प्रथम सहिद लखन थापा मगरको शालिक भत्काइयो !

असोज ११ काठमाडौँ नेपालका प्रथम सहिद लखन थापा मगरको कास्की पोखरास्थित शालिक प्रशासनले असोज १० गते मध्यरातमा हटाएको छ । घटनापछि देशविदेशमा सर्वत्र विरोध भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको तर्फबाट अध्यक्ष नविन रोका मगरले प्रथम सहिद लखन थापा मगर देश र जनताको साझा गरिमा वा गौरब भएको भन्दै सरकारले शालिक राख्ने पूर्वसहमतिको बर्खिलाप गरेर देशकै अपमान हुने अनैतिक कदम चाल्नु राज्यको गंभीर गल्ती भएको बताएका छन् । अध्यक्ष रोका मगरले सहिद लखन थापा मगरको शालिक यथाशीघ्र पुन ः स्थापनाका लागि नेपाल मगर सघंको तर्फबाट नेपाल सरकारसँग माग गरेका छन् । अध्यक्ष रोका मगरले सरकारको यस्तो गलत कदम सच्याउन दबाबका लागि सम्पुर्ण संघ संस्था राजनैतिक दल र महानुभावहरुमा हार्दिक अपिल गरेका छन् ।

Read more

इजरायलमा गोर्खा एसोसिएसनको आयोजनामा ग्लोबल गोर्खाल्याण्ड युनिटी मार्च भब्य रुपले सम्पन्न !

जुलाई ३१ तेल अभिव इजरायलको तेल अभिवमा पनि इजरायल गोर्खा एसोसिएसनको अयोजनामा Global gorkha Unity Marcha भब्य रुपले सम्पन्न भएको छ । हिजो जुलाई ३० को दिन बिस्वभरिनै अयोजना गरिएको Global gorkha Unity Marcha कार्यक्रम तेल अभिवको लेबिन्सकी पार्कमा बेलुका ठिक ९ बजे सुरु भएको सो कार्यक्रम एसोसिएसनका अर्चना गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।प्रमुख अतिथि नेपाली समुदायको तर्फबाट समाजसेवी तथा डिजे बिपिन तामांग रहनु भएको थियो । बिर शहिदहरुलाई श्रदान्जली स्वरुप मैनबत्ती बालेर कार्यक्रम शुरु भएको थियो ।भारतको राष्ट्रिय गानबाट अगाडी बढेको कार्यक्रममा रुबल लामाले स्वागत मन्तब्य दिनुभएको थियो भने प्रमुख अतिथि बिपिन तामांगले गोर्खाल्याण्ड प्राप्तिको लागि शुभकामना दिनु भएको थियो । विवेक लामा र रिदम बान्तवाको देश प्रेमले भरिएको सांगीतिक प्रस्तुति कार्यक्रमको आकर्षकको रुपमा रहेको थियो ।गित र

Read more

खानेपानी संस्थानका प्रमूखलाई नगरबासीद्धारा कार्यकक्षमा घेराउ !

पोखरा २४, पुस । स्थानीय बासिन्दाले लैजाने भनेकोे खानेपानी रातारात एक रिसोर्टलाई दिए पछि नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यलय प्रमूख निरण महर्जनलाई नगरबासी स्थानीयले दुई घण्टाभन्दा बढी कार्यकक्षमा घेरेका छन् । पोखरा २६ आदर्शबस्तीका बासिन्दाले आइतबार संस्थानको कार्यलयमा सो निर्णय फिर्ताको माग गर्दै संस्थानका प्रमूख महर्जनको कार्यकक्ष घेरेका हुन् । बस्तीको नजिकै सय मिटर दुरीको मुहानको पानी स्थानीय बासिन्दालाई थाहै नदिइ मेथालाङमा रहेको जुरासिक भिल्ला रिसोर्टलाई लैजान दिए पछि उनीहरु आक्रोशित बनेका हुन् । बस्तीका बासिन्दाले पस्र्याङ स्थित ढवाङको मुहान भनिने स्थानबाट पानी लिट गरी लैजानका लागि विभिन्न निकायमा एक दशकदेखि योजना सहित निवेदन पेश गरे पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । तर पुषको दोस्रो हप्ता निवेदन दिएको सो रिसोर्टलाई भने संस्थानले पानी लैजाने दिइएको स्थानीयको आरोप छ

