माघेसकराती चाड मगराँत पहिचान र अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाउने (भिडियो सहित)!

श्याम राना मगर पौष २६, काठमाण्डौ संसारभरिका मगरहरु साथै मगर संघसंस्थाहरुले २०७४ सालको माघे सकराती राष्ट्रिय चाडलाई मगरात पहिचान र अधिकारसहितको संघीयता र आदिबासी जनजाति लगायतका उत्पिडित नेपाली जनताको बाँकी अधिकार प्राप्तिको आन्दोलनकै रुपमा संसार भरि भव्य रुपमा मनाउने भएका छन् । संसार भरि छरिएर रहेका मगरहरुले विभिन्न ठाउँमा यस चाडलाई भव्य रुपमा मनाउँदै गर्दा नेपाल मगर संघ केन्द्रिय समितिले माघ १ गतेका दिन काठमाण्डौको भृकुटिमण्डपमा सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन मगर पासाङको प्रमुख आतिथ्यतामा औपचारिक रुपमा माघे सकराती चाड कार्यक्रम गर्ने कुरा नेपाल मगर संघ केन्द्रिय समितिले पौष २६ गते रिर्पोटस क्लबमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । पत्रकार सम्मेलन मार्फत जारि प्रेस विज्ञप्तिमा माघे सकराति चाडलाई मगर लगायत सवै नेपालीहरुले मनाउने चलन भएपनि यस चाडलाई २०६५

Read more

‘बार्दलीको छेउबाट’ मंसिर २९ र पुस १ गते मञ्चन हुने !

रुद्र श्रीसमगर २६ कार्तिक पोखरा पोखरा पहिलो अभिनय स्कुल नेशनल आर्ट स्कुलले तयार पारेको नाटक ‘बार्दलीको छेउबाट’ आगामी मंसिर २९ र पुस १ गते पोखरामा मञ्चन हुने भएको छ । नेशनल आर्ट स्कुलले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी नाटक मञ्चनबारे जानकारी दिएको हो । कला कलाका लागि, कला जीवनका लागि भन्ने मूल उद्घोषका साथ स्थापना भएको आर्ट स्कुलले पहिलो ब्याचका कलाकारहरुले निर्माण र अभिनय गर्ने नाटक मञ्चन गर्न लागेको स्कुलका संस्थापक एवं निर्देशक कृष्ण उदासीले जानकारी दिनुभयो । बार्दलीको छेउबाट एक सामाजिक नाटक भएको र सामाजिक, आर्थिक, राजनीतिक विसंगति एवं विकृतिलाई उठाउँदै शान्ति, सद्भाव र सकारात्मक सोंच निर्माणका लागि सन्देश दिने उदासीले बताउनुभयो । सामाजिक अन्तरविरोध र त्यसले ल्याएको पारिवारिक विखण्डन र व्यक्ति विचलनको उठान नाटकमा गरिएको उदासीले जानकारी

Read more

आदिबासी जनजाति चलचित्र महोत्सवमा अठार चलचित्र प्रदर्शन हुने !

NICE Media/मगर मिडिया ११ असार, काठमाण्डौ आदिवासी जनजाती चलचित्र महोत्सव २०७४ हुने भएको छ । आदिवासी जनजाती चलचित्र महासंघले आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी गराएको हो । यहि असार १७, १८ र १९ मा हुने महोत्सवमा आदिबासी जनजाति चलचित्र महासंघ अन्तरगत रहेका जातिय संस्थाहरुबाट छनौट भएका आदिवासी जनजाती चलचित्र, वृत्तचित्र, र छोटा चलचित्र गरी १८ वटा चलचित्र प्रदर्शन गरिने जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिनुहुँदै महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले राज्य र सम्वन्धित निकायले आदिवासी चलचित्र प्रबर्द्धनमा  प्राथमिकता नदिएकोमा गुनासो गर्दै यस्ता चलचित्रहरुलाई अवसर प्रदान गरे यसले राष्ट्रको मौलिक पहिचान बचाउनुको साथै विश्वमै नेपालको प्रतिनिधित्व गर्ने समेत बताउनुभयो । महासंघले आदिवासी जनजाती चलचित्र प्रबर्द्धन तथा सम्बर्द्धनको लागि विगतका वर्षहरु देखी नै विभिन्न कार्यक्रमहरु गर्दै

Read more

नेपाल आदिबासी चलचित्र महोत्सव, न्युयोर्क २०१७, आगामी अगस्टमा !

