स्याङ्जाको हरिनास गाउँपालिका–४, चित्रे भञ्ज्याङ स्थित मातृभूमि माविमा १९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेब्रुअरी २१ को सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मगर भाषा कविता प्रतियोगिता सम्पन्न भएको छ । ‘दिगो विकासका लागि भाषिक विविधता र बहुभाषिकताको गन्ती’ भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त प्रतियोगितामा प्रतियोगिहरूले मगर भाषामा आफ्ना रचना प्रस्तुत गरेका थिए । दश प्रतियोगीहरू सहभागीरहेको प्रतियोगितामा अमृता थापामगरले प्रथम स्थान प्राप्त गर्दै नगद रु.१,५०० तथा प्रमाणपत्र प्राप्त गरिन् । यसैगरी, अनुषा थापामगर र सुदर्शन थापामगर क्रमस द्वितीय र तृतीय स्थान प्राप्त गर्दै नगद रु. १,००० र नगद रु.५०० सहित प्रमाणपत्र प्राप्त गरे । साथै, सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा हरिनास गाउँपालिका वडा

Read more

मादी गाउँपालिकाको थाकमा सञ्चालित मगर भाषा कक्षाको समापन !

रूद्र श्रीसमगर पोखरा, ६ फाल्गुन नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद्, मादी गाउँपालिका–६, थाक, कास्कीको आयोजनामा थाकस्थित भूमे आधारभूत विद्यालयमा सञ्चालित २१ दिने मगर भाषा साक्षरता कक्षाको समापन गरिएको छ । शनिबार भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले कुनै पनि भाषा जाति विशेषको पहिचान भएको बताउनुभयो । ‘मगर भाषा हामी मगरको पहिचान हो’, रानामगरले भन्नुभयो, ‘हाम्रो मातृभाषा हामीले नै बिर्सिँदै गइरहेका छौं, यो दुर्भाग्यको कुरा हो ।’ अब हरेक मगर बस्तीमा मगर भाषा साक्षरता कक्षा चलाउनुपर्ने आवश्यकता रहेको भन्दै उहाँले मगर भाषा बचाउन पूरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरणको आवश्यकता औंल्याउनुभयो । ‘पूरानो पुस्ताले नयाँ पुस्तामा भाषा र संस्कृति दुवै हस्तान्तरण गर्न आवश्यक छ’, रानामगरले भन्नुभयो, ‘यसो गर्न नसके हाम्रो पहिचान समाप्त

Read more

प्रथम शहीदको शालिकमा महानगर प्रमुख जिसीद्वारा माल्यार्पण !

रुद्र श्रीसमगर पोखरा, ४ फागुन नेपालका प्रथम शहीद क्या. लखन थापामगरको १४२ औं स्मृति दिवस बुधबार पोखरामा पनि मनाइएको छ । प्रथम शहीद लखन थापामगर स्मृति प्रतिष्ठानको आयोजनामा काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरियो भने देशका विभिन्न भागमा समेत प्रथम शहीद लखनको स्मृति दिवस मनाइयो । नेपाल मगर संघ कास्कीले प्रथम शहीद लखनको स्मृति दिवसमा बुधबार सच्चा श्रद्धाञ्जली अर्पण कार्यक्रमको आयोजना गर्यो । श्रद्धाञ्जलीसभा अघि लखनचोकस्थित प्रथम शहीद लखन थापामगरको शालिकमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलगायतका विभिन्न राजनैतिक दलका नेता एवं आदिवासी जनजाति अगुवाहरूले माल्यार्पण गरे । सो अवसरमा महानगर प्रमुख जिसीले महानगरपालिकाले प्रथम शहीदको उचित कदर गर्ने विश्वास दिलाउनुभयो । प्रथम शहीदको स्मृति दिवस राज्यले मनाउनुपर्ने धारणा राख्दै महानगर प्रमुख जिसीले प्रथम शहीद लखन सबै नेपालीको साझा भएको उल्लेख

Read more

३६ औँ मगर दिवसको अवसरमा लांघाली साँस्कृतिक साझँ २०७४ दुबईमा हुने !

मगर मिडिया माघ २४, काठमाण्डौँ प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४१ औँ स्मृति दिवस साथै ३६ औँ मगर दिवसको अवसरमा नेपाल मगर संघ, शाखा, युएईको प्रस्तुितमा लांघाली साँस्कृतिक साझँ —२०७४ हुने भएको छ । साँस्कृतिक साँझ मार्च २ शुक्रबारको दिन डुलस्को हल, अल क्रुज, ग्य्राण्ड सिटी मलको पछाडि दिउँसो दिनको ठीक २ बजे हुनेछ । उक्त साँस्कृतिक साँझमा प्रसाद खप्तरी मगर (चर्चित लोक दोहोरी गायक), सुजाता आले मगर (डिजे, नृत्यांगना), माया पुन मगर (चर्चित पप गायीका ) तथा विभिन्न युएईका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीहरु कार्यक्रममा हुने कुरा नेपाल मगर संघ शाखा युएईका अध्यक्ष टंक थापा मगरले जनकारी दिनु भएको छ । कार्यक्रमको थप जानकारीको लागि दुबई सिता रजाली मगर( ०५५५६३३७०७), रिसहल खैमाहा चुमन दर्लामी मगर (०५८—८०११७६३), फुजैराहा हिमाल

Read more

बेलायती सेनाका उच्च अधिकृत पदमा स्याङजाका तोल खाम्चा मगर !