Read more

संविधान संसोधनको स्वागत गर्दे पाल्पामा जनसभा (भिडियो सहित) / मगरात प्रदेश प्राप्त नभए सम्म लडिरहन्छौ: अध्यक्ष रोका !

देब पचभैया पाल्पा, पौष ९ संविधान संसोधनको स्वागतमा पाल्पामा शुक्रवार विशाल मगरात जनसभा सम्पन्न भएको छ । मगर संघ केन्द्रिय समिति, मगरात संघर्ष समिति र संयुतm मगर मञ्च नेपालको आयोजनामा तानसेनमा र्याली सहित जनसभा भएको हो । कार्यक्रममा लुम्विनी अंचलका पाल्पा, रुपन्देही, नवलपरासी र कपिलबस्तु बाट सहभागी भएका थिए । मगरात स्वायत्त प्रदेश सुनिश्चितताको दवाव स्वरुप आयोजित कार्यक्रमका बतmाहरुले संसोधित संबिधानले मगर कलस्टरलाई केही मात्रामा भएपनि एक ठाउमा राखेकाले प्रस्तावित संविधान पास गर्न आग्रह गरेका छन् । सभालाई संवोधन गर्दै मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकाले पहिचान र अधिकार सहितको मगरात प्रदेश प्राप्त नभए सम्म आन्दोलन जारी रहने उद्घोष गर्नुभयो । अखण्डको आन्दोलन गर्नेहरु संघियता बिरोधी भएको भन्दै अध्यक्ष रोकाले वर्षौ देखि अधिकार बाट बन्चित भएकालाई माथि उठ्न दिनु हुदैन

Read more

पाल्पामा वृहत मगरात जनसभा हुदै !

पाल्पा, पौष ७ भोलि (शुक्रवार) तानसेनमा हुने बृहत जनसभाको तयारी पुरा भएको छ । नेपाल मगरसंघ केन्द्रिय समिति, मगरांत संघर्ष समिति, संयुतm मगर मञ्च नेपालको आयोजनामा हुने जनसभा र झाकी र्यालीको तयारी पुरा भएको स्थानिय ब्यवस्थापक नेपाल मगर संघ पाल्पाले जनाएको छ ।सभालाई मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका, संघका पुर्ब अध्यक्ष महेन्द्र थापा, पुर्ब वरिष्ठ उपाध्यक्ष बसन्त घर्ती , पुर्ब महासचिब सुरेश आले, पुर्व सांसद सुदर्शन वराल लगाएत सबै पार्टीका मगर घटकका प्रमुखहरुले संवोधन गर्ने कार्यक्रम छ । आफ्ना पहिचान र पहिरन सहित उपश्थित हुने सहभागीहरुले टुडिखेल स्थित लखनपार्क वाट बिहान ११ बजे र्याली निकाल्ने र हुलाकचोक निर सभागर्ने कार्यक्रमका आयोजकहरुले बताएका छन् । मगर सघन बस्ती रहेका जिल्लाहरुलाई एउटै प्रदेशमा राख्नु पर्ने लगाएतका माग गर्दे आएको मगर संघले

Read more

रोल्पा प्यूठान आज पनि बन्द / मगर संघको बृहत जनसभा रोल्पामा सम्पन्न !

