शुभेच्छा फिल्म प्रोडक्सनको कलाकार भेटघाट कार्यक्रम सम्पन्न !

रुद्र श्रीसमगर पोखरा, १९ माघ शुभेच्छा फिल्म प्रोडक्सन प्रालिको कलाकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै समाजसेवी एवं चलचित्रकर्मी दुर्गा गुरुङ ‘मिलन’ले चलचित्र क्षेत्रको विकासका लागि राज्यले नीतिगत सुधारमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । गुरुङ चलचित्रको विकासका लागि सबै गुरुङ चलचित्रकर्मीहरू एकजुट हुनुपर्ने भन्दै गुरुङले दर्शकको अभिरुचि र मौलिकतालाई ध्यान दिएर चलचित्र बनाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा तनहुँ तमु समाज, पोखराका अध्यक्ष क्या. सुकबहादुर गुरुङ, एक्स आर्मी लाहुरे ट्रेनिड्ड सेन्टरका सञ्चालक क्या. रामप्रसाद गुरुङ, फोर जीआर एक्स आर्मी एशोसिएसनका उपाध्यक्ष क्या. मित्रबहादुर गुरुङ, लमजुङ, दोर्दी गाउँपालिकानिवासी यामबहादुर गुरुङ, भीमराज गुरुङलगायतले गुरुङ चलचित्रको विकासका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा नायक भीम गुरुङ, कुशल गुरुङ, नायिका एलिजा गुरुङ, गायिका पूजा गुरुङ, उर्मिला गुरुङलगायतलाई सम्मान गरिएको थियो । शुभेच्छा प्रोडक्सन

Read more

मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनीले अब पोखरामा पनि आफ्नो परियोजना थाल्ने (फोटो फिचर सहित) !

विष्णु थापा १८, मंसिर, पोखरा “स्वदेश मै लगानी गरि रोजगारीको सिर्जना गरौँ, आत्मनिर्भर बन्दै राष्ट्र निर्माणमा हातेमालो गरौँ” भन्ने मुल मन्त्रको साथमा स्थापना भएको मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनीले छिट्टै नै आफ्नो परियोजना पोखरामा पनि विस्तार गर्ने भएको छ । गत शनिवार पोखरामा सम्पन्न कम्पनीको सामाजिक उत्तरदायित्व अन्र्तगत उद्योग तथा व्यापार/व्यवसाय सम्बन्धि सामाजिक सचेतनाका लागि श्रव्य दृश्य प्रस्तुतीकरण र मगर्स क्रियशन कम्पनीको परियोजनाको बारेमा जानकारी साथै पोखरा क्षेत्रकै सम्भावनाको पहिचान तथा लगानी विषयक अन्तरक्रिया कार्यक्रममा कम्पनीका सिइओ आर्शिवाद पुन मगरले उक्त कुरा बताउनु भएको हो । पोखरा क्षेत्रका उद्यमी तथा व्यवसायी, विभिन्न संघ–संस्थाका व्यक्तिहरु गरेर १५० जनाको सहभागीता रहेको उक्त कार्यक्रममा नेपालमा कसरी उद्यमी बन्न सकिन्छ तथा नेपालमा कुन क्षेत्रमा के कतिको सम्भावना रहेको छ भन्ने विषयमा कम्पनीले तयार पारेको लगभग

Read more

मगर समाजको इतिहास र विविधताको बारेमा अध्ययन गरिने !

श्याम राना मगर भदौ २३ काठमाण्डौ । मगर इतिहास संस्कृति लिपी धर्म र मगरात सम्वन्धी अध्ययन तथा अनुसन्धान कार्यदलको गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ केन्द्रिय समितिले हिजो युनियन हाउस अनामनगरमा आयोजना गरेको गोष्ठिमा मगर समाजको इतिहास र विविधताको अध्ययन आवश्यकता र विधि नामक सल्लाहकार झकेन्द्र घर्ती मगरले प्रस्तुत गर्नु भएको अवधारणापत्र माथि सहभागिहरुले आफ्नो धारणा, सुझाव तथा सल्लाह राखेका थिए । अवधारणा पत्रमा मगरहरुको इतिहास, संस्कृति, लिपी, धर्म र मगरात सम्वन्धी भएका अन्यौलतालाई चिर्नको लागि अध्ययनदल गठन गर्दै सर्वेक्षण गरि वास्तविक अवस्थालाई खोजेर १ बर्षमा प्रारम्भिक रिपोर्ट बुझाउने गरि प्रस्ताव ल्याइएको थियो । गोष्ठिमा वोल्दै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले अब छिट्टै प्रभावकारी अध्ययन समिति गठन गरिने र उक्त समितिले मगरका विभिन्न अन्यौलताहरु

Read more

प्राज्ञहरु मगर र मग्यार विचमा समानता खोज्दै, श्रीसको दुई पुस्तक विमोचित !