मगर मिडिया २३ माघ, काठमाण्डौँ बेलायती सेनाको  उच्च अधिकृत पदमा एक नेपाली  गोरखा सैनिक पुग्न सफल भएका छन् । स्याङजा सिरकोट करादिमा जन्मेका ५० वर्षीय तोल खाम्चा मगर यसैसाल बेलायती सेनाको छैठौँ वरियताको लेफ्तिनेन्ट कर्णेल पदमा पुगेका हुन् । गोरखा भर्तीको २०० वर्षको अवधिमा सो पदमा अहिले सम्म खाम्चा सहित लालबहादुर पुन मगर , विजय रावत र याम बहादुर राना मगर पुगेका छन् तर अहिले सो पदमा सेवारत भने उनी एक मात्र गोर्खाली सेना हुन् । खाम्चा मगर अहिले आफ्नो परिवार दुई छोरी, एक छोरा र श्रीमतीको साथमा युकेको अल्डरसट स्थित आर्मी हेड क्वाटर  रिजनल कमाण्डमा बसोबार गर्दै आएका छन् । उनको यो  सफलताले उनलाई मात्र नभइ नेपाली डायष्पोरा र ब्रिगेट अफ गोर्खाजका लागि पनि खुशी बाँडेको छ ।  

Read more

पर्यटन प्रवर्धन गर्दै नेपाल मगर पर्यटन समाज !

मगर मिडिया २३ माघ, काठमाण्डौँ नेपाल मगर पर्यटन समाजले पर्यटन प्रवद्र्धनका लागि विभिन्न खाले तालिम सञ्चालन गरेको छ । मगर पर्यटन समाजले २१ जनालाई ३ दिने म्याप रिडिङ एण्ड नेभिगेशन तालिम तथा १७ जनलाई वेसिक डिजिटल र्माकेटिङ तालिम सम्पन्न गरेको छ । साहसी पर्वतारोहण ट्रेकिङ गाइडलाई दक्ष बनाउन विभिन्न तालिमको आयोजना गर्दै आएको नेपाल मगर पर्यटन समाजका महासचिव जीवन थापामगरले बताउनुभयो । नेपाल मगर पर्यटन समाजले  आयोजना गरेको वनभोज कार्यक्रममा मगर समुदायबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई पर्यटन समाजले बधाई दिइएको थियो साथै पर्यटन प्रवर्धनका निम्ति नेपाल मगर पर्यटन समाजले सक्रिय भूमिका निर्वाह गर्दै आएको पनि महासचिव थापामगरले बताउनुभयो । अध्यक्ष अनुप थापा मगरको अध्यक्षता तथा  महेश बुढा मगरको  संयोजकत्वमा  मगर पर्यटन समाजले गत शनिवार आयोजना गरेको   बनभोज कार्यक्रममा  सहभागीहरुलाई प्रमाणपत्र

Read more

मगरात प्राप्तीको आन्दोलनलाई केन्द्रमा राखेर मगर महिला संघले काम गर्छ : अध्यक्ष खासु !

फागुन ५, बर्दिया मगर महिला संघकी अध्यक्ष गंगा खासु मगरले मगर समुदायको मगरात प्राप्तीको आन्दोलनलाई मगर महिला संघको महाधिवेसनले अझ सशक्त रुपमा अगाडी बढाउन र बलियो बनाउन मद्धत गर्ने भन्दै मगरहरुको साझा आन्दोलनलाई केन्द्रमा राखेर कार्य गर्ने बताउनुभएको छ । अध्यक्ष खासुले हाम्रो समुदायका पुरुषहरु विदेशिने चलन रहेकोले पुरुषहरुको हक अधिकारको लागी पनि महिलाहरुले काम गर्नुपर्ने भन्दै हामी महिलाहरुको लागी डबल भार रहेकोले महिलाहरु झन सशक्त भएर लाग्नुपर्ने बताउनुभयो । यही फागुन ७ गतेबाट बर्दियामा सुरु हुन लागेको मगर महिला संघको राष्ट्रिय महाधीवेसनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुहुँदै सो कुरा बताउनु भएको हो । अधिकार सहितको एकीकृत मगरात स्वायत्त प्रदेश र पहिचानका लागी हाम्रो आन्दोलन, विभेद रहित समाज र हरेक तहमा पुर्ण समानुपातिक प्रतिनिधित्वका लागी नेपाल मगर महिला संघको

Read more

लमजुङमा प्रथम शहिद लखन थापा मगर स्मृति दिवसको साथमा मगर पत्रकार संघ गठन

कृष्ण आले फागुन ४, बेसीशहर, लमजुङ नेपाल मगर संघ लमजुङको आयोजनामा १ सय ४० आंै लखन थापा स्मृति दिवस मनाएको छ । नेपाल मगर संघ जिल्ला समिति लमजुङको आयोजनामा सदरमुकाम स्थित जिल्ला मगर संघको भवनमा लखन थापा स्मृति दिवस मनाइएको हो । उक्त कार्यक्रम भवन निमाणार्थ जग्गदाता एवम् समाजसेवी मीन वहादुर राना मगरको प्रमुख आतिथ्यता भएको थियो । नेपालमा प्रथम सहिद लखन थापा मगरको फोटोमा माल्यार्पण गरी उनको सम्झनामा दिवस मनाइएको थियो । नेपाल मगर संघ लमजुङका अध्यक्ष राममाया थापा मगरको अध्यक्षतमा भएको कार्यक्रममा मगर संघका उपाध्यक्ष विष्णुुमाया राना मगर, फोनिज लमजुङका निवर्तमान अध्यक्ष रामजी राना, फोनिज लमजङका अध्यक्ष कृष्णवहादुर आले लगायत मगर अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिव यामबहादुर आले मगरले गर्नुभएको थियो । कार्यक्रममा

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)