मगर विद्यार्थी पिएन क्याम्पसको १९ औं अधिवेशन आगामी पुस ७ गते हुने !

रूद्र श्रीसमगर पोखरा, २९ मंसिर नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिको १९ औं क्याम्पस अधिवेशन आगामी पुस ७ गते हुने भएको छ । बुधबार सम्पन्न क्याम्पस समितिको बैठकले अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष निशा घर्तीमगरले जानकारी दिनुभयो । बैठकले अधिवेशन सफल बनाउन विभिन्न उपसमितिहरू समेत बनाएको छ । जसमा सांगठनिक तथा आर्थिक प्रतिवेदन तयारी उपसमितिका लागि कोषाध्यक्ष प्रेम बुढामगर, सांस्कृतिक उपसमितिमा रुपा रानामगर, खाजा तथा पानीमा निशा पुर्जामगर, साउण्ड सिस्टम तथा मञ्च सजावटमा प्रेम बुढामगर, प्रशंसापत्र÷प्रमाणपत्र, मायाको चिनो तयारी उपसमितिमा निशा घर्तीमगरलगायत रहनुभएको छ । त्यस्तै, हरेक वर्ष समितिले प्रदान गर्दै आएको गरिब तथा जेहेन्दार छात्रवृत्ति रकम वितरणका लागि छनौट समिति समेत गठन गरेको छ । जसको संयोजकमा पृथ्वीनारायण क्याम्पस अंग्रेजी विभागका उप–प्राध्यापक निर्मल थापामगर तथा सदस्यद्वयमा संघका केन्द्रीय

Read more

च्यह ल्होसार/ल्होछारमा तमुस्यो चेलीबेटीले विशेष स्योकैं कार्यक्रम गर्ने / स्योकैंबाट उठेको रकम द्वन्द्वपीडित र भूकम्पपीडित बालबालिकालाई !

रूद्र श्रीसमगर पोखरा, २९ मंसिर तमु (गुरुङ) समुदायको महान् सांस्कृतिक चाड च्यह ल्होसार/ल्होछार (चरा वर्ग)को अवसरमा पोखराका तमुस्यो चेलीबेटीहरूले विशेष स्योकैं कार्यक्रम गर्ने भएका छन् । दश वर्षे जनयुद्ध तथा भूकम्पमा बाबु आमा गुमाएका द्वन्द्वपीडित एवं भूकम्पपीडित बालबालिकाहरूको सहयोगार्थ आगामी पुस २ गते कार्यक्रम गरिन लागेको कार्यक्रम संयोजक गौरी गुरुङले जानकारी दिनुभयो । कार्यक्रमबाट उठेको रकम काठमाडौंको मनमैंजुमा रहेको एकीकृत सिर्जनशील समाज नेपालमा रहेका द्वन्द्वपीडित एवं भूकम्पपीडित बालबालिकाहरूका निम्ति सहयोग गर्ने संयोजक गुरुङले बताउनुभयो । तमुस्यो चेलीबेटी परिवारद्वारा आयोजित कार्यक्रममा एकीकृत सिर्जनशील समाज नेपालकी कोषाध्यक्ष एवं समाजसेवी जुनु पुनमगरको उपस्थिति रहने छ । पोखरा–१४, चाउथेस्थित स्वागतम् पार्टी प्यालेसमा हुने सो कार्यक्रमको आयोजकका रूपमा तमुस्यो चेलीबेटीहरू गौरी गुरुङ, पुनम गुरुङ, सुगन्ध गुरुङ र निशा गुरुङ रहनुभएको छ । आयोजकले दिएको जानकारी

Read more

मगर संघ इजरायलको हार्दिक निमन्त्रणा !

