नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद कास्कीले आठौ पोखरा महोत्सवलाई सहयोग गर्ने !

गिता राना मगर पोखरा २१ पुस । नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद् कास्कीले आठौ पोखरा महोत्सवलाई सहयोग गर्ने भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लवको आयोजनामा आगामी पुस २७ देखि माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवलाई नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद् कास्कीले सहयोग गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने भएको हो । परिषदमा आवद्ध विभिन्न १२ वटा आदिवासी जनजातिहरुको छलफलले पुस २७ गते बाट शुरु हुने आठौ संस्करणको महोत्सवमा हुने झांकी ¥यालीमा समेत सहभागीता जनाउने भएको नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद्का अध्यक्ष जंग वहादुर गुरुङले जानकारी दिए । गुरुङले पोखरा महोत्सव विशुद्ध सामाजिक काममा अगाडी वढिरहेको र पोखरा लेखनाथको

Read more

पोखरा सडक महोत्सव अनौपचारिक रुपमा सम्पन्न !

बिनोद लामिछाने  पौष  १७,  पोखरा  अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गरेको १९ औं पोखरा सडक महोत्सव अनौपचारिक रुपमा सम्पन्न भएको छ । पाँचदिने महोत्सवको औपचारिक समापन भने पछि गरिने रेवान पोखराले जनाएको छ । बिगतका वर्षहरुमा जस्तै यसपटक पनि हामीलाई चौतर्फी सहयोग मिलेको रेवान पोखरामा उपाध्यक्ष लक्ष्मण बरालले बताए। महोत्सवको अवधिमा कुनै पनि अप्रिय घटना नघटेको भन्दै उनले खुसि  व्यक्त गरे । महोत्सव अवधिमा लेकसाइडका होटल तथा रेष्टुरेन्टहरुमा कारोबार पनि उल्लेख्य भएको बरालले बताए । महोत्सव सफल भएको दावी गर्दै महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई उनले धन्यवाद ज्ञापन गरे । यद्यपी महोत्सवको औपचारिक समापन भने पछिनै गरिने छ । महोत्सवक अवलोकन कर्ता र कारोबारबारे भने रेवान पोखराले आँकडामा जनाएको छैन । ‘सडकमै खाउ सडकमै नाचौं र सडकमै रमाऊ

Read more

निशुल्क उपहार कुपन २०७४ को नतिजा सार्वजनिक: प्रथम पुरस्कार कुपन नं. ३३१२९ लाई इलेक्ट्रिक स्कुटर

मगर मिडिया  पोखरा, १७ पौष । कपडा व्यावसायी एशोसियसन कास्कीद्धारा संचालित निशुल्क उपहार कुपन कार्यक्रम २०७४ को नतिजा सार्वजनिक गरिएको छ । हरितालिका तिज, दशै, तिहार र छठका अवसरमा संचालित उक्त कार्यक्रममा करिब ६० हजार उपभोक्ताहरुले सहभागीता जनाएका एशोसियसनले जनाएको छ । राष्ट्रिय ढाकाटोपी दिवसका दिन पोखराको चिप्लेढुंगामा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको नतिजा अनुसार कुपन नं. ३३१२९ लाई पहिलो पुरस्कार इलेक्ट्रिक स्कुटर परेको छ । यस्तै कुपन नं. ४६००७ लाई दोस्रो पुरस्कार एलईडि टिभी, कुपन नं. ५१०३२, ५२३५७,४९४१२, १३९६७ र ५९८७९ लाई तेस्रो पुरस्कार स्वरुप तयारी सुट १÷१ थान परेको छ । कुपन नं. ५६०५४ लाई चौठो पुरस्कार फ्रिज, कुपन नं. १९७७६ र २३८८० लाई पाँचौ पुरस्कार अल्ट्रालाईटको टिकट परेको छ । कुपन नं. ५८७५७ लाई छैठौ पुरस्कार

Read more

मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनीले अब पोखरामा पनि आफ्नो परियोजना थाल्ने (फोटो फिचर सहित) !