श्याम राना मगर असार ४ विश्व आदिबासी दिवशको अवसर पारेर नेपाल आदिबासी चलचित्र महोत्सव, न्युयोर्क २०१७ आगामी अगस्ट महिनाको ११ देखि १३ तारिखमा अमेरिकामा आयोजना गर्न लागेको जानकारी हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ । मुलधारे चलचित्रहरुको भिडमा आदिबासी जनजाति र सिमान्तकृत जातिहरुको कला भाषा र संस्कृतिलाई आधार बनाएर निर्माण गरिएका कैयौँ चलचित्रहरुले उचित बजार, विकास र प्रबर्द्धन नपाईरहेको अवस्थामा सम्वन्धित चलचित्रकर्मी र प्राविधिकहरुलाई थप प्रोत्साहन गर्ने र मौलिक चलचित्रहरुलाई अन्तराष्ट्रिय स्तरमा सविस्तार साथै पहुच बढाउनु महोत्सवको मुख्य उद्देश्य रहेको कुरा प्रेस विज्ञप्तीमा जनाइएको छ । नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को प्रमुख आयोजनामा हुन लागेको महोत्सवमा विभिन्न जाति र समुदायको कला, भाषा र संस्कृतिमा आधारित भएर विगत ५ वर्ष भित्रमा निर्माण भएका करिब १५  वटा आदिबासी

Read more

टेरिया फौजा मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभा घोषणाको लागि पहल गरिने (भिडियो सहित)!

श्याम रानामगर माघ २३, काठमाण्डौ भारतको चर्चित टिभी कलर्सबाट प्रसारण हुने झलक दिखला जा नवौ सिजनको उपाधी जितेर चर्चाको शिखरमा पुगेकी नेपालकी टेरिया फौजा मगरले आम नेपालीहरुको शिरलाई पनि सगरमाथा जस्तै उचाईमा पु¥याएकी छिन् । भर्खरै उपाधी जितेर नेपाल फर्केकी टेरियाले रिपोर्टस क्लबमा आभार तथा धन्यवादका निम्ति पत्रकार सम्मेलनको आयोजना गरेर सम्पुर्ण नेपालीहरुलार्ई हार्दिक धन्यवाद व्यक्त गरेकी छिन् । पत्रकार सम्मेलनमा बधाई तथा शुभकामना दिदैँ रक्षामन्त्री बालकृष्ण खाँडले टेरियालाई राष्ट्रिय प्रतिभा र शान्तिदुतको रुपमा घोषणा गर्नको लागि आफुले मन्त्री परिषद्मा कुरा राख्ने बताउनु भएको छ । गौतम वुद्धले सानैमा घर छोडेर बुद्धत्व प्राप्त गरेको कुरालाई स्मरण गर्दै टेरियाले पनि सानो उमेरमा नै देशमा मात्र सिमित नभई भारतमा पुगेर आफ्नो प्रतिभालाई निर्खादै सम्पुर्ण नेपालीको शिर उचो पारेकोमा सम्पुर्ण नेपाली गौरवान्वित भएको

Read more

उपराष्ट्रपतिसंग माघे सकराटी मनाउने !

प्रताप रानामगर पौष २८, दमौली तनहुँ मगर समुदायको मौलिक पर्व माघे सकराटी देश तथा विदेशमा भव्य रुपमा मनाउने तयारी गरिरहेको छ । माघे सकराटीको अवसरमा देश विदेशमा विविध कार्यक्रमको आयोजना गरिएको छ । यता तनहुँका मगर समुदायले भने उपराष्ट्रपति नन्दबहादुर पुन मगरसंग माघे सकराटी पर्व मनाउने भएका छन् । तनहुँको दमौलीमा आयोजना गरिने माघे सकराटी पर्वको विशेष समारोहमा उपराष्ट्रपति पुनमगरले उद्घाटन गर्ने मगर संघ तनहुँले आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । दमौलीमा जारी छैठो तनहुँ महोत्सवको मन्चमा नै भव्य रुपमा माघेसकराटी पर्व तनहुँका मगर समुदायले मनाउने उपराष्ट्रपति पुनमगरसंग मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापामगरले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो । माघेसकराटी पर्वमा मगर समुदायको मौलिक परिकार, तरुल, बारा, सुगुरको मासु, भटमास ,गुन्द्रुक लगायतका परिकार कार्यक्रम स्थलमा खानपान गरी

Read more

संविधान संशोधन प्रस्तावको समर्थनमा पोखरामा मगर समुदायको भव्य जनप्रदर्शन / मगरात प्रदेश नभए सशक्त आन्दोलन: रोका !