हर्क घर्तीमगर लिबाङ, रोल्पा–३०, मंसिर संबिधान संसोधन प्रस्तावमा रोल्पा लगायतका पहाडी जिल्लाहरु ४ नं. प्रदेशमा प्रस्ताव गरेको विरोधमा अखन्ड ५ नं. प्रदेशको माग राख्दै आएको संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजिवन प्रभावित भएको छ । संघर्ष समितिले रोल्पा र प्यूठानमा हिजो विहान ६ बजे देखी साझ ५ बजे सम्म बन्द गरेको थियो भने आज देखि पौष ३ गत्ते सम्म आम हडतालको हो । रोल्पाको सदरमुखाम लिबाङ र प्रमुख बजार केन्द्र सुलिचौरमा विहानै देखि बन्दकर्ताहरु बन्द गरीरहेका छन । रोल्पाको सदरमुखाम लिबाङका पसल होटेलहरु सबै बन्द छन भने रोल्पाबाट छुत्ने छोटो तथा लामो दुरीका कुनै पनि सवारी साधनहरु चलिरहेका छैनन् । रोल्पाको बन्दमा हाल सम्म शान्तिपुर्ण नै रहेको रोल्पा जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक राम प्रसाद घर्तीमगर

Read more

रोल्पामा आन्दोलनकारी र प्रहरीबीच झडप / तीन प्रहरी घाइते, प्रहरीद्वारा आठ सेल अश्रुग्याँस प्रहार !

नवीन लोचनमगर ३० मंसिर, रोल्पा । रोल्पाको सदरमुकाम लिबाङ विहीबार दिनभर तनावग्रस्त बनेको छ । प्रदेश नम्बर पाँच नटुक्र्याउन गरिएको आन्दोलन र नेपाल मगर संघ रोल्पाले गरेको बृहत मगरात जनसभा कार्यक्रममा ढुंगा हानाहान भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नै सबैलाई पत्राचार गरी केन्द्रीय अध्यक्ष नवीन रोकामगरको उपस्थितिमा गर्न लागिएको खुला कार्यक्रमलाई अखण्ड आन्दोलनकारीहरुले विथोल्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो । विहानैदेखि आक्रामक ढंगले पेश भएको आन्दोलनकारीलाई रोक्न प्रहरीले निकै संयम् अपनाए पनि मगर संघको कार्यक्रम भइरहेको बेला अखण्ड आन्दोलनकारीले ढुंगा प्रहार गरेको र रोक्न खोज्दा उल्टै प्रहरी जवानलाई जिल्ला स्तरका एक नेताले समातेर कुटपिट गरेको प्रहरीको भनाइ छ । आफ्ना जवानमाथिको हातपात रोक्न खोज्दा पछाडिबाट प्रहरी माथि नै ढुंगा लाठ्ठी प्रहार भएपछि प्रहरी बाध्य भएर लाठ्ठी प्रहार गरेको

Read more

रोल्पामा आज आयोजित मगरात जनसभालाई बिथोल्ने प्रयास प्रति खेद प्रकट गर्दै नेपाल मगर संघ को प्रेस विज्ञप्ति !

काठमाडौँ, २०७३ मंसिर ३० प्रेस विज्ञप्ति बहुजातिय बहुभाषिक बहुसास्कृतिक लगायतका बहुलताले भरिपूर्ण देश नेपालको राज्य सत्तामा एउटै जाति भाषा सस्कृतिको एकाधिकार कब्जा भयो त्यसैको बिरुद्धमा समानता र सबैको न्यायका लागि पहिचान सहितको अधिकारका लागि आन्दोलन जारी रहेको सर्वविदितै छ । राज्यसत्तामा एकाधिकार जमाएर बसेका केहि मुठ्ठि भरका शासकहरु र न्याय र समानताका पक्षमा आन्दोलनकारीहरुको बिचमा संघर्ष भइरहेको वर्तमान परिवेशमा मगर समुदायको अधिकारमुखि सस्था नेपाल मगर संघ केन्द्रीय समितिले मगर समुदायको सघन बसोबास भएका क्षेत्रहरु, भाषिक सघनता भएका क्षेत्रहरु, मगर सास्कृतिक सभ्याता भएका क्षेत्रहरु, ऐतिहासिक भूगोलहरुलाई मध्येनजर गरि १९ जिल्लाको मगरात स्वायत्त प्रदेश हुनुपर्दछ भनेर लामो समय देखिको आन्दोलन अहिले तिब्र रुपमा चलिरहेको छ । मगरात सुनिश्चित गरिनुपर्दछ भन्ने नेपाल मगर संघ, संयुक्त मगर मञ्च र मगरात संघर्ष समितिको मागको विपरित