विष्णु थापा १८, मंसिर, पोखरा “स्वदेश मै लगानी गरि रोजगारीको सिर्जना गरौँ, आत्मनिर्भर बन्दै राष्ट्र निर्माणमा हातेमालो गरौँ” भन्ने मुल मन्त्रको साथमा स्थापना भएको मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनीले छिट्टै नै आफ्नो परियोजना पोखरामा पनि विस्तार गर्ने भएको छ । गत शनिवार पोखरामा सम्पन्न कम्पनीको सामाजिक उत्तरदायित्व अन्र्तगत उद्योग तथा व्यापार/व्यवसाय सम्बन्धि सामाजिक सचेतनाका लागि श्रव्य दृश्य प्रस्तुतीकरण र मगर्स क्रियशन कम्पनीको परियोजनाको बारेमा जानकारी साथै पोखरा क्षेत्रकै सम्भावनाको पहिचान तथा लगानी विषयक अन्तरक्रिया कार्यक्रममा कम्पनीका सिइओ आर्शिवाद पुन मगरले उक्त कुरा बताउनु भएको हो । पोखरा क्षेत्रका उद्यमी तथा व्यवसायी, विभिन्न संघ–संस्थाका व्यक्तिहरु गरेर १५० जनाको सहभागीता रहेको उक्त कार्यक्रममा नेपालमा कसरी उद्यमी बन्न सकिन्छ तथा नेपालमा कुन क्षेत्रमा के कतिको सम्भावना रहेको छ भन्ने विषयमा कम्पनीले तयार पारेको लगभग

Read more

पोखरामा मानवअधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न !

कृष्ण आचार्य २६ कार्तिक  पोखरा। नेपाल मानव अधिकार संगठन कास्कीको आयोजनामा पोखरामा मानवअधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सुरक्षा निकाय, संचारकर्मी, नागरिक समाजका प्रतिनिधी, कानुनका विद्यार्थी र विभिन्न संघ संस्थाका प्रतिनिधीको सहभागितामा मानवअधिकार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा नेपालमा मानब अधिकारको अवस्था, नेपालले हस्ताक्षर गरेका र हस्ताक्षर गर्न बाँकी सन्धि अभिसन्धीहरु र नयाँ संबिधान तथा मुलुकी ऐनमा उल्लेख गरिएको मानब अधिकारको व्यवस्था लगायतका बिषयमा नेपाल मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष एवं प्रशिक्षक अधिवक्ता इन्द्रप्रसाद अर्यालले सहभागीलाई प्रशिक्षण दिएका थिए । नेपाल मानव अधिकार संगठनका पश्चिमाञ्चल क्षेत्रीय संयोजक तथा केन्द्रिय सदस्य नरेन्द्र बास्तोलाको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेपाल मानव अधिकार संगठन तनहुँका सभापति कल्पना लम्साल, नेपाल मानव अधिकार संगठन पर्बतका

Read more

दोश्रो दिपेश मेमोरियल सेभेन ए साइड फुटवल कार्तिक १९ देखि !

मगर मिडिया  १६ कार्तिक पोखरा फेवाताल किनार बाराही घाट खेल मैदानमा अत्याधिक धनराशिको सेभेन ए साइड फुटवल प्रतियोगिता हुने भएको छ । लेकसाइड फुटवल क्लवको आयोजना तथा बैदाम युथ क्लवको सहयोगमा यहि कार्तिकको १९ देखि २५ गते सम्म दोश्रो संस्करणको दिपेश मेमोरियल सेभेन ए साइड अन्तर क्लव नकआउन फुटवल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको तयारी तिब्र पारिएको आयोजक क्लवका अध्यक्ष भुवन लामिछानेले जानकारी दिए । ‘खेल मैदान स्तरिय बनाउन घाँस काट्ने, माटो भर्ने र सम्याउने काम सकिएको छ’– अध्यक्ष लामिछानेले भने । प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख ५० हजार सहित शिल्ड मेडल तथा द्वितिय हुनेले ७५ हजार सहित कप मेडल पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, अनुशासित टिमले नगद ५÷५

Read more

आठौं पोखरा महोत्सव पुस २७ देखि, महोत्सव सफल बनाउन ४१ सदस्यीय उपसमिती गठन !

गिता राना मगर  १५ कार्तिक पोखरा  सामाजिक क्षेत्रमा छुट्टै स्थान हासिल गर्न सफल युनाइटेड क्लव पोखराले आयोजना गर्ने आठौ संस्करणको पोखरा महोत्सव आगामी पुसको २७ देखि माघको ८ गते सम्म हुने भएको छ । आठौं संस्करणको पोखरा महोत्सव सफल बनाउनका लागी क्लवका अध्यक्ष सुक बहादुर गुरुङ मुल आयोजक समिति रहने गरी विभिन्न ४१ वटा उपसमितिहरु गठन गरेकोे छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र सेती नदी संरक्षण संगै पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणका लागी आवाज उठाउदै आएको युनाइटेड क्लवले पोखराको अमरसिंह चौरमा आयोजना गर्नेे आठौ संस्करणको पोखरा महोत्सव सफल बनाउनका लागी मंगलबार बसेको बैठकले मुल आयोजक समिति सहित ४१ वटा उपसमिति गठन गरेको महोत्सव प्रचार प्रसार संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठले जानकारी दिए । महोत्सवको उपसमिति अन्तर्गत कार्य

Read more

मगर सांस्कृतिक संघ कास्कीद्वारा मगर संघ युके उपाध्यक्ष र सल्लाहकारको स्वागत !