श्याम रानामगर साउन १०, काठमाण्डौ नेपालको मगर र हङ्गेरीको मग्यार भाषा  विचमा समानता खोज्दै, नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल मगर अध्ययन केन्द्रको आयोजनामा मगर र मग्यार भाषाको तुलनात्मक अध्ययन विषयक विचार गोष्ठि कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय कक्षमा गत शुक्रबार  सम्पन्न भएको छ । नेपालका मगर र हङ्गेरीका मग्यार जातिले बोल्ने भाषा एकआपसमा मिल्दोजुल्दो रहेको प्रा.डा.माधवप्रसाद पोखरेलले दाबी गर्नुभयो । गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै डा. पोखरेलले यस्तो दाबी गर्नुभएको हो । पोखरेलले नेपालका मगर भाषाका एक सय शब्दावली तथा हङ्गेरीका मग्यार भाषाका एक सय शब्दको तुलनात्मक अध्ययन गर्दा यस्तो निष्कर्ष निस्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “यी दुई भाषाबीच सोह्र प्रतिशत समानता देखिन्छ ।” प्रा.डा. माधवप्रसाद पोखरेलले प्रस्तुत गर्नुभएको मगर र मग्यार भाषाको तुलनात्मक अध्ययन विषयक गोष्ठि पत्र माथि प्रा.डा. दानराज

Read more

महिला क्रिकेट समूहका कप्तानहरु “कार्यक्रम मध्यपश्चिम बहसमा” (अडियो सहित)!

दांग, मंगसिर २६ रेडियो मध्यपश्चिम ९१.४ मेगाहर्जको प्रस्तुतिमा हरेक आइतबार संचालन हुने कार्यक्रम मध्यपश्चिम बहसमा बाँके महिला क्रिकेट समुहकि कप्तान ममता थापामगर र दांग महिला क्रिकेट समूहकि कप्तान सर्मिला रोकामगर, कार्यक्रम प्रस्तोता प्रेम बहादुर रामजामगरको साथमा, सुनौं उहाहरुको यो मीठो बहस……..

Read more

राजनीतिक दलसम्बन्धी विधेयकबारे युवा संगठनहरूसँग ओस्लो सेन्टरको छलफल !

रूद्र श्रीसमगर पोखरा, ११ कात्तिक नर्वेजियन संस्था द ओस्लो सेन्टरले नेपालमा बन्न लागेको राजनीतिक दलसम्बन्धी कानूनको विधेयकबारे कास्कीका विभिन्न राजनीतिक दल आबद्ध युवा संगठनहरूसँग कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । बिहीबार पोखरामा भएको कार्यशाला गोष्ठीमा सहभागी राजनीतिक दलका युवा संगठनका प्रतिनिधिहरूलेराजनीतिक स्थिरतका लागि थ्रेस होल्ड राख्नुपर्ने, अनुगमन गर्ने गरी राज्यकोषबाट राजनीतिक दललाई अनुदान दिनुपर्ने, विविधतालाई प्रतिविम्बित गर्ने गरी प्रादेशिक दल खोल्न पाउनुपर्ने, राजनीतिक दलको उम्मेदवार मनोनयन प्रक्रियामा भाषा समावेश गर्नुपर्नेलगायतका सुझाव राखेका थिए । गोष्ठीमा प्राप्त सुझावलाई संकलन गरी विभिन्न राजनीतिक दलका युवा संगठनहरूका प्रतिनिधिहरूको हस्ताक्षरसहित व्यवस्थापिका–संसद्को राज्य व्यवस्था परामर्श समितिमा बुझाइने द ओस्लो सेन्टरकी नेपाल कार्यक्रम संयोजक दिप्ती खकुरेलले जानकारी दिनुभयो । सो अवसरमा द ओस्लो सेन्टरकी कार्यक्रम निर्देशक सिसिलिया बिलेसोले सहजीकरण गर्नुभएको थियो भने नागरिक संवाद केन्द्र, गण्डकीका

Read more

सम्झनै पर्ने ब्यक्ति सर्बजीत थापा मगर !

ज्ञावत राना मगर (चन्द्र) यूएई तोली १ दैलेख घर भई मेरो बालापनको साथी सर्बजीत थापा मगर आज आएर नेपाल मगर पत्रकार संघको केन्द्रिय सदस्य तथा नेपाल मगर पत्रकार संघ शाखा दैलेखको अध्यक्ष, आदीबासी जनजाती पत्रकार महासंघ (फोनीज) दैलेखको सचिव र तोली लाङ्घाली क्लब तोली १ का अध्यक्ष समेत रहनु भएको छ । अहिले वहाँ मगर भाषाको लाङ्घाली साप्ताहिक पत्रीका प्रकाशनको तयारीमा हुनुहुन्छ । वहाँले आफ्नो मगर भाषा, लिपि, भेषभूषा, धर्म, संस्कृति र पहिचानलाई जोगाई राख्नु पर्छ भन्ने हेतुले दैलख जिल्लामा बिभिन्न गा. वि. स. हरुमा मगर ढुट को प्रशिक्षण समेत दिईसकेका दिईसक्नु भएको छ, भने यही आउने असोज महिनामा दैलेख बराहा गा. वि. स. मा मगर ढुट प्रशिक्षण हुने बताउनु भएको छ ! मैले वहाँको बारेमा लेख्नु पर्दा: रेडियो धु्र्वतारा

Read more

मगर संघले सामाजिक आन्दोलनलाई राजनैति संग जोड्नुपर्छ: नेता सुर्दशन बराल !