तेलअविभ, इजरायल, डिसेम्बर १४ देश बिदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा आउदै गरेको मगरहरुको राष्ट्रिय प्रमुख साँस्कृतिक चाड माघे सक्रांन्ति २०७३ र नयाँ बर्ष २०१७ को हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दै बिगतमा जस्तै यस बर्ष पनि मगर संघ इजरायलको आयोजनामा तेलअभिको EVE रेस्टुरेन्टमा भब्यताका साथ सम्पन्न हुन गैरहेको “माघे सक्रांन्ति २०७३ कार्यक्रम” मा गरिमामय उपस्थितिको लागि इजरायलवासी सम्पूर्ण मगर तथा गैर मगर दाजु-भाइ, दिदि-बहिनिहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ | तेस्को साथ साथै विशेष आकर्षणको रूपमा मगरहरुको संस्कृति झल्किने भेष भुषा प्रर्दशन, मगरहरुको मौलिक नृत्यहरु, लोक दोहोरी, फिल्मि, आधुनिक गित, नृत्य तथा कमेडी नृत्यहरु साथै माघी कप खेलकुद को रूपमा महिला, पुरुष भलिबल र घैटो फोर प्रतियोगिता समावेश गरिएको छ | मिति:- 13 जनवरी 2017 समय:- बेलुकी ७ बजे देखि स्थान

Read more

मगर संघ कतारको हार्दिक निमन्त्रणा !

कतार, डिसेम्बर १३ नेपाल मगर संघ, शाखा कतारले बिगतका बर्षहरुमा झैं यस बर्ष पनि मगरहरुको राष्ट्रिय प्रमुख सांस्कृतिक चाड “माघ्या सकराटी—२०१७” को सुअवसरमा “बनभोज तथा बिबिध सांस्कृतिक कार्यक्रम—२०७३” को आयोजना गरी मनाउन गईरहेकोले समस्त कतारबासी मगर तथा गैरमगर दाजुभाई तथा दिदिबहिनीहरुमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिन हुन हार्दिक निमन्त्रणा गर्दछौं । कार्यक्रमको आकर्षकहरु— मगरहरुको संस्कृति झल्किने भेष भुषा प्रर्दशन, मगरहरुको मौलिक नृत्यहरु, लोक दोहोरी, फिल्मि,आधुनिक गितहरु, हिपअप नृत्य तथा कमेडी नृत्यहरु । खेलकुद तर्फ— म्युजिकल चियर (महिला मात्र), २०१७÷०१८ को लागि कतारमा रहेको मगरहरुको राजा चुनिने (दौड प्रतियोगिता गरेर) र पुरुषहरुको लागि मात्र डोरी तान्ने खेल । स्थान— अल दोसारी चिडिया घर÷गार्डेन, सहानिया मिति — २० जनवरी २०१७ शुक्रवार समय — बिहान ९.३० बजे सम्पर्क ब्यक्तिहरुः— कार्यक्रम संयोजक — रबिन

Read more

नेपाल मगर संघ इजरायलले तेस्रो बार्षिक उत्सब तथा बनभोज कार्यक्रम मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तूती सहित भब्य रुपमा मनाउने !

इजराएल, जुलाई १ हार्दिक निमन्त्रणा निमन्त्रणा निमन्त्रणा । मगर समुदायको भाषा, धर्म, भेषभुषा, संस्कृति, पहिचान र परम्परालाई जगेर्ना गरिराख्ने उद्धेश्यले प्रवासी भुमी इजरायलमा रहेका मगर समुदाय द्वारा १३ जुलाई २०१३ मा स्थापना गरिएको नेपाल मगर संघ इजरायलले आफ्नो स्थापनाको तेस्रो वर्ष पुरा गरेको उपलक्ष्यमा आगामी जुलाई १५ शुक्रबारको दिन इजरायलको पार्क लुमिमा “तेस्रो वार्षिकोत्सव तथा बनभोज कार्यक्रम” स्थानिय मगर कलाकारहरुको वृहत मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तूती सहित भव्य रुपमा मनाउने तय गरेको छ । उक्त कार्यक्रममा उपस्थितीको लागि इजरायलमा रहेका विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधीहरू, मिडियाकर्मीहरू लगायत सम्पूर्ण इजरायलवासी नेपाली दाजुभाई तथा दिदिवहिनीहरूलाई यसै सूचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौ । धन्यबाद, नेपाल मगर संघ इजरायल

Read more

मगर पत्रकार संघ दाङले बृहत छलफल गर्ने !

दाङ, चैत्र ११ नेपाल मगर पत्रकार संघ दाङले नयाँ बर्ष २०७३ को अवसरमा चैत्र ३० गते बृहत छलफल कार्यक्रम गर्ने भएको छ । मगर पत्रकार संघ दाङकोे जिल्ला बैठकले जिल्लाका विभिन्न मगर संघ÷संगठनहरुसंग बृहत छलफल गर्ने निर्णय गरेको हो । जिल्ला अध्यक्ष रेखा मगरको अध्यक्षता तथा केन्द्रीय सदस्य प्रेमबहादुर राम्जा मगरको प्रमुख आतिथ्यता तथा सल्लाहकार देविका घर्ती मगरको विशेष उपस्थितिमा सम्पन्न बैठकले कार्यक्रम सफल पार्नका लागि जिल्ला अध्यक्ष रेखा मगरको संयोकजत्वमा तीन सदस्य समन्वय समिति गठन गरेको छ । सदस्यमा शान्तकुमार बुढा र विमला घर्ती मगरलाई चयन गरिएको छ । यस्तै मगर पत्रकार संघ दाङको सदस्यमा हिरासिंह राना र मञ्जु रोका लाई चयन गरिएको छ । बैठकले जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत मगर सञ्चारकर्मीको तथ्यांक संकलन गर्ने पनि निर्णय गरिएको

Read more

पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलनको तयारी, उपराष्ट्रपति पासाङले सम्मेलनको उद्घाटन गर्ने !

रूद्र श्रीसमगर पोखरा, ५ चैत्र नेपाल मगर बुद्ध सेवा समाजको आयोजनामा यही चैत्र १३ गते पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन हुने भएको छ । समाजले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारीबारे जानकारी गराएको छ । सो अवसरमा जानकारी दिँदै सम्मेलन आयोजक समितिका संयोजक टीबी पुनमगर ‘रोशन’ले विश्व शान्तिका अग्रदूत महामानव गौतम बुद्धका दर्शन, साहित्य, संस्कृतिको पुनर्उत्थान र विकास गरी बौद्ध धर्मावलम्बीहरूबीच एकता तथा अन्य धर्मावलम्बीहरूसँग धार्मिक सद्भाव, सहिष्णुता, आपसी मेलमिलाप कायम राख्दै विश्व शान्ति स्थापनाका लागि सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो । संयोजक पुनमगरका अनुसार यही चैत्र १३ गतेदेखि सुरु भइ १५ गतेसम्म हुने सो सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् । पोखरामा चैत्र १३ गते उद्घाटन हुने सो सम्मेलनको बन्दसत्र पोखरा–३, नदीपुरस्थित पोखरा नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा यही

Read more

मनोज घर्तीमगर ज्यूलाई हार्दिक बधाई !

मगर पत्रकार संघका केन्द्रिय अध्यक्ष मनोज घर्तीमगर उपराष्ट्रपति नन्द किशोर पुनको प्रेस सल्लाहकारमा नियुतm हुनु भएमा हार्दिक बधाई एबं थप प्रगतिको कामना गर्दे सफल कार्यकालको लागी मंगलमय शुभकामना ब्यतm गर्दछौ । अनुरोधक मगर मिडिया डट कम परिवार

Read more

नरेश खपाङ्गी मगर ज्यूलाई हार्दिक बधाई !

मगर आम संचार कर्मी समाजका सस्थापक अध्यक्ष नरेश खपाङ्गी मगर नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा निर्बिरोध निर्बाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दे सफल कार्यकालको लागी मंगलमय शुभकामना ब्यतm गर्दछौ । अनुरोधक मगर मिडिया डट कम परिवार

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)