रूद्र श्रीसमगर पोखरा, १३ पुस नेपाल मगर सांस्कृतिक संघ कास्कीले मगर संघ युकेका उपाध्यक्ष अनिता रानामगर र सल्लाहकार कुमार रानामगरलाई पोखरामा स्वागत गरेको छ । बुधबार आयोजित कार्यक्रममा उहाँहरूलाई स्वागत गरिएको हो । त्यसैगरी, सोही अवसरमा सांगीतिक कार्यक्रमका लागि हङकङ जान लागेकी संघकी जिल्ला सदस्य लोक तथा दोहोरी गायिका चिना थापामगरलाई बिदाइ समेत गरियो । भेटघाट, स्वागत एवं बिदाइ कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरले कुनै पनि कार्यक्रमको आयोजना गर्दा नयाँ तरिकाले गर्नुपर्नेमा जोड दिनुभयो । समयलाई चिन्न सकेमा मात्र प्रगति गर्न सकिने भन्दै उपाध्यक्ष थापामगरले कलाकार र पत्रकारलाई एकै ठाउँमा भेट्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । ‘कलाकार र पत्रकारलाई आज एकै ठाउँमा भेट्न पाएकोमा असाध्यै खुशी छु’, थापामगरले भन्नुभयो, ‘सबैले समयलाई चिनेर अघि बढ्न जरुरी

Read more

खुल्ला सेभेन ए–साइड फुटबल प्रतियोगिताको उपाधि बीबीएस दोस्रो वर्षलाई !

रूद्र श्रीसमगर पोखरा, ९ पुस नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) विद्यार्थी स्वयंसेवक पृथ्वीनारायण क्याम्पस जिल्ला समितिद्वारा आयोजित ‘खुल्ला सेभेन ए–साइड फुटबल प्रतियोगिता–२०७३’को उपाधि बीबीएस दोस्रो वर्ष समूहले जितेको छ । शनिबार भएको फाइनल प्रतिस्पर्धामा बीजे टिम विज्ञान समूहलाई ४–० गोल अन्तरले पराजित गर्दै बीबीएस दोस्रो वर्ष समूहले उपाधि कब्जा गरेको हो । उपाधि जितसँगै बीबीएस दोस्रो वर्ष समूहले खसी, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै, उपबिजेता बीजे टिम विज्ञान समूहले दुई वटा भाले, मेडल र प्रमाणपत्र पायो । त्यसैगरी, बीएस्सी विज्ञान छात्राबासलाई ४–० गोल अन्तरले पराजित गर्दै तेस्रो भएको बीबीए ‘ए’ समूहले एउटा भाले, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । बुधबारदेखि सुरु प्रतियोगितामा बीबीए ‘ए’ समूहका प्रदीप गुरुङ म्यान अफ दी टुर्नामेन्ट घोषित भए भने सुरज रानाभाट

Read more

च्यह ल्होछार स्योकैंमा विभिन्न व्यक्तित्व सम्मानित / ल्होछार तमु जातिको पहिचान हो: देव गुरुङ !

रुद्र श्रीसमगर पोखरा, २ पुस तमु जातिको महान् सांस्कृतिक चाड च्यह ल्होछारको पावन अवसरमा आयोजित स्योकैं कार्यक्रममा विभिन्न व्यक्तित्व सम्मानित भएका छन् । तमुस्यो रि च्हमी परिवारद्वारा शनिबार आयोजित स्योकैंमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित भए । सो अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै पूर्व स्थानीय विकास तथा कानून मन्त्री देव गुरुङले ल्होछार तमु समुदायको पहिचान भएको उल्लेख गर्नुभयो । नेकपा (माओवादी केन्द्र) प्रदेश नं. ४ का इञ्चार्ज समेत रहनुभएका गुरुङले तमु चेलीबेटीहरूले आफ्नो मौलिक चाडबाड मनाउँदा पनि सामाजिक कार्यलाई जोड दिएकोमा खुशी व्यक्त गर्दै सांस्कृतिक पर्वलाई नयाँ सन्दर्भमा नयाँ तरिकाले मनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं कास्की संयोजक राजकाजी गुरुङ ‘करण’, अर्का नेता बखानसिंह गुरुङ ‘आभाष’, लालबहादुर गुरुङलगायतको उपस्थिति थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)