Read more

मगर संघले पोखरामा मगरात प्रदेश भेला गर्ने !

रूद्र श्रीसमगर, २१ मंसिर नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा सोमबार राजनैतिक तथा सामाजिक नेतारअगुवा एवं अभियन्ताहरूकोसहभागितामा ‘मगरात स्वायत्त प्रदेश प्राप्ति’ विषयक रणनैतिक छलफल कार्यक्रम सम्पन्न भएको छ। सरकारले प्रदेशको सिमाना परिवर्तनको सवालमा प्रस्ताव गरेको मगरात क्लस्टरको सवालमा सकारात्मक भएको निष्कर्ष निकाल्दै स्वायत्त मगरात प्रदेश स्थापना, जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यको बहुभाषिक नीतिलगायतका मुद्दाहरू सम्बोधन गराउन थप आन्दोलन को कार्यक्रम घोषणा गर्न यही मंसिर २५ गते पोखरामा ‘मगरात प्रदेश भेला’ आयोजना गर्ने भएको छ । छलफल कार्यक्रम पूर्वअर्थमन्त्री वर्षमान पुनमगर ‘अनन्त’को प्रमुख आतिथ्यता, मगर अगुवा, सल्लाहकारहरू, सल्लाहकार झकेन्द्र घर्तीमगरको छलफलपत्र प्रस्तुतीकरणमा भएको कार्यक्रमको संघको केन्द्रीय अध्यक्ष नबीन रोकामगरको अध्यक्षता, पूर्व सभासद् सुर्दशन बरालमगरको कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य र संघको केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनमगरको सञ्चालनमा सम्पन्न भएको थियो

Read more

मगर बस्ती फालेर उधोग चलाउन खोजेको भन्दै स्थानिय आन्दोलित (भिडियो सहित) !

देब पचभैया पाल्पा, मंशिर १८ माग पुरा नगरी , गाउलेको सहमति बिना ३४ घर रहेको मगर गाउ फालेर सिमेन्ट कम्पनीले उधोग चलाउन खोजेको भन्दै ज्यामिरे ८ भुटुके पाल्पाका स्थानिय वासी आन्दोलित भएका छन् । होङ्गसी शिवम सिमेन्ट प्रालिले गाउलेको माग पुरा नगरी दुई जना स्थानियका जग्गा किनेर काम गर्न थालेको भन्दै उनीहरुले बिरोध गरेका हुन् । गाउलेका माग नसुनेको , बातावरणीय प्रभाव मुल्याङ्कन नगरेको लगाएतका काम नहुदै सिमेन्ट कम्पनीका मान्छेले जग्गा दिन दवाव दिएको, जिल्ला प्रसासन कार्यालयमा चिठी लेखेर जग्गा अधिकरण गर्न भनेको भन्दै भुटुकेका मगरहरु सदरमुकाम तानसेनमा आएर सहयोग गर्न पत्रकार गुहारेका छन् । कम्पनीको मान्छे पटक पटक गाउ पुगेर लोभ देखाउने, जग्गा दिनु नत्र दोजर लगाईदिन्छौ भनेर धम्की दिने जस्ता काम गरेकाले आफुहरु न्याय माग्न तानसेन आएको गाउलेहरुले

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)