खुर्पेटोको च्यारिटी शो चितवनमा सम्पन्न, पोखरामा भने यहि कार्तिक २५ गते !

बिश्वाश मगर कार्तिक २१ शनिबार काठमाण्डौ मिफ्रुङ्ग फिल्म प्रोडक्सन प्रा लि को ब्यानरमा निर्माण भएको मगर कथानक चलचित्र खुर्पेटोको चितवनमा पनि च्यारिटी शो सम्पन्न भएको छ । कल्याण मगर समाज भरतपुर ११ चितवनको आयोजनामा सम्पन्न खुर्पेटो च्यारिटी शो शुक्रबार चितवनको नारायणी कला मन्दिरमा सफलता पूर्वक सम्पन्न भएको हो । छोटो कलाकार तथा अतिथी सम्मान औपचारिक कार्यक्रममा प्रमुख अतिथी आदिबासी जनजाती महासंघ चितवन जिल्ला तथा नेपाल मगर सघ जिल्ला समितीका अध्यक्ष श्री शुट बिर थापा मगरले उद्घाटन गर्नु भएको थियो । साथमा बिशिष्ट अतिथी नेपाल मगर महिला संघ जिल्ला मगर चितवन समितीका कोषाध्यक्ष श्री हिरा थापा मगर अनि नेपाल मगर बिद्यार्थी सघंका केन्द्रिय सदस्य इश्वर राना मगर र अन्य अतिथीहरु को उपस्थितीमा छोटो मिठो मन्तब्यका साथ कार्यक्रम सुरु भएको थियो ।

Read more

वेलायतमा राष्ट्रिय आविष्कार केन्द्रका लागि १७ संघसंस्थाहरु एकै ठाउँमा जम्मा हुने !

मगर मिडिया कार्तिक ७ वेलायतमा राष्ट्रिय आविष्कार केन्द्रका लागि १७ संघसंस्थाहरु एकै ठाउँमा जम्मा हुने भएका छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारहरुबाट पुरस्कृत नेपालका प्रतिष्ठित सामाजिक अभियन्ता डा. महाविर पुन मगरसँग राष्ट्रिय आविष्कार केन्द्रको बारेमा अन्तरक्रिया गर्न बेलायत स्थित क्रियाशिल विभिन्न संघसंस्थाहरु यसरी एकै ठाउँमा सहकार्य गरि उभिन लागेका हुन् । यहि आउँदो शुक्रबार २७ अक्टोवरको दिन साँझ ६ बजे देखि १० बजे सम्म अल्डरसर्ट स्थित एम्पायर हलमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा भाग लिनको लागि सवै बेलायत बासी नेपालीहरुलाई अनुरोध गरिएको कुरा बम थापा सुर्यवंशी मगरले जानकारी दिनु भएको छ ।        

Read more

पत्रकार कल्याणकारी कोष स्थापनार्था च्यारिटी शो सम्पन्न !

उमा आलेमगर पोखरा, २९ असोज आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी आयोजना गरेको च्यारिटीको शो हिजो प्रदर्शन भएको छ । पत्रकार कल्याणकारी कोषका लागि फोनिजले नेपाली कथानक चलचित्र ‘रानी’ को च्यारिटी शो आयोजना गरेको हो । च्यारिटी शोको आम्दानीबाट बचत भएको रकमले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी संकलन गरिने फोनिज कास्कीका अध्यक्ष एम.बी आस्थाले वताए । आस्थाका अनुसार च्यारिटी शो संगै कोष स्थापनाका लागी अन्य कार्यक्रमहरुको समेत आयोजना गरिने छ । पत्रकार कल्याणकारी कोषका लागि यो शो भन्दा अगाडि अहिले सम्म करिब ५१ हजार संकलन भएको कोषाध्यक्ष उमा आलेले जानकारी दिईन् । यसैवीच सोही अवसरमा रिर्पोटिङ्गको शिलशिलामा पाल्पा जाँदै गर्दा दुर्घटनामा परेको पत्रकार तथा फोनिज कास्कीका कार्यसमिति सदस्य गीता राना र उपचाररत नेपाल पत्रकार महासंघ

Read more

हङकङ बजारका अग्निपीडितलाई स्टल हस्तान्तरण / अग्निपीडितलाई प्रशासनले सहयोग नगरेको गुनासो !

रूद्र श्रीसमगर पोखरा, १७ मंसिर गत कात्तिक २४ गते भएको आगलागीबाट जलेर नष्ट भएको पोखरा–९, लखनचोक, बसपार्कस्थित पोखरा हङकङ बजारका स्टलको पुनर्निर्माणपछि हस्तान्तरण गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच बजारका अग्निपीडित व्यापारीहरूलाई पुनर्निर्मित स्टल हस्तान्तरण गरिएको हो । सो अवसरमा बोल्दै पोखरा उपमहानगरपालिका वडा नं. ९ का सचिव लोकदर्शन कोइरालाले सरकारी तवरबाट आफूहरूको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । बेलाबखतमा आगलागी एवं हावाहुरीबाट समेत बजारलाई खतरा रहेको भन्दै कोइरालाले विपद् व्यवस्थापनका लागि स्थानीय प्रशासन समेत तयारी अवस्थामा रहनुपर्ने अवस्था रहेको बताउनुभयो । कार्यक्रममा गण्डकी मिनी मार्केट व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर कार्की, चिप्लेढुंगा मिनी मार्केटका संरक्षक रत्न कार्की, जय प्लाष्टिक स्टोर्सका परशुराम तिवारी, आगलागी पीडित सुशीला विक, कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष रूद्र खनाल, पोखरा हङकङ बजार

Read more

यु.के. मा लुम्बिनी बुद्ध विहार स्थापनाका लागि च्यारेटी डिनर साँझको आयोजना हुँदै !

चजिन्द्र राना मगर लन्डन, २३ डिसेम्बर २०१६ यु केमा प्रथम बुद्ध विहार निर्माणार्थ एक च्यारेटी डिनर नाईटको आयोजना हुने भएको छ । मगर बुद्ध समाज यु केको बर्षागाठ पुगेको उपलक्ष्यमा यही आउदो ११ डिसेम्बर २०१६ आईतबारको दिन मगर बौद्ध समाज यु के द्धारा बेलायतबासी नेपालीहरुको साझा धार्मिक आस्थाको केन्द्र “लुम्बिनी बुद्ध बिहार” निर्माण योजनालाई सफल पार्नका लागी आर्थिक सहयोग संकलन गर्ने उद्देश्य अनुरूप संस्थाको प्रथम बार्षिक उत्सव समारोह तथा च्यारिटी डिनर साँझको आयोजना गर्ने भएको छ । मगर बौद्ध समाज बेलायत बिधिवत रुपमा स्थापना भएको यहि आउने डिसेम्बर महिनाको ६ तारिख पुरा एक बर्ष पुग्दैछ । यहि अबसरमा आगामी ११ डिसेम्बर २०१६ आइतबारका दिन मगर बौद्ध समाज बेलायतले आफ्नो बार्षिक साधारण सभा ( सम्मेलन ) गर्ने भएको छ भने सोही

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)