रूद्र श्रीसमगर पोखरा, २५ मंसिर सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधनको विरोधमा बुटवल, पाल्पा, अर्घाखाँची, गुल्मीलगायतका जिल्लाहरूमा बन्द भइरहँदा पोखरामा भने संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने माग गर्दै मगर समुदायले भव्य जनप्रदर्शन गरेका छन् । संविधान संशोधन प्रस्ताव अनुसार प्रस्तावित पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरूलाई चार नम्बर प्रदेशमा गाभेर मगरात क्लस्टरलाई केही हदसम्म भएपनि एकै ठाउँमा राखिएकोमा मगर समुदायले संशोधनको स्वागत गरेका हुन् । नेपाल मगर संघ केन्द्रीय समितिको आÞवानमा प्रस्तावित चार नम्बर प्रदेश अन्तर्गतका गण्डकी, धौलागिरी, लुम्बिनी र राप्ती अञ्चल अन्तर्गतका जिल्लाका मगरहरूले पोखराको लखनचोकमा मगरात प्रदेश घोषणा गर्न माग गर्दै जनप्रदर्शन गरे । जनप्रदर्शन पछि आयोजित मगरात जनसभालाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष एवं मगरात संघर्ष समितिका संयोजक नवीन रोकामगरले मगरात प्रदेश नबनाइए सशक्त आन्दोलन गर्ने

Read more

मगर संघ कास्कीको प्रेस विज्ञप्ति !

पोखरा, १५ मंसिर आदरणीय पत्रकार मित्रहरू, नेपाल मगर संघ, नेपालको समग्र जात÷जातिमध्ये तेस्रो ठूलो समुदाय र सूचीकृत आदिवासी जनजातिहरूमध्येको पहिलो ठूलो आदिवासी÷जनजाति समुदाय, मगर समुदायको मातृभाषा, धर्म, संस्कृति, भेषभूषा, कला, संस्कार र इतिहासको संरक्षण एवं संवद्र्धनका साथै, मगर जातिको हक, हित र अधिकारका पक्षमा निरन्तर लड्दै आएको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघ देशका प्रायः सबै जिल्लामा विस्तारित र संगठित छ । कास्की जिल्लामा पनि समग्र कस्केली मगर समुदायको हक, हित र अधिकार साथै, पहिचानको संरक्षणका खातिर नेपाल मगर संघ कास्की अहोरात्र लागिरहेको सर्वविदितै छ । यसै सन्दर्भमा ‘मातृभाषा संस्कार, संस्कृतिको संरक्षण तथा संवद्र्धन गरौं, मगर समुदायको मौलिक कौह्रा नृत्यको पहिचान जोगाऔं’ भन्ने मूल नाराका साथ मौलिक कौह्रा संरक्षणमा टेवा पु¥याउने पवित्र उद्देश्यका साथ नेपाल मगर संघ

Read more

अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिताको तयारी पूरा !

रूद्र श्रीसमगर पोखरा, १५ मंसिर नेपाल मगर संघ कास्कीको आयोजनामा यही मंसिर १८ गते शनिबार हुने ‘अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम–२०७३’ को तयारी पूरा भएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको व्यवस्थापनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराइयो । प्रतियोगिताको तयारीबारे जानकारी दिँदै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर समुदायको पहिचान मौलिक कौह्रा नृत्यको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । ‘मौलिक कौह्रा नाच मगर समुदायको पहिचान हो’, अध्यक्ष रानाले भन्नुभयो, ‘मगर जातिको मौलिक संस्कृति संरक्षणका लागि प्रतियोगितात्मक कार्यक्रममा पनि हाम्रो विशेष जोड छ ।’ प्रतियोगिताले कौह्रा नृत्यको प्रचार–प्रसारमा पनि सहयोग पुग्ने विश्वास लिएको बताउँदै अध्यक्ष रानाले कौह्राको मौलिकता जोगाउन मगर संघ लागिपरेको उल्लेख गर्नुभयो ।

Read more

नेपाली लोक प्रतिभाको खोजी गर्दै इमेज च्यानल !

श्याम राना मगर, मगर मिडिया मंसिर ७, काठमाण्डौ । नेपाली लोक संस्कृतिको प्रवद्र्धन र संरक्षणमा महत्वपुर्ण भुमिका खेल्दै आएको इमेज च्यानलले इमेज लोक कलाकार नामक रियालिटी शो आयोजना गरि नयाँ लोक प्रतिभाहरुको खोजी गर्ने जानकारी एक प्रत्रकार सम्मेलन माझ गराएको छ । मौलिक लोक गीत संगीतको संरक्षण र प्रवद्र्धनको अभियान स्वरुप निर्माण गरिएको प्रतिष्पर्धात्मक गायन प्रतियोगिताको कार्यक्रम इमेज लोक कलाकारको अडिसन देशका प्रमुख तिन शहरमध्ये तेस्रो अडिसन यहि मंसिर १० र ११ गते काठमाण्डौमा गर्न लागेको जानकारी दिएको हो । पहिलो र दोस्रो अडिसन भने पोखरा र धरानमा गत भाद्र २४, २५ र कात्र्तिक २७ गते यसअघि नै सम्पन्न भइसकेको जनाएको छ । होटल र्याडिसन सँगै रहेको इमेज प्रोडक्सन हाउस, लाजिम्पाट काठमाण्डौमा विहान ८ बजेदेखि सुरु हुने अडिसनमा भाग लिन

Read more

Enjoy this Magarmedia News Site? Please spread the word :)