देब पचभैया पाल्पा, भाद्र १८ पुर्ब सभासद एबं मगर मुक्तिमोर्चाका केन्द्रिय अध्यक्ष सुदर्शन बरालले नेपाल मगर संघले गरेको सामाजिक आन्दोलनलाई राजनिति संग जोड्नुपर्नेमा जोड दिनुभएको छ । अधिकार प्राप्तीका लागी सामाजिक आन्दोलनमा राजनितिक आन्दोलन पनि एकाकार हुनुपर्नेमा जोड दिदै अध्यक्ष बरालले नत्र आन्दोलनले उदेश्य भेट्न नसक्ने बताउनुभयो । नेपाल मगर संघ केन्द्रिय समितिको आयोजनामा पाल्पाको तानसेनमा आयोजित मगरात क्षेत्र भित्र पर्ने २० जिल्लाका जिल्ला अध्यक्षहरुको भेलामा बोल्दै नेकपा माओबादीका पोलित ब्युरो सदस्य समेत रहेका नेता बरालले अधिकार प्राप्तीका लागी मगरहरुले अझै आन्दोलनलाई शसतm बनाउन नसकेको गुनासो गर्नुभयो । नेता बरालले गरेको भाषण भिडियोमा हेरौ:

Read more

स्वर्गीय गोरे बहादुर खपांगी मगरप्रति तीन थुङ्गा श्रद्दाका फूल स्वरुप तीन प्रसंगहरु !

B.K RANA MAGAR Boston, USA समाजवादी नेता स्व. गोरे बहादुर खपांगी मगरको आज अन्त्येष्टी हुदैछ काठमाडौँमा ! यस पंक्तिकारले उहाँसंग धेरै नजिक रहेर केही काम गर्ने मौका पायो । सात समुन्द्र पारिदेखि उहाँप्रति तीन थुङ्गा श्रद्दाका फूल स्वरुप यहाँ तीनवटा प्रसंगहरु उल्लेख गरिएको छ । १) बिक्रम सम्बत् २०३६ सालको विधार्थी आन्दोलनपछि राजा बीरेन्द्रबाट वि. सं. २०३६ साल जेठ १० गतेका दिन आउने २०३७ साल बैशाख २० गते मुलुकमा ‘सुधारिएको पंचायत’ वा ‘बहुदलीय व्यवस्था’ मध्ये कुन चाहिँ ? भन्ने विषयमा जनमत संग्रह गरिने भन्ने घोषणा भएको थियो । त्यसपछि मुलुकमा स्वभावैले गरम्जोश्का साथ चुनाव प्रचार प्रसारको कुरो अर्थात् भाषण भीषण शुरु हुने नै भयो । एक दिन अपरान्ह त्रिचन्द्र क्याम्पसमा त्यस्तै ‘भाषण भीषण’को कार्यक्रम आयोजन गरिएको थियो । मन्चमा आसिन

Read more

मगरसंघ केन्द्रिय समितिको पूर्ण बैठक पाल्पामा बस्यो / संगठनमा राजनिति मान्य नहुने अध्यक्ष रोकाको चतावनी !

देब पचभैया पाल्पा, भाद्र १२ नेपाल मगर संघ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक पाल्पाको तानसेनमा सम्पन्न भएको छ । शुक्रबार र शनिबार गरी दुई दिन सम्म चलेको बैठकमा केन्द्रिय सदस्य एबं पदाधिकारीहरुले आफ्ना जिल्ला एबं क्षेत्रका बारेमा रिपोर्टिङ्ग गरेका थिए । बैठकमा संघका अध्यक्ष नविन रोकाको भनाई भिडियोमा | बैठकमा ११ औं महाधिबेशन बाट निर्वाचित पदाधिकारी, केन्द्रिय सदस्यहरुलाई निर्वतमान अध्यक्ष महेन्द्र थापाले प्रमाण पत्र वितरण गर्नु भएको थियो । संघका केन्द्रिय अध्यक्ष नविन रोकाको अध्यक्षतामा भएको बैठकले चितवनका जीवन थापा मगर र जोया बिचको घटनाको सम्वन्धमा छानविन गर्न संघका विदेश सचिव रक्षा रईकाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा केन्द्रिय कोषाध्यक्ष कमला थापा, केन्द्रिय सदस्य चन्द्र बहादुर राना, नेपाल मगर संघ चितवन जिल्ला अध्यक्ष सुरवीर थापा, अधिवक्ता सन्तोष राना